Breaking News 2

नेकपा मकवानपुर जिल्ला सचिवालयको चौथो पूर्ण बैठक भर्चुअल माध्यमबाट सम्पन्न

नेकपा मकवानपुर जिल्ला सचिवालयको चौथो पूर्ण बैठक भर्चुअल माध्यमबाट सम्पन्न

मकवानपुर, अशोज ५ गते । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको जिल्ला सचिवालयको चौथो पूर्ण बैठक आज भर्चुअल माध्यमबाट बसेको छ । बैठकमा जेन्जी आन्दोलनको मर्म, महत्त्व, सार्थकता र उपलब्धि सम्बन्धी गम्भीर छलफल भएको छ । बैठकको सुरुवातमा नेपालका विभिन्न आन्दोलनका साथै जेन्जी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुप्रती श्रद्धाञ्जली अर्पण गर्दै जिन्जी आन्दोलनको क्रममा घाइते भएका जेन्जी पुस्तालाई शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेको छ । साथै पछिल्लो समयमा देशमा उत्पन्न संकट र यसको समाधानका वैकल्पिक पाटाहरुको विषयमा पनि छलफल भएको छ । जेन्जी बिद्रोहलाई संस्थागत गर्दै जेन्जिको नाममा भएको बितन्ड, लुटपात, हिंसात्मक कार्यलाई कानुनको दायरामा ल्याएर दण्डित गराउन अन्तरिम सरकार समक्ष…
Read More
जसपा नेपालका उपाध्यक्ष बज्राचार्य : “जेन जि आन्दोलन सहिदहरूलाई श्रद्धाञ्जली, भ्रष्ट सरकारको असंवेदनशीलताले देश संकटमा”

जसपा नेपालका उपाध्यक्ष बज्राचार्य : “जेन जि आन्दोलन सहिदहरूलाई श्रद्धाञ्जली, भ्रष्ट सरकारको असंवेदनशीलताले देश संकटमा”

ललितपुर, अशोज ४ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को समाजवादी विद्यार्थी युनियन नेपालद्वारा जेन जि आन्दोलनका क्रममा सहादत प्राप्त गरेका वीर सहिदहरूलाई श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सहादत प्राप्त सहिदहरूको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरिएको हो। कार्यक्रममा जसपा नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले आन्दोलनका क्रममा ज्यान गुमाएका वीर युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, आन्दोलनमा घाइते भएका सबै युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले यो आन्दोलन कुनै आकस्मिक घटना नभई भ्रष्ट सरकारविरुद्ध युवाले चलाएको चेतनायुक्त अभियान भएको उल्लेख गरेका छन् । उनले भने, “संघीय…
Read More
शुभकामना आदानप्रदान तथा नृत्य प्रतियोगिता

शुभकामना आदानप्रदान तथा नृत्य प्रतियोगिता

मनहरी, असोज ३ गते । मनहरी गाउँपालिका वडा नम्बर २ भुन्द्रुङ्टाँडी स्थित श्री सीता माध्यमिक विद्यालयले शुभकामना आदानप्रदान कार्यक्रम सँगै सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम समापन सँगै विद्यालयले दशैको विदा दिएको छ । आउँदै गरेको चाडपर्व दशै, तिहार र छठको पावन अवसरमा आयोजित शुभकामना तथा सांस्कृतिक कार्यक्रम मनहरी-२ का वडाध्यक्ष राजकुमार पाख्रीनको प्रमुख आतिथ्यता रहेको छ । कार्यक्रममा राजकुमार पाख्रीन, विद्यालयका प्रधानाध्यापक विशाल घलान, पूर्व विद्यार्थी सुर्य बहादुर गोले लगायतले शुभकामना व्यक्त गरेका छन् । बिहीवार भएको सांस्कृतिक कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगितामा जुना ब्लोन र रचना बुलुनको टिम प्रथम, प्रतिक्षा गोले, प्रज्वल थिङ, वशन्ती घलान, सरिता थिङ र…
Read More
बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकमा ९ निर्णय

बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकमा ९ निर्णय

हेटौँडा, असोज ३ गते । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक आज सम्पन्न भएको छ। बैठकमा शतप्रतिशत मन्त्रीहरूको उपस्थिति रहेको थियो। बैठकले नौवटा महत्वपूर्ण निर्णय पारित गरेको छ। बैठकका निर्णयहरू यस प्रकार छन् : जेन जि आन्दोलनका क्रममा मृत्यु भएकाप्रति श्रद्धाञ्जली र परिवारजनमा संवेदना प्रकट गर्ने। आन्दोलनमा घाइते भएका सबैलाई प्रदेशभरका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने। श्रम, रोजगार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपक्षी मन्त्रालय र स्वास्थ्य मन्त्रालयको चालु आर्थिक वर्षको अस्थायी दरबन्दीलाई यथास्थानमै रहने व्यवस्था गर्ने। संविधान दिवसको अवसरमा पारदर्शिता, जवाफदेहिता र नतिजामुखी कार्य सम्पादनको सन्देशसहित शुभकामना दिने। क्षतिग्रस्त मन्त्रालय तथा सरकारी निकायहरूको अध्ययन गरी पुनर्संरचना र पुनर्स्थापनाका लागि उच्चस्तरीय…
Read More
मुग्लिन–नारायणगढ सडक खण्डमा ठूलो पहिरो, दुईतर्फी आवतजावत अवरुद्ध

मुग्लिन–नारायणगढ सडक खण्डमा ठूलो पहिरो, दुईतर्फी आवतजावत अवरुद्ध

चितवन, असोज ३ गते । चितवनस्थित मुग्लिन–नारायणगढ सडक खण्डमा ठूलो पहिरो खस्दा दुईतर्फी सवारीसाधनको आवतजावत पूर्ण रूपमा ठप्प भएको छ। आज साँझ खसेको उक्त पहिरोले राजमार्ग अवरुद्ध भएपछि यात्रुहरू बीच अलमल सिर्जना भएको छ। प्रहरीका अनुसार पहिरो पन्छ्याउने कार्य जारी रहेको र भोलिसम्म सडक सुचारु हुने अपेक्षा गरिएको छ। यात्रुहरूलाई आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
Read More
बारामा मानव हत्या गर्ने बाघ नियन्त्रणमा, स्थानीयवासीले माने राहत

बारामा मानव हत्या गर्ने बाघ नियन्त्रणमा, स्थानीयवासीले माने राहत

बारा, अशोज ३ गते । बाराको अमलेखगञ्ज क्षेत्रमा पटक–पटक आक्रमण गरी चार जनाको ज्यान लिएको बाघ अन्ततः नियन्त्रणमा लिइएको छ। शुक्रबार बिहान जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित चुरियामाई सामुदायिक वनको आधाभारमा राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ टोलीले डार्ट प्रयोग गरेर बाघलाई नियन्त्रणमा लिन सफल भएको हो। बाघ नियन्त्रणमा लिने अभियानमा नेपाली सेना, नेपाल प्रहरी, पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, ६ वटा हात्ती र स्थानीय जनप्रतिनिधिहरू सक्रिय थिए। वडा नम्बर २१ का वडाध्यक्ष सुभाष श्रेष्ठ र वडा नम्बर २२ का वडाध्यक्ष शेखर काजी रुम्बाको पहलमा लामो समयदेखि प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए्का छन् । बाघलाई समात्न प्राविधिकहरूले सामुदायिक…
Read More
“जेन जि आन्दोलनको घटनामा निर्दलिय सरकारमार्फत क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने नेकपा मकवानपुरको माग”

“जेन जि आन्दोलनको घटनामा निर्दलिय सरकारमार्फत क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने नेकपा मकवानपुरको माग”

हेटौंडा, अशोज ३ गते । जेन जि आन्दोलनका क्रममा भएको धनजनको क्षति, युवाहरू र दलका कार्यकर्ताबीचको प्रतिशोधपूर्ण वाकयुद्ध, आक्रमण र छिटपुट घटनाले देश फेरि गृहयुद्धको भुमरीमा फस्न सक्ने आशंका बढेको नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जनाएको छ। पार्टीका मकवानपुर इन्चार्ज राम सी ले सामाजिक सञ्जालमार्फत राखिएको स्टाटसमा सरकारले आन्दोलनमा सहभागी युवामाथि गोली चलाएर नरसंहार र हत्या गर्ने गलत कदम चालेकै कारण सरकार ढलेको उल्लेख गरेका छन्। उनले तीनवटै सुरक्षा निकायको मौनता रहनु र ‘जेन जि’ आन्दोलनको नाममा सरकारी संरचना, गैरसरकारी सम्पत्ति, भ्रष्ट तथा गैरभ्रष्ट दुवै किसिमका सम्पत्तिमा भएको तोडफोड, आगजनी र धनजनको क्षतिलाई निन्दनीय र दुखद बताएका छन्। “यी घटनाको जिम्मेवारी निर्दलिय…
Read More
संविधान दिवसमा नेकपा एमाले मकवानपुरको विशेष कार्यक्रम हेटौंडामा

संविधान दिवसमा नेकपा एमाले मकवानपुरको विशेष कार्यक्रम हेटौंडामा

हेटौँडा, अशोज २ गते ।संविधान दिवसको अवसरमा नेकपा (एमाले) मकवानपुर जिल्ला कमिटीले विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम भोलि (असोज ३ गते) हेटौंडा उपमहानगरपालिका–४ स्थित पशुपति मन्दिरको सभाहलमा बिहान ११ बजे सुरु हुने पार्टीले जनाएको छ। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, युवा, विद्यार्थी, महिला, खेलाडी तथा शुभेच्छुक समर्थकहरूको उपस्थितिको लागि आह्वान गरिएको छ। संविधान दिवसलाई भव्य र अर्थपूर्ण बनाउन विभिन्न वक्ताहरुले सम्बोधन गर्ने तयारी रहेको एमाले मकवानपुरले जनाएको छ।
Read More
बागमती प्रदेश सर्वदलीय बैठकले संविधान दिवस भव्य रुपमा मनाउने, क्षतिको विवरण संकलन गर्ने निर्णय

बागमती प्रदेश सर्वदलीय बैठकले संविधान दिवस भव्य रुपमा मनाउने, क्षतिको विवरण संकलन गर्ने निर्णय

हेटौँडा, अशोज २ गते । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले संविधान दिवस भव्यरूपमा मनाउने निर्णय गरेको छ । बैठकले भदौ २३ र २४ गतेको जेन–जि अभियानका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । सर्वदलीय बैठकले आन्दोलनका क्रममा प्रदेश सरकारअन्तर्गतका संरचना, स्थानीय तहका कार्यालय तथा विभिन्न व्यवसायिक प्रतिष्ठानमा भएको क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको छ । त्यसैगरी, सुशासन र खर्च कटौतीका विषयमा प्रभावकारी कार्यक्रम ल्याई अघि बढाउने र प्रदेशसभाको बैठक छिट्टै सञ्चालन गर्ने सहमति पनि बैठकले…
Read More
जेन–जी आन्दोलनपछि बागमतीको कृषि मन्त्रालय अस्थायी रूपमा सञ्चालनमा

जेन–जी आन्दोलनपछि बागमतीको कृषि मन्त्रालय अस्थायी रूपमा सञ्चालनमा

हेटौंडा, अशोज २ गते । जेन–जी आन्दोलनको क्रममा भएको आगजनीबाट भवन पूर्णरुपमा क्षतिग्रस्त भएपछि केही समय रोकिएको बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कामकाज अस्थायी रुपमा पुनः सुरु भएको छ। भदौ २४ गते भएको आन्दोलनमा आन्दोलनकारीले हेटौंडा–१ चौकीटोलस्थित मन्त्रालयको भवनमा आगजनी गरेका थिए। आगलागीबाट भवन पूर्णरुपमा नोक्सान भएपछि मन्त्रालयको सम्पूर्ण काम रोकिएको थियो। मन्त्रालयको कामकाज हाल अस्थायी रुपमा हेटौंडा स्थित कृषि विकास निर्देशनालयको भवनबाट सुरु गरिएको छ। मन्त्रालयले भने क्षतिग्रस्त भवनको प्राविधिक निरीक्षण गरी आवश्यक निर्णय पछि मात्र स्थायी व्यवस्थाबारे टुंगो लाग्ने जनाएको छ। कर्मचारीहरुलाई मनोबल उच्च राखेर काम गर्न हौसला प्रदान गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.