Breaking News 2

प्रेस स्वतन्त्रता प्रवर्धनका लागि वैशाख २० मा माइतीघर मण्डलबाट विशेष कार्यक्रम

प्रेस स्वतन्त्रता प्रवर्धनका लागि वैशाख २० मा माइतीघर मण्डलबाट विशेष कार्यक्रम

काठमाडौं,बैशाख १८ गते । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसर पारेर प्रेस स्वतन्त्रताको प्रवर्धन तथा मानवअधिकार, विकास र सुरक्षासँग सम्बन्धित विषयमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिने भएको छ। नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माका अनुसार “शान्तिपूर्ण भविष्यको निर्माण, मानवअधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्धन” भन्ने मूल नारासहित कार्यक्रम सञ्चालन हुन लागेको हो। कार्यक्रममा वरिष्ठ पत्रकार, सञ्चारकर्मी, महासंघका सदस्य, नागरिक समाज, मानवअधिकारवादी, पेशागत संगठनका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रम २०८३ साल वैशाख २० गते आइतबार बिहान ७ बजे काठमाडौँको माइतीघर मण्डलबाट सुरु हुने जनाइएको छ। आयोजकले प्रेस स्वतन्त्रता सुदृढ बनाउन…
Read More
मनहरी गाउँपालिकामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि कार्यक्रम सञ्चालन हुँदै

मनहरी गाउँपालिकामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि कार्यक्रम सञ्चालन हुँदै

मनहरी गाउँपालिका,बैशाख १८ गते । मनहरी गाउँपालिकाले लैङ्गिक तथा यौनिक अल्पसंख्यक (LGBTIQ+) समुदायलाई लक्षित गर्दै विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको १७औँ गाउँसभाबाट स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उक्त समुदायका व्यक्तिहरूका लागि विनियोजित बजेट मार्फत कार्यक्रम सञ्चालन गर्न लागिएको हो। गाउँपालिकाले सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्र स्थायी बसोबास गर्ने लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। सूचना प्रकाशन भएको मितिले सात दिनभित्र सम्बन्धित व्यक्तिहरूले आफ्नो विवरण दर्ता गराउनुपर्ने उल्लेख गरिएको छ। विवरण दर्ताका लागि मनहरी गाउँपालिकाको सामाजिक विकास शाखामा प्रत्यक्ष सम्पर्क गर्न सकिनेछ। साथै, यस क्षेत्रमा काम गर्दै आएको संस्था ‘फ्रेन्डस् हेटौडा, मकवानपुर’ (हेटौडा–४) मार्फत…
Read More
सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन गृह मन्त्रालयको निर्देशन, जिल्लाबाट योजना माग

सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन गृह मन्त्रालयको निर्देशन, जिल्लाबाट योजना माग

काठमाडौं,बैशाख १७ गते । गृह मन्त्रालयले देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण हटाउने प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। मन्त्रालयअन्तर्गत आन्तरिक प्रशासन, सवारी तथा सभा–समारोह व्यवस्थापन शाखाबाट जारी परिपत्रअनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी सो हटाउने कार्ययोजना तयार गर्न भनिएको हो। यसअघि मन्त्रालयले मिति २०८२ साल चैत्र २० गतेको पत्रमार्फत नै सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण तथा अभिलेख व्यवस्थापन सम्बन्धी निर्देशन दिएको थियो। सोही निर्णयलाई कार्यान्वयनमा ल्याउने क्रममा हाल पुनः जिल्लास्तरमा सक्रियता बढाउन आग्रह गरिएको हो। मिति २०८३ साल वैशाख १६ गते सचिवस्तरको निर्णयअनुसार सम्बन्धित निकायहरूसँग समन्वय गरी अतिक्रमित जग्गाको…
Read More
सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध नेपाल पत्रकार महासंघको दबाब अभियान तीव्र

सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध नेपाल पत्रकार महासंघको दबाब अभियान तीव्र

काठमाडौं,बैशाख १७ गते । नेपाल पत्रकार महासंघले तीन तहका सरकारका विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णय विरुद्ध देशव्यापी दबाबमूलक अभियानलाई निरन्तरता दिएको छ। महासंघले उक्त निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको संवैधानिक व्यवस्था, खुला अर्थनीति र संघीयताको मर्मविपरीत रहेको ठहर गरेको छ। सोही आधारमा निर्णय फिर्ता गराउन अभियान सञ्चालन भइरहेको महासंघले जनाएको छ। अभियान अन्तर्गत आज महासंघको केन्द्रीय समितिले विभिन्न राजनीतिक दलका संसदीय दलका नेता तथा सचेतकहरूसँग छलफल गरेको छ। छलफलका क्रममा महासंघले निर्णयको प्रभावबारे ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र समेत बुझाएको छ। महासंघले उक्त निर्णयले निजी तथा स्वतन्त्र सञ्चारमाध्यमहरूलाई आर्थिक रूपमा कमजोर बनाउने र सञ्चार…
Read More
भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

भीमफेदी गाउँपालि,बैशाख १७ गते । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने अभियानलाई तीव्रता दिएको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा विनियोजन गरिएको ३० लाख रुपैयाँ बजेट मार्फत ११६ जनालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको हो। यस कार्यक्रमअन्तर्गत ४७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र ७९ जना अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेटिएको गाउँपालिकाले जनाएको छ। बिहीबार आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले कोषमा आवद्ध भएका श्रमिकलाई परिचय पत्र वितरण गरेका थिए। हालसम्म गाउँपालिकाले ३ सय ११ जना असंगठित क्षेत्रका मजदुरलाई योगदानमा…
Read More
हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

हेटौडा,बैशाख १६ गते । हेटौडास्थित यातायात व्यवस्था कार्यालयमा सञ्चालन हुँदै आएको सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को प्रयोगात्मक परीक्षा प्रणालीप्रति असन्तुष्टि जनाउँदै सामाजिक संस्था “सेवा सहयोग र आवाजमा हामी (SSAH)” ले श्रम, रोजगार तथा यातायात मन्त्रालयसमक्ष ध्यानाकर्षण पत्र पेश गरेको छ। संस्थाका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महत नेतृत्वको टोलीले आज उक्त पत्र बुझाउँदै ट्रायल परीक्षामा पारदर्शिता अभाव, सेवाग्राहीलाई अनावश्यक झन्झट र केही व्यवस्थाहरू अन्यायपूर्ण रहेको उल्लेख गरेको छ। पत्रमा विशेषगरी ट्रायल परीक्षा स्थलमा जडान गरिएका सिसी क्यामेराको फुटेज कर्मचारीमै सीमित हुनु र सेवाग्राहीलाई हेर्न शुल्क लिनु पर्ने व्यवस्था प्रति आपत्ति जनाइएको छ। नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी…
Read More
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

काठमाडौँ,बैशाख १६ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनारमा रहेका अनाधिकृत तथा जोखिमपूर्ण बस्तीहरू खाली गर्ने अत्यन्त जरुरी सूचना जारी गरेको छ। काठमाडौँ जिल्लाभित्रका विभिन्न पालिकामा सरकारी, पर्ती, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरूलाई लक्षित गर्दै यो अभियान सञ्चालन गर्न लागिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालका अनुसार विपद् जोखिम न्यूनीकरण तथा मानवीय उद्धारलाई ध्यानमा राख्दै उक्त बस्तीहरू खाली गर्ने कार्य २०८३ साल वैशाख १८ गते बिहान ७ बजेदेखि काठमाडौँ जिल्लाका विभिन्न स्थानबाट एकैपटक सुरु गरिनेछ। जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा जोखिमयुक्त क्षेत्रमा रहेका घरटहरा तत्काल खाली गर्न आग्रह गरिएको…
Read More
स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप १७ लाख छाप्ने तयारी

स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप १७ लाख छाप्ने तयारी

काठमाडौं,बैशाख १६ गते । लामो समयदेखि थन्किएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रियामा सुधार देखिएको छ। ट्रायल पास गरी नवीकरणका लागि राजस्व बुझाएका पुराना सेवाग्राही मध्ये २९ लाख लाइसेन्स मध्ये हालसम्म १२ लाख स्मार्ट लाइसेन्स छाप्ने काम सम्पन्न भएको छ। यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच गत १२ कात्तिकमा भएको सम्झौताअनुसार पहिलो चरणमा १२ लाख स्मार्ट लाइसेन्स छपाइ गरिएको हो। यसले लामो समयदेखि लाइसेन्स नपाएका सेवाग्राहीलाई केही राहत पुगेको विभागले जनाएको छ। त्यसैगरी, दोस्रो चरणअन्तर्गत ४ वैशाखमा गरिएको अर्को सम्झौताअनुसार थप १७ लाख स्मार्ट लाइसेन्स छाप्ने प्रक्रिया अघि बढाइएको छ। सुरक्षण मुद्रण केन्द्र हाल उक्त कामको तयारीमा जुटेको छ।…
Read More
सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी दबाबमूलक अभियान जारी

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी दबाबमूलक अभियान जारी

काठमाडौं,बैशाख १६ गते । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापनसम्बन्धी निर्णय फिर्ता गराउन देशव्यापी रूपमा दबाबमूलक अभियान जारी राखेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीनै तहका सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णय गरेको भन्दै महासंघले उक्त निर्णयलाई विभेदकारी र प्रेस स्वतन्त्रता विपरीत भएको ठहर गरेको हो। महासंघका अनुसार उक्त निर्णय अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रताको मापदण्ड, नेपालको संवैधानिक व्यवस्था, खुला अर्थनीति तथा संघीयताको मर्मविपरीत रहेको छ। त्यसैले निर्णय फिर्ता गराउन विभिन्न चरणमा आन्दोलनका कार्यक्रम अघि बढाइएको जनाइएको छ। अभियानअन्तर्गत वैशाख १६ गते महासंघको केन्द्रीय समितिले राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ। त्यस्तै वैशाख १७ गते विभिन्न राजनीतिक दलका संसदीय दलका…
Read More
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

चितवन,बैशाख १६ गते । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रभित्र रहेका अतिक्रमित वन क्षेत्र खाली गर्न १५ दिने सार्वजनिक सूचना जारी गरेको छ। निकुञ्ज अन्तर्गतका मध्यवर्ती सामुदायिक वन, कबुलियत वन तथा सडक, खोला र नदी किनार आसपासका वन क्षेत्रमा अनाधिकृत रूपमा अतिक्रमण गरी बसोबास तथा विभिन्न संरचना निर्माण गरिएको पाइएपछि यस्तो कदम चालिएको हो। कार्यालयका अनुसार अतिक्रमण गरेर स्थायी तथा अस्थायी प्रकृतिका घर, टहरा, छाप्रो, पिकनिक स्पोर्ट मञ्च लगायतका संरचना निर्माण गर्नुका साथै खेतीपाती समेत गरिएको भेटिएको छ। यस्ता गतिविधि प्रचलित कानुन विपरीत भएको जनाउँदै निकुञ्जले आफ्नो हक नपुग्ने वन क्षेत्र कब्जा गर्न, रुख काट्न वा वन फडानी गर्न नपाइने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.