समाचार

आज अक्षय तृतीया पर्व बनाइदै सातु र सर्बत खुबाएर

आज अक्षय तृतीया पर्व बनाइदै सातु र सर्बत खुबाएर

झापा। प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व बुधबार सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ। शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ। दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ। पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ। यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा…
Read More
मोरङमा युवक मृत फेला, मोटरसाइकल पनि छेउमै भेटियो

मोरङमा युवक मृत फेला, मोटरसाइकल पनि छेउमै भेटियो

मोरङ। मोरङको धनपालथान गाउँपालिका–३ ललिया टोलमा १ जना युवक बुधबार बिहान मृत फेला परेका छन्। युवकको शवनजिकै उनी आफैंले चलाउँदै आएको को २१ प १६५६ नम्बरको मोटरसाइकल पनि भेटिएको छ । धनपालथान–२ का ३७ वर्षीय विजय मण्डल मृत फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार सडकदेखि करिब ३ मिटर तल नालामा उनी मृत भेटिएका हुन् । मण्डल मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ।
Read More
सुकबहादुर तामाङको हत्या आरोपमा एक युवक पक्राउ

सुकबहादुर तामाङको हत्या आरोपमा एक युवक पक्राउ

धादिङ। धादिङमा ५० वर्षका सुकबहादुर तामाङको हत्या आरोपमा २० वर्षीय एक युवक पक्राउ परेका छन् । निलकण्ठ नगरपालिका–४ रायोटार प्लटिङको किनारमा मृत अवस्थामा फेला परेका सुकबहादुरको हत्या आरोपमा गजुरी गाउँपालिका–५ न्यौपानेगाउँ घर भई हाल धादिङकै निलकण्ठ नगरपालिका–४ रायोटारमा बस्दै आएका सुमन सुनार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । गत शुक्रबार बिहान सडक किनारामा सुकबहादुरको शव फेला परेको थियो। घटनास्थलको प्रकृति अनुसार मृतकलाई कोही कसैले कर्तव्य गरी मारी फालेको हुनसक्ने आशंकामा प्रहरीले घटना अनुसन्धान अघि बढाएको थियो । घटनाको भोलिपल्टै सुमनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिए । उनका…
Read More
उर्लाबारी नगरपालिकाद्वारा मृतक परिवारलाई राहत वितरण

उर्लाबारी नगरपालिकाद्वारा मृतक परिवारलाई राहत वितरण

उर्लाबारी, मोरङ । उर्लाबारी नगरपालिका काजकिरिया सहायता कार्यक्रमअन्तर्गत मृतक परिवारलाई घरमै पुगेर राहत सामग्री वितरण गरिएको छ। उर्लाबारी–१, लक्ष्मीझार निवासी विशाल विकको निधनपछि कार्यवाहक नगर प्रमुख भीष्मराज बुढाथोकी र वडा नम्बर १ की वडा सदस्य टीका भुजेल शोकाकुल परिवारको घर पुगेका थिए। उनीहरूले मृतकका परिवारलाई खाद्यान्नसहितका राहत सामग्री प्रदान गरेका हुन्। कार्यवाहक नगर प्रमुख बुढाथोकीले शोकमा डुबेका परिवारलाई नगरपालिका सधैं साथमा रहेको बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। नगरपालिकाले काजकिरिया सहायता कार्यक्रमअन्तर्गत विपद् तथा दुःखद घडीमा नागरिकलाई सहजता प्रदान गर्न राहत सामग्री वितरण गर्दै आएको छ।
Read More
उर्लाबारीमा रास्वपाको वडा नं. ५ को पहिलो अधिवेशन सम्पन्न,गोपाल अधिकारीको नेतृत्वमा समिति गठन

उर्लाबारीमा रास्वपाको वडा नं. ५ को पहिलो अधिवेशन सम्पन्न,गोपाल अधिकारीको नेतृत्वमा समिति गठन

उर्लाबारी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उर्लाबारी नगरपालिका वडा नम्बर ५ को पहिलो वडा अधिवेशन शनिबार सम्पन्न भएको छ। किरात राई यायोक्खा नगर समितिको प्रांगणमा भव्य रूपमा सम्पन्न अधिवेशनले नयाँ वडा समिति गठन गरेको हो। अधिवेशनले गोपाल अधिकारीको सभापतित्वमा पाँच सदस्यीय वडा समिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित समितिमा विष्णु भण्डारी, मालती खत्री श्रेष्ठ, सुभाष श्रेष्ठ र गोमा नेपाली सदस्यका रूपमा चयन भएका छन्। कार्यक्रममा सहभागीहरूले पार्टीप्रति ठूलो उत्साह देखाएका थिए। अधिवेशनमा आगामी दिनमा वडा नं. ५ भित्र संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र जनसरोकारका विषयमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। नगर सभापति उमेश जंग थापाले पार्टीको संगठनलाई गाउँ-गाउँसम्म…
Read More
मातातिर्थ औसीका अवसरमा उर्लाबारीमा ३० जना आमाहरूलाई सम्मान

मातातिर्थ औसीका अवसरमा उर्लाबारीमा ३० जना आमाहरूलाई सम्मान

उर्लाबारी। नेपाली संस्कृतिमा आमाप्रति श्रद्धा र सम्मान व्यक्त गर्ने विशेष दिन मातातिर्थ औसीको अवसरमा उर्लाबारी–७ स्थित देवीस्थान दुर्गा मन्दिर व्यवस्थापन समितिले परोपकार वृद्ध चौतारीका ३० जना आमाहरूलाई विशेष सम्मान गरेको छ। आईतबार आयोजित सम्मान कार्यक्रममा आमाहरूलाई फलफूल खुवाई, दोसल्ला ओढार स्नेहपूर्वक सम्मान गरिएको थियो। कार्यक्रम व्यवस्थापन समितिका सदस्यहरूबाट संकलित आर्थिक सहयोगमार्फत सम्पन्न गरिएको समितिका अध्यक्ष राजन रायमाझीले जानकारी दिनुभयो । रायमाझीका अनुसार, आमाहरूको सम्मान गर्नु नै मातातिर्थ औसीको सही अर्थ पुष्टि गर्नु हो भन्ने सोचका साथ कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा शुशिला भगवत दासी, इन्द्र भट्टराई, चन्द्रिका घले, चन्द्र भट्टराई, शान्ता थापा बस्नेतलगायत मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।…
Read More
झापाको सुरुंगा बजारमा टेलिकमको तार चोरी गर्दै गरेका तीन जना पक्राउ

झापाको सुरुंगा बजारमा टेलिकमको तार चोरी गर्दै गरेका तीन जना पक्राउ

झापा। झापाको कनकाई नगरपालिका–३ स्थित सुरुंगा बजार आसपास नेपाल टेलिकमको तार चोरी गर्दै गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको र चोरीसम्बन्धी अभियोगमा अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय सुरुंगाले जनाएको छ। पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका–५ का २८ वर्षीय रमेश चौधरी, गौरादह नगरपालिका–७ का ३० वर्षीय दिनेश भुजेल र अर्जुनधारा नगरपालिका–११ का २७ वर्षीय मनोज श्रेष्ठ रहेका छन्। उनीहरूलाई मंगलबार राति करिब ११:३० बजे गस्तीमा खटिएको प्रहरी टोलीले रंगेहात पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूले सुरुंगा क्षेत्र आसपास नेपाल टेलिकमले प्रयोग गर्दै आएको टेलिफोन तथा इन्टरनेट सेवा प्रवाह गर्ने तार काटेर चोरी गर्ने…
Read More
संखुवासभामा जीप अरुण नदीमा खस्दा ६ जना बेपत्ता

संखुवासभामा जीप अरुण नदीमा खस्दा ६ जना बेपत्ता

संखुवासभा। संखुवासभाको धर्मदेवी नगरपालिका–८ स्थित अक्कर भीरबाट सोमबार दिउँसो करिब २:४५ बजे खाँदबारीबाट धरानतर्फ जाँदै गरेको यात्रुबाहक जीप अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन्। दुर्घटनामा को १ ज ३७४९ नम्बरको जीप सडकबाट अनियन्त्रित भई नदीमा खसेको थियो। जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार,जीपले सुर्तीबारी नजिकै एक पैदलयात्रीलाई ठक्कर दिएपछि नियन्त्रण गुमाएको हो। बेपत्ता भएका व्यक्तिहरू: सन्तोष बिस्वकर्मा (२५) – चालक, खाँदबारी नगरपालिका–९, संखुवासभा संगम श्रेष्ठ (२४) – खाँदबारी नगरपालिका–९ सदिक्षा श्रेष्ठ (२३) – संगम श्रेष्ठकी पत्नी समीर श्रेष्ठ (२ महिना) – संगम र सदिक्षाका छोरा प्रमेश थापा मगर (२४) – खाँदबारी नगरपालिका–९ खबरमान पिथाकोटे (२९) – खोटाङ जिल्ला उद्धार…
Read More
सन्त निरंकारी मण्डल नेपाल उपशाखा उर्लाबारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सन्त निरंकारी मण्डल नेपाल उपशाखा उर्लाबारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

उर्लाबारी। "मानिसको रगत नालीमा हैन, नाडीमा बगाऔँ" भन्ने नाराका साथ सन्त निरंकारी मण्डल नेपाल उपशाखा उर्लाबारीले मानव एकता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटी उर्लाबारी शाखाको प्राविधिक सहयोगमा उर्लाबारी–७ स्थित बरगाछी चोकमा शनिबार बिहान ८ बजेदेखि रक्तदान कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रमको अध्यक्षता संस्थाका नगर अध्यक्ष चन्द्र बहादुर बिश्वकर्माले गर्नुभएको थियो भने प्रमुख अतिथि उर्लाबारी नगरपालिका वडा नं. ७ की वडा अध्यक्ष उर्मिला थापा रहनुभएको थियो। विक्रम संवत् २०६२ सालमा स्थापना भएको संस्थाले विश्वका १०६ राष्ट्रमा सामाजिक कार्य गर्दै आएको अध्यक्ष बिश्वकर्माले जानकारी दिनुभयो। सरसफाइ, रक्तदानजस्ता विविध सामाजिक सेवामा संस्था अग्रसर रहँदै आएको उहाँले उल्लेख गर्नुभयो।…
Read More
उर्लाबारीका बाल कलाकार सुहान खड्काको,‘घाम सम्झिए आमा’मन्त्री हाङगामद्वारा विमोचन

उर्लाबारीका बाल कलाकार सुहान खड्काको,‘घाम सम्झिए आमा’मन्त्री हाङगामद्वारा विमोचन

उर्लाबारी। राष्ट्रिय संगीतकर्मी संघ कोशी प्रदेश समितिको आयोजनामा स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। उर्लाबारी–८ स्थित अरनिको माध्यमिक विद्यालयको हलमा आयोजित कार्यक्रममा संघका प्रदेश अध्यक्ष लिलानाथ पौडेलले अध्यक्षता गर्नुभएको थियो भने कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो। कार्यक्रममा वरिष्ठ कलाकार सिताराम ताजपुरिया र वरिष्ठ संगीतकार तथा गायक कृष्णभक्त राईलाई सम्मान गरिएको थियो। उहाहरुको सांगीतिक योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो। त्यसै अवसरमा, उर्लाबारी–६ स्थित कुडोस सेन्ट्रल स्कुलका कक्षा ८ मा अध्ययनरत छात्र सुहान पाण्डेको "घाम सम्झिए आमा" शीर्षकको गीत पनि विमोचन गरिएको छ। उक्त गीतको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.