२०८२ बैशाख २९, सोमबार १८:०१
२०८२ बैशाख २९, सोमबार १८:०१
काठमाडौँ। भोलि आइतबारदेखि देशभर कक्षा १२ को परीक्षा सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी सहभागी हुनेछन्। नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ जना र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ। देशभरका ५ हजार २ सय २ वटा विद्यालयका विद्यार्थीहरूका लागि १ हजार ५ सय ९१ वटा परीक्षा केन्द्र तोकिएका छन्। विशेषगरी, जापानस्थित एभरेस्ट स्कुलका ३८ जना विद्यार्थीले त्यहीँको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ। ७७ जिल्लामध्ये सबैभन्दा कम परीक्षार्थी मनाङमा रहेका छन्, जहाँ जम्मा ४५…