Breaking News 1

फाइनलमा प्रवेश गर्‍यो पुलिस क्लब

फाइनलमा प्रवेश गर्‍यो पुलिस क्लब

मकवानपुर । विभागीय टोली नेपाल पुलिस क्लब मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा मंगलवार भएको पहिलो सेमिफाइनल खेलमा चितवनको महिला टोलीलाई ७-० गोलले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो । पुलिसको जितमा मिना देउवा र निर्मा उपाध्यायले ह्याट्रिक गरेका छन् । मिनाले खेलको २१ औं, ४० औं र ५९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । निर्माले ३४, ६६ र ८० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी हुन् । पुलिसको लागि अर्को एक गोल ४५ औं मिनेटमा सुश्मा तामाङले गरिन् । प्लेयर अफ दि म्याच घोषित भएकी देउवाले…
Read More
जमिनमुनि बेपत्ता भएको गाडीको सम्भावित स्थान पत्ता लाग्यो

जमिनमुनि बेपत्ता भएको गाडीको सम्भावित स्थान पत्ता लाग्यो

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा गत शुक्रबार जमिन भासिएर बेपत्ता भएको बोलेरो गाडीको सम्भावित स्थान पत्ता लागेको छ। भूगर्भविद् कृष्ण पाण्डेको टोलीले “प्रोटोन म्याग्नेटोमिटर” नामक उपकरण प्रयोग गरी गाडी भएको आशंकित क्षेत्र पहिचान गरेको हो। गाडीमा प्रयोग हुने चुम्बकीय सामग्रीको आधारमा जमिनमुनि चुम्बकीय प्रतिक्रिया खोज्ने उक्त प्रविधिबाट गाडी भासिएको स्थानको केही पूर्वतर्फ तीव्र संकेत देखिएको भूगर्भविद् पाण्डेले जानकारी दिए। “तीव्र चुम्बकीय प्रतिक्रिया देखिएको स्थानमै गाडी हुनसक्ने प्रबल सम्भावना देखिएको छ,” पाण्डेले भने, “अब गहिराइ कति छ भन्ने पत्ता लगाउन अर्को विशेष उपकरण प्रयोग गरिरहेका छौं।” उक्त गाडी घाँस काट्ने मेसिन लोड गरिरहेका बेला अचानक जमिन भासिएर माटोमा पुरिएको…
Read More
नेकपा (एकीकृत समाजवादी) मनहरी गाउँपालिका कमिटीले गाउँपालिकामा बुझाइयो २२ बुँदे मागपत्र

नेकपा (एकीकृत समाजवादी) मनहरी गाउँपालिका कमिटीले गाउँपालिकामा बुझाइयो २२ बुँदे मागपत्र

मनहरी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मनहरी गाउँपालिका कमिटीले आज पालिका कार्यलयमा २२ बुँदे मागपत्र बुझाएको छ । मनहरी गाउँपालिका भित्र भएका सम्पूर्ण समस्याहरुको समाधान गर्दै पालिकालाई समृद्ध पालिकाको रुपमा बिकास गर्न आवस्यक योजना बनाउन ध्यानाकर्षण गराउँदै मागपत्र बुझाएको हो । राजनीतिलाई राष्ट्र निर्माणमा फर्काउन र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धि र समाजवादका आधार तयार गर्ने एउटा सार्थक राजनीतिक आधार तयार गरी नेपाली समाज र नेपाली जनतालाई सुशासन र रोजगारी श्रृजना सँगसँगै अभिवृद्धि गर्दै समाजवादतर्फ उन्मुख हुनाका लागि अनुरोध गर्दै पालिका कमिटीले उक्त पत्र बुझाएको हो । पालिका कमिटीले कृषि मल, बिउ सरल रुपमा समयमै उपलब्ध गराउने व्यवस्था मिलाउँदै…
Read More
द भ्वाइस अफ नेपाल सिजन ६ को विजेता बने प्रोसेस पाण्डे

द भ्वाइस अफ नेपाल सिजन ६ को विजेता बने प्रोसेस पाण्डे

काठमाडौँ। दर्शकहरूको अमूल्य मतका आधारमा, गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ६ को विजेता आज प्रसारित कार्यक्रमबाट तय गरिएको छ। कोच खेमको टिमका प्रतिस्पर्धी प्रोसेस पाण्डेले उत्कृष्ट प्रस्तुति प्रस्तुत गर्दै यस सिजनको उपाधि चुम्न सफल भएका छन्। उनी विजेता भएसँगै द भ्वाइस अफ नेपालको तर्फबाट रु. २० लाख, क्लोज अपको तर्फबाट रु. १ लाख र लेट मी इनको तर्फबाट रु. १ लाख गरी जम्मा रु. २२ लाख बराबरको पुरस्कार राशि प्राप्त गर्न सफल भएका छन्। त्यस्तै, कोच मेलिनाको टिमका रोशन राई प्रथम उपविजेता, कोच राजुको टिमका प्रमेश राई द्वितीय उपविजेता र कोच उदयको टिमबाट प्रतिस्पर्धा गरेकी अर्पना आचार्य…
Read More
हेटौंडामा सडक भासिएर पिकअप भ्यान गायब

हेटौंडामा सडक भासिएर पिकअप भ्यान गायब

हेटौडा। हेटौंडाको उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँको भित्री कच्ची सडकखण्डमा घाँस काट्ने मेसिन बोकेको ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी सडक भासिँदा हराएको हो । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको छ। गाडीका चालक र सहचालकले भने गाडी धसिनुअघि नै निस्किएर जोगिएका छन् । घटना शुक्रबार दिउँसोको हो । गाडी भासिएको करिब ५ सेकेण्डमै गाडी हराएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गाडी डुबेको नजिकै माछापालनका लागि भनेर खनेको बोरिङ पनि रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ । बोरिङ पनि धसिएको छ । पानीमा गाडीको भाग नदेखिएको प्रहरीले जनाएको छ । हाल डाइभर्सन…
Read More
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ५ मा स्थानीय युवाहरुले गरे तालाबन्दी

रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ५ मा स्थानीय युवाहरुले गरे तालाबन्दी

रौतहट। रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ५ को वडा कार्यालय आज स्थानीय युवाहरूले तालाबन्दी गरेको छ। त्यहाँका स्थानीय वडाध्यक्षले आफ्ना आसेपासेका मान्छेहरूलाई मात्रै खेलकुदका सामग्रीहरू जस्तै क्रिकेटका आवश्यक सामग्रीहरू आफ्ना नजिकका चिनजानलाई मात्र दिएको भन्दै आक्रोशित युवाहरूले वडा कार्यालय तालाबन्दी गरिएको हो। विगत लामो समयदेखि समावेशिताको रुपमा स्थानीय सरकार अथवा स्थानीय जनप्रतिनिधिले युवाहरूलाई आवश्यक पर्ने क्रिकेटका सामग्रीहरु वितरण नगरेको भन्दै आक्रोशित युवाहरूले आज वडा कार्यालय तालाबन्दी गर्न पुगेका हुन। समाचार स्रोत: सामाजिक सञ्जाल
Read More
मकवानपुरगढीमा रुखले च्यापिएर एक मजदुरको मृत्यु

मकवानपुरगढीमा रुखले च्यापिएर एक मजदुरको मृत्यु

हेटौंडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७ सुकौरामा बिहीबार दिउँसो रुखले च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थायी ठेगाना भई हाल मकवानपुरगढी–७ सुकौरामा डेरा गरी बस्ने ३१ वर्षीय राम राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, राम राई स्थानीय रामबहादुर मोक्तानको बारीमा रहेको रुख ढाल्ने क्रममा अचानक रुख लडेर च्यापिएका थिए। गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि हेटौंडास्थित मकवानपुर सहकारी अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा बिहीबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
Read More
१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस: इतिहासको स्मरण,वर्तमानमा शास्ती नै शास्ती

१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस: इतिहासको स्मरण,वर्तमानमा शास्ती नै शास्ती

हेटौंडा। हिजो मे १ तारिख, विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस धुमधामका साथ मनाइयो। यो दिन संसारभरका श्रमजीवी वर्गले आफ्नो हकअधिकार र सम्मानका लागि गरेको सङ्घर्षको सम्झना गर्ने दिन हो। १३५ वर्षअघि अमेरिकाको शिकागो सहरमा आठ घण्टे कार्यदिनको माग गर्दै भएको आन्दोलनको स्मरणमा यो दिवस मनाउन थालिएको हो। सन् १८८६ मा भएको त्यो ऐतिहासिक आन्दोलनले विश्वभरका श्रमिकहरूलाई आफ्नो अधिकारका लागि लड्न प्रेरित गर्‍यो। नेपालमा पनि हिजो विभिन्न कार्यक्रम गरी यो दिवस मनाइयो। तर, यी सबै कार्यक्रमका बीच एउटा कटु सत्य भने अझै जीवन्त छ - नेपालका लाखौं मजदुरहरूको अवस्थामा खासै सुधार आउन सकेको छैन। अहिले पनि धेरै नेपाली श्रमिक चर्को घाम होस् या…
Read More
नक्कली नोट सहित पक्राउ

नक्कली नोट सहित पक्राउ

मोरङ । नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१३ बाट भारतीय ५ सय दरका ७ थान नक्कली नोटसहित भारत बिहार अररिया बस्ने १९ वर्षीया सिम्पी बैसन्तिलाई प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँस्थित किराना पसलमा सिम्पीले सामान किने पश्चात् नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Read More
मोटरसाइकल चोरी भएको १५ दिन बितिसक्दा पनि प्रहरीको अनुसन्धानमा केही खुलेन

मोटरसाइकल चोरी भएको १५ दिन बितिसक्दा पनि प्रहरीको अनुसन्धानमा केही खुलेन

रौतहट। मोटरसाइकल चोरी भएको १५ दिन बितिसक्दा पनि प्रहरीले आफ्नो अनुसन्धानमा केही खुलाउन सकेका छैनन् । रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ कर्कच निवासी दिपेन्द्रप्रसाद कुशवाहाको `बुलु´ रङ्गको अपाचे (RTR) मोटरसाइकल चोरी भएको छ। मधेस प्र.०३-०२४ प ५२६६ नम्बरको मोटरसाइकल करिब १५ दिन बितिसक्दा पनि मोटरसाइकल बारे धनिले केही थाहा पाउन सकेका छैनन् । नेपाल बैंकको कर्मचारी कुशवाहाले बितेको बैशाख २ गते आफ्नो घरमा मोटरसाइकल राखेका थिए। सोही दिन सो टोलमा हरिन्द्र साहको छोरीको विवाहका लागि टेन्ट सजावटको काम टेन्टका लेवरहरु करिब २ बजे रातीसम्म काम गरेको र उनीहरु काम गर्ने समयसम्म मोटरसाइकल त्यही रहेको तथा काम गर्दागर्दै टेन्टका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.