२०८२ भाद्र ९, सोमबार १४:१५
२०८२ भाद्र ९, सोमबार १४:१५
हेटौंडा, भदौ ८ गते । जनता समाजवादी पार्टी, नेपाल अन्तर्गत ताम्सालिङ राष्ट्रिय समितिको अधिवेशन आगामी भदौ ११ गते हेटौंडामा आयोजना हुने भएको छ। उक्त अधिवेशनमा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यता सहित पार्टीका अन्य केन्द्रीय नेताहरूको विशेष उपस्थिति रहने जानकारी आयोजकले दिएका छन्। यो अधिवेशन ताम्सालिङ राष्ट्रिय समितिको सांगठनिक सुदृढीकरण, नीति निर्माण तथा भावी कार्यक्रम तय गर्ने दृष्टिले महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।