Breaking News 2

कटहरिया नगरपालिकामा हाकिम बिर बहादुर साह हाजिर

कटहरिया नगरपालिकामा हाकिम बिर बहादुर साह हाजिर

रौतहट। हाकिम विहीर रहेको कटहरिया नगरपालिकामा हाकिम हाजिर भएको छ । रौतहट जिल्लाको कटहरिया नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा बिर बहादुर साह लहेरी कार्यालयमा हाजिर हुनु कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालले जानकारी दिए। कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवाल , सहित वडाध्यक्षहरू र कार्यालयका कर्मचारीहरूको उपस्थितिमा आईतबार साहलाई कार्यालयमा हाजिर गराएको हो। कार्यालयमा नगर प्रमुख जैसवालले साहलाई फुलमाला टीका लगाई खादा ओढाई स्वागत गरेका थिए। कार्यालयमा हाजिर भएपछि साहले सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने बताए। नियमानुसार महसुस हुने गरी सर्वसाधारण नागरिकलाई सेवा दिन कार्यालय प्रमुख साहले कर्मचारीहरूलाई निर्देशन दिने बताए। यस…
Read More
अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती

अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई एक चुनौती दिएका छन्। उनले शनिबार बसेको कार्य सम्पादन समितिको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकार सञ्चारकर्मीहरूमाझ यस्तो कुरा बताएको हो। सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उनले पूर्व राजालाई पक्राउ गरेर देखाउन राज्यलाई चुनौती दिएका हुन्। हामीले राजाको नाम लिएर अब आउने ८४ मा आउने चुनावलाई सजिलो बनाउन राजाको नाम चाहेको होइन उनले बताए। उनी भन्छन्; राजालाई हामीले मात्र बोकेको होइनन् जसले पनि बोक्न सक्छन्। यसमा हामीले कुनै पनि व्यक्तिगत फाइदा र व्यक्तिको स्वार्थ प्रयोजनको लागि राजसंस्थाको पुनर्बहाली माग गरेको होइन। राजा ल्याउने सन्दर्भमा टिकाटिप्पणी गर्नु कुनै पनि विवादमा राजालाई…
Read More
पत्रकार सुरेश रजकको आगलागीको कारण पूर्व सञ्चारकर्मी एनी कुँवरले गरिन खुलासा

पत्रकार सुरेश रजकको आगलागीको कारण पूर्व सञ्चारकर्मी एनी कुँवरले गरिन खुलासा

काठमाडौँ। पत्रकार एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन रहेका सुरेश रजक शुक्रबार राजावादी प्रदर्शनकारीहरूले लगाएको आगोमा जलेर निधन हुनुअघि उनको कोठा नजिकै देखिएकी युवती भने पूर्व सञ्चारकर्मी अनिता कुँवर (एनी) रहेको खोलेको छ। उक्त घटनापछि उनले आफूले आगो निभाउन हरदम प्रयास गरेको र सुरक्षाका निकायलाई बारबार खबर गरेको बताइन्। सामाजिक सञ्जालमा देखिएका भिडियो फुटेजमा स्पष्ट देखिएको छ कि घटनाको क्रममा पत्रकार रजक कोठाभित्र थुनिएको देखिएको छ। भने कुँवर र अर्का एक व्यक्ति भर्याङबाट तल ओलिरहेका देखिन्छन्। कुँवरले घटनाका बेला सबैलाई जानकारी गराउनका निम्ति सामाजिक सञ्जाल फेसबुक लाइभ गर्दै आगलागि बारे जानकारी गराउँदै सो घटनालाई नियन्त्रणका लागि उनले लाइभबाटै गुहार मागेकी बताइन्। परिस्थितिलाई…
Read More
पत्रकार हत्याराको विरोधमा हेटौंडामा ऐक्यबद्धता जनाउँदै विरोध प्रदर्शन

पत्रकार हत्याराको विरोधमा हेटौंडामा ऐक्यबद्धता जनाउँदै विरोध प्रदर्शन

हेटौंडा। शुक्रबार काठमाडौँको तिनकुनेमा भएको राजावादीको आन्दोलनमा भएको पत्रकार हत्या र संचार गृह तथा सञ्चारकर्मीमाथि सांघातिक हमला भएको विरुद्धमा आज हेटौडा पनि उक्त घटनालाई लिएर ऐक्यबद्धता जनाउँदै हेटौडाका पत्रकारहरुले विरोध सभा गरेका छन्। एभिन्यूज टेलिभिजनका क्यामरा पर्सन पत्रकार सुरेश रजकको हत्याराको विषयलाई ऐक्यबद्ध जनाउँदै हेटौडाका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुले पनि विरोध जनाउँदै सीमाचोकमा गएर विभिन्न प्लेकार्डहरू बोकेर विरोध जनाएका छन्। विरोधसभामा पुगेका प्रत्येक पत्रकार साथीहरुले प्लेकार्डमा लेखेका छन् "प्रेस स्वतन्त्रता जिन्दाबाद,पत्रकार सुरक्षाको ग्यारेन्टी गर हार्दिक श्रद्धाञ्जली सुरेश" जस्ता प्लेकार्डहरू बोकेर सिमाचोकमा पुगेर विरोध सभा हेटौंडाका पत्रकारहरुले गरेका थिए।
Read More
राप्रपाले आफ्ना नेताहरूलाई छुटाउन अल्टिमेटम २४ घण्टे आदेश दिए

राप्रपाले आफ्ना नेताहरूलाई छुटाउन अल्टिमेटम २४ घण्टे आदेश दिए

काठमाडौँ। राप्रपाले पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डाक्टर धवल शमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम आदेश दिएको छ। आज बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले दुई नेता लगायत अन्य कार्यकर्ताहरूलाई पनि २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम आदेश दिएको विशेष बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले सञ्चारकर्मीहरू माझ जानकारी गराएका थिए। यदि २४ घण्टाभित्र रिहा नगरिए राप्रपाले देशभर विरोधका कार्यक्रमहरू अझ चुस्त दुरुस्त तरिकाबाट गर्ने र त्यसलाई आन्दोलनका रूपमा उठाएर लैजाने निर्णय गरेको उनले बताए।
Read More
माइतीघर मण्डलामा पत्रकार सुरेश रजकको हत्यारालाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

माइतीघर मण्डलामा पत्रकार सुरेश रजकको हत्यारालाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

काठमाडौँ। आज काठमाडौँमा पत्रकार सुरेश रजकको हत्यारालाई कारबाहीको माग गरी पत्रकारहरूले विरोध प्रदर्शन गरेका छन्। बिहान माइतीघर मण्डलामा पुगेका विभिन्न मिडियाहरूमा आबद्ध रहेका पत्रकार साथीहरूको भेला भएर शुक्रबार भएको पत्रकार रजकको हत्यालाई विरोध जनाउँदै पत्रकारहरुले प्रयोग गर्ने क्यामराहरु सडकमा राखेर घटनाको विरोध प्रदर्शन गरेका थिए। एभिन्यूज टेलिभिजनको क्यामरा पर्सन रहेका पत्रकार रजकको हत्यारालाई कारबाहीको माग राख्दै विभिन्न ठाउँबाट आएका पत्रकार साथीहरुले उक्त घटनालाई ऐक्यबद्धता जनाउँदै विरोध सभा गरेका हुन्।
Read More
दमकमा आफ्नै घरबाट हाम फालेर एकजना वृद्धले गरे आत्महत्या

दमकमा आफ्नै घरबाट हाम फालेर एकजना वृद्धले गरे आत्महत्या

झापा। झापाको दमकमा आफ्नै घरबाट हाम फालेर एकजना वृद्धले आत्महत्या गरेका छन्। दमक ५ स्थित दिपिनी मार्गमा रहेको तीनतले घरको छतबाट हाम फालेर वर्ष ८१ को टेकबहादुर गुरुङले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। घटनाको मुचुल्का सहित पोस्टमार्टमको कार्य पनि गरिसकेको प्रहरीले जनाएको छ।
Read More
उत्तम गोम्जा जसपा नेपाल मकवानपुरको अध्यक्षतामा निर्विरोध चयन

उत्तम गोम्जा जसपा नेपाल मकवानपुरको अध्यक्षतामा निर्विरोध चयन

हेटौंडा। जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन २०८१ मकवानपुरमा सम्पन्न भएको छ। जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका उत्तम गोम्जा सर्वसहमत रूपमा चयन भएका छन्। जिल्ला अध्यक्षको लागि तीनजनाको उम्मेदवारी दाबेदार भएतापनि पछि छलफलद्वारा नै गोम्जालाई अध्यक्षमा चुनिएको थियो। जसपा नेपाल मकवानपुरले अधिवेशनबाट नै उत्तम गोम्जाको अध्यक्षतामा ४१ जिल्ला कमिटी गठन गर्न सफल भएको छ। जिल्ला कमिटीमा प्रवेश भएका सबै पार्टी कार्यकर्ताहरूलाई माटोको टिका लगाएर एउटा पार्टीको नीति र विधि विधानअनुसार गर्नुपर्ने दायित्वलाई बोध गराउँदै प्रतिबद्धता सहित नयाँ सबै सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए। मकवानपुर जिल्ला अध्यक्षको रूपमा निर्विरोध चयन भएका गुम्जाले अब आउने दिनहरूमा पार्टीले गर्नुपर्ने…
Read More
समाजवादी मोर्चाद्वारा काठमाडौँमा विशाल जनप्रदर्शन

समाजवादी मोर्चाद्वारा काठमाडौँमा विशाल जनप्रदर्शन

काठमाडौँ । काठमाडौँमा समाजवादी मोर्चा नेपालको आयोजनामा आज गणतन्त्रको पक्षमा विशाल जनसभा भएको छ । राजतन्त्र भन्दा प्रगतिशील व्यवस्था गणतन्त्रको सम्बर्द्धन गर्दै समाजवाद स्थापनाका लागि अथक प्रयास गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नका लागि आयोजना गरिएको जनसभमा मोर्चामा आवद्ध सबै पार्टीले जनमास केन्द्रित गरेको हो । शुक्रबार भएको जनप्रदर्शनमा भृकुटीमण्डप वरपराका विभिन्न क्षेत्रबाट र्‍याली सहित सुरु भएको जनप्रदर्शन भृकुटीमण्डपमा पुगेर जनसभामा परिणत भएको हो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी), एकीकृत समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी सहित चार दलिय समाजवादी मोर्चाद्वारा आयोजित जनसभामा हजारौं जनताको सहभागीता रहेको छ । कार्यक्रमको सम्बोधन गर्दै नेकपा (माओवादी) केन्द्रका अध्यक्ष तथा…
Read More
पत्रकार दिनेश गौतममाथि कुटपिट

पत्रकार दिनेश गौतममाथि कुटपिट

काठमाडौँ। शुक्रबार रिपोर्टिङका लागि काठमाडौँको तिनकुने स्थित प्रदर्शनको भएको स्थलमा पुगेका अनलाइन खबरका पत्रकार दिनेश गौतममाथि कुटपिट भएको छ। राजावादीले गरेको प्रदर्शन आन्दोलनलाई रिपोर्टिङ गर्न पुगेका पत्रकार गौतममाथि कुटपिट भएका हुन्। आन्दोलनकारी राजावादी प्रदर्शनकारीहरूले प्रहरीको अश्रुग्याँस हान्ने हतियार खोसेका बेला पत्रकार गौतमले उक्त फोटो खिचेका थिए। यो एउटा सिआईडी हो भन्दै पत्रकार गौतममाथि उक्त प्रदर्शनकारीहरू उनीमाथि जाई लागेका थिए। पत्रकार गौतम भन्छन्; प्रदर्शनकारीहरूले प्रहरीको बन्दुक खोसेर कापमा बोकेर हिँडेको बेला मैले सो फोटो खिचेका थिए। त्यसपछि उनीहरू सिधा ममाथि यो एउटा सीआइडी हो भन्दै तिनकुने चौरको डिलमा मलाई धकेलेर लडाइदिएका थिए। त्यस पछि ममाथि कुटपिट गरे। कुटपिटमा उत्रेका प्रदर्शनकारीहरूले उनको साथमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.