राजनीति

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संघीय सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ। संसदीय दलको शनिबारको बैठकले गरेको निर्णयअनुसार आइतबार सभामुख देवराज घिमिरेलाई समर्थन फिर्ताको पत्र बुझाइएको हो। प्रतिनिधिसभामा नाउपाका चार सांसद छन्। संघीय सरकारबाट बाहिरिने निर्णयसँगै नाउपाले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ।
Read More
जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी

जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी

हेटौँडा। जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सर्लाही जिल्ला प्रहरी कार्यालयका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गालीगलौज गरेको आरोपमा उनीविरुद्ध जिल्ला अदालत सर्लाहीले पक्राउ पुर्जी जारी गरेको हो। एसपी खड्काले यादवमाथि गालीगलौज गरेको आरोप लगाएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र यादवको खोजी कार्य जारी रहेको जनाएको छ।
Read More
सत्ताको आडमा गरिएको प्रहरी दमन नरोके कडा संघर्षमा उत्रिने नेकपा मकवानपुरको चेतावनी

सत्ताको आडमा गरिएको प्रहरी दमन नरोके कडा संघर्षमा उत्रिने नेकपा मकवानपुरको चेतावनी

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले सत्ताको आडमा मच्चाएको प्रहरी आतंक र दमन तत्काल नरोके कडा संघर्षका कार्यक्रम सहित अघि बढ्ने चेतावनी दिएको छ । जिल्ला सेक्रेटरी पेमा सीले एक विज्ञप्ति जारी गर्दै उक्त वक्तव्य व्यक्त गरेका हुन् । २०८२ असार ३ गते हेटौंडा-१ चौकिटोल स्थित सार्वजनिक जग्गा प्रकरणमा मुछिएको र सुकुम्बासीको माग सुनुवाइ नगरेको आरोपमा केहि सुकुम्बासीहरुले वडाध्यक्ष सबिन न्यौपाने माथि कालोमोसो दलि सांकेतिक कारबाही गरेका थिए । उक्त विषयसँग जोडेर बिक्रम थिङ सहित ५ जना निर्दोष सुकुम्बासी र सन्जिब रुम्बालाई बिनागल्ती अन्धाधुन्ध गरिएको धरपकटको एक विज्ञप्ति जारी गर्दै नेकपा मकवानपुरले घोर भर्त्सना गरेको छ । असार १९ गते…
Read More
संघीय लोकतान्त्रिक मोर्चाले ६ प्रदेशमा सभा गर्ने

संघीय लोकतान्त्रिक मोर्चाले ६ प्रदेशमा सभा गर्ने

काठमाडौँ। संघीय लोकतान्त्रिक मोर्चाले ६ प्रदेशमा सभा गर्ने भएको छ। आइतबार लाजिम्पाटस्थित बाबा होटलमा बसेको मोर्चाको बैठकले मोर्चाको उद्देश्य, औचित्य र आवश्यकताबारे प्रकाश पार्न काठमाडौं, भैरहवा, कैलाली, विराटनगर, जनकपुर र वीरगञ्जमा सभा आयोजना गर्ने निर्णय गरेको हो। जसअनुसार काठमाडौंमा साउन १७ गते सभा आयोजना गर्ने मोर्चाले बताएको छ। भैरहवामा आगामी साउन २१ गते, कैलालीमा साउन २३ गते, वीराटनगरमा भदौ १६ गते, जनकपुरमा भदौ १८ गते र वीरगञ्जमा भदौ २० गते सभा आयोजना गर्ने मोर्चाको तयारी छ। आजको बैठकले संघीय लोकतान्त्रिक मोर्चाको कार्यविधि २०८२ पारित गरेको र आजकै मितिबाट लागू गर्ने निर्णय गरेको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी दिए।…
Read More
सामाजिक अभियान्ता महतलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

सामाजिक अभियान्ता महतलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

हेटौंडा। सामाजिक अभियान्ताको रूपमा चिनिने हेटौडाका विशालराज महतलाई पक्राउ नगर्न उच्च अदालत हेटौडा इजलासले अन्तरिम आदेश जारी गरेको छ। उच्च अदालत हेटौडाका न्यायाधीश शकुन्तला घिमिरेको इजलासले महतलाई पक्राउ नगर्न विशेष विपक्षीहरुको नाममा आदेश जारी गर्दै यस्तो निर्णय गरेको हो। घटना केही समय अगाडिको हो। जुन समयमा हेटौडा १ का वडाध्यक्ष सबिन न्यौपाटीमाथि एक्कासी कार्यकक्षमै रहिरहेको बखतमा अज्ञात व्यक्तिहरूबाट कुटपिट गर्दै कालमोसो दली उनको साथमा रहेको दुईवटा मोबाइल पनि लगिएको खबर बाहिरिएको थियो। त्यसपछि उक्त घटनासँग जोडिएको आशंका वा शङ्काको भरमा जिल्ला प्रहरी कार्यालयबाट पटकपटक उनको मोबाइलमा कल आइरहेको र कल उठाउँदा तपाईंसँग केही जानकारी लिनु छ भेटाउन भन्ने जस्ता विषयहरु उठाएर…
Read More
नेता बानियाँले गरे मनहरीमा एकैदिन पाँच वटा पूर्वाधार परियोजनाको उद्घाटन

नेता बानियाँले गरे मनहरीमा एकैदिन पाँच वटा पूर्वाधार परियोजनाको उद्घाटन

मनहरी। नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले बिहिवार मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका–६ का विभिन्न स्थानमा निर्माण सम्पन्न भएका पाँच पूर्वाधारको उद्घाटन गरेका छन्। मनहरी ६ स्थित रमौली प्रतापुरको १ किलोमिटर कालोपत्रे सडक, जोगीताल पक्की पुल, सुनाचुरी जोगीताल १ किलोमिटर सडक, तिलेश्वर मन्दिर र सुनाचुरी गुम्बाचोकस्थित क्लब भवन तथा जिम क्लबको एक कार्यक्रमका बीच नेता बानियाँले उद्घाटन गरेका हुन् । कांग्रेस सभापति एवं बागमती प्रदेशसभा सदस्य बानियाँले मनहरी गाउँपालिकाको ६ नम्बर वडा अरु वडाभन्दा भौगोलिक दृष्टिले ठूलो र दुर्गम रहेको बताउँदै यस वडामा प्रदेश र स्थानीय तहको समन्वयमा विगतदेखि नै विभिन्न विकास निर्माणका योजना सञ्चालन…
Read More
यो सरकार राज्य सञ्चालन गर्ने विषयमा पूर्ण असफल भइसक्यो: जसपा नेपाल उपाध्यक्ष बज्राचार्य

यो सरकार राज्य सञ्चालन गर्ने विषयमा पूर्ण असफल भइसक्यो: जसपा नेपाल उपाध्यक्ष बज्राचार्य

काठमाडौँ। राष्ट्रिय पार्टीको रूपमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले अहिलेको यो सरकार राज्य सञ्चालन गर्ने विषयमा पूर्ण असफल भएको कुरा बताएका छन्। आज रेडियो भरोसासँग फोन संवाद गर्ने क्रममा उनले यस्तो कुरा बताएका हुन्। उनी भन्छन्: "केपी ओली सरकार अहिले पूर्ण बदनाम कमाउने अवस्थामा डामाडोल भइसकेको अवस्था छ।" जसरी समर्थन दिएको थियो हामीले त्यही अनुसार सरकार पक्षधरबाट कुनै पनि चासो हामी माझ नदेखाएपछि हामीले राखेको समर्थन फिर्ता सरकार पक्षबाट लिएका हौं। अहिलेको यस सरकारले गरेको कुनै पनि कार्यलाई हेर्ने हो भने आर्थिक पक्षमा यो सरकार पूर्ण डामाडोल भइसकेको अवस्था देखिन्छ। र नौ महिनाको समय अवधिमा फर्केर…
Read More
नेकपा मकवानपुरद्वारा सबिन न्यौपानेप्रती स्वास्थ्य लाभको कामना, सार्वजनिक जमिन संरक्षण सँगै भूमिहिन सुकुम्बासी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध

नेकपा मकवानपुरद्वारा सबिन न्यौपानेप्रती स्वास्थ्य लाभको कामना, सार्वजनिक जमिन संरक्षण सँगै भूमिहिन सुकुम्बासी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले एक विज्ञप्ति जारी गर्दै हेटौंडा-१ का वडाध्यक्ष सबिन न्यौपाने माथी भएको घटनाप्रती दुख व्यक्त गर्दै स्वास्थ्यलाभको कामना गरेको छ । साथै सार्वजनिक जमिन संरक्षण गर्दै सुकुम्बासीको व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ । नेकपाका जिल्ला सेक्रेटरी पेमा सीको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा हेटौंडा-१ चौकीटोल, जरुवाटोल सब्जिमन्डिको उत्तरी भागको सार्वजनिक जमिन संरक्षणको लागि राजनीतिक दलहरु, सामाजिक अभियन्ता र आम नागरिकले राज्यका सबै निकायमा ध्यानाकर्षण गर्दा समेत जमिन रक्षा नभएको महशुस भएको बताएको छ । साथै हाम्रो संघर्ष दल विशेषका नेतृत्वमा होइन तर राजनीतिक दल र कर्मचारीको आँटमा गरेको भ्रष्टाचार र दलाल भु-माफिया प्रवृत्ति सङ्ग…
Read More
बिनाकारण पक्राउ गरिएका तीन युवाहरूलाई विनासर्त रिहा गर्न सार्वजनिक जमिन संरक्षण समितिको अनुरोध

बिनाकारण पक्राउ गरिएका तीन युवाहरूलाई विनासर्त रिहा गर्न सार्वजनिक जमिन संरक्षण समितिको अनुरोध

मकवानपुर । चौकिटोल, जरुवाटोल सार्वजनिक जमिन संरक्षण समितिले बिनाकारण पक्राउ गरिएका तीन जना युवाहरूलाई विनासर्त रिहा गर्न माग गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै चौकिटोल, जरुवाटोल सार्वजनिक जमिन संरक्षण समितिले बिनाकारण पक्राउ गरिएका तीन जना युवाहरूलाई विनासर्त रिहा गर्न जोडदार माग गरेको हो । नागरिक, सामाजिक अभियान्ता, राजनीतिक दलहरु र सार्वजनिक जमिन संरक्षण समितिले सार्वजनिक जमिन बचाउको लागि राज्यका सबै निकायमा गरेको पटक पटकको ध्यानाकर्षण र अनुरोधलाई वेवास्ता हुँदा हेटौँडा उपमहानगरपालिका १ चौकिटोल, जरुवाटोल सब्जिमन्डीको उत्तरी भागमा रहेको सार्वजनिक जमिन स्थानीय गुन्डागर्दि र हेटौँडा १ का वडा अध्यक्ष सविन न्यौपानेको मिलोमतोमा २ विगाह खाली जमिनमा माटो भर्ने…
Read More
हुकुम्बासीलाई होइन सुकुम्बासीलाई बस्न देउ भन्दै हेटौंडामा नाराबाजी

हुकुम्बासीलाई होइन सुकुम्बासीलाई बस्न देउ भन्दै हेटौंडामा नाराबाजी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ राप्ती किनारामा अवस्थित सार्वजनिक जग्गा स्थानीय केही हुकुमबासीले अतिक्रमण गर्न थालेपछी नेकपाको नेतृत्वमा गठित संघर्ष समितिले उक्त जमिन संरक्षणका लागि ध्यानाकर्षण गराउँदा सम्बन्धित निकाय मौन रहेकोले उक्त जमिनमा सुकुम्बासी राख्ने कोसिस गरिरहेको छ । सुकुम्बासी बस्ती बसाउने उद्देश्य सहित नेकपाले आज सुकुम्बासी सहभागी गराइएको छ । भेलामा लगभग ७/८ सय जना भूमिहीन सुकुम्बासी उपस्थित भएका छन् । सार्वजनिक जमिन हुकुम्बासीलाई होइन सुकुम्बासीलाई दिनुपर्छ भन्दै उपस्थित जमातले नाराजुलुस गरेका छन् । साथै सार्वजनिक जमिन संरक्षणमा स्थानीय सरकार तथा जिल्ला प्रशासन उदासिन भएकोले तत्काल कदम चाल्न माग गरेका छन् । उपस्थित सुकुम्बासीले नाराजुलुस गर्न थालेपछी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.