स्थानीय

बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न

बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न

हेटौडा। बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख अतिथ्यमा माननीय सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठको विशेष अतिथ्यमा सामाजिक विकास मन्त्रालयको हलमा सम्पन्न भएको छ। कार्यक्रममा बागमती प्रदेश विश्वविद्यालयका डिन डा. गंगाराम विश्वकर्माले सबै अतिथिहरुलाई स्वागत गर्दै मन्तव्य राखेका थिए भने विश्वविद्यालयको वार्षिक कार्य प्रगति विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीले प्रस्तुत गरेका थिए। माननीय सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीश्रेष्ठले प्रदेश विश्वविद्यालयको आवश्यकता औचित्यका बारेमा मन्तव्य राख्दै उच्च शिक्षा प्रदेश सरकारको एकल अधिकारको क्षेत्र हो,उनले भने । प्रमुख अतिथि माननीय मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वविद्यालयले व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिदै अगाडि बढ्ने छ…
Read More
लायन्स क्लब काठमाडौंको सहयोगार्थमा महेन्द्र माध्यमिक विद्यालय भीमफेदीका बालबालिकाहरुलाई झोला बितरण

लायन्स क्लब काठमाडौंको सहयोगार्थमा महेन्द्र माध्यमिक विद्यालय भीमफेदीका बालबालिकाहरुलाई झोला बितरण

हेटौडा। लायन्स क्लब काठमाडौंको सहयोगार्थमा महेन्द्र माध्यमिक विद्यालय भीमफेदीमा कक्षा १ देखी कक्षा ४ सम्मका अंग्रेजी माध्यमबाट तथा नेपालि माध्यमबाट सञ्चालन कक्षाका १३१ बालबालिकालाई बिध्यालय झोला बितरण गरेको छ। सञ्चारकर्मी सुरेन्द्र थीकेको समन्वयमा लायन्स क्लब काठमाण्डौ का "वन चाइल्ड वन ब्याग "कार्यक्रम का डिष्ट्रिक्ट प्रेसिडेन्ट सान्तवना देवकोटाको पहलमा उक्त सहयोग महेन्द्र माध्यमिक बिध्यालय मा उपलब्ध भएको हो। "वन चाइल्ड वन ब्याग"कार्यक्रम अन्तर्गत यसै गरी आजै भीमफेदी गाँउ पालिकाको ६ नं वडा र इन्द्र सरोवर गाँउ पालिकाको २ नं सांधमा देउरालीमा अवस्थित बटुक भैरव प्राथमिक बिधालय का ३५ बालबालिकाको लागी पनि बिध्यालय ब्याग बितरण गरेको थियो। यसै गरी समाजसेवामा अभियन्ता गिन्दिरा…
Read More
दरबार हत्याकाण्डको सम्झनामा हेटौंडामा दीप प्रज्वलन, निष्पक्ष छानबिनको माग

दरबार हत्याकाण्डको सम्झनामा हेटौंडामा दीप प्रज्वलन, निष्पक्ष छानबिनको माग

हेटौंडा। २०५८ सालको जेठ १९ गते राति दरबारभित्र घटेको भीषण हत्याकाण्डको सम्झनामा हेटौंडामा दीप प्रज्वलन गरिएको छ। उक्त दिन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य, राजकुमार दीपेन्द्रसहित राजपरिवारका नौ सदस्यको निर्मम हत्या भएको थियो। यस ऐतिहासिक घटनाको २४औं वार्षिक स्मृतिमा हेटौंडा उपमहानगरपालिका–१० स्थित बुद्ध चोकमा स्थानीय राजावादीको पहलमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो। सयौं दीपले उज्यालो पारियो चोक कार्यक्रममा सहभागीहरूले सयौं थान घिउबत्ती बालेर दिवंगत राजपरिवारप्रति श्रद्धा प्रकट गरेका थिए। केही सहभागीले हातमा दीप बोकेर मौन प्रार्थना पनि गरेका थिए। कार्यक्रम संयोजक विवेक विक्रम शाहीले भने,“राजा वीरेन्द्र राष्ट्रप्रेमी राजा हुनुहुन्थ्यो। उहाँसँगै मारिएका राजपरिवारको सम्झना हामीले बिर्सनु हुँदैन। आज दीप बालेर हाम्रो…
Read More
विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत प्रकृति सम्वाद यात्रा सम्पन्न

विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत प्रकृति सम्वाद यात्रा सम्पन्न

हेटौंडा। टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा विश्व वातावरण दिवस २०८२ को सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत प्रकृति सम्वाद यात्रा कार्यक्रम सम्पन्न गरिएको छ। टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष फुर्वा लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा हेटौंडा क्षेत्रका विभिन्न विद्यालय तथा बाल क्लबहरूबाट ७५ जना बालबालिकाहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले वन विज्ञान अध्ययन संस्थाको प्राङ्गणभित्र रहेको जंगल, गार्डेन तथा जैविक विविधता स्थलहरूको अवलोकन गरेका थिए। साथै, वातावरणीय संरक्षणका विषयमा संवादात्मक शिक्षा दिइएको थियो। कार्यक्रमलाई वन विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूले सहजीकरण गरेका…
Read More
हेटौंडाका १९ वटै वडामा एकैसाथ वृहत सरसफाइ अभियान सम्पन्न

हेटौंडाका १९ वटै वडामा एकैसाथ वृहत सरसफाइ अभियान सम्पन्न

हेटौंडा। प्लाष्टिक प्रदूषण अन्त्य गरौँ भन्ने मूल नारासहित सप्ताहव्यापी वातावरण संरक्षण कार्यक्रम जारी ५६औं विश्व वातावरण दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिकामा शनिवार एकैसाथ १९ वटै वडामा वृहत सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। सप्ताहव्यापी वातावरण संरक्षण कार्यक्रम अन्तर्गत दोस्रो दिनको मुख्य कार्यक्रमका रूपमा गरिएको यस सरसफाइ अभियानमा नगरका गल्ली, चोक, सार्वजनिक स्थल, बजार क्षेत्र र विद्यालय आसपासका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर सफा गरिएको हो। कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको सहयोगमा, १९ वटै वडाको टोल विकास संस्थाको समन्वयमा तथा टोल विकास नगर समन्वय समितिको आयोजनामा सम्पन्न भएको हो। नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीका अनुसार हेटौंडालाई स्वच्छ, हरित र प्लाष्टिकमुक्त बनाउने उद्देश्यले टोल विकास…
Read More
खिन्नता, उदासिनता र नैराश्यता मार्क्सवादमा पर्दैन-केदार न्यौपाने

खिन्नता, उदासिनता र नैराश्यता मार्क्सवादमा पर्दैन-केदार न्यौपाने

मकवानपुर । प्रगतिशिल लेखक संघ मकवानपुरद्वारा आयोजित मार्क्सवादी सौन्दर्य चेतना विषयक विमर्श कार्यक्रममा आफ्नो विचार राख्दै केदार न्यौपानेले खिन्नता, उदासिनता र नैराश्यता मार्क्सवादमा नपर्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रम हेटौंडा-४ स्थित साहित्य संगम तथा सिस्नुपानी नेपाल मकवानपुरको सभाहलमा भएको हो । प्रमुख अतिथि तथा वक्ता केदार न्यौपानेको उपस्थितिमा भएको कार्यक्रममा मार्क्सवादी सौन्दर्य चेतनाको विषयमा गहन छलफल भएको छ । कार्यक्रममा भोगेन्द्र लुइटेलले कार्यपत्र प्रस्तुत गरेका छन् । विमर्श कार्यक्रममा  प्रस्तुत कार्यपत्रको टिप्पणी प्रह्लाद लामिछनेले गरेका हुन् । कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथी प्रकाश पार्दै कार्यक्रमका प्रमुख अतिथी केदार न्यौपानेले खिन्नता, उदासिनता र नैराश्यता मार्क्सवादी सौन्दर्यमा नपर्ने बताएका छन् ।…
Read More
३ बुँदे घोषणापत्र जारी गर्दै सकियो पत्रकार महासंघ बागमतीको प्रादेशिक भेला

३ बुँदे घोषणापत्र जारी गर्दै सकियो पत्रकार महासंघ बागमतीको प्रादेशिक भेला

हेटौंडा। नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दुई दिने दोस्रो प्रादेशिक भेला १३ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै हेटौंडामा सम्पन्न भएको छ । सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश सरकारको भुमिका विषयक अन्तरक्रियासँगै नेपाल पत्रकार महासंघ बागमती प्रदेशको जेठ १३ गतेबाट शुरु भएको प्रादेशिक भेलामा वृहत छलफल गरी उठान गरेका विषयहरुलाई समेटेर घोषणपत्र जारी गर्दै सकिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गरेको भेलाले पारित गरेको घोषणापत्रमा पत्रकारको सुरक्षा, क्षमता विकास, सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था, सञ्चारमाध्यमलाई उद्योगका रुपमा मान्यता दिई अनुदान र सहुलियत ऋण र लोककल्याणकारी सुविधा लगायतमा तीनै तहको सरकारको ध्यानाकर्षण गराउँदै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा…
Read More
दुईवटा ग्यास सिलिन्डर पड्किँदा भान्सा सहित गोठ जलेर नष्ट

दुईवटा ग्यास सिलिन्डर पड्किँदा भान्सा सहित गोठ जलेर नष्ट

मनहरी । मनहरी-२, टाँडी निवासी सुरेन्द्र राईको भान्सामा राखिएको खाना पकाउने ग्यासको सिलिन्डर पड्किँदा १ हल गोरु र ७ वटा बाख्रा सहित गोठ जलेर नष्ट भएको छ । घरमा कोहि नभएको बेला अचानक आगलागी भइ सिलिन्डर पड्किएको हुँदा मानवीय क्षती भएको छैन । बुधबार दिउँसो राईको घरमा कोहि नभएको बेला एक्कासि सिलिन्डर पड्किएर आगलागि भएको हो । बिजुली सट भएर सिलिन्डरमा आगो लागेको हुन सक्ने सुरेन्द्र राईले बताएका छन् । आगलागीबाट गोठमा रहेको भान्साका भाँडाकुँडा सहित सम्पूर्ण सामान जलेको छ । त्यस्तै गोठमा रहेका १ हल गोरु र ७ वटा बाख्रा जलेर नष्ट भएको छ । साथै गोठका काठपात, जस्ता…
Read More
जसपा नेपालले आज हेटौंडामा बजेट माग ध्यानाकर्षण पत्रबारे समीक्षा मुलक कार्यक्रम सम्पन्न गर्यो

जसपा नेपालले आज हेटौंडामा बजेट माग ध्यानाकर्षण पत्रबारे समीक्षा मुलक कार्यक्रम सम्पन्न गर्यो

हेटौंडा। जनता समाजवादी पार्टी (जसपा) नेपालले आज बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई मुख्यमन्त्री कार्यालयमा पुगेर बजेट माग सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाए लगत्तै हेटौडा १० स्थित होटेल लिडोमा औपचारिक विविध समीक्षा र जिल्लागत रूपमा भएका पार्टीका जानकारीहरु बारे छलफल भएका छन्। जसपा नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्य लगायतका प्रदेश र जिल्लागत विशिष्ट नेतागणहरूको उपस्थितिमा आज मुख्यमन्त्री कार्यालय मै पुगेर बजेट माग सम्बन्धमा ध्यानाकर्षणपत्र बुझाएको हो। होटल लिडोमा राखेको औपचारिक विशेष कार्यक्रममा समग्र सिङ्गो पार्टीले आज मुख्यमन्त्री कार्यालयमा बुझाएको बजेट माग ध्यानाकर्षण पत्रबारे विशेष चर्चा र छलफलको विषय अन्तर्गत रही जसपा नेपालका केन्द्रीय उपाध्यक्ष देखि प्रदेश र जिल्लागत विशिष्ट नेताहरूले आआफ्नो विचार…
Read More
सञ्चारमैत्री बजेट निर्माणबारे अन्तरक्रिया तथा प्रादेशिक भेला

सञ्चारमैत्री बजेट निर्माणबारे अन्तरक्रिया तथा प्रादेशिक भेला

हेटौंडा। सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश सरकारको भुमिका विषयक अन्तरक्रिया तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दुुई दिने दोस्रो प्रादेशिक भेला हेटौंडामा शुुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मंगलबार उद्घाटन गरेका थिए । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्य तथा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने र बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतन्त्र र प्रजातन्त्रमा प्रदेश सरकारको अटुुट विश्वास रहेको भन्दै पत्रकारिता जनविश्वासको आधार बन्नुपर्ने बताए । ‘हामी लोकतन्त्र र प्रजातन्त्रमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.