समाचार

झापामा अपाङ्ग वृद्ध आमामाथि छोराबाट कुटपिट, दुई वर्षदेखि दोहोरिँदै आएको आरोप

झापामा अपाङ्ग वृद्ध आमामाथि छोराबाट कुटपिट, दुई वर्षदेखि दोहोरिँदै आएको आरोप

झापा, चैत १० गते । भद्रपुर नगरपालिका–८ मा करिब ७५–८० वर्षकी एक अपाङ्ग वृद्ध आमामाथि आफ्नै छोराले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। बैसाखीको सहारामा हिँड्न बाध्य ती वृद्धामाथि लामो समयदेखि दुर्व्यवहार हुँदै आएको स्थानीयवासीले बताएका छन्। स्थानीयका अनुसार यो घटना एकपटक मात्र नभई करिब दुई वर्षदेखि निरन्तर दोहोरिँदै आएको हो। पछिल्लो घटनाका क्रममा कुटपिट भइरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तर घटनास्थलमा पुगेका प्रहरीले “घरायसी मामला” भन्दै कुनै ठोस कारबाही नगरी फर्किएको आरोप लगाइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा ती वृद्ध आमाले आफ्नै छोराले कुटपिट गरेको स्पष्ट रूपमा बताएको सुन्न सकिन्छ। उक्त घटनाले स्थानीय समुदायमा आक्रोश बढाएको…
Read More
सेतो छतको सरल उपाय: घरभित्रको तापक्रम ५–८ डिग्रीसम्म घटाउने प्रभावकारी जुक्ति

सेतो छतको सरल उपाय: घरभित्रको तापक्रम ५–८ डिग्रीसम्म घटाउने प्रभावकारी जुक्ति

काठमाडौँ, चैत ९ गते । विश्वभर बढ्दो तापक्रम र जलवायु परिवर्तनको प्रभावले दैनिक जीवनमा असहजता बढिरहेको छ। यस्ता समस्याबीच घरलाई शीतल राख्ने एउटा सरल तर वैज्ञानिक उपायको रूपमा छतमा सेतो रङ प्रयोग गर्ने विधि प्रभावकारी देखिएको छ। जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन क्षेत्रमा लामो समयदेखि सक्रिय अभियन्ता नवीन दाहालका अनुसार, घरको छतमा सेतो रङ लगाउँदा भित्री तापक्रम ५ देखि ८ डिग्री सेल्सियससम्म घटाउन सकिन्छ। उनका अनुसार यो कुनै जटिल प्रविधि नभई विज्ञानमा आधारित साधारण उपाय हो। यस विधिको मूल सिद्धान्त अनुसार, सेतो रङले सूर्यका किरणहरूलाई सोस्ने होइन, परावर्तन गर्ने काम गर्छ। त्यसैले छतमा पर्ने गर्मी घरभित्र प्रवेश गर्न पाउँदैन। विशेषगरी…
Read More
माइतीघर मण्डलामा सडक नाटकमार्फत सरकारविरुद्ध युवाको विरोध, छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग

माइतीघर मण्डलामा सडक नाटकमार्फत सरकारविरुद्ध युवाको विरोध, छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं, चैत ८ गते । काठमाडौंको माइतीघर मण्डलामा युवाहरूले सडक नाटक प्रस्तुत गर्दै सरकारप्रति विरोध जनाएका छन्। भदौ २३ र २४ गते भएको घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारले अटेर गरेको आरोप लगाउँदै उनीहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीको भूमिका निर्वाह गर्दै प्रतीकात्मक रूपमा नाटक प्रस्तुत गरेका थिए। नाटकमार्फत प्रतिवेदन सार्वजनिक नगरेको भन्दै प्रधानमन्त्रीलाई लखेटिएको दृश्य देखाइएको थियो, जसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि झल्काएको छ। प्रदर्शनकारीहरूले पारदर्शिता र जवाफदेहिताको माग गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताएका छन्। उनीहरूले सरकारलाई छिटोभन्दा छिटो छानबिन प्रतिवेदन सार्वजनिक गर्न दबाब दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने चेतावनी समेत दिएका छन्।
Read More
उज्यालो नेपाल पार्टीद्वारा केन्द्रीय सचिवालय गठन, कुलमान घिसिङ अध्यक्ष चयन

उज्यालो नेपाल पार्टीद्वारा केन्द्रीय सचिवालय गठन, कुलमान घिसिङ अध्यक्ष चयन

काठमाडौं, चैत ७ गते । उज्यालो नेपाल पार्टीले आफ्नो संगठनलाई थप सुदृढ, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यका साथ केन्द्रीय सचिवालय गठन गरेको छ। पार्टीले नवगठित सचिवालय मार्फत संगठन विस्तार र नीतिगत कामलाई तीव्रता दिने जनाएको छ। नवगठित केन्द्रीय सचिवालयको अध्यक्षमा कुलमान घिसिङ चयन भएका छन् भने वरिष्ठ नेतामा अनुप कुमार उपाध्याय रहेका छन्। त्यस्तै, उपाध्यक्षमा प्रा. डा. महेन्द्र लावति, महासचिवमा धर्म बहादुर चौधरी चयन भएका छन्। सचिव पदमा रामेश्वर श्रेष्ठ, सुमि मोक्तान, जितराम लामा र केदार खड्का चयन भएका छन् भने कोषाध्यक्षमा भगवती कक्षपति नियुक्त भएका छन्। यस्तै, पार्टीको प्रवक्तामा श्री गुरुङ चयन हुँदा सचिवालय सदस्यमा राजेन्द्र अवस्थी र मुख्य…
Read More
तीनपाटन–५ मझुवादोभानमा वडास्तरीय बालबालिका खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

तीनपाटन–५ मझुवादोभानमा वडास्तरीय बालबालिका खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

सिन्धुली, चैत्र ५ गते । “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ सिन्धुलीको तीनपाटन गाउँपालिका–५ स्थित मझुवादोभानमा वडास्तरीय बालबालिका खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। श्री माध्यमिक विद्यालय मझुवादोभानको आयोजनामा तथा गाउँपालिकाको आर्थिक सहयोगमा आज आयोजित उक्त कार्यक्रममा विभिन्न खेलकुद तथा सांस्कृतिक विधा समेटिएको थियो। कार्यक्रममा कुल १० वटा विभिन्न प्रतियोगिताहरू सञ्चालन गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। खेलकुद तथा सांस्कृतिक गतिविधिहरू मार्फत बालबालिकामा प्रतिभा प्रस्फुटन गराउने, स्वास्थ्यप्रति सचेतना बढाउने तथा सामाजिक एकता मजबुत बनाउने उद्देश्य राखिएको आयोजक पक्षले बताएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सिल्ड तथा मेडल प्रदान गरी सम्मान…
Read More
WhatsApp ह्याक गरी ठगी बढ्दै: सतर्क रहन साइबर ब्युरोको आग्रह

WhatsApp ह्याक गरी ठगी बढ्दै: सतर्क रहन साइबर ब्युरोको आग्रह

काठमाडौं, चैत्र ५ गते । नेपाल प्रहरी साइबर ब्युरोले पछिल्लो समय WhatsApp ह्याक गरी साथीभाइ तथा आफन्तहरूसँग पैसा मागेर ठगी गर्ने घटनामा वृद्धि भएको भन्दै आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। साइबर ब्युरोका अनुसार ह्याकरहरूले प्रयोगकर्ताको WhatsApp नियन्त्रणमा लिएपछि “म समस्या परेँ, तुरुन्त पैसा पठाइदिनुहोस्” वा “बैंक एपमा समस्या आयो, QR कोडमार्फत रकम पठाइदिनुहोस्” भन्ने जस्ता सन्देश पठाएर ठगी गर्ने गरेका छन्। यस्ता घटनाबाट बच्न ब्युरोले केही महत्वपूर्ण सावधानी अपनाउन आग्रह गरेको छ। शंकास्पद सन्देशहरूमा तत्काल विश्वास नगर्न, सम्बन्धित व्यक्तिलाई सिधै फोन गरेर पुष्टि गर्न, अपरिचित लिंक, कोड वा फाइल क्लिक नगर्न तथा डाउनलोड नगर्न सुझाव दिइएको छ। त्यस्तै,…
Read More
नगरकोटमा भ्लगरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

नगरकोटमा भ्लगरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

काठमाडौं, चैत्र ५ गते । नगरकोट जाने क्रममा दुई जना भ्लगरमाथि कुटपिट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उक्त घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–६, नगरकोटका ४१ वर्षीय गणेश बहादुर तामाङ रहेका छन्। केही दिनअघि नगरकोट जाने बाटोमै तामाङले दुई युवक भ्लगरमाथि कुटपिट गरेका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि तीव्र प्रतिक्रिया आएको थियो। भिडियो भाइरल भएसँगै प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी सुरु गरेको थियो। सोही क्रममा बिहीबार तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको…
Read More
अन्तर्राष्ट्रिय तनावको असर: नेपालमा पेट्रोलमा १५ र डिजेल–मट्टितेलमा १० रुपैयाँ वृद्धि

अन्तर्राष्ट्रिय तनावको असर: नेपालमा पेट्रोलमा १५ र डिजेल–मट्टितेलमा १० रुपैयाँ वृद्धि

काठमाडौं, चैत्र १ गते । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको निरन्तर वृद्धि तथा पछिल्लो समय देखिएको अन्तर्राष्ट्रिय राजनीतिक तनावका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ। नेपाल आयल निगम लिमिटेड ले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरेको जनाएको छ। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ। निगमका अनुसार मूल्य समायोजनपछि तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ पुगेको छ। त्यस्तै दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा…
Read More
नगरकोट सडकमा ओभरटेक विवाद: कार चालकको कुटपिटपछि भिडियो भाइरल

नगरकोट सडकमा ओभरटेक विवाद: कार चालकको कुटपिटपछि भिडियो भाइरल

काठमाडौँ, चैत १ गते । सामान्य सडक विवादले हिंसात्मक रूप लिएपछि भक्तपुरको नगरकोट क्षेत्रमा दुई मोटरसाइकल राइडरमाथि कार चालकले आक्रमण गरेको घटना सार्वजनिक भएको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चालकको व्यवहारप्रति व्यापक आलोचना भइरहेको छ। ‘बागमती बीएसी ५२८१’ नम्बरको स्यान्ट्रो कारका चालकले बीच सडकमै राइडरहरूलाई गालीगलौज गर्दै कुटपिट गरेको भिडियो बाहिरिएको हो। भिडियोमा देखिएअनुसार रोकिएको गाडीलाई कारले अचानक ओभरटेक गर्दा विपरीत दिशाबाट आएका दुई मोटरसाइकल राइडर दुर्घटनाबाट मुस्किलले जोगिएका थिए। घटनापछि अगाडि रोकिएर भएको भनाभनका क्रममा कार चालक आक्रामक बन्दै राइडरहरूलाई हातपात गरेको देखिन्छ। उनले ज्यान मार्ने धम्की दिँदै गालीगलौज गरेको, राइडरहरूले प्रयोग गरिरहेको गोप्रो क्यामेरा फुटाइदिने धम्की…
Read More
युवा नेतृत्व विकासका लागि काठमाडौँमा ‘युथ लर्निङ ल्याब फेलोसिप’ सुरु

युवा नेतृत्व विकासका लागि काठमाडौँमा ‘युथ लर्निङ ल्याब फेलोसिप’ सुरु

काठमाडौँ, चैत १ गते । युवाहरूलाई सामाजिक मुद्दाहरूमा गहन छलफल र नेतृत्व विकास गराउने उद्देश्यले काठमाडौँको क्रिस्टल होटलमा आजदेखि ‘युथ लर्निङ ल्याब फेलोसिप’ कार्यक्रम सुरु भएको छ। युवालयको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको सह-आयोजनामा सुरु भएको यो फेलोसिप आजदेखि तीन दिनसम्म सञ्चालन हुनेछ। विशेषगरी प्लस टु र स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गरिएको यस कार्यक्रममा सातै प्रदेशबाट १५ जना युवाहरूको समावेशी सहभागिता रहेको छ। परम्परागत पाठ्यक्रमभन्दा बाहिर गएर युवाहरूलाई सामाजिक विषयवस्तु माथि छलफल गराउने र निष्कर्षमा पुर्‍याउने वातावरण सिर्जना गर्नु यस कार्यक्रमको मुख्य ध्येय हो। तीन दिनको सघन सत्रपछि सहभागी युवाहरूले आफ्ना कार्यक्रमहरूको योजना बनाउने र त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी लिनेछन्।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.