२०८२ बैशाख २९, सोमबार १८:००
२०८२ बैशाख २९, सोमबार १८:००
रौतहट। रौतहटमा जङ्गली बदेललाई मार्न राखिएको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ। किसानले लगाएको बालीलाई बदेलले निकै दुःख दिन थालेपछि बदेल मार्नका निम्ति राखिएको धरापमा परी उक्त महिलाको मृत्यु भएको हो। मृत्यु हुनेमा वर्ष ४५ की फुलमतिया देवी रहेको प्रहरीले जानकारी दिएको छ। उनको मृत्यु भने स्थानीय सुशील विश्वकर्माको मकैको खेतमा जङ्गली बदेललाई मार्नका निम्ति लगाएको नाङ्गो तार तानेर करेन्ट प्रवाह गरेका अवस्थामा सोही बखत उक्त बाटो हुँदै आउने क्रममा एक्कासी करेन्ट लाग्दा उनको मृत्यु भएको थियो। जब बदेल मार्नको निम्ति छापिएको धरापमा स्थानीय मृत अवस्थामा भेटेपछि सो घटनालाई लुकाउन सुशील विश्वकर्मा र जितेन्द्र पटेलले उक्त महिलाको सबलाई घटनास्थलबाट…