२०८२ मंसिर २२, सोमबार १५:५४
२०८२ मंसिर २२, सोमबार १५:५४
हेटौंडा, मंसिर २२ गते । जिल्लामा थालिएको २५/२५ गज सडक विस्तार प्रक्रियाविरुद्ध हेटौंडाका घरधनीहरू आज जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा आन्दोलित भएका छन्। घरधनीहरूले हेटौंडा बजार क्षेत्रमा भइरहेको सडक विस्तारका क्रममा आफूहरूको वैधानिक स्वामित्व रहेको घरजग्गा ‘अतिक्रमण’ भन्दै भत्काउन खोजिएको आरोप लगाएका छन्। उनीहरूको दाबी अनुसार, सम्बन्धित घरजग्गाको लालपुर्जा, महसुल–कर तिरेको प्रमाणपत्र तथा अन्य कानुनी कागजात सुरक्षित रहेका छन्। सोही प्रमाणका आधारमा उचित मुआब्जा प्रदान नगरी संरचना हटाउन खोजिनु अन्यायपूर्ण रहेको उनीहरूको गुनासो छ। यही मागसहित घरधनी प्रतिनिधि समूह र प्रमुख जिल्ला अधिकारीबीच अहिले वार्ता जारी छ।