Breaking News 2

बेलबारीकी  सुजता घलेद्वारा नमुना बालगृहका बालबालिकालाई सहयोग

बेलबारीकी सुजता घलेद्वारा नमुना बालगृहका बालबालिकालाई सहयोग

उर्लाबारी। समाजसेवाको उदाहरण प्रस्तुत गर्दै बेलबारी नगरपालिका वडा नं १ निवासी सहयोगी मनकी धनी सुजता घले तथा उनको परिवारले उर्लाबारी–७ स्थित नमुना बालगृहमा आश्रित अभिभावकविहीन बालबालिकालाई सहयोग गरेको छ । बिहीबार आयोजित विशेष कार्यक्रममार्फत बालगृहको संरक्षणमा रहेका ६८ जना बालबालिकालाई एक छाक खाना खुवाउनुका साथै आवश्यक लत्ताकपडा, चाउचाउ, बिस्कुट, जुस, खेलौना, टुथपेस्ट, ब्रस, मिठाई तथा स्टेशनरी सामग्री वितरण गरिएको थियो। कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत किशोर–किशोरीहरुलाई प्रोत्साहनस्वरूप प्रति व्यक्ति १५ सय रुपैयाँका दरले नगद पाकेट खर्च समेत प्रदान गरिएको छ। सहयोग कार्यक्रममा पुष्पा घले, मनमाया गुरुङ, दिपा गुरुङ, तिर्थकुमारी गुरुङ, आइसा श्रेष्ठ, किशोर गुरुङ, राजु घले, रन्जित कार्की,…
Read More
उर्लाबारीका किसानलाई आधुनिक हलो वितरण

उर्लाबारीका किसानलाई आधुनिक हलो वितरण

उर्लाबारी। खासै प्रयोगमा नआएको तर उपयोगी ‘कृषि हलो’ उर्लाबारी ७ का दीपक भण्डारीको अवधारणा हो । बाँदर धपाउने यन्त्र बनाएर काफी चर्चा बटुलेका उनै भण्डारीद्वारा निर्मित फरक खालको कृषि हलो उर्लाबारी नगरपालिकाले प्रबद्र्धन गरेपछि उहाँ दंग हुनुहुन्छ । चाइनिज टेक्नोलोजी’ फ्लो गरेर यस्तो हलो बानाइएको उहाँको कथन छ । अग्लो वा होचा जस्ता मानिसलेपनि सहजै जोत्न सक्ने, इन्धन नलाग्ने, शारीरिक उर्जापनि खासै खर्चिनु नपर्ने हलोको विशेषता रहेको भण्डारी बताउनुहुन्छ । ७ नम्बर वडाकै आश्रम टोलमा कृषि औजार र उपकरणहरु निर्माण गरी दिपक सप्लायर्स फर्म संचालनमा छ । उहाँले नगरपालिकाका मेयर गंगाप्रसाद खरेललाई आफ्ना उत्पादनका विशेषता अवगत गराएपछि नगरपालिकाले प्रोत्साहन गरेको…
Read More
रतुवामाईका गृहिणीलाई  ३० दिने ब्युटी पार्लर  तालिम

रतुवामाईका गृहिणीलाई ३० दिने ब्युटी पार्लर तालिम

रतुवामाई। सोनाली मल्टीप्रपोज एण्ड ड्राइभिङ स्कूल प्रा.लि. बिराटनगरको आयोजना तथा रतुवामाई नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित ३० दिने ब्युटी पार्लर तालिम सम्पन्न भएको छ। नगरका गृहिणीहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले संचालन भएको ३० दिने ब्युटी पार्लर तालीम शुक्रबार सम्पन्न भएको हो । रतुवामाई नगरपालिका–७ सिजुवास्थित वडा कार्यालयको सभा हलमा शुक्रबार एक कार्यक्रमबीच तालिममा सहभागी ३० जना गृहिणी महिलाहरूलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा रतुवामाई नगरपालिकाका नगर प्रमुख नागेश्वर प्रसाद सिंहले तालिम समापन समारोहलाई सम्बोधन गर्दै नगरभित्र कुनै पनि व्यक्ति बेरोजगार नहोउन् भन्ने उद्देश्यले नगरपालिकाले यस्ता सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको बताए। उनले थपे, “नगरवासीलाई सीप प्रदान गरेर…
Read More
ज्यालादारी मजदुर तथा कर्मचारीको सामाजिक सुरक्षाको माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र

ज्यालादारी मजदुर तथा कर्मचारीको सामाजिक सुरक्षाको माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र

उर्लाबारी। औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक वर्गको सामाजिक सुरक्षाको माग गर्दै नेकपा एमाले उर्लाबारी नगर कमिटीले मंगलबार उर्लाबारी नगर प्रमुख गंगा प्रसाद खरेललाई ज्ञापनपत्र बुझाएको छ। उर्लाबारी नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य भुपाल जिमी र एमाले नगर अध्यक्ष निरोज तिम्सिनाले संयुक्त रूपमा उक्त ज्ञापनपत्र नगर प्रमुख खरेललाई बुझाएका हुन्। ज्ञापनपत्रमा विभिन्न निजी कम्पनीहरूमा करार र ज्यालादारी सेवामा कार्यरत मजदुर तथा कर्मचारीहरूलाई संविधानको धारा ३४, धारा ४३, र धारा ५७ को उपधारा ५ तथा स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ को उपदफा ४(३) अनुसार सामाजिक सुरक्षा योजना लागू गर्न माग गरिएको छ। उक्त व्यवस्थाहरूले श्रमिकको जीवनस्तर…
Read More
रहेनन नक्कली प्रचण्ड

रहेनन नक्कली प्रचण्ड

काठमाडौ। नक्कली प्रचण्डको रूपमा परिचय बनाएका हास्य कलाकार घनश्याम गौतमको क्यान्सरकै कारण मृत्यु भएको छ। काठमाडौँ क्यान्सर सेन्टर ताथलीमा आज रातको १२ बजे उनको मृत्यु भएको परिवार श्रोतले जानकारी दिएको छ। उनी लामो समयदेखि क्यान्सर रोगले ग्रसित थिए। पटकपटक उपचार गर्दा पनि स्वास्थ्यमा सुधार आउन सकेको थिएन। श्रीमती कै साहारामा अस्पतालमा उपचार गराइरहेका थिए गौतमले । मेरी बास्सै हास्य टेलिसिरियलमा प्रचण्डको रोलबाट परिचित थिए। गाईजात्राहरूमा पनि उनको सहभागिता हुने गर्दथ्यो। उनको भोलि बिहानै पशुपति आर्यघाटमा दाहसस्कार गरिने परिवार श्रोतले जानकारी दिएको छ ।
Read More
रतुवामाईमा बृहत नि :शुल्क स्वास्थ्य शिविर सुरु,भोलि सौठा बहुमुखी क्याम्पसमा सञ्चालन हुने

रतुवामाईमा बृहत नि :शुल्क स्वास्थ्य शिविर सुरु,भोलि सौठा बहुमुखी क्याम्पसमा सञ्चालन हुने

मोरङ। रतुवामाई नगरपालिकाले नगरवासीको स्वास्थ्य प्रवर्धनका लागि निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन सुरु गरेको छ। रतुवामाई नगर कार्यपालिकाको कार्यालय, सिजुवा, को आयोजनामा तथा नोबेल मेडिकल कलेज, विराटनगरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा विशेषज्ञ चिकित्सकको टोलीसहित विभिन्न स्वास्थ्य सेवा प्रदान गरिने छ। शिविरको उद्घाटन सोमबार रतुवामाई–४, झुर्कियामा रहेको नगर अस्पतालमा नगर प्रमुख नागेश्वरप्रसाद सिंहले गर्नुभयो। उद्घाटन कार्यक्रममा नगर उपप्रमुख दमयन्ता देवी चुडाल, प्रमुख प्रशासकीय अधिकृत डमरु वल्लव बराल, नोबेल मेडिकल कलेजका मार्केटिङ म्यानेजर नवीन दाहाल, विशेषज्ञ चिकित्सक, जनप्रतिनिधि तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियोशिविरमा मेडिसिन, सर्जरी, प्रसूति तथा स्त्रीरोग, बालरोग, नेत्ररोग, हाडजोर्नी, नाक–कान–घाँटी, मुटु रोग सम्बन्धी परीक्षण, रगत तथा पिसाबको…
Read More
रतुवामाई नगरपालिकाले नगरका ३ स्थानमा बृहत स्वास्थ्य शिविर गर्दै

रतुवामाई नगरपालिकाले नगरका ३ स्थानमा बृहत स्वास्थ्य शिविर गर्दै

रतुवामाई। मोरङको रतुवामाई नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सिजुवाको आयोजनामा र नोबेल मेडिकल कलेज, विराटनगरको प्राविधिक सहयोगमा विशेषज्ञ डाक्टर टोलीसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । नगरवासीहरूलाई लक्षित गर्दै नगरभित्रका ३ स्थानमा आयोजना गरिएको यस शिविरले विभिन्न स्वास्थ्य सेवा प्रदान गर्ने नगर प्रमुख नागेश्वरप्रसाद सिंहको सचिवालयले जनाएको छ। शिविरमा मेडिसिन, सर्जरी, प्रसूति तथा स्त्रीरोग, बालरोग, नेत्ररोग, हाडजोर्नी रोग, नाक–कान–घाँटी, मुटुका रोग सम्बन्धी परीक्षण, प्रयोगशालामा रगत तथा पिसाब परीक्षण, रेडियोलोजिकल जाँच, साथै दन्त चिकित्सा जस्ता ११ प्रकारका सेवाहरू उपलब्ध हुनेछन् । नगरपालिकाले जनाएका अनुसार, शिविर परीक्षणको क्रममा गम्भीर रोग पत्ता लागेका बिरामीहरूलाई नोबेल अस्पताल, विराटनगरमा ५०% छुटमा शल्यक्रिया गरिनेछ भने…
Read More
उर्लाबारी–पथरी जोड्ने सुन्झोडा खोलामा मोटरेबल पुल निर्माणको शिलान्यास, स्थानीयमा उत्साह

उर्लाबारी–पथरी जोड्ने सुन्झोडा खोलामा मोटरेबल पुल निर्माणको शिलान्यास, स्थानीयमा उत्साह

उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिका र पथरी शनिश्चरे नगरपालिकालाई जोड्ने सुन्झोडा खोलामा बहुप्रतीक्षित मोटरेबल पुलको निर्माण कार्यको शिलान्यास गरिएको छ। वर्षौंदेखिको स्थानीय मागलाई सम्बोधन गर्दै शनिबार एक विशेष समारोहका बीच पुल निर्माणको औपचारिक सुरुवात गरिएको हो।शिलान्यास कार्यक्रममा संघीय सांसद डिकबहादुर लिम्बू (मोरङ–१) र शुनिल शर्मा (मोरङ–३) प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा कोशी प्रदेशसभा सदस्यहरू, पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्बापो, उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल, उपमेयर मीना खतिवडा पौडेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा बोल्दै सांसद लिम्बूले, "सरकार जनताको आवश्यकता र अपेक्षालाई प्राथमिकतामा राख्दै अघि बढिरहेको छ," भन्दै पुल निर्माण त्यसको सजीव उदाहरण भएको…
Read More
मिक्लाजुङमा कर्णाली साकोसको सदस्य विस्तारित भेला सम्पन्न

मिक्लाजुङमा कर्णाली साकोसको सदस्य विस्तारित भेला सम्पन्न

मोरङ। कर्णाली बचत तथा ऋण सहकारी संस्था लि.ले मिक्लाजुङ गाउँपालिकाको सेवा केन्द्रअन्तर्गत सदस्य विस्तारित भेला सम्पन्न गरेको छ। शनिबार मिक्लाजुङ गाउँपालिका–५ स्थित मधुमल्लाको वृद्धवृद्धा सामुदायिक भवनमा सम्पन्न भेलामा संस्थाका बचत तथा ऋण नीति, सामाजिक सुरक्षा सम्बन्धी नीति, समसामयिक गतिविधि, वित्तीय अवस्था, समस्या र चुनौतीबारे विस्तृत छलफल गरिएको थियो। संस्थाले शेयर सदस्यहरूलाई साक्षर बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको जनाएको छ। कार्यक्रममा ८० भन्दा बढी शेयर सदस्यहरूको उपस्थिति रहेको र कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी संस्थाकी कर्मचारी दिया थापाले दिइन। कार्यक्रमले सदस्यहरूको जागरुकता बढाउन र सहकारीप्रति विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Read More
पेट्रोलियम पदार्थको मूल्य बढ्दा,सस्तियो हवाई इन्धन

पेट्रोलियम पदार्थको मूल्य बढ्दा,सस्तियो हवाई इन्धन

काठमाडौँ। नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको छ। निगमले भारतबाट आयात हुने मूल्यमा वृद्धि भएकाले पेट्रोलियमको मूल्य बढाउनु परेको जनाएको छ। यद्यपि, निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ। आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ। त्यसैगरी, अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंबाट खरिद हुने इन्धनको मूल्य प्रतिकिलोलिटर २२ अमेरिकी डलरले घटाइएको निगमले जानकारी दिएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.