स्थानीय

भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजनामा छानबिनको माग, लगानीकर्ताको रकम दुरुपयोग भएको आरोप

भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजनामा छानबिनको माग, लगानीकर्ताको रकम दुरुपयोग भएको आरोप

हेटौंडा,बैशाख २६ गते । हर्क सम्पाङ समक्ष सेवा सहयोग र आवाजमा हामी (SSAH), ले भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजनामा भएको भनिएको गम्भीर अनियमितता, आर्थिक अपारदर्शिता तथा सम्भावित ठगीप्रति ध्यानाकर्षण गराउँदै उच्चस्तरीय छानबिनको माग गरेको छ। संस्थाका अध्यक्ष विशालराज महतद्वारा जारी ध्यानाकर्षण पत्रमा नेपाल पूर्वाधार विकास कम्पनीमार्फत सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमा अघि बढाइएको उक्त परियोजनाले आर्थिक समृद्धि र आकर्षक प्रतिफलको सपना देखाएर देश तथा विदेशमा रहेका नेपाली नागरिकबाट करिब ३४ करोड रुपैयाँ संकलन गरेको उल्लेख गरिएको छ। पत्रमा स्थानीय बासिन्दाले गाईबाख्रा बेचेर, ऋण काटेर तथा जग्गा समेत बिक्री गरेर परियोजनामा लगानी गरेको दाबी गरिएको छ। तर दशकौं बितिसक्दा पनि सुरुङमार्ग निर्माणको ठोस प्रगति…
Read More
विशालराज महतले उठाए हेटौंडा अस्पतालको जीर्ण सडकको विषय : “बिरामीले उपचारभन्दा बढी सडकको पीडा भोगिरहेका छन्”

विशालराज महतले उठाए हेटौंडा अस्पतालको जीर्ण सडकको विषय : “बिरामीले उपचारभन्दा बढी सडकको पीडा भोगिरहेका छन्”

हेटौंडा,बैशाख २५ गते । हेटौंडा अस्पतालमा उपचारका लागि दैनिक करिब १५ सयको हाराहारीमा बिरामी विभिन्न जिल्लाबाट आउने गरेका छन् । इमर्जेन्सी, सर्जरी, अपरेसन तथा डेलिभरीजस्ता संवेदनशील सेवा सञ्चालन भइरहेको अस्पतालसम्म पुग्ने मुख्य सडक वर्षौंदेखि खाल्डाखुल्डी र अस्तव्यस्त अवस्थामा रहेको भन्दै स्थानीयवासी तथा सेवाग्राहीले गुनासो गर्दै आएका छन् । यसै विषयलाई लिएर सामाजिक अभियान्ता तथा “सेवा सहयोग र आवाज” अभियानका अध्यक्ष विशालराज महतले सामाजिक सञ्जाल फेसबुक मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनले अस्पताल पुग्ने सडकको दयनीय अवस्थाका कारण बिरामीहरूले उपचारका क्रममा मात्रै नभई उपचारपछि फर्किने बेलासमेत थप पीडा र जोखिम भोग्नुपरेको उल्लेख गरेका छन् । महतले आफ्नो फेसबुक स्टाटस…
Read More
“सत्ता बाहिर आदर्श, सत्तामा पुगेपछि सुविधा खोज्ने प्रवृत्ति दोहोरो चरित्र” — वडाध्यक्ष फुर्बा दोर्जे लामा

“सत्ता बाहिर आदर्श, सत्तामा पुगेपछि सुविधा खोज्ने प्रवृत्ति दोहोरो चरित्र” — वडाध्यक्ष फुर्बा दोर्जे लामा

हेटौंडा,बैशाख २५ गते । हेटौंडा उपमहानगरपालिका–१० का वडाध्यक्ष फुर्बा दोर्जे लामाले राजनीतिक नेतृत्वमा देखिएको दोहोरो व्यवहारप्रति कटाक्ष गरेका छन्। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सत्ता बाहिर हुँदा आदर्शका ठूला कुरा गर्ने नेताहरू जिम्मेवारीमा पुगेपछि व्यवहारमा विपरीत देखिने गरेको टिप्पणी गरेका हुन्। उनले लेखेका छन्, “हिजो प्रधानमन्त्री मन्त्री हुँदा ‘माननीय सांसदको स्वकीय सचिव राख्नु हुँदैन’ भन्नेहरू आज ‘स्वकीय बिना कामै चल्दैन’ भन्दै हिँडिरहेका छन्।” त्यस्तै, “धेरै गाडी र तामझाम चाहिँदैन, जनताको सेवक सादा हुनुपर्छ भन्नेहरू आज गाडी, सुरक्षा र सुविधा बिना एक पाइला हिँड्न नसक्ने अवस्थामा पुगेका छन्,” भन्दै उनले सत्ता र व्यवहारबीचको अन्तर औँल्याएका छन्। वडाध्यक्ष लामाले…
Read More
हुप्राचौरमा जेष्ठ नागरिकमैत्री मिलन केन्द्र बनाउने बहस : विकास, वातावरण र सार्वजनिक उपयोगिताबीच सन्तुलन खोज्नुपर्ने आवाज

हुप्राचौरमा जेष्ठ नागरिकमैत्री मिलन केन्द्र बनाउने बहस : विकास, वातावरण र सार्वजनिक उपयोगिताबीच सन्तुलन खोज्नुपर्ने आवाज

हेटौडा, वैशाख २४ गते। हुप्राचौर क्षेत्रमा जेष्ठ नागरिकहरूका लागि मिलन केन्द्र निर्माण गर्ने विषय यतिबेला स्थानीय स्तरमा बहसको विषय बनेको छ। सामाजिक अभियान्ता तथा सेवा सहयोग र आवाजका अध्यक्ष विशालराज महत ले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको धारणा पछि यस विषयले थप चर्चा पाएको हो। महतले विकासका नाममा “विरोधका लागि विरोध” गर्न नहुने उल्लेख गर्दै आवश्यकता, भविष्य र विकासबीच सन्तुलन कायम गरिनुपर्ने बताएका छन्। उनका अनुसार विकास व्यवहारिक, वातावरणमैत्री र कलात्मक हुनुपर्छ भन्ने आवाज स्वाभाविक हो। उनले विशेषगरी जेष्ठ नागरिकहरूका लागि मनका कुरा साटासाट गर्ने, अनुभव बाँड्ने तथा आत्मीयता साट्ने सार्वजनिक स्थलको आवश्यकता बढ्दै गएको उल्लेख गरेका छन्। यस्ता स्थलहरूले…
Read More
भाषिक विविधताको सम्मान गर्दै बागमतीमा भाषा दिवस मनाइँदै, मुख्यमन्त्री बानियाद्वारा शुभकामना व्यक्त

भाषिक विविधताको सम्मान गर्दै बागमतीमा भाषा दिवस मनाइँदै, मुख्यमन्त्री बानियाद्वारा शुभकामना व्यक्त

हेटौंडा,बैशाख २४ गते । बागमती प्रदेश सरकारले प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० कार्यान्वयनको ऐतिहासिक उपलब्धिका अवसरमा मनाइने भाषा दिवसको सन्दर्भमा शुभकामना व्यक्त गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले शुभकामना सन्देश जारी गर्दै प्रदेशमा बसोबास गर्ने विशेषगरी तामाङ तथा नेपाल भाषा (नेवारी) बोल्ने समुदायका नागरिकहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका हुन्। मुख्यमन्त्री बानियाँले नेपालको संविधानले नेपालमा बोलिने सबै भाषालाई राष्ट्रभाषाको रूपमा अङ्गीकार गर्दै भाषा, संस्कृति र पहिचानको संरक्षण गर्ने हक सुनिश्चित गरेको उल्लेख गरेका छन्। सोही संवैधानिक मर्म र भावनालाई आत्मसात गर्दै बागमती प्रदेश सरकारले नेपाली भाषासँगै तामाङ र नेपाल भाषालाई प्रदेश सरकारी कामकाजको भाषाका रूपमा लागू…
Read More
हेटौंडा–४ मा धमाधम पूर्वाधार विकास : सडक, विद्यालय भवनदेखि जेष्ठ नागरिक आश्रय कक्षसम्मका योजना अघि बढ्दै

हेटौंडा–४ मा धमाधम पूर्वाधार विकास : सडक, विद्यालय भवनदेखि जेष्ठ नागरिक आश्रय कक्षसम्मका योजना अघि बढ्दै

हेटौंडा,बैशाख २४ गते । हेटौंडा उपमहानगरपालिका–४ मा विभिन्न पूर्वाधार विकासका योजना तीव्र रूपमा अगाडि बढिरहेका छन् । वडा अध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलले सामाजिक सञ्जाल फेसबुक मार्फत वडामा सञ्चालनमा रहेका तथा प्रक्रियामा रहेका योजनाबारे जानकारी गराउँदै विकासलाई साझा विषयका रूपमा लिन आग्रह गरेका छन्। वडा अध्यक्ष सिग्देलले “हामी काममा विश्वास गर्छौं, विकास जनताका लागि हो, विकासमा राजनीति नगरौं” भन्ने सन्देशसहित वडामा शिक्षा, स्वास्थ्य, खेलकुद, भाषा–संस्कृति, महिला, बालबालिका, अपाङ्गता, मुस्लिम, दलित तथा जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर योजनाहरू अघि बढाइएको बताएका छन्। उनका अनुसार रजतजयन्ति सडक निर्माण कार्य हाल निर्माण सामग्री अभावका कारण केही प्रभावित भए पनि…
Read More
शिवम् सिमेन्ट उद्योगविरुद्ध स्थानीय आक्रोश: जनस्वास्थ्यमा खेलवाड गरेको आरोप, सार्वजनिक सुनुवाइको घोषणा

शिवम् सिमेन्ट उद्योगविरुद्ध स्थानीय आक्रोश: जनस्वास्थ्यमा खेलवाड गरेको आरोप, सार्वजनिक सुनुवाइको घोषणा

हेटौंडा,बैशाख २३ गते । स्थानीय बासिन्दाले शिवम् सिमेन्ट उद्योगको मापदण्डविपरीत सञ्चालनप्रति गम्भीर आपत्ति जनाउँदै जनस्वास्थ्यमा प्रत्यक्ष असर परेको आरोप लगाएका छन्। सामाजिक अभियान्ता तथा “सेवा सहयोग र आवाज” अभियानका अध्यक्ष विशालराज महतले सामाजिक सञ्जालमार्फत उद्योगविरुद्ध कडा टिप्पणी गर्दै तत्काल सुधारको माग गरेका हुन्। महतले उद्योगले दीर्घकालदेखि वातावरणीय मापदण्ड उल्लङ्घन गर्दै आएको र यसले स्थानीय जनताको स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको उल्लेख गरेका छन्। पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि प्रभावकारी कदम चालिएको नदेखिएको उनको गुनासो छ। केही समयका लागि सुधारको नाटक देखाएर पुनः पुरानै अवस्थामै फर्किने प्रवृत्तिले जनतामाथि धोका भएको उनले बताएका छन्। यसैबीच, समस्या समाधानका लागि शिवम् सिमेन्ट उद्योगका प्रतिनिधि,…
Read More
कैलास गाउँपालिकाद्वारा हावाहुरी–चट्याङबाट भएको क्षतिको विवरण ३ दिनभित्र पेश गर्न आग्रह

कैलास गाउँपालिकाद्वारा हावाहुरी–चट्याङबाट भएको क्षतिको विवरण ३ दिनभित्र पेश गर्न आग्रह

कैलास गाउँपालिका,बैशाख २२ गते । मकवानपुरस्थित कैलास गाउँपालिकाले हालै आएको हावाहुरी तथा चट्याङका कारण निजी तथा सरकारी सम्पत्तिमा पुगेको क्षतिको विवरण संकलन प्रक्रिया अघि बढाएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै २०८३ साल वैशाख २१ गते अचानक आएको प्राकृतिक विपद्का कारण भएको क्षतिको यथार्थ विवरण उपलब्ध गराउन सबै प्रभावित नागरिकलाई अनुरोध गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिता कुमारी खत्रीद्वारा जारी सूचनामा पीडित लाभग्राहीहरूले आफूलाई परेको क्षतिको विवरण आवश्यक कागजातसहित ३ दिनभित्र गाउँपालिकामा निवेदन पेश गर्न भनिएको छ। विवरण पेश गर्दा सम्भव भएसम्म प्रहरी मुचुल्का, क्षतिको रङ्गिन फोटो तथा सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य रूपमा संलग्न गर्नुपर्ने उल्लेख गरिएको छ।…
Read More
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक विदा घोषणा

बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक विदा घोषणा

हेटौंडा,बैशाख २२ गते । बागमती प्रदेश सरकारले २०८३ साल वैशाख २४ गते बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय, हेटौंडाद्वारा प्रकाशित सूचनाअनुसार उक्त दिन “सरकारी कामकाजको भाषासम्बन्धी दिवस” को अवसर पारेर प्रदेशभर विदा दिइने भएको हो। प्रदेश राजपत्रको खण्ड ९, सङ्ख्या ०९, भाग ३ मा मिति २०८२ चैत्र २३ गते प्रकाशित सूचनालाई आधार मान्दै प्रदेश सरकारले यस वर्षको उक्त दिवसलाई विशेष रूपमा मनाउने तयारीस्वरूप सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ। मन्त्रालयका अनुसार सो दिन प्रदेश अन्तर्गतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायहरू बन्द रहनेछन्। यस निर्णयले सरकारी कामकाजको भाषाको संरक्षण, प्रवर्द्धन र…
Read More
हावाहुरीले उडायो विद्यालयको छाना, मकवानपुरको लिक्चेमा पठनपाठन प्रभावित

हावाहुरीले उडायो विद्यालयको छाना, मकवानपुरको लिक्चेमा पठनपाठन प्रभावित

कैलाश गाउँपालिका,बैशाख २२ गते । मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिका वडा नं. ४ लिक्चेमा रहेको श्री प्राथमिक विद्यालय लिक्चेको भवनमा हिजो आएको तीव्र हावाहुरीका कारण ठूलो क्षति पुगेको छ। स्थानीयका अनुसार अचानक आएको हावाहुरीले विद्यालयको छाना उडाइदिँदा कक्षाकोठाहरू पूर्ण रूपमा खुला अवस्थामा पुगेका छन्। छाना उडेपछि विद्यालयमा नियमित पठनपाठन प्रभावित भएको छ भने विद्यार्थीहरूलाई सुरक्षित रूपमा कक्षा सञ्चालन गर्न कठिनाइ भएको विद्यालय स्रोतले जनाएको छ। घटनापछि विद्यालय व्यवस्थापन समिति तथा स्थानीयवासीले क्षतिको विवरण संकलन गर्ने कार्य थालेका छन्। क्षतिग्रस्त भवनको शीघ्र मर्मतका लागि सम्बन्धित निकायसँग आवश्यक सहयोगको अपेक्षा गरिएको छ। स्थानीयले यथाशीघ्र पुनर्निर्माण तथा मर्मत कार्य अघि बढाउन माग गरेका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.