समाचार

दहेज मुक्त विवाहको स्पष्ट सन्देश दिन उपसभामुख रुवि कुमारी ठाकुरको आग्रह

दहेज मुक्त विवाहको स्पष्ट सन्देश दिन उपसभामुख रुवि कुमारी ठाकुरको आग्रह

काठमाडौँ,बैशाख ३ गते । उपसभामुख रुवि कुमारी ठाकुरले हालै आफूले प्राप्त गरेका अधिकांश विवाह निमन्त्रणापत्रहरूमा “दहेज मुक्त विवाह” भन्ने स्पष्ट सन्देश उल्लेख नभएको भन्दै चिन्ता व्यक्त गरेकी छन्। उनले यस अवस्थाले नेपाली समाज अझै पनि दाइजो प्रथाबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गरेको बताएकी छन्। उनका अनुसार दाइजो लिनु र दिनु मात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु समेत सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो। यस्तो कुप्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउने उनको भनाइ छ। ठाकुरले समाज परिवर्तनका लागि व्यक्तिगत स्तरबाटै पहल आवश्यक रहेको…
Read More
नारायणगढ–बुटवल सडक ढिलाइप्रति गृहमन्त्री गुरुङ असन्तुष्ट, १५ दिनभित्र काम सक्ने ठेकेदारको प्रतिबद्धता

नारायणगढ–बुटवल सडक ढिलाइप्रति गृहमन्त्री गुरुङ असन्तुष्ट, १५ दिनभित्र काम सक्ने ठेकेदारको प्रतिबद्धता

चितवन,बैशाख १ गते । नारायणगढ–बुटवल सडक खण्डको निर्माण कार्यमा भएको ढिलाइप्रति गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका छन्। स्थलगत अनुगमनका क्रममा उनले निर्माण कार्य सुस्त हुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको, आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम बढेको बताएका छन्। गृहमन्त्री गुरुङले सडक निर्माण कार्य अलपत्र पार्नु अस्वीकार्य भएको उल्लेख गर्दै निर्धारित समयभित्रै गुणस्तरीय काम सम्पन्न गर्न चिनियाँ ठेकेदार कम्पनीलाई कडा निर्देशन दिएका छन्। उनले ढिलासुस्ती नगरी कामलाई तीव्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिए। अनुगमनका क्रममा ठेकेदार कम्पनीले भने अबको १५ दिनभित्र निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। गृहमन्त्री गुरुङले उक्त प्रतिबद्धता कार्यान्वयनमा ध्यान दिन चेतावनी दिँदै जनताले भोगिरहेको सास्तीलाई शीघ्र अन्त्य…
Read More
अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै रोशन पोखरेलको रिहाइको माग

अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै रोशन पोखरेलको रिहाइको माग

काठमाडौं,चैत २९ गते । जेन जि मुभमेन्ट नेपालले युट्युबर रोशन पोखरेललाई अभिव्यक्तिकै आधारमा पक्राउ गरिएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएको छ। संगठनका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा उक्त कदमलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत कार्यको रूपमा व्याख्या गरिएको छ। वक्तव्यमा अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै यसले लोकतान्त्रिक व्यवस्थाको आधार निर्माण गर्ने जनाइएको छ। “विचार अभिव्यक्तिलाई अपराधका रूपमा हेर्ने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउँछ,” वक्तव्यमा भनिएको छ। संगठनले प्रधानमन्त्री स्वयं र्यापर भएको सन्दर्भ उल्लेख गर्दै अभिव्यक्ति स्वतन्त्रताको महत्त्व अझ राम्रोसँग बुझ्नुपर्ने धारणा राखेको छ। साथै, विगतमा विभिन्न सार्वजनिक व्यक्तित्वहरूबाट आएका विवादास्पद अभिव्यक्तिहरूमा समान मापदण्ड अपनाइनु पर्ने…
Read More
भरतपुरमा डेरामा बस्दै आएकी २५ वर्षीया युवती मृत फेला

भरतपुरमा डेरामा बस्दै आएकी २५ वर्षीया युवती मृत फेला

चितवन,चैत २८ गते । चितवनको भरतपुर महानगरपालिका–१०, दिपेन्द्र चोकस्थित एक घरमा डेरा गरी बस्दै आएकी २५ वर्षीया मनिषा मगर मृत अवस्थामा फेला परेकी छन्। उनी साँझ करिब ८ बजेको समयमा कोठाभित्र मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक रूपमा घटनाको कारण खुल्न नसकेको र मृत्युको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
Read More
तुइनखोलाको पहिरो समस्या समाधान गर्न गृहमन्त्री गुरुङको निर्देशन, घोप्टेभीरको समेत स्थलगत अवलोकन

तुइनखोलाको पहिरो समस्या समाधान गर्न गृहमन्त्री गुरुङको निर्देशन, घोप्टेभीरको समेत स्थलगत अवलोकन

चितवन,चैत २८ गते । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित तुइनखोला क्षेत्रको पहिरो प्रभावित सडक खण्डको स्थलगत अवलोकन गरेका छन्। हरेक वर्ष मनसुनको समयमा तुइनखोलासँगै रहेको भिरबाट पहिरो खस्दा यात्रुहरू घाइते हुने तथा घण्टौंसम्म यातायात अवरुद्ध हुने समस्या रहेको भन्दै स्थानीयवासीले गुनासो गरेका थिए। स्थानीयको गुनासो सुनेपछि गृहमन्त्री गुरुङले तत्काल समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उनले सडक विभागका अधिकारी तथा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बर्खा सुरु हुनुअघि नै जोखिमपूर्ण पहिरो विस्थापन गर्न आवश्यक पहल गर्न निर्देशन दिएका हुन्। गृहमन्त्री गुरुङले समयमै आवश्यक कदम चाल्न नसके जनधनको ठूलो क्षति हुन सक्ने भन्दै जिम्मेवार निकायलाई गम्भीर बन्न आग्रह गरेका…
Read More
चितवनमा गैंडा–सुरक्षाकर्मी भिडन्त: आत्मरक्षाका क्रममा गोली लागेर पोथी गैंडाको मृत्यु, एक सिपाही घाइते

चितवनमा गैंडा–सुरक्षाकर्मी भिडन्त: आत्मरक्षाका क्रममा गोली लागेर पोथी गैंडाको मृत्यु, एक सिपाही घाइते

चितवन,चैत २८ गते । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले हिजो (चैत्र २६ गते) भएको एक गम्भीर घटनाबारे प्रेस विज्ञप्ति जारी गर्दै निकुञ्जको कोर क्षेत्रमा गस्तीका क्रममा गैंडा आक्रमण भएको जनाएको छ। निकुञ्ज सुरक्षार्थ खटिएको श्री नयाँ गोर्खागण अन्तर्गत सेती सुरक्षा पोस्टबाट खटिएको गस्ती टोली दिउँसो करिब १२:५० बजे नियमित गस्तीमा रहेको अवस्थामा बच्चासहितको अर्धवयस्क पोथी एकसिङ्गे गैंडासँग जम्का भेट भएको थियो। गस्ती टोलीले सुरक्षात्मक उपाय अपनाउँदा अपनाउँदै पनि अचानक उक्त गैंडाले एकजना सिपाहीमाथि आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ। त्यसपछि टोलीका कमाण्डरले गैंडा धपाउन १० राउन्ड हवाई फायर गरे पनि गैंडा नभागेपछि थप ४ राउन्ड हवाई फायर गरिएको थियो। तत्पश्चात पनि गैंडाले…
Read More
सर्वोदयको आयोजनामा दृष्टिविहीन व्यक्तिहरूका लागि १० दिने डिजिटल तालिम सुरु

सर्वोदयको आयोजनामा दृष्टिविहीन व्यक्तिहरूका लागि १० दिने डिजिटल तालिम सुरु

काठमाडौँ,चैत २६ गते । दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूलाई प्रविधिमा दक्ष बनाउँदै रोजगारीका अवसरहरू वृद्धि गर्ने उद्देश्यले महालक्ष्मी विकास बैंकको सहयोगमा समावेशी अक्षर र अनुसन्धान (सर्वोदय) ले १० दिने 'डिजिटल सामग्री उत्पादन, प्रकाशन तथा प्रसारण' तालिम सुरु गरेको छ। जुम एप्लिकेसनमार्फत सञ्चालित कार्यक्रमको पहिलो दिन संस्थाका सूचना प्रविधि विभागका सदस्य आशिर्वाद भट्टराईले सहभागीहरूलाई स्वागत गर्दै प्राविधिक सत्रको व्यवस्थापनबारे जानकारी दिए। वि.सं. २०७६ साल देखि अभियानका रूपमा सक्रिय रहँदै २०८० जेठ १४ गते नवलपरासी सुस्तापूर्वमा औपचारिक रूपमा दर्ता भएको यस संस्थाले सुरुवाती चरणमा शिक्षक सेवा आयोग र लोकसेवा आयोगमा सहभागी दृष्टिविहीन प्रशिक्षार्थीहरूका निम्ति लेखन सहयोगी खोज्दै आएकोमा अहिले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै…
Read More
सम्पत्ति शुद्धिकरण अनुसन्धानबारे शेरबहादुर देउवाको प्रतिक्रिया: ‘भ्रामक प्रचारबाट भ्रमित नहुन आग्रह’

सम्पत्ति शुद्धिकरण अनुसन्धानबारे शेरबहादुर देउवाको प्रतिक्रिया: ‘भ्रामक प्रचारबाट भ्रमित नहुन आग्रह’

काठमाडौँ,चैत २५ गते । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान सुरु गरिएको विषयमा सार्वजनिक प्रतिक्रिया जनाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै सञ्चारमाध्यममा आएका केही विवरण भ्रामक र झुटा रहेको दाबी गरेका हुन्। देउवाले आफ्नो वक्तव्यमा आफू र आफ्नो परिवारको सम्पत्ति सम्बन्धी विषयमा फैलाइएको प्रचार बाजी सत्य नभएको उल्लेख गरेका छन्। उनले नेपालको प्रचलित कानुनअनुसार सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरिएको स्पष्ट पारे। उनले आफ्नो राजनीतिक जीवन लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा पारदर्शिताको पक्षमा समर्पित रहेको उल्लेख गर्दै राज्यका…
Read More
शैक्षिक संस्थामा दुर्व्यवहारविरुद्ध ‘शून्य सहनशीलता’ नीति: सस्मित पोखरेलद्वारा विशेष गुनासो संयन्त्र घोषणा

शैक्षिक संस्थामा दुर्व्यवहारविरुद्ध ‘शून्य सहनशीलता’ नीति: सस्मित पोखरेलद्वारा विशेष गुनासो संयन्त्र घोषणा

काठमाडौँ,चैत २५ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार तथा शोषणविरुद्ध ‘शून्य सहनशीलता’ (Zero Tolerance) नीति अङ्गीकार गरिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मन्त्री पोखरेलले विद्यार्थीहरूले भोग्नुपरेका उत्पीडन तथा दुर्व्यवहारका घटनालाई गम्भीरतापूर्वक लिइने उल्लेख गरेका छन्। यस्ता घटनामा प्रत्यक्ष रूपमा गुनासो सुन्ने र तत्काल कानुनी तथा प्रशासनिक कारबाही अघि बढाउने उद्देश्यले विशेष संयन्त्र सञ्चालनमा ल्याइएको उनले बताएका छन्। मन्त्री पोखरेलका अनुसार गुनासो गर्ने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य र सुरक्षित राखिनेछ। यसका लागि विद्यार्थीहरूलाई निर्धक्क भएर उपलब्ध गराइएको अनलाइन लिंकमार्फत आफ्नो विवरण पेश गर्न आह्वान गरिएको छ। सुरक्षित, मर्यादित र…
Read More
शेर बहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको दाबी, सरकारी स्रोत मौन

शेर बहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको दाबी, सरकारी स्रोत मौन

काठमाडौँ,चैत २५ गते । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आर्जु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको दाबी सार्वजनिक भएको छ। गृह मन्त्रालय निकट स्रोतलाई उद्धृत गर्दै केही अनौपचारिक जानकारीहरूमा देउवा दम्पतीमाथि यस्तो पुर्जी जारी भएको उल्लेख गरिए पनि यसबारे आधिकारिक पुष्टि भने भइसकेको छैन। उक्त दाबी गत भदौ २४ गते बुढानिलकण्ठस्थित देउवा निवासमा भएको आगजनी घटनासँग जोडिएको बताइएको छ। सो घटनाका क्रममा आन्दोलनबीच आगजनी हुँदा घरको केही भागमा क्षति पुगेको थियो। त्यसबेला घटनास्थलसँग सम्बन्धित भनी केही भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए, जसमा नगद रकमसमेत देखिएको दाबी गरिएको थियो। उक्त…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.