२०८२ मंसिर १९, शुक्रबार १२:४०
२०८२ मंसिर १९, शुक्रबार १२:४०
हेटौंडा, मंसिर १९ गते । सडक डिभिजन हेटौंडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा खाली गराउने तयारी अघि बढाएसँगै होटल व्यवसायीहरूलाई आजदेखि अतिथि नराख्न औपचारिक अनुरोध गरेको छ। गोरखापत्र राष्ट्रिय दैनिकमा मंसिर ५ गते प्रकाशित सूचनामा हेटौंडा–१५ रातो माटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्मको महेन्द्र राजमार्ग र बुद्धचोकदेखि सामरी पुलसम्मको त्रिभुवन राजपथमा पर्ने सडक सीमाभित्रका संरचना, व्यापारिक क्रियाकलाप तथा अतिक्रमण हटाइने उल्लेख गरिएको थियो। उक्त सार्वजनिक सूचनाको निरन्तरतामा सडक डिभिजन हेटौंडाले मंसिर २० गतेदेखि सडक संरक्षण कार्य सुरु हुने जनाएको छ। यस क्रममा निर्दिष्ट क्षेत्रभित्र रहेका होटल तथा आवास गृहहरूले सडक संरक्षण कार्यमा सहयोग पुर्याउन आजको मितिदेखि अतिथि राख्न नपाउने…