Breaking News 1

मकवानपुरमा सुकुम्बासीबारे फैलिएका हल्ला निराधार: सांसद प्रशान्त उप्रेती

मकवानपुरमा सुकुम्बासीबारे फैलिएका हल्ला निराधार: सांसद प्रशान्त उप्रेती

हेटौडा,बैशाख १७ गते । प्रतिनिधि सभा सदस्य प्रशान्त उप्रेतीले काठमाडौँमा हालै सुकुम्बासी बस्ती खाली गराइएपछि मकवानपुर क्षेत्रमा फैलिएका भ्रम र अफवाह प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले काठमाडौँको अवस्था र मकवानपुरको परिस्थिति पूर्ण रूपमा फरक रहेको स्पष्ट पारे। “सरकार कसैलाई पनि घरबारविहीन बनाउने पक्षमा छैन,” उनले उल्लेख गर्दै जनताको गास, बास र कपास जस्ता आधारभूत आवश्यकता प्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। उनले स्थानीय बासिन्दालाई ढुक्क हुन आग्रह गर्दै आफ्नो क्षेत्रका नागरिकको हक र हितको पक्षमा सधैं दृढता पूर्वक उभिने प्रतिबद्धता व्यक्त गरे। साथै, आधिकारिक सूचना बाहेक अन्य कुनै पनि हल्ला,…
Read More
राप्ती नगरपालिका–५ मा भूमिहीनको जग्गा यकिन प्रक्रिया सुरु, १५ दिनभित्र कागजातसहित उपस्थित हुन आग्रह

राप्ती नगरपालिका–५ मा भूमिहीनको जग्गा यकिन प्रक्रिया सुरु, १५ दिनभित्र कागजातसहित उपस्थित हुन आग्रह

चितवन,बैशाख १६ गते । राप्ती नगरपालिका वडा नम्बर ५, भण्डाराले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा यकिन गर्ने प्रक्रिया अघि बढाएको छ। वडा कार्यालयले सूचना जारी गर्दै यसअघि विभिन्न समयमा विवरण फारम भरेका सम्बन्धित व्यक्तिहरूलाई आवश्यक कागजातसहित १५ दिनभित्र उपस्थित हुन आग्रह गरेको हो। वडा अध्यक्ष सिताराम तामाङद्वारा जारी सूचनामा भूमिहीन सम्बन्धी समस्या समाधान आयोगमार्फत संकलित विवरणका आधारमा अब वास्तविक जग्गा पहिचान गर्ने चरणमा प्रवेश गरिएको उल्लेख गरिएको छ। जग्गा यकिन गर्ने कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित सबैलाई आवश्यक कागजातसहित राप्ती नगरपालिका भूमि शाखामा उपस्थित हुन अनुरोध गरिएको छ। सूचना अनुसार उपस्थित हुँदा निम्न कागजात अनिवार्य रूपमा ल्याउनुपर्नेछ: नागरिकताको…
Read More
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२ रनले पराजित

ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२ रनले पराजित

काठमाडौं,बैशाख १६ गते । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपालले ओमानविरुद्ध अपेक्षाकृत कमजोर प्रदर्शन गर्दै १०२ रनले हार बेहोरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। ओमानको जितमा कप्तान जतिन्दर सिंह प्रमुख नायक बने। उनले ९६ बलमा १३० रनको उत्कृष्ट पारी खेल्दा १५ चौका र ५ छक्का प्रहार गरे। साथै, जितेन रामानन्दीले ४३ र आर्यन बिष्टले ३५ रन जोड्दै टोलीको स्कोर बलियो बनाए। नेपालका लागि बलिङतर्फ सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए भने सन्दीप लामिछाने र दीपेन्द्रसिंह…
Read More
विपद् पूर्वतयारीमा नेपाली सेना सक्रिय, सुकुम्बासी विवरण संकलनबारे स्पष्टिकरण

विपद् पूर्वतयारीमा नेपाली सेना सक्रिय, सुकुम्बासी विवरण संकलनबारे स्पष्टिकरण

काठमाडौं,बैशाख १६ गते । नेपाली सेनाले आगामी बर्सातको समयमा हुनसक्ने बाढी, पहिरो, डुबान तथा नदी कटान जस्ता विपद्का जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीलाई तीव्र बनाएको जनाएको छ। नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले जारी गरेको प्रेस विज्ञप्तिमा विगतका विपद्का अनुभवलाई आधार बनाएर सम्भावित क्षति न्यूनीकरणका लागि सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै योजना निर्माण भइरहेको उल्लेख गरिएको छ। विज्ञप्तिअनुसार नेपाली सेनाले मानवीय तथा भौतिक क्षति कम गर्न पूर्वतयारीका विभिन्न कार्यहरू अघि बढाइरहेको छ। यसैक्रममा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूमा सुकुम्बासीसँग सम्बन्धित विवरण संकलनबारे आएका समाचारप्रति स्पष्ट पार्दै सेनाले त्यस्तो कार्य राहत वितरण वा अन्य उद्देश्यले नभई विपद् व्यवस्थापनको तयारीस्वरूप गरिएको…
Read More
इन्द्रसरोवर गाउँपालिका ५ मा उज्यालो नेपाल पार्टीको संगठन विस्तार, ३९ सदस्यीय समिति गठन

इन्द्रसरोवर गाउँपालिका ५ मा उज्यालो नेपाल पार्टीको संगठन विस्तार, ३९ सदस्यीय समिति गठन

चखेल,बैशाख १५ गते । इन्द्रसरोवर गाउँपालिका–५ चखेलमा उज्यालो नेपाल पार्टीले आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको छ। आज आयोजित कार्यक्रममा ३९ सदस्यीय नयाँ समिति गठन गरिएको हो। एलोन वाइबाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीको स्थानीय संगठनलाई सुदृढ बनाउने उद्देश्यले समिति विस्तार गरिएको बताइएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पार्टीका केन्द्रीय उपमहासचिव जितराम वाइबा उपस्थित रहेका थिए। त्यसैगरी, प्रदेश अध्यक्ष प्रविन बल, जिल्ला अध्यक्ष सुरेन्द्र लामा लगायत अन्य नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले संगठन विस्तारसँगै जनताको आवाजलाई अझ प्रभावकारी रूपमा उठाउने र पार्टीलाई तल्लो तहसम्म सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। उत्साहजनक सहभागितासहित कार्यक्रम सफलतापूर्वक सम्पन्न…
Read More
हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको रहस्य खुलासा, तत्काल गठनको माग

हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको रहस्य खुलासा, तत्काल गठनको माग

हेटौंडा.बैशाख १५ गते । हेटौंडा उपमहानगरपालिका–२ अन्तर्गत रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा १३ महिनादेखि व्यवस्थापन समिति गठन नभएको विषय सार्वजनिक भएको छ। सेवा सहयोग र आवाजमा नेपालका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे गम्भीर प्रश्न उठाउँदै लापरबाहीको रहस्य उजागर गरेका छन्। उनका अनुसार २०८१ साल वैशाख १५ गते विद्यालय व्यवस्थापन समिति विघटन भएयता अहिलेसम्म नयाँ समिति गठन हुन सकेको छैन। विद्यालय जस्तो संवेदनशील संस्थालाई लामो समयसम्म नेतृत्वविहीन बनाइ राख्नु केवल प्रशासनिक कमजोरी मात्र नभई शैक्षिक प्रणालीमाथिको प्रत्यक्ष अन्याय भएको उनले बताएका छन्। महतले राजनीतिक भागबन्डा नमिल्दा समिति गठन प्रक्रिया अवरुद्ध हुनु अत्यन्तै अस्वीकार्य भएको उल्लेख गरेका…
Read More
हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास हुन्छ, तर पहल बिना सम्भव छैन”

हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास हुन्छ, तर पहल बिना सम्भव छैन”

हेटौँडा,बैशाख १४ गते । हेटौडा उपमहानगरपालिका–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले पछिल्लो समय विकास निर्माण र जनअपेक्षाबारे सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका छन्। उनले जनप्रतिनिधिलाई विकासका विषयमा गरिने आलोचना र व्यङ्ग्यप्रति असन्तुष्टि जनाउँदै वास्तविकता बुझ्न आग्रह गरेका छन्। सिग्देलले विकास कार्य केवल भाषण र आलोचनाले मात्र सम्भव नहुने उल्लेख गर्दै वर्तमान परिस्थितिले जनप्रतिनिधिलाई विभिन्न चुनौतीहरूबीच काम गर्न बाध्य बनाएको बताए। उनले कतिपयले विकासलाई जनप्रतिनिधिको व्यक्तिगत खर्चबाट भएको जस्तो टिप्पणी गर्ने गरेकोप्रति आपत्ति जनाउँदै विकास राज्यको कोष र जनताले तिरेको करबाट हुने भए पनि त्यसका लागि जनप्रतिनिधिको पहल, प्रयास र निरन्तर सक्रियता अत्यावश्यक हुने स्पष्ट…
Read More
एआई र खोजमूलक पत्रकारिता अपनाउनुपर्नेमा जोड, महिला पत्रकारलाई प्रविधिमैत्री बनाउने पहल

एआई र खोजमूलक पत्रकारिता अपनाउनुपर्नेमा जोड, महिला पत्रकारलाई प्रविधिमैत्री बनाउने पहल

धुलिखेल,बैशाख १३ गते । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले परम्परागत पत्रकारिता मात्रको भरमा प्रतिस्पर्धी मिडिया क्षेत्रमा टिकिरहन कठिन बन्दै गएको बताएका छन्। उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता अत्याधुनिक प्रविधिको प्रयोग गर्दै खोजमूलक पत्रकारितामा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए। बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा धुलिखेलमा सम्पन्न दुई दिने ‘खोजमूलक पत्रकारिता तथा एआईको प्रयोग’ सम्बन्धी अभिमुखीकरण कार्यक्रमको समापन सत्रमा बोल्दै अध्यक्ष मगरले यस्तो धारणा राखेका हुन्। उनले एआईको प्रयोगले पत्रकारितालाई थप प्रभावकारी, तथ्यपरक र समयानुकूल बनाउन सक्ने उल्लेख गर्दै विशेषगरी महिला पत्रकारहरूलाई प्रविधिमैत्री बनाउने र सामाजिक विकाससँग सम्बन्धित विषयहरू गहिराइबाट…
Read More
विद्यार्थीलाई सार्वजनिक सवारीमा ४५ प्रतिशत छुट सुविधा उपलब्ध गराउन सरकारको निर्देशन

विद्यार्थीलाई सार्वजनिक सवारीमा ४५ प्रतिशत छुट सुविधा उपलब्ध गराउन सरकारको निर्देशन

काठमाडौं,बैशाख ९ गते । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले विद्यार्थीहरूलाई सार्वजनिक सवारीमा ४५ प्रतिशत छुट सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ। विभागले हालै जारी गरेको पत्रमार्फत यातायात व्यवसायी तथा सम्बन्धित संघ–संस्थाहरूलाई उक्त सुविधा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो। विभागका अनुसार गत असोज ११ गते बसेको बैठकले विद्यार्थीहरूलाई सवारी भाडामा छुट दिने निर्णय गरेको थियो। सो निर्णयअनुसार देशभरका सार्वजनिक सवारी साधनमा अध्ययनरत विद्यार्थीहरूले ४५ प्रतिशतसम्म भाडा छुट पाउने व्यवस्था गरिएको छ। पत्रमा भनिएको छ कि नेपाल सरकारका विभिन्न प्लेटफर्महरू (जस्तै ‘हेलो सरकार’ र गुनासो पोर्टल) मार्फत विद्यार्थीहरूले छुट सुविधा नपाएको गुनासो बढ्दो रूपमा आएको…
Read More
हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड

हेटौंडालाई ‘वास्तविक राजधानी’ बनाउनुपर्नेमा वडाध्यक्ष नवीन सिग्देलको जोड

हेटौंडा,बैशाख ८ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले बाग्मती प्रदेशको राजधानी हेटौंडालाई कागजी मात्र नभई व्यवहारिक रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो विचार सार्वजनिक गर्दै हेटौंडालाई केवल पालिकाको संरचनाभित्र सीमित राख्न नहुने बताएका हुन्। उनका अनुसार, जस्तै केन्द्रीय राजधानी काठमाडौंलाई केवल महानगरपालिका भनेर मात्र नहेरी राष्ट्रिय राजधानीका रूपमा चिनिन्छ, त्यसैगरी बाग्मती प्रदेशको राजधानी हेटौंडालाई पनि फरक पहिचान सहित विकास गर्न आवश्यक छ। सिग्देलले राजधानीलाई वास्तविक अर्थमा स्थापित गर्न निश्चित मापदण्ड पूरा गर्नुपर्ने उल्लेख गरेका छन्। उनले हेटौंडालाई शिक्षाको केन्द्र, स्वास्थ्य सेवाको केन्द्र, खेलकुदको केन्द्र,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.