Breaking News 2

डा. सुनील शर्माको घरमा फेला पर्यो दुर्लभ सर्प, उद्धारकर्ताको आँखामा विष परेपछि घाइते

डा. सुनील शर्माको घरमा फेला पर्यो दुर्लभ सर्प, उद्धारकर्ताको आँखामा विष परेपछि घाइते

विराटनगर। विराटनगरमा दुर्लभ मानिने ‘स्पिटिङ कोब्रा’ प्रजातिको सर्प फेला परेको छ।विराटनगर महानगरपालिका–४, नोबेल अस्पताल पछाडि रहेको डा. सुनील शर्माको निवासमा उक्त सर्प देखिएपछि उद्धार टोली बोलाइएको थियो। उद्धारका क्रममा सर्पले परैबाट विष फाल्दा उद्धारकर्ता शम्भु घिमिरे घाइते भएका छन्। चिकित्सकहरूका अनुसार स्पिटिङ कोब्राको विष आँखामा परे गम्भीर असर पुग्न सक्छ, जसले दृष्टिमा समेत हानि पुर्‍याउन सक्ने खतरा हुन्छ। यसैबीच, विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले अन्य स्थानमा पनि यस्ता सर्प देखिएमा तत्काल जानकारी दिन अनुरोध गरेको छ।
Read More
३ बुँदे घोषणापत्र जारी गर्दै सकियो पत्रकार महासंघ बागमतीको प्रादेशिक भेला

३ बुँदे घोषणापत्र जारी गर्दै सकियो पत्रकार महासंघ बागमतीको प्रादेशिक भेला

हेटौंडा। नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दुई दिने दोस्रो प्रादेशिक भेला १३ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै हेटौंडामा सम्पन्न भएको छ । सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश सरकारको भुमिका विषयक अन्तरक्रियासँगै नेपाल पत्रकार महासंघ बागमती प्रदेशको जेठ १३ गतेबाट शुरु भएको प्रादेशिक भेलामा वृहत छलफल गरी उठान गरेका विषयहरुलाई समेटेर घोषणपत्र जारी गर्दै सकिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गरेको भेलाले पारित गरेको घोषणापत्रमा पत्रकारको सुरक्षा, क्षमता विकास, सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था, सञ्चारमाध्यमलाई उद्योगका रुपमा मान्यता दिई अनुदान र सहुलियत ऋण र लोककल्याणकारी सुविधा लगायतमा तीनै तहको सरकारको ध्यानाकर्षण गराउँदै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा…
Read More
तेस्रो आँखा खुलेको दिन: लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमैत्री सेवा सुरु

तेस्रो आँखा खुलेको दिन: लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमैत्री सेवा सुरु

काठमाडौं। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी समावेशी स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले ‘मायाको पहिचान नेपाल’ र ‘एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र’ बीच सहकार्य सुरु भएको छ। सहकार्य अन्तर्गत समुदायका सदस्यहरूलाई एचआइभी परीक्षण, यौन रोगहरूको उपचार, मानसिक स्वास्थ्य परामर्श लगायतका स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुनेछन्। यस सहकार्यसँगै समुदायका सदस्यहरूले आफूलाई अस्वीकार, लज्जा वा अपमानको डर बिना सुलभ स्वास्थ्य सेवा लिन सक्ने वातावरण तयार पारिने अपेक्षा गरिएको छ। स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न र सेवा प्रदायक संस्थालाई समुदायमैत्री बनाउने दीर्घकालीन लक्ष्य लिइएको मायाको पहिचान नेपालले जनाएको छ। यस अभियानको थालनीसँगै एक एक पाइला स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण तालिम…
Read More
गभर्नर पौडेलविरुद्धको रिटमा आज सुनुवाइ हुने

गभर्नर पौडेलविरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौँ। गभर्नर विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको आज पेसी तोकिएको छ। अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले नेपाल राष्ट्र बैंक ऐन २०५८ ले तोकेको विज्ञता नभएको व्यक्तिलाई गभर्नर नियुक्त गरिएको दाबीसहित रिट दर्ता गरेका हुन्। रिटमा पौडेलको सिफारिस, नियुक्ति र शपथसमेत गैरकानुनी भएको जिकिर गर्दै नोटमा हस्ताक्षर लगायतका गम्भीर राष्ट्रिय महत्वका कार्यहरू नगर्न प्रतिषेध मिश्रित परमादेशको माग गरिएको छ। यसअघि, पौडेल गभर्नर नियुक्त हुनुअघि पनि उनिहरुले नियुक्ति रोक्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका थिए, तर त्यो रिट दरपिठ भएको थियो। सरकारले अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड,…
Read More
राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे दोस्रो कार्यकालका लागि विजयी

राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे दोस्रो कार्यकालका लागि विजयी

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । पोखरामा सम्पन्न संघको पाँचौं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा थेबेले आफ्ना प्रतिद्वन्द्वी सुमन पुरीलाई १८८ मतान्तरले पराजित गरेका हुन् । निर्वाचनमा कुल १,७६४ मतदातामध्ये १,४०४ मत खसेको थियो । थेबेले ७९७ मत प्राप्त गर्दा पुरीले ६०८ मत ल्याएका थिए । पुरी यसअघि संघको आठौं महाधिवेशनबाट उपाध्यक्ष र नवौं महाधिवेशनबाट महासचिव बनेका थिए । विद्युतीय मतदान प्रणाली प्रयोग भएकाले परिणाम छिट्टै सार्वजनिक भएको थियो। युवा संघका इन्चार्ज राजीव पहारीका अनुसार अध्यक्षसहित पदाधिकारी र केन्द्रीय समितिका अधिकांश पदमा थेबेको प्यानल विजयी भएको छ ।…
Read More
ट्याक्टरको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु, पूर्व–पश्चिम राजमार्ग  अवरुद्ध

ट्याक्टरको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सुनसरी। सुनसरीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको ज्यान गएको छ। सोमबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित फूलचोकमा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा उक्त घटना भएको हो। प्रदेश १–०२–००३ त ९०२ नम्बरको ट्याक्टरले प्रदेश १–०२–०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार इनरुवा नगरपालिका–१० का २० वर्षीय सर्फराज अन्सारी र हरिनगर गाउँपालिका–१ का २१ वर्षीय महजित अन्सारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। गम्भीर घाइते भएका दुबैलाई तत्काल उपचारका लागि सप्तकोशी न्यूरो अस्पताल, सुनसरी लगिएको थियो तर उपचारको क्रममा दुबैको मृत्यु भएको हो। दुर्घटनामा इनरुवा १० जाल्पापुरका साहेब अन्सारी पनि घाइते भएका छन्। हाल घाइतेको अवस्था र…
Read More
इटहरीको प्लाई फ्याक्ट्रीमा भिषण आगलागी

इटहरीको प्लाई फ्याक्ट्रीमा भिषण आगलागी

मोरङ। सुनसरीको इटहरी १२ खनार स्थित रहेको तिरुपति प्लाई फ्याक्ट्रीमा भीषण आगलागी भएको छ। आगलागि बुधवार विहान करिब २:०० बजेदेखि लागेको हो । तत्काल आगो नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीको दमकल , नगर प्रहरी, सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीयद्वारा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ। आगलागीबाट क्षतिको आकलन गर्न अझै बाँकी रहेको छ।
Read More
जसपा नेपालले आज हेटौंडामा बजेट माग ध्यानाकर्षण पत्रबारे समीक्षा मुलक कार्यक्रम सम्पन्न गर्यो

जसपा नेपालले आज हेटौंडामा बजेट माग ध्यानाकर्षण पत्रबारे समीक्षा मुलक कार्यक्रम सम्पन्न गर्यो

हेटौंडा। जनता समाजवादी पार्टी (जसपा) नेपालले आज बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई मुख्यमन्त्री कार्यालयमा पुगेर बजेट माग सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाए लगत्तै हेटौडा १० स्थित होटेल लिडोमा औपचारिक विविध समीक्षा र जिल्लागत रूपमा भएका पार्टीका जानकारीहरु बारे छलफल भएका छन्। जसपा नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्य लगायतका प्रदेश र जिल्लागत विशिष्ट नेतागणहरूको उपस्थितिमा आज मुख्यमन्त्री कार्यालय मै पुगेर बजेट माग सम्बन्धमा ध्यानाकर्षणपत्र बुझाएको हो। होटल लिडोमा राखेको औपचारिक विशेष कार्यक्रममा समग्र सिङ्गो पार्टीले आज मुख्यमन्त्री कार्यालयमा बुझाएको बजेट माग ध्यानाकर्षण पत्रबारे विशेष चर्चा र छलफलको विषय अन्तर्गत रही जसपा नेपालका केन्द्रीय उपाध्यक्ष देखि प्रदेश र जिल्लागत विशिष्ट नेताहरूले आआफ्नो विचार…
Read More
सञ्चारमैत्री बजेट निर्माणबारे अन्तरक्रिया तथा प्रादेशिक भेला

सञ्चारमैत्री बजेट निर्माणबारे अन्तरक्रिया तथा प्रादेशिक भेला

हेटौंडा। सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश सरकारको भुमिका विषयक अन्तरक्रिया तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दुुई दिने दोस्रो प्रादेशिक भेला हेटौंडामा शुुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मंगलबार उद्घाटन गरेका थिए । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्य तथा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने र बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतन्त्र र प्रजातन्त्रमा प्रदेश सरकारको अटुुट विश्वास रहेको भन्दै पत्रकारिता जनविश्वासको आधार बन्नुपर्ने बताए । ‘हामी लोकतन्त्र र प्रजातन्त्रमा…
Read More
व्यवस्थापनको कमजोर पक्षले संकटमा ट्रमा सेन्टर

व्यवस्थापनको कमजोर पक्षले संकटमा ट्रमा सेन्टर

उर्लाबारी। उर्लाबारी–३ मा अवस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा अत्याधुनिक उपकरण थपिँदै सेवा विस्तारको प्रयास भइरहे पनि व्यवस्थापन पक्ष कमजोर रहँदा सेवाग्राहीहरू समस्यामा परिरहेका छन्। डाक्टरको अभाव, सेवा प्रवाहमा ढिलाइ र व्यवस्थापनको असहजताले गर्दा सस्तो र प्रभावकारी उपचारको आशामा अस्पताल पुगेका बिरामीहरू निराश हुँदै फर्किन बाध्य छन्। सेवाग्राही राजेन्द्र आचार्यले भने, “एक महिनाको थेरापी गर्नुपर्ने समस्यासहित गएका थियौं। तर दिनहुँ दर्ता प्रक्रियामै अल्झाइयो। एउटै दिनमा प्याकेज बिल काटिदिएको भए समय र खर्च दुवै जोगिन्थ्यो।” उनले थपे, “चेकजाँचका लागि तीन दिन कुर्नुपर्‍यो। ट्रमा सेन्टर भनिए पनि व्यवहारमा सेवा नपाउँदा यो नाम मात्रैको ट्रमा सेन्टर बनेको देखिन्छ।” अन्य सेवाग्राहीहरूले काउन्टरमा कर्मचारी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.