Breaking News 1

वित्तीय पुँजी र नेपाली अर्थतन्त्र विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

वित्तीय पुँजी र नेपाली अर्थतन्त्र विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

मकवानपुर । बैंक ऋण तथा वित्तीय पुँजी अनुगमन केन्द्रिय समितिद्वारा आयोजित "वित्तीय पुँजी र नेपाली अर्थतन्त्र" विषयक अन्तरक्रिया कार्यक्रम आज हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रममा बैंक तथा सहकारी पिडित नागरिकहरुको गुनासो, समस्या र समधानका लागि आवस्यक वित्तीय पुँजी र नेपाली अर्थतन्त्रको विषयमा गहन छलफल भएको छ । बुधबार भएको कार्यक्रममा नेकपाका पोलिट व्युरो सदस्य तथा बैंक ऋण तथा वित्तीय पुँजी अनुगमन समितिका संयोजक शितल सीको प्रमुख आतिथ्यता रहेको छ । कार्यक्रममा बोल्दै पछिल्लो समयमा बैंक तथा सहकारी संस्थाहरु नेपाली नागरिकको पुँजी संरक्षक नभइ शोषक र पिडक बनेको बताए । यसको कारण व्यक्ती केन्द्रित पुँजीवादी अर्थतन्त्र रहेको बताए । साथै…
Read More
प्रारम्भिक बाल विकास तथा हेरचाह सम्बन्धी सचेतना कार्यक्रम हुने

प्रारम्भिक बाल विकास तथा हेरचाह सम्बन्धी सचेतना कार्यक्रम हुने

उर्लाबारी। सामुदायिक विकास मंच उर्लाबारीको आयोजनामा र संरक्षण तथा आकार फाउन्डेसन उर्लाबारीको सहकार्यमा प्रारम्भिक बाल विकास तथा हेरचाह सम्बन्धी एक दिवसीय सचेतना कार्यक्रम शुक्रबार हुने भएको छ। आज साझ उर्लाबारी ६ महारुद्र शिवालय मन्दिरको प्रांगणमा हुने कार्यक्रममा बाल विकास कन्सल्ट्यान्ट प्रिसिमा थापा द्वारा प्रारम्भिक बाल विकास तथा हेरचाह सम्बन्धि प्रशिक्षण दिईने सामुदायिक विकास मंच उर्लाबारीका अध्यक्ष प्रेम बोहोराले जानकारी दिए। साथै उनले कार्यक्रममा उपस्थित भइ बालबालिकाको समुचित विकास र हेरचाह सम्बन्धी ज्ञान हासिल गर्न सम्पुर्ण नगरवासीमा आग्रह समेत गरेका छन । मंचका सचिव महेन्द्र बोहोराका अनुसार कार्यक्रमले अभिभावक, शिक्षक तथा सरोकारवालाहरूलाई प्रारम्भिक बाल विकासका महत्वपूर्ण पक्षबारे जानकारी दिनेछ। बालबालिकाको समुचित…
Read More
बीरगञ्जबाट मकवानपुरको झरना ड्याममा घुम्न आएको सुमो गाडी ब्रेक फेल हुँदा दुर्घटना

बीरगञ्जबाट मकवानपुरको झरना ड्याममा घुम्न आएको सुमो गाडी ब्रेक फेल हुँदा दुर्घटना

हेटौंडा। मकवानपुरको भीमफेदी गाउँपालिका अन्तर्गत रहेको भैंसे - २ मा आज सुमो गाडी पार्किङ गर्ने क्रममा ब्रेकफेल हुँदा दुर्घटना हुन पुगेको छ। बीरगञ्जबाट बा ५ च ६५८६ नम्बर प्लेट भएको सुमो गाडी गर्मी छल्न प्यासेन्जर बोकी आएको बेला भैंसे २ मा रहेको झरना ड्याममा सबै यात्रु ओराली पार्किङ गर्ने क्रममा उक्त दुर्घटना हुन पुगेको हो। उक्त सुमो गाडी सडकबाट लगभग ३/४ किलोमिटरको  खोल्सामा दुर्घटना हुन पुगेको छ। दुर्घटनाबाट मानवीय क्षति भने कुनै नभएको साथै सुमो चालक भने ब्रेकफिल हुने क्रममा हाम फालेर आफ्नो ज्यान बचाउन सफल भएको बताएको छ। बीरगञ्जबाट लगभग ९ जना प्यासेन्जर बोकी मकवानपुरको भीमफेदी गाउँपालिका २ मा रहेको…
Read More
द भ्वाइस अफ नेपाल सिजन ६ को विजेता बने प्रोसेस पाण्डे

द भ्वाइस अफ नेपाल सिजन ६ को विजेता बने प्रोसेस पाण्डे

काठमाडौँ। दर्शकहरूको अमूल्य मतका आधारमा, गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ६ को विजेता आज प्रसारित कार्यक्रमबाट तय गरिएको छ। कोच खेमको टिमका प्रतिस्पर्धी प्रोसेस पाण्डेले उत्कृष्ट प्रस्तुति प्रस्तुत गर्दै यस सिजनको उपाधि चुम्न सफल भएका छन्। उनी विजेता भएसँगै द भ्वाइस अफ नेपालको तर्फबाट रु. २० लाख, क्लोज अपको तर्फबाट रु. १ लाख र लेट मी इनको तर्फबाट रु. १ लाख गरी जम्मा रु. २२ लाख बराबरको पुरस्कार राशि प्राप्त गर्न सफल भएका छन्। त्यस्तै, कोच मेलिनाको टिमका रोशन राई प्रथम उपविजेता, कोच राजुको टिमका प्रमेश राई द्वितीय उपविजेता र कोच उदयको टिमबाट प्रतिस्पर्धा गरेकी अर्पना आचार्य…
Read More
हेटौंडामा सडक भासिएर पिकअप भ्यान गायब

हेटौंडामा सडक भासिएर पिकअप भ्यान गायब

हेटौडा। हेटौंडाको उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँको भित्री कच्ची सडकखण्डमा घाँस काट्ने मेसिन बोकेको ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी सडक भासिँदा हराएको हो । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको छ। गाडीका चालक र सहचालकले भने गाडी धसिनुअघि नै निस्किएर जोगिएका छन् । घटना शुक्रबार दिउँसोको हो । गाडी भासिएको करिब ५ सेकेण्डमै गाडी हराएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गाडी डुबेको नजिकै माछापालनका लागि भनेर खनेको बोरिङ पनि रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ । बोरिङ पनि धसिएको छ । पानीमा गाडीको भाग नदेखिएको प्रहरीले जनाएको छ । हाल डाइभर्सन…
Read More
खान युनिसमा इजरायली हवाई आक्रमण,तीन शिशुसहित ११ को मृत्यु

खान युनिसमा इजरायली हवाई आक्रमण,तीन शिशुसहित ११ को मृत्यु

गाँजा सहर। दक्षिणी गाजाको खान युनिस शरणार्थी शिविरमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जना प्यालेस्टिनीको मृत्यु भएको छ। मृत्यु हुनेमा एक वर्षभन्दा कम उमेरका तीन शिशु पनि छन्। नागरिक सुरक्षा प्रवक्ता महमुद बास्सालका अनुसार आक्रमणमा ज्यान गुमाउनेहरू एउटै विस्तारित परिवारका सदस्य हुन्। पहिचान भएका आठजनामध्ये एक वर्षका बालक, एक वर्षकी बालिका र एक महिनाको शिशु रहेका छन्। इजरायली सेनाका प्रवक्ताले आक्रमणको पुष्टि गर्दै सो कारबाही ‘विद्रोही हमास सदस्यलाई लक्षित गरी गरिएको’ बताएका छन्। इजरायलले दुई महिनाको युद्धविरामपछि पुनः आक्रमण सुरु गरेको हो। यो युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा गरिएको आक्रमणपछि सुरु भएको थियो। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार…
Read More
जबरजस्ती करणी,मानव बेचबिखन तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त अछाममा पक्राउ

जबरजस्ती करणी,मानव बेचबिखन तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त अछाममा पक्राउ

अछाम। जबरजस्ती करणी, मानव बेचबिखन तथा शरीर बन्धक मुद्दामा फरार रहेका २३ वर्षीय मोहन बहादुर चन्दलाई अछाम प्रहरीले पक्राउ गरेको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ स्थायी ठेगाना भएका चन्दलाई अछामको पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीस्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा विशेष सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। अछामका प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरी प्रसाद भण्डारीका अनुसार चन्दलाई बिहीबार साँझ ५ बजे खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। चन्दले परिवर्तित नाम ६९ मंगलसेन–६४ की युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा २०८१ साल माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको थियो। घटना भएदेखि नै फरार रहेका उनलाई प्रहरीले अभियुक्त…
Read More
तीनकुने घटना: रवीन्द्र मिश्र छैटौँ पटक हिरासतमा,अनुसन्धान जारी

तीनकुने घटना: रवीन्द्र मिश्र छैटौँ पटक हिरासतमा,अनुसन्धान जारी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको हिरासत अवधि काठमाडौं जिल्ला अदालतले छैटौँ पटक थप गरेको छ। आइतबार न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले मिश्रलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। यसअघि वैशाख १४ गते अदालतले उनलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो। तीनकुनेमा गत चैत १५ गते राजावादी समर्थकहरूले गरेको प्रदर्शनमा भएको हिंसात्मक घटनाको सम्बन्धमा प्रहरीले मिश्रलाई अनुसन्धान गरिरहेको छ। उक्त प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो भने सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो। प्रहरीले मिश्रसहित २५ जनालाई पक्राउ गरेको छ र उनीहरूमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान जारी राखेको छ। उक्त…
Read More
अज्ञात विस्फोटक पदार्थ विस्फोट हुँदा बाजुरामा एक महिलाको मृत्यु

अज्ञात विस्फोटक पदार्थ विस्फोट हुँदा बाजुरामा एक महिलाको मृत्यु

बाजुरा। बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा शुक्रबार बिहान अज्ञात विस्फोटक पदार्थ पड्किँदा एक महिलाको दुःखद मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बिहान करिब साढे ७ बजेतिर ५० वर्षीया काली जैशी घाँस काट्नका लागि सुजारी पाताल सामुदायिक वन गएकी थिइन्। वनमा घाँस काटिरहेको अवस्थामा अकस्मात भएको विस्फोटमा परी जैशी गम्भीर घाइते भएकी थिइन्। तत्कालै उपचारका लागि कोल्टी अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक इतहाक हावालीले विस्फोटको कारण अझै खुल्न नसकेको जानकारी दिएका छन्। उनले भने, "घटना कसरी भयो र कुन प्रकारको विस्फोटक पदार्थ थियो भन्ने विषयमा अहिले नै…
Read More
दमक चाैककाे दुर्घटनामा घाइतेकाे पहिचान खुल्याे

दमक चाैककाे दुर्घटनामा घाइतेकाे पहिचान खुल्याे

दमक। पश्चिमबाट पूर्व तर्फ जादै गरेको प्रदेश १–०२–००१ क ५२१९ नम्बरको टिफरले पैदलयात्री गौरादह ४ निवासी ४८ वर्षीय सिता वर्देवालाई ठक्कर दिएको थियो । ठक्करबाट खुट्टा र टाउकाेमा चाेट लागेकी सिताकाे दमकस्थित निम्स नेशनल हस्पिटलमा उपचार भइरहेकाे छ । ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिएकाे दमक ट्राफिक प्रहरीले जनाएकाे छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.