Breaking News 2

ट्राफिक प्रहरीलाई घाइते बनाएर फरार भएका चालक र सवारी धनीविरुद्ध मुद्दा दर्ता

ट्राफिक प्रहरीलाई घाइते बनाएर फरार भएका चालक र सवारी धनीविरुद्ध मुद्दा दर्ता

हेटौंडा, पुस २० गते । ट्राफिक चेकिङका क्रममा प्रहरी जवानलाई घाइते बनाई फरार भएका चालक तथा सवारी धनीविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २०८२ साल पुस १७ गते साँझ करिब ७:४५ बजे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा चेकिङ ड्युटीमा खटिएका एक प्रहरी जवानलाई सवारी साधनले ठक्कर दिई घाइते बनाएको थियो। घटनापछि चालक सवारीसहित फरार भएका थिए। उक्त घटनामा संलग्न रहेको आरोपमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ गर्दैई बस्ने ४६ वर्षीय बासुदेव आचार्यलाई पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। मकवानपुर जिल्ला अदालत हेटौंडाबाट…
Read More
बंगलादेशी लिगमा दीपाको दमदार प्रवेश, डेब्यु खेलमै चार गोलको वर्षा

बंगलादेशी लिगमा दीपाको दमदार प्रवेश, डेब्यु खेलमै चार गोलको वर्षा

काठमाडौं, पुस २० गते । नेपाली महिला फुटबलकी उदाउँदो स्टार दीपा शाहीले बंगलादेशको महिला फुटबल लिगमा आफूलाई प्रभावशाली ढंगले प्रस्तुत गरेकी छन्। राजशाही स्टार्स एफसीबाट लिग डेब्यु गरेकी दीपाले पहिलो खेलमै चार गोल गर्दै दर्शक र फुटबल पण्डितको ध्यान तानेकी हुन्। शनिबार सम्पन्न खेलमा राजशाही स्टार्सले नसरिन स्पोर्ट्स एकेडेमीमाथि १२–० को विशाल जित निकाल्यो। उक्त जितमा दीपा नै केन्द्रमा रहिन्। खेलको १६औँ मिनेटमै गोल खाता खोल्दै टोलीलाई अग्रता दिलाएकी उनले ५८औँ र ८०औँ मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पूरा गरिन्। त्यसपछि खेलको ८४औँ मिनेटमा व्यक्तिगत चौथो गोल थप्दै आफ्नो डेब्यु खेललाई अविस्मरणीय बनाइन्। चार गोलसहितको सानदार प्रदर्शनपछि दीपा ‘प्लेयर अफ…
Read More
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार सिफारिसप्रति नवीन सिग्देलको आग्रहः “आत्मकेन्द्रित होइन, आत्मसमिक्षा गरौँ”

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार सिफारिसप्रति नवीन सिग्देलको आग्रहः “आत्मकेन्द्रित होइन, आत्मसमिक्षा गरौँ”

हेटौंडा, पुस १९ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा नेकपा एमालेका नेता एवं केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीबाट सिफारिसमा परेका सबै नेता–कार्यकर्तालाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। आफ्नो सामाजिक सञ्जालमार्फत् स्टाटस सार्वजनिक गर्दै नेता सिग्देलले देशभर नेकपा एमालेका तर्फबाट सर्वसम्मत तथा दुई वा दुईभन्दा बढी नाम सिफारिसमा परेका सबैलाई सफलताको कामना गरिएको हो। उनले प्रतिनिधिसभा सदस्य बन्ने प्रक्रियामा मातहत कमिटीको सिफारिस, पार्टीबाट टिकट प्राप्त गर्ने र आम निर्वाचनमा विजय हासिल गर्ने चरणलाई जिम्मेवारीपूर्वक लिनुपर्नेमा जोड दिए। नेता सिग्देलले उम्मेदवार तथा आकांक्षीहरूलाई आत्मकेन्द्रित सोचभन्दा माथि उठेर आत्मसमिक्षा गर्न आग्रह गर्दै सम्भावित…
Read More
कालिका आधारभूत विद्यालयमा बालबालिका पढाइ छोड्न बाध्य: कागजी बालमैत्री घोषणाप्रति विशाल राज महतको कडा आलोचना

कालिका आधारभूत विद्यालयमा बालबालिका पढाइ छोड्न बाध्य: कागजी बालमैत्री घोषणाप्रति विशाल राज महतको कडा आलोचना

हेटौंडा, पुस १९ गते । हेटौंडा उपमहानगरपालिका–१३ ठुलोथलीस्थित कालिका आधारभूत विद्यालयमा बालबालिकाले पढाइ छोड्न बाध्य भएको समाचारले समाजलाई स्तब्ध बनाएको छ। तर यस्तो गम्भीर विषयप्रति निर्णायक तहमा रहेका हेटौंडा उपमहानगरपालिकाको ध्यान नपुगेको भन्दै सामाजिक अभियान्ता तथा सेवा, सहयोग र आवाज का अध्यक्ष विशाल राज महतले कडा असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महतले बिना पर्याप्त आधार गरिएको बालमैत्री स्थानीय तहको घोषणा केवल कागजी औपचारिकतामा सीमित भएको आरोप लगाएका छन्। “हामीले निरन्तर खबरदारी गर्दै आएका छौं। तर निर्णय गर्न सक्ने तहबाट नै बेवास्ता भएपछि बालबालिकाको भविष्य यस्तै अवस्थामा पुग्छ,” उनले उल्लेख गरेका छन्। उनले राज्यको उपस्थितिका बाबजुद पनि…
Read More
ट्राफिक प्रहरी घाइते बनाइ फरार चालक चितवनबाट पक्राउ

ट्राफिक प्रहरी घाइते बनाइ फरार चालक चितवनबाट पक्राउ

हेटौंडा, पुस १९ गते । डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई घाइते बनाएर फरार भएका कार चालकलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ। पुस १७ गते साँझ करिब ७:४५ बजे हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको टोलीले सवारी चेकजाँच गरिरहेको थियो। सोही क्रममा नवलपुरबाट हेटौंडातर्फ आउँदै गरेको एक कारलाई प्रहरीले रोकेको थियो। ब्रेतलाइजर मेसिनमार्फत मादक पदार्थ सेवन (मा.प.से.) परीक्षण गर्ने क्रममा चालकले अचानक कारको सिसा बन्द गरी गाडी अघि बढाए। यस क्रममा डिउटीमा खटिएका एक प्रहरी जवान करिब १० मिटर घिस्रिँदै घाइते भएका थिए। घटनापछि चालक कारसहित फरार भएका थिए। घटनापछि खोजी कार्यलाई तीव्र बनाएको प्रहरीले फरार चालकलाई चितवनबाट नियन्त्रणमा लिएको…
Read More
पत्रकारको सुरक्षालाई प्राथमिकता दिनुपर्छ: सामाजिक सुरक्षा कोषमा सबै पत्रकार जोड्ने सरकारको प्रतिबद्धता

पत्रकारको सुरक्षालाई प्राथमिकता दिनुपर्छ: सामाजिक सुरक्षा कोषमा सबै पत्रकार जोड्ने सरकारको प्रतिबद्धता

चितवन, पुस १९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभर कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नु अनिवार्य भएको बताएका छन्। नेपाल पत्रकार महासङ्घ चितवन शाखाको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पत्रकारको पेशागत सुरक्षा र स्थायित्व सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारे। मन्त्री खरेलका अनुसार सरकारले हाल सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा कोषमा समेट्ने प्रक्रिया सुरु गरिसकेको छ। “यसलाई क्रमशः सबै पत्रकारसम्म विस्तार गर्न आवश्यक छ,” उनले भने। पत्रकार महासङ्घको कार्यालयमा प्रवेश गर्दा आफ्नै घरमा आएको अनुभूति हुने उल्लेख गर्दै उनले चितवन शाखा अन्य शाखाको तुलनामा व्यवस्थित र सक्रिय रहेको प्रशंसा गरे। उनले पत्रकारका दीर्घकालीन समस्या समाधानका लागि…
Read More
असफल शासनको विकल्प जेन–जी नेतृत्वः अर्जुन शाही

असफल शासनको विकल्प जेन–जी नेतृत्वः अर्जुन शाही

काठमाडौं, पुस १९ गते । जेन–जी क्रान्तिका प्रमुख अगुवा तथा अन्तरिम सरकार गठन प्रक्रियाका सह–संयोजक अर्जुन शाहीले वर्तमान सरकार भ्रष्ट, असफल र जनउत्तरदायी हुन नसकेको आरोप लगाउँदै त्यसको विकल्प जेन–जी नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनका अनुसार जेन–जी आन्दोलनसँग गरिएको प्रतिबद्धता र सार्वजनिक बाचा सरकारले पूरा गर्न सकेको छैन। बरु सरकारलाई जवाफदेही बनाउन खोज्दा राज्यसत्ताको दुरुपयोग गर्दै राजनीतिक प्रतिशोधका आधारमा झुट्टा मुद्दा लगाएर आवाज दबाउने प्रयास भइरहेको छ। शाहीले भने, “जेन–जी आन्दोलन सुशासन, पारदर्शिता र युवाको नेतृत्व स्थापित गर्ने स्पष्ट उद्देश्यका साथ अघि बढेको हो। तर पुरानो सोचमा अडिएको सरकारले प्रतिबद्धता कार्यान्वयन गर्नु त परै जाओस्, प्रश्न…
Read More
भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान अवतरण क्रममा दुर्घटनाग्रस्त, सबै ५५ जना सकुशल

भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान अवतरण क्रममा दुर्घटनाग्रस्त, सबै ५५ जना सकुशल

झापा, पुस १९ गते । हिजो राति अन्दाजी ९:१० बजेको समयमा काठमाडौंबाट झापाको भद्रपुर विमानस्थलतर्फ उडेको बुद्ध एयरको विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ। उक्त विमानमा ५१ जना यात्रु तथा ४ जना चालक दलका सदस्य सवार थिए। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, विमानस्थल सुरक्षा, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवाला निकायहरूको संयुक्त प्रयासमा तत्काल उद्धार कार्य सञ्चालन गरिएको थियो। संयुक्त उद्धार प्रयासबाट विमानमा सवार सबै ५५ जनालाई सकुशल उद्धार गरिएको सम्बन्धित निकायले जानकारी दिएको छ। हाल सबै यात्रु र चालक दलका सदस्यहरूको अवस्था सामान्य रहेको र आवश्यक स्वास्थ्य परीक्षण तथा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाइएको छ। दुर्घटनाको कारणबारे विस्तृत…
Read More
टी–२० विश्वकपमा दक्षिण अफ्रिकाको नयाँ सपना: मार्करमको कप्तानीमा अनुभव र युवाको मिश्रण

टी–२० विश्वकपमा दक्षिण अफ्रिकाको नयाँ सपना: मार्करमको कप्तानीमा अनुभव र युवाको मिश्रण

काठमाडौं, पुस १८ गते । आईसीसी पुरुष टी–२० विश्वकपका लागि दक्षिण अफ्रिकाले आफ्नो १५ सदस्यीय टोली सार्वजनिक गर्दै उपाधि जित्ने दृढ लक्ष्यसहित तयारी थालेको छ। क्रिकेट दक्षिण अफ्रिकाले एइडेन मार्करमलाई कप्तानको जिम्मेवारी दिँदै अनुभवी र उदाउँदा खेलाडीहरूको सन्तुलित संयोजन प्रस्तुत गरेको हो। यस टोलीको विशेषता भनेकै पुनरागमन र नयाँ ऊर्जा हो। अनुभवी विकेटकिपर–ब्याटर क्विन्टन डिकक लामो समयपछि फेरि राष्ट्रिय जर्सीमा फर्किएका छन्। त्यस्तै, चोटका कारण मैदान बाहिर रहेका तीव्र गतिका बलर एनरिच नोर्त्जे पनि पूर्ण फिट भई टोलीमा समेटिएका छन्, जसले बलिङ आक्रमणलाई थप धारिलो बनाउने अपेक्षा गरिएको छ। दक्षिण अफ्रिका समूह ‘डी’ मा परेको छ, जहाँ उसले अफगानिस्तान, न्यूजिल्याण्ड,…
Read More
समानुपातिक प्रतिनिधित्वको मर्म विपरीत नचल्न रास्वपाको नेतृत्वलाई विशाल राज महतको चेतावनी

समानुपातिक प्रतिनिधित्वको मर्म विपरीत नचल्न रास्वपाको नेतृत्वलाई विशाल राज महतको चेतावनी

हेटौंडा, पुस १६ गते । सेवा, सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक प्रतिनिधित्वको संवैधानिक मर्मअनुसार अभ्यास गर्न नसकेको भन्दै नेतृत्वप्रति गम्भीर सवाल उठाएका छन्। आफ्नो सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महतले अल्पसङ्ख्यक, सीमान्तकृत र बहिष्कारमा परेका समुदायलाई राज्य निर्माणको मूलधारमा ल्याउन समानुपातिक प्रतिनिधित्व एक उपयुक्त र अनिवार्य माध्यम भएको बताएका छन्। नेपालकाे संविधान २०७२ ले विभिन्न धाराहरूमा समानुपातिक प्रतिनिधित्वलाई संस्थागत रूपमा सुनिश्चित गरे पनि त्यसको सही कार्यान्वयन राजनीतिक दलहरूबाट हुन नसकेको उनको भनाइ छ। विशेषगरी आफूलाई वैकल्पिक शक्तिको रूपमा प्रस्तुत गर्दै आएको रास्वपाले समानुपातिक प्रतिनिधित्वको मर्मअनुसार अघि बढ्न नसकेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.