Breaking News 2

भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान

भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान

भरतपुर। भरतपुर महानगरपालिकाले जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्ने उद्देश्यले अन्तर्जातीय विवाह गरेका १५ दम्पतीलाई नगदसहित सम्मान गरेको छ। महानगरले दलित र गैर-दलितबीच विवाह गर्ने प्रत्येक जोडीलाई एक-एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो। महानगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा मेयर रेनु दाहालले जातीय विभेद न्यूनीकरणमा यस्ता सम्मानले महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले सामूहिक प्रयासबाट मात्रै जातीय विभेदलाई हटाउन सकिनेमा जोड दिइन्। उपमेयर चित्रसेन अधिकारीले सामाजिक रूपान्तरणका लागि अन्तरजातीय विवाहको भूमिका महत्वपूर्ण रहेको बताए। महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जातीय विभेद दण्डनीय भए पनि पूर्ण रूपमा हटाउन अझै चुनौती रहेको बताए। महानगरले आर्थिक वर्ष २०७७/०७८ देखि अन्तरजातीय विवाह गर्ने जोडीलाई…
Read More
गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ

गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ

अछाम। पत्रकार धनराज साउँद बान्नीगढी जयगढ गाउँपालिकाका लेखा अधिकृत नारदप्रसाद खनाललाई गालीगलौज तथा हातपात गरेको आरोपमा पक्राउ परेका छन्। शुक्रबार पक्राउ परेका साउँदविरुद्ध आइतबार 'अपमानजनक तथा अमानवीय व्यवहार गर्न नहुने' कसुरमा जाहेरी दर्ता भएको छ। जिल्ला अदालत अछामबाट पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। साउँद नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका सचिव हुन्
Read More
नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संघीय सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ। संसदीय दलको शनिबारको बैठकले गरेको निर्णयअनुसार आइतबार सभामुख देवराज घिमिरेलाई समर्थन फिर्ताको पत्र बुझाइएको हो। प्रतिनिधिसभामा नाउपाका चार सांसद छन्। संघीय सरकारबाट बाहिरिने निर्णयसँगै नाउपाले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ।
Read More
पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहबीच भेटवार्ता

पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहबीच भेटवार्ता

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच बिहीबार बुढानीलकण्ठस्थित पूर्वराष्ट्रपति भण्डारीको निवासमा करिब एक घण्टा भेटवार्ता भएको छ। भेटका क्रममा समसामयिक विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ। यो भेट गत असार १४ गते पूर्वराष्ट्रपति भण्डारीले एमालेका पूर्वमहासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा एमालेमा फर्कने घोषणा गरेलगत्तै भएको हो। मेयर शाह बिहीबार दिउँसो भण्डारीलाई भेट्न उनकै निवास पुगेका थिए।
Read More
भोजपुरमा ज्वाइँद्वारा परिवारका ४ चार सदस्यको बीभत्स हत्या

भोजपुरमा ज्वाइँद्वारा परिवारका ४ चार सदस्यको बीभत्स हत्या

भोजपुर। भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको बीभत्स हत्या भएको छ। यस घटनामा ज्वाइँ राजेन्द्र राईले आफ्ना सासू, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, १६ वर्षीया छोरी मनिषा गिरी र १० वर्षीय छोरा सपन गिरीको हत्या भएको हो। शनिबार राति करिब १ बजेतिर राजेन्द्र राई आफैंले प्रहरी कन्ट्रोल रुममा फोन गरी आफूमाथि चक्कु प्रहार भएको र त्यसपछि आफूले मान्छे मारेको स्वीकार गर्दै पक्राउ गर्न अनुरोध गरेका थिए।…
Read More
रोटरी र रोट्याक्ट क्लबको स्थापना तथा सपथ ग्रहण

रोटरी र रोट्याक्ट क्लबको स्थापना तथा सपथ ग्रहण

हेटौंडा। रोटरी क्लब अफ हेटौंडाको ३४ औं र रोट्याक्ट क्लब अफ हेटौंडाको १० औं स्थापना तथा सपथ ग्रहण कार्यक्रम शनिबार हेटौंडामा भएको छ । आगामी २०२५–२६ कार्यकालका लागि नयाँ कार्यसमितिको पदस्थापनसँगै रोटरी क्लब अफ हेटौंडाको मुखपत्र स्मारिका विमोचन, उत्कृष्ट विद्यार्थी सम्मान, साँस्कृतिक कार्यक्रम लगाएत सम्पन्न भएको थियो । कार्यक्रममा रोटरी ३२९२ का डिष्ट्रिक गभर्नर नोमिनी (डिजीएन) डा. ईश्वरी प्रसाद ढकालले सपथ ग्रहणसँगै रोटरी क्लब अफ हेटौंडाको वर्ष २०२५/२६ का अध्यक्ष प्रमेश प्रधानलाई चार्टर प्रमाणपत्र, पिन, कोलार र ज्यावल हस्तान्तरण गरिएको थियो । साथै, अध्यक्ष प्रधानले बोर्ड समितिका पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए । रोटरी क्लब अफ हेटौंडाको नव अध्यक्ष प्रमेश…
Read More
अण्डाको क्रेड बक्स बाल्दा यस्तो असर हुन सक्छ; एक पटक पढ्नुहोस्!

अण्डाको क्रेड बक्स बाल्दा यस्तो असर हुन सक्छ; एक पटक पढ्नुहोस्!

हेटौंडा। हाम्रो गाउँघरमा चलनचल्ती अनुसार बर्खायाममा अत्याधिक बढेको लामखुटेको बिगबिगीलाई भगाउन वा लखेट्न भनी विभिन्न उपायहरूमध्ये एउटा उपाय गरिरहेका हुन्छौं त्यो हो अण्डाको क्रेड बक्सलाई बालेर लामखुटे बगाउने उपायको रुपमा वैकल्पिक माध्यम बनाइरहेका हुन्छौं। तर यसो गर्दा हाम्रो मानव स्वास्थ्यमा पर्न सक्ने ती घातक मानव स्वास्थ्यसँग सम्बन्धित असरहरू हामीलाई थाहा नहुँदा पछि गएर हामीलाई ठूलो स्वास्थ्यमा क्षति पुग्न सक्ने अवस्था हुन्छ। त्यसकारण आफ्नो स्वास्थ्यलाई मध्यनजर गरी कस्ता चिजहरु प्रयोगमा ल्याइरहेका छौं भन्ने विषयमा पूर्ण जानकारी हुनु महत्त्वपूर्ण हुने गर्दछ। अण्डाको क्रेड बक्स बाल्दा के कस्ता असर हुन सक्छ हेर्नुहोस्। १) यसको धुवाँले गर्दा श्वासप्रश्वासको समस्या आउन सक्छ। २) यसको धुवाँले मानव…
Read More
भीमफेदी जनसमुदायले सामुहिक क्षेमा पुजा आयोजना गर्ने

भीमफेदी जनसमुदायले सामुहिक क्षेमा पुजा आयोजना गर्ने

भीमफेदी। परापुर्बकाल देखी चलीआएको पौरानीक क्षमा पुजा यस पटक अषाढ २१ गते शनीबार भिमफेदीको वडानं ६ स्थित भीमसेन मन्दिरमा आयोजना हुने भएको छ । कार्यक्रम अनुसार शनिबार बिहान नित्य पुजा सञ्चालन हुने तथा सांझ ५ बजे जेष्ठ नागरीक बाट क्षेमा पुजा आयोजना गरी सर्बसाधारण लाइ पुजा खुल्ला गरीने छ ।क्षेमा पुजा सम्पन्न पश्चात परम्परागत स्थानिय बाट संकलन बिबिध खाधान्न तथा बिशेस राङ्गोको मासु बाट तयार गरेको छोयला मिसावट "समय बजी" प्रसाद बितरण गरीने छ । समय् बजि (नेवारी: समय् बजि) नेवारी समुदायको पारम्परिक परिकार हो । विदेशीहरू माझ यो खानाको नेपाल मा आकर्षण समेत रहेको छ । यो परिकार नेपालीहरूको…
Read More
लागू पदार्थ सेवन न्यूनीकरणमा मन्त्रालय सक्रिय हुन्छ: स्वास्थ्य मन्त्री थापा

लागू पदार्थ सेवन न्यूनीकरणमा मन्त्रालय सक्रिय हुन्छ: स्वास्थ्य मन्त्री थापा

हेटौंडा। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले पछिल्लो समय समाजमा लागूपदार्थ सेवन गर्नेहरूको संख्या तीव्र गतिमा बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसको न्यूनीकरणका लागि स्वास्थ्य मन्त्रालय सक्रिय रूपमा लाग्नु पर्ने बताएका छन्। “एउटा व्यक्तिको कुलतले घर, परिवार र समाज नै कलङ्कित हुन्छ,” मन्त्री थापाले भने । शुक्रबार लागू औषध सेवन परिक्षण कीट हस्तान्तरण कार्यक्रममा बोल्दै लागू पदार्थको समस्या केवल चालक वा विशेष वर्गको मात्र नभई सम्पूर्णको रहेको बताए । “हामीले चालकहरूलाई मात्र होइन, समाजलाई नै लक्षित गरी चेतना अभिवृद्धि तथा सुधार कार्यक्रम अघि बढाउनुपर्छ,” मन्त्री थापाले भने । लागू वा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकहरूको सवारी…
Read More
जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी

जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी

हेटौँडा। जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सर्लाही जिल्ला प्रहरी कार्यालयका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गालीगलौज गरेको आरोपमा उनीविरुद्ध जिल्ला अदालत सर्लाहीले पक्राउ पुर्जी जारी गरेको हो। एसपी खड्काले यादवमाथि गालीगलौज गरेको आरोप लगाएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र यादवको खोजी कार्य जारी रहेको जनाएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.