२०८२ बैशाख ३०, मंगलवार २०:३७
२०८२ बैशाख ३०, मंगलवार २०:३७
गाईघाट,उदयपुर। नेपाल नेत्रज्योती संघ, मदन भण्डारी आँखा अस्पताल गाईघाट उदयपुरले चौदण्डीगढी नगरपालिका-५ स्थित आधारभूत विद्यालय सिवाई बेल्हाको स्रोत कक्षामा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई ब्रेल लिपीका शैक्षिक सामग्री सहयोग गरेको छ। कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने १० जना विद्यार्थीलाई एक वर्षसम्म पुग्ने ब्रेल लिपीका सामग्रीहरू प्रदान गरिएको हो। मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रममा मदन भण्डारी आँखा अस्पताल गाईघाट उदयपुरका अध्यक्ष भागवत राउतले विद्यालयका प्रधानाध्यापक भास्कर चौधरीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए। सहयोग सामग्रीमा ब्रेल लेख्न प्रयोग हुने स्टाइलस, सिलेट र ब्रेल पेपर रहेका छन्। विद्यालयका प्रधानाध्यापक भास्कर चौधरीले नेपाल नेत्रज्योती संघको यो सहयोगले दृष्टिविहीन विद्यार्थीहरूको अध्ययनमा ठूलो मद्दत पुग्ने बताए।…