२०८२ चैत्र १७, मंगलवार २०:२८
२०८२ चैत्र १७, मंगलवार २०:२८
काठमाडौँ, चैत १७ गते । काठमाडौँ महानगरपालिकाले स्तन तथा पाठेघरको मुख (सर्भाइकल) क्यान्सरको निःशुल्क परीक्षण सेवा सुरु गरेको छ। महानगरपालिकाले महिलाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यो अभियान सञ्चालनमा ल्याएको हो। महानगरकी उपमेयर सुनिता डंगोल ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै क्यान्सर समयमै पत्ता लागे उपचार सम्भव हुने भएकाले नियमित जाँच गराउन सबै महिलालाई आग्रह गरेकी छन्। विशेषगरी ३० देखि ६० वर्ष उमेर समूहका महिलाले प्रत्येक पाँच वर्षमा कम्तीमा एक पटक परीक्षण गराउनु आवश्यक रहेको उनले उल्लेख गरेकी छन्। यस कार्यक्रम अन्तर्गत इच्छुक महिलाले आफ्नो वडा स्वास्थ्य प्रवर्द्धन केन्द्रमा गई नाम दर्ता गराउन सक्नेछन्। दर्ता पश्चात् तोकिएको मितिमा वीर अस्पतालमा पुगेर निःशुल्क…