Breaking News 2

सत्ताको आडमा गरिएको प्रहरी दमन नरोके कडा संघर्षमा उत्रिने नेकपा मकवानपुरको चेतावनी

सत्ताको आडमा गरिएको प्रहरी दमन नरोके कडा संघर्षमा उत्रिने नेकपा मकवानपुरको चेतावनी

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले सत्ताको आडमा मच्चाएको प्रहरी आतंक र दमन तत्काल नरोके कडा संघर्षका कार्यक्रम सहित अघि बढ्ने चेतावनी दिएको छ । जिल्ला सेक्रेटरी पेमा सीले एक विज्ञप्ति जारी गर्दै उक्त वक्तव्य व्यक्त गरेका हुन् । २०८२ असार ३ गते हेटौंडा-१ चौकिटोल स्थित सार्वजनिक जग्गा प्रकरणमा मुछिएको र सुकुम्बासीको माग सुनुवाइ नगरेको आरोपमा केहि सुकुम्बासीहरुले वडाध्यक्ष सबिन न्यौपाने माथि कालोमोसो दलि सांकेतिक कारबाही गरेका थिए । उक्त विषयसँग जोडेर बिक्रम थिङ सहित ५ जना निर्दोष सुकुम्बासी र सन्जिब रुम्बालाई बिनागल्ती अन्धाधुन्ध गरिएको धरपकटको एक विज्ञप्ति जारी गर्दै नेकपा मकवानपुरले घोर भर्त्सना गरेको छ । असार १९ गते…
Read More
हेटौँडा ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात

हेटौँडा ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात

हेटौडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात भएको छ। बिहीबार बिहान हेटौँडा-४ स्थित क्याम्पसदेखि हुप्राचौरतर्फ निस्कने सडक विस्तारको कामको विषयमा हेटौँडा क्याम्पस अगाडि छलफल भइरहँदा उनीमाथि हातपात भएको प्रहरीले जनाएको छ। वडाध्यक्ष सिग्देलमाथि काभ्रे जिल्लाको रोशी गाउँपालिकाका मञ्जु लामाले हातपात गरेको प्रहरीले जानकारी दिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ र प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Read More
मकवानपुरको कैलास गाउँपालिकामा १३८ किलो गाँजासहित एकजना व्यक्ति पक्राउ

मकवानपुरको कैलास गाउँपालिकामा १३८ किलो गाँजासहित एकजना व्यक्ति पक्राउ

मकवानपुर। मकवानपुरमा आज गाँजा सहित एकजना व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज ठूलो परिमाणमा लागू औषध गाँजा सहित एक जना व्यक्तिलाई पक्राउ गर्न सफल भएको हो। जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार कैलाश गाउँपालिका वडा नम्बर ९, ठूलोबारीमा बस्ने वर्ष ५५ को अर्जुन रुम्बालाई १३८ किलो ३० ग्राम लागू औषध गाँजा सहित नियन्त्रणमा लिन सफल भएको जानकारी दिएको छ। रुम्बालाई आज दिउँसो करिब ३ बजेर ३० मिनेट जाँदा उनले लागू औषध गाँजालाई लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनलाई उनको आफ्नो निवासबाट बसिरहेको अवस्थामा नियन्त्रण लिएको बताएको छ। जब त्यहाँ प्रहरी पुगेपछि…
Read More
तेह्रथुमको धार्मिक एवंम् पर्यटकीय स्थल मार्गा पोखरी

तेह्रथुमको धार्मिक एवंम् पर्यटकीय स्थल मार्गा पोखरी

तेह्रथुम । तेह्रथुम जिल्ला नेपालको पूर्वी पहाडी भू–भागमा अवस्थित सुन्दर जिल्ला हो । यही जिल्लाको छथर गाउँपालिको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल मार्गा पोखरी प्राकृतिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा स्थापित भएको छ । हरियाली वनजंगलले घेरिएको, सधैं सफा र स्थिर जलस्रोत बोकेको, धार्मिक आस्थाले परिपूर्ण र पर्यटकीय रुपमा प्रचुर सम्भावना भएको यो पोखरी अहिले प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । मार्गा पोखरी छथर गाउँपालिका वडा नं. १ मा पर्छ । आङ्दिमको शिरमा रहेको यो पोखरी कोशि राजमार्ग हुदै गाडीबाट धनकुटाको सिधुवा बजार देखी सिधुवा–सुक्रबारे सडकखण्ड हुदै चारमाने चोक आइपुग्न सकिन्छ, त्यस्तै छथर गाउँपालिकाको मुख्य केन्द्र शुक्रबारे…
Read More
संघीय लोकतान्त्रिक मोर्चाले ६ प्रदेशमा सभा गर्ने

संघीय लोकतान्त्रिक मोर्चाले ६ प्रदेशमा सभा गर्ने

काठमाडौँ। संघीय लोकतान्त्रिक मोर्चाले ६ प्रदेशमा सभा गर्ने भएको छ। आइतबार लाजिम्पाटस्थित बाबा होटलमा बसेको मोर्चाको बैठकले मोर्चाको उद्देश्य, औचित्य र आवश्यकताबारे प्रकाश पार्न काठमाडौं, भैरहवा, कैलाली, विराटनगर, जनकपुर र वीरगञ्जमा सभा आयोजना गर्ने निर्णय गरेको हो। जसअनुसार काठमाडौंमा साउन १७ गते सभा आयोजना गर्ने मोर्चाले बताएको छ। भैरहवामा आगामी साउन २१ गते, कैलालीमा साउन २३ गते, वीराटनगरमा भदौ १६ गते, जनकपुरमा भदौ १८ गते र वीरगञ्जमा भदौ २० गते सभा आयोजना गर्ने मोर्चाको तयारी छ। आजको बैठकले संघीय लोकतान्त्रिक मोर्चाको कार्यविधि २०८२ पारित गरेको र आजकै मितिबाट लागू गर्ने निर्णय गरेको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी दिए।…
Read More
आधारभुत विद्यालय ठुलो टोडकेको विव्यसको अध्यक्षमा समाज लामा पुन नियुक्ती

आधारभुत विद्यालय ठुलो टोडकेको विव्यसको अध्यक्षमा समाज लामा पुन नियुक्ती

राक्सिराङ । राक्सिराङ-८, ठूलो टोड्के स्थित श्री आधारभुत विद्यालय ठुलो टोडकेको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा समाज लामा पुन नियुक्ती भएका छन् । शुक्रबार भएको ५० औं अभिभावक भेलाले समाज लामालाई पुन अध्यक्षमा नियुक्त गरेको हो । लामाले मिति २०७८ साल चैत्र १५ गते बाट पहिलो पटक विव्यस अध्यक्षको पदभार समालेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भैसकेपछी अध्यक्ष लामाले विद्यलायको गेट सहितको कम्पाउण्ड निर्माण गरेको छ । राक्सिराङ गाउँपालिकाकै नमुनाको रुपमा विद्यालयको प्रशासनिक क्षेत्रमा उल्लेख्य सुधार भएको छ । वार्षिक परिक्षामा राम्रो नतिजा ल्याएर शतप्रतिशत विद्यार्थी सफल भएका छन् । यहि नमुना कार्य सम्पन्न गरेकाले अध्यक्ष समाज लामालाई शैक्षिक सत्र…
Read More
एसईईमा अनुत्तीर्ण सबैले मौका परीक्षा दिन पाउने

एसईईमा अनुत्तीर्ण सबैले मौका परीक्षा दिन पाउने

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार राति सार्वजनिक गरेको छ। यस वर्षको नतिजाअनुसार कुल ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सार्वजनिक गरेको नतिजामा १ लाख ६७ हजार ५९७ विद्यार्थी 'नतिजा अवर्गीकृत' (NG) भएका छन्। यो पटक यी सबै विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन्। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएअनुसार, अनुत्तीर्ण भएका सबै विद्यार्थीहरूले साउन २९ गतेदेखि हुने मौका परीक्षामा सहभागी हुन पाउनेभएका छन्। गत २०८० सालको एसईईमा पनि 'एनजी' आएका सबै विद्यार्थीहरूलाई तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको निर्णयअनुसार मौका परीक्षाको अवसर…
Read More
सामाजिक अभियान्ता महतलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

सामाजिक अभियान्ता महतलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

हेटौंडा। सामाजिक अभियान्ताको रूपमा चिनिने हेटौडाका विशालराज महतलाई पक्राउ नगर्न उच्च अदालत हेटौडा इजलासले अन्तरिम आदेश जारी गरेको छ। उच्च अदालत हेटौडाका न्यायाधीश शकुन्तला घिमिरेको इजलासले महतलाई पक्राउ नगर्न विशेष विपक्षीहरुको नाममा आदेश जारी गर्दै यस्तो निर्णय गरेको हो। घटना केही समय अगाडिको हो। जुन समयमा हेटौडा १ का वडाध्यक्ष सबिन न्यौपाटीमाथि एक्कासी कार्यकक्षमै रहिरहेको बखतमा अज्ञात व्यक्तिहरूबाट कुटपिट गर्दै कालमोसो दली उनको साथमा रहेको दुईवटा मोबाइल पनि लगिएको खबर बाहिरिएको थियो। त्यसपछि उक्त घटनासँग जोडिएको आशंका वा शङ्काको भरमा जिल्ला प्रहरी कार्यालयबाट पटकपटक उनको मोबाइलमा कल आइरहेको र कल उठाउँदा तपाईंसँग केही जानकारी लिनु छ भेटाउन भन्ने जस्ता विषयहरु उठाएर…
Read More
नेता बानियाँले गरे मनहरीमा एकैदिन पाँच वटा पूर्वाधार परियोजनाको उद्घाटन

नेता बानियाँले गरे मनहरीमा एकैदिन पाँच वटा पूर्वाधार परियोजनाको उद्घाटन

मनहरी। नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले बिहिवार मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका–६ का विभिन्न स्थानमा निर्माण सम्पन्न भएका पाँच पूर्वाधारको उद्घाटन गरेका छन्। मनहरी ६ स्थित रमौली प्रतापुरको १ किलोमिटर कालोपत्रे सडक, जोगीताल पक्की पुल, सुनाचुरी जोगीताल १ किलोमिटर सडक, तिलेश्वर मन्दिर र सुनाचुरी गुम्बाचोकस्थित क्लब भवन तथा जिम क्लबको एक कार्यक्रमका बीच नेता बानियाँले उद्घाटन गरेका हुन् । कांग्रेस सभापति एवं बागमती प्रदेशसभा सदस्य बानियाँले मनहरी गाउँपालिकाको ६ नम्बर वडा अरु वडाभन्दा भौगोलिक दृष्टिले ठूलो र दुर्गम रहेको बताउँदै यस वडामा प्रदेश र स्थानीय तहको समन्वयमा विगतदेखि नै विभिन्न विकास निर्माणका योजना सञ्चालन…
Read More
यो सरकार राज्य सञ्चालन गर्ने विषयमा पूर्ण असफल भइसक्यो: जसपा नेपाल उपाध्यक्ष बज्राचार्य

यो सरकार राज्य सञ्चालन गर्ने विषयमा पूर्ण असफल भइसक्यो: जसपा नेपाल उपाध्यक्ष बज्राचार्य

काठमाडौँ। राष्ट्रिय पार्टीको रूपमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले अहिलेको यो सरकार राज्य सञ्चालन गर्ने विषयमा पूर्ण असफल भएको कुरा बताएका छन्। आज रेडियो भरोसासँग फोन संवाद गर्ने क्रममा उनले यस्तो कुरा बताएका हुन्। उनी भन्छन्: "केपी ओली सरकार अहिले पूर्ण बदनाम कमाउने अवस्थामा डामाडोल भइसकेको अवस्था छ।" जसरी समर्थन दिएको थियो हामीले त्यही अनुसार सरकार पक्षधरबाट कुनै पनि चासो हामी माझ नदेखाएपछि हामीले राखेको समर्थन फिर्ता सरकार पक्षबाट लिएका हौं। अहिलेको यस सरकारले गरेको कुनै पनि कार्यलाई हेर्ने हो भने आर्थिक पक्षमा यो सरकार पूर्ण डामाडोल भइसकेको अवस्था देखिन्छ। र नौ महिनाको समय अवधिमा फर्केर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.