२०८२ पुष १३, आईतवार १२:३१
२०८२ पुष १३, आईतवार १२:३१
काठमाडौँ,पुस १३ गते। नेपाली राजनीतिको रङ्गमञ्चमा एउटा अप्रत्याशित र अर्थपूर्ण हलचल उत्पन्न गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँका मेयर बालेन शाहबीच आगामी राजनीतिक यात्रामा एकसाथ अगाडि बढ्ने औपचारिक समझदारी भएको छ। शनिबार भएको सघन छलफलपछि आइतबार बिहान ४ बजे एउटा निष्कर्षमा पुगेसँगै अब बालेन शाह रास्वपाकै झन्डा र चुनाव चिह्न बोकेर प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत हुने र पार्टीको आन्तरिक नेतृत्वमा भने रवि लामिछाने नै रहने गरी शक्ति बाँडफाँट गरिएको छ। यो समझदारीले एउटा पक्षमा उत्साह सञ्चार गराइरहँदा आफ्नै नेतृत्वमा 'श्रम संस्कृति पार्टी' खोलेर आफ्नो छुट्टै राजनीतिक जग खनिरहेका धरानका मेयर हर्क साम्पाङले भने तीव्र असन्तुष्टि पोख्दै यसलाई ‘विदेशी हस्तक्षेपलाई…