२०८२ फाल्गुन २०, बुधबार २०:४८
२०८२ फाल्गुन २०, बुधबार २०:४८
काठमाडौँ, फागुन २० गते । प्रतिनिधि सभा निर्वाचनको समाचार संकलनका क्रममा देशभरका पत्रकार तथा सञ्चार गृहले प्रशासनिक झन्झट व्यहोर्नु परेकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण गराएको छ। महासंघले मतदानको अघिल्लो दिनसम्म पनि पत्रकार र सञ्चारगृहले सहज रूपमा सूचना संकलन गरी जनता समक्ष पुर्याउने वातावरण नबनेकोमा दुःख व्यक्त गरेको छ। प्रेस विज्ञप्ति जारी गर्दै महासंघले सूचना विभाग तथा अन्य सरकारी निकायबाट जारी प्रेस पास, सम्बद्ध सञ्चारगृह वा महासंघको परिचयपत्रका आधारमा मतदान, मतगणनासम्बन्धी समाचार संकलन तथा त्यसका लागि सवारी साधनको पास तत्काल उपलब्ध गराउन माग गरेको छ। महासंघले यस विषयमा निर्वाचन आयोग र नेपाल सरकारसँग जोडदार आग्रह गर्दै पारदर्शी, स्वच्छ, निष्पक्ष र…