खेलकुद

नेपालमा पहिलोपटक महिला टी–२० विश्वकप ग्लोबल छनोट, प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट

नेपालमा पहिलोपटक महिला टी–२० विश्वकप ग्लोबल छनोट, प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट

काठमाडौं, माघ २ गते । नेपालको क्रिकेट इतिहासमा नयाँ अध्याय थपिँदै छ। पहिलोपटक नेपालमै आयोजना हुन लागेको आईसीसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता को प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स टेलिभिजन ले गर्ने भएको छ। आउँदो आइतबारदेखि सुरु हुने यो प्रतियोगिता नेपाली महिला क्रिकेटका लागि मात्र होइन, समग्र नेपाली खेलकुदकै लागि ऐतिहासिक अवसर मानिएको छ। विश्वका १० राष्ट्र सहभागी हुने यस छनोट प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पीएनजी), नामिबिया र अमेरिका रहेका छन्। त्यसैगरी समूह ‘बी’ मा आयोजक नेपालसँगै स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्स छन्। नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक ग्लोबल छनोट…
Read More
आजदेखि भारत–न्युजिल्यान्डको एकदिवसीय शृङ्खला, बडोदरामा पहिलो भिडन्त

आजदेखि भारत–न्युजिल्यान्डको एकदिवसीय शृङ्खला, बडोदरामा पहिलो भिडन्त

बडोदरा (एजेन्सी) , पुस २७ गते। विश्व क्रिकेटका दुई सशक्त टोली भारत र न्युजिल्यान्डबीचको बहुप्रतिक्षित एकदिवसीय (ओडिआई) क्रिकेट शृङ्खला आजबाट भारतमा सुरु हुँदैछ। शृङ्खलाको पहिलो खेल आज दिउँसो १:४५ बजे (नेपाली समय) बडोदरामा खेलाइनेछ। घरेलु मैदानको फाइदा उठाउने लक्ष्यसहित भारत मैदान उत्रँदैछ भने भ्रमणकारी न्युजिल्यान्ड पनि चुनौतीपूर्ण प्रदर्शनको तयारीमा छ। भारतीय टोलीको कप्तानी युवा ब्याट्सम्यान शुभमन गिलले गरिरहेका छन् भने न्युजिल्यान्डको नेतृत्व माइकल ब्रेसवेलले सम्हालेका छन्। दुवै टोली पछिल्ला प्रदर्शनका आधारमा सन्तुलित देखिएकाले शृङ्खला प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। विशेषगरी भारतको बलियो ब्याटिङ लाइनअप र न्युजिल्यान्डको अनुशासित बलिङ आक्रमणबीचको टक्कर दर्शकका लागि आकर्षणको केन्द्र बन्नेछ। एकदिवसीय शृङ्खला सकिएपछि यी दुई…
Read More
बंगलादेशी लिगमा दीपाको दमदार प्रवेश, डेब्यु खेलमै चार गोलको वर्षा

बंगलादेशी लिगमा दीपाको दमदार प्रवेश, डेब्यु खेलमै चार गोलको वर्षा

काठमाडौं, पुस २० गते । नेपाली महिला फुटबलकी उदाउँदो स्टार दीपा शाहीले बंगलादेशको महिला फुटबल लिगमा आफूलाई प्रभावशाली ढंगले प्रस्तुत गरेकी छन्। राजशाही स्टार्स एफसीबाट लिग डेब्यु गरेकी दीपाले पहिलो खेलमै चार गोल गर्दै दर्शक र फुटबल पण्डितको ध्यान तानेकी हुन्। शनिबार सम्पन्न खेलमा राजशाही स्टार्सले नसरिन स्पोर्ट्स एकेडेमीमाथि १२–० को विशाल जित निकाल्यो। उक्त जितमा दीपा नै केन्द्रमा रहिन्। खेलको १६औँ मिनेटमै गोल खाता खोल्दै टोलीलाई अग्रता दिलाएकी उनले ५८औँ र ८०औँ मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पूरा गरिन्। त्यसपछि खेलको ८४औँ मिनेटमा व्यक्तिगत चौथो गोल थप्दै आफ्नो डेब्यु खेललाई अविस्मरणीय बनाइन्। चार गोलसहितको सानदार प्रदर्शनपछि दीपा ‘प्लेयर अफ…
Read More
टी–२० विश्वकपमा दक्षिण अफ्रिकाको नयाँ सपना: मार्करमको कप्तानीमा अनुभव र युवाको मिश्रण

टी–२० विश्वकपमा दक्षिण अफ्रिकाको नयाँ सपना: मार्करमको कप्तानीमा अनुभव र युवाको मिश्रण

काठमाडौं, पुस १८ गते । आईसीसी पुरुष टी–२० विश्वकपका लागि दक्षिण अफ्रिकाले आफ्नो १५ सदस्यीय टोली सार्वजनिक गर्दै उपाधि जित्ने दृढ लक्ष्यसहित तयारी थालेको छ। क्रिकेट दक्षिण अफ्रिकाले एइडेन मार्करमलाई कप्तानको जिम्मेवारी दिँदै अनुभवी र उदाउँदा खेलाडीहरूको सन्तुलित संयोजन प्रस्तुत गरेको हो। यस टोलीको विशेषता भनेकै पुनरागमन र नयाँ ऊर्जा हो। अनुभवी विकेटकिपर–ब्याटर क्विन्टन डिकक लामो समयपछि फेरि राष्ट्रिय जर्सीमा फर्किएका छन्। त्यस्तै, चोटका कारण मैदान बाहिर रहेका तीव्र गतिका बलर एनरिच नोर्त्जे पनि पूर्ण फिट भई टोलीमा समेटिएका छन्, जसले बलिङ आक्रमणलाई थप धारिलो बनाउने अपेक्षा गरिएको छ। दक्षिण अफ्रिका समूह ‘डी’ मा परेको छ, जहाँ उसले अफगानिस्तान, न्यूजिल्याण्ड,…
Read More
रम्भामा खेलकुदको उत्सव: राष्ट्रपति रनिङ शिल्डमा ५९२ खेलाडी, २५८ पदकको प्रतिस्पर्धा

रम्भामा खेलकुदको उत्सव: राष्ट्रपति रनिङ शिल्डमा ५९२ खेलाडी, २५८ पदकको प्रतिस्पर्धा

पाल्पा, पुस १८ गते । पाल्पाको रम्भा गाउँपालिका अहिले खेलकुदको रंगले रौनकिएको छ। शुक्रबारदेखि गाउँपालिकामा १७ औँ राष्ट्रपति रनिङ शिल्ड तथा सातौँ रम्भा गाउँपालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिता औपचारिक रूपमा सुरु भएको हो। हुँगीस्थित असेर्दी खेलमैदानमा भव्य समारोहबीच प्रतियोगिताको उद्घाटन गरिएको छ। तीन दिनसम्म सञ्चालन हुने यस खेलकुद महोत्सवमा गाउँपालिका भित्रका विद्यालयहरूको उल्लेख्य सहभागिता देखिएको छ। ८ वटा माध्यमिक विद्यालय र १ गुरुकुलमबाट सहभागी विद्यार्थीहरूले विभिन्न खेल विधामा आफ्नो क्षमता प्रदर्शन गर्नेछन्। प्रतियोगितामा ५ सय ९२ जना छात्र–छात्रा सहभागी छन् भने १५ फरक–फरक खेल विधामा प्रतिस्पर्धा हुनेछ। शिक्षा शाखा प्रमुख मीना आचार्यका अनुसार यस वर्षको रनिङ शिल्डमा कुल २ सय ५८…
Read More
बीपीएल खेलअघि प्रशिक्षक जाकीको आकस्मिक निधन, मैदानमै स्तब्ध बने खेलाडी

बीपीएल खेलअघि प्रशिक्षक जाकीको आकस्मिक निधन, मैदानमै स्तब्ध बने खेलाडी

बङ्गलादेश, पुस १३ गते । बंगलादेश प्रिमियर लिग (BPL) अन्तर्गत ढाका क्यापिटल्स र राजशाही वारियर्सबीचको खेल सुरु हुनु केही मिनेट अघि ढाकाका सहायक प्रशिक्षक महबुब अली जाकीको आकस्मिक निधन भएको छ। शनिबार सिलहेट अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टोलीको खेल–पूर्व तयारीका क्रममा ५९ वर्षीय जाकी अचानक मैदानमै ढलेका थिए। उनलाई तत्काल मेडिकल टोलीले सिपिआर (CPR) दिएर एम्बुलेन्समार्फत अल हरामैन अस्पताल पुर्‍याए पनि चिकित्सकहरूले मृत घोषणा गरेको बंगलादेश क्रिकेट बोर्ड (BCB) का मुख्य चिकित्सक देबाशिष चौधरीले जनाएका छन्। नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्सविरुद्धको खेल सुरु हुनुअघि घटेको यस घटनाले मैदानमा रहेका सबैलाई स्तब्ध बनाएको थियो। ढाका टोलीका अधिकारीहरूले जाकीले त्यसअघि कुनै…
Read More
हेटौंडा–४ मा नगरस्तरीय ७ ‘ए’ साइड फुटबल प्रतियोगिता सुरु

हेटौंडा–४ मा नगरस्तरीय ७ ‘ए’ साइड फुटबल प्रतियोगिता सुरु

हेटौंडा, पुस १० गते । “हाम्रो प्रतिबद्धता, शिक्षा र खेलकुदमा प्राथमिकता” भन्ने मूल नाराका साथ हेटौंडा उपमहानगरपालिका–४ मा नगरस्तरीय विद्यालय ७ ‘ए’ साइड फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको आयोजना, शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को संयोजन तथा श्रमिक माध्यमिक विद्यालय हेटौंडा–४ को व्यवस्थापनमा प्रतियोगिता सञ्चालन गरिएको हो । वडास्तरीय तेस्रो खेलकुद महोत्सव अन्तर्गत आयोजित प्रतियोगिताको पहिलो खेल श्रमिक माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा हेटौंडा नगर क्षेत्रभित्रका २३ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउनुका साथै अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास…
Read More
शिक्षा र खेलकुद प्रवर्द्धन लक्ष्यसहित हेटौंडा–४ मा तेस्रो खेलकुद महोत्सव भोलिदेखि सुरु

शिक्षा र खेलकुद प्रवर्द्धन लक्ष्यसहित हेटौंडा–४ मा तेस्रो खेलकुद महोत्सव भोलिदेखि सुरु

हेटौंडा, पुस ९ गते । “हाम्रो अभियान शिक्षा र खेलकुदको प्रवर्द्धन” भन्ने मूल नाराका साथ हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयद्वारा आयोजित तेस्रो खेलकुद महोत्सव २०८२ भोलिदेखि सुरु हुने भएको छ । महोत्सव अन्तर्गत नगरस्तरीय ७ ‘ए’ साइड फुटबल प्रतियोगिता २०८२ साल पौष १० गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताले विद्यार्थी तथा युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै शारीरिक तथा मानसिक विकासमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ । खेलकुद महोत्सवको व्यवस्थापन शैक्षिक गुणस्तर सुधार समिति–४ ले गर्दै आएको छ भने सह–व्यवस्थापकको रूपमा श्री श्रमिक माध्यमिक विद्यालय, हेटौंडा–४ रहेको छ । नगरभित्रका विभिन्न टिमहरूको सहभागिता रहने उक्त प्रतियोगितामार्फत स्थानीय खेल प्रतिभा पहिचान…
Read More
कीर्तिपुरमा काठमाडौं गोर्खाज चम्कियो, लुम्बिनी लायन्स २२ रनले पराजित

कीर्तिपुरमा काठमाडौं गोर्खाज चम्कियो, लुम्बिनी लायन्स २२ रनले पराजित

काठमाडौं, मंसिर ९ गते । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले मंगलबार लुम्बिनी लायन्सविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै २२ रनको जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा गोर्खाजले आक्रमक खेल प्रदर्शन गर्दै लिग तालिकामा आफ्नो पकड झनै मजबुत बनायो। टस हारेर पहिले ब्याटिङ गर्न बाध्य भएको काठमाडौंले २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्‍यो। कप्तान करण केसीले संयमित तर प्रभावशाली खेल्दै अविजित ३४ रन जोडे। आकाशको ३२ रन र सन्तोष यादवको २६ रनले टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याउन मद्दत गर्‍यो। जवाफमा उतरेको लुम्बिनी लायन्सले रनको पछि लागेको यात्रा सुचारु राख्न सकेन।…
Read More
धादिङमा ‘स्व. मनोज श्रेष्ठ स्मृति कप’ महिला भलिबल प्रतियोगिता पौष ९ देखि

धादिङमा ‘स्व. मनोज श्रेष्ठ स्मृति कप’ महिला भलिबल प्रतियोगिता पौष ९ देखि

धादिङ, मंसिर ४ गते । बागमती प्रदेश अन्तर जिल्ला महिला भलिबल प्रतियोगिता आगामी पौष ९ देखि १२ गतेसम्म धादिङबेशीमा हुने भएको छ। धादिङ जिल्ला भलिबल संघको आयोजनामा आयोजना हुन लागेको यो प्रतिष्पर्धा ‘स्व. मनोज श्रेष्ठ स्मृति कप २०८२’ अन्तरगत सञ्चालन हुनेछ। महिला भलिबलको विकास, विस्तार तथा नयाँ प्रतिभाको पहिचानलाई लक्षित गरी प्रतियोगिता अघि सारिएको संघका अध्यक्ष अमृत गुरूङले जानकारी दिए। उनको अनुसार प्रतियोगितामा विजेता टिमले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ। त्यस्तै, उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र र तृतीय हुने टोलीले ५० हजार रुपैयाँसहितका पुरस्कार प्राप्त गर्नेछन्। धादिङ जिल्लाको भलिबल इतिहासमा महत्वपूर्ण योगदान पुगेका पूर्व…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.