२०८२ कार्तिक २९, शनिबार १४:१२
२०८२ कार्तिक २९, शनिबार १४:१२
काठमाडौँ, कात्तिक २९ गते । जेन जि मुभमेन्ट नेपाल आज दिउँसो २ बजे काठमाडौँको बल्खुमा खुला नागरिक संवादसभा गर्न लागेको छ। आयोजक समूहले पछिल्ला दिनमा तीव्र बन्दै गएको युवा चेतना, सामाजिक रूपान्तरणका माग र नयाँ पुस्ताले अघि सारेका राजनीतिक एजेन्डाबारे साझा धारणा बनाउने उद्देश्य सभाले अघि सारेको बताएको छ। आयोजकका अनुसार विभिन्न पेशा–व्यवसायमा संलग्न नागरिक, युवा प्रतिनिधि, तथा सरोकारवाला समूहहरूको उपस्थिति अपेक्षित छ। सभामा सहभागीले आफ्ना अनुभव, गरिबी, अवसरको अभाव, शिक्षामा असमानता, राज्यप्रतिको विश्वास संकट लगायतका विषयमा खुला रुपमा मत राख्न सक्ने व्यवस्था गरिएको छ। संवादलाई मुख्य औजार मानेर अघि बढिरहेको जेन जि मुभमेन्ट नेपालले यो सभालाई “परिवर्तनका आवाजहरू एउटै…