२०८२ पुष ४, शुक्रबार १६:५७
२०८२ पुष ४, शुक्रबार १६:५७
हेटौंडा, पुस ४ गते । श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर लामाले नेपालमा हालसम्म राज्य विधिको शासनअनुसार नचलेको आरोप लगाउँदै शक्तिकेन्द्रको डिजाइनअनुसार राजनीति सञ्चालन भइरहेको दाबी गरेका छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक स्टाटसमा उनले पछिल्लो समय चर्चामा रहेका राजनीतिक घटनाक्रमप्रति गहिरो प्रश्न उठाएका छन्। उनले रवि लामिछानेलाई लामो समयसम्म देशभर रातको १२ बजेसम्म घुमाइएको घटनालाई उल्लेख गर्दै “अहिले कुन र कहाँको शक्तिले सजिलै बाहिर ल्यायो ?” भन्ने प्रश्न उठाएका छन्। यस्तै, उनले पूर्व नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति संकेत गर्दै उज्यालो नेपाल पार्टी दर्ताबारे अघिसम्म आफू अनभिज्ञ रहेको र कुनै पनि दल खोल्ने पक्षमा…