२०८२ बैशाख २९, सोमबार १८:०१
२०८२ बैशाख २९, सोमबार १८:०१
दमक। पश्चिमबाट पूर्व तर्फ जादै गरेको प्रदेश १–०२–००१ क ५२१९ नम्बरको टिफरले पैदलयात्री गौरादह ४ निवासी ४८ वर्षीय सिता वर्देवालाई ठक्कर दिएको थियो । ठक्करबाट खुट्टा र टाउकाेमा चाेट लागेकी सिताकाे दमकस्थित निम्स नेशनल हस्पिटलमा उपचार भइरहेकाे छ । ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिएकाे दमक ट्राफिक प्रहरीले जनाएकाे छ।