२०८३ आश्विन १०, शनिबार २१:४५
२०८३ आश्विन १०, शनिबार २१:४५
मकवानपुर, असोज १० गते । उज्यालो नेपाल पार्टी मकवानपुरका जिल्ला अध्यक्ष सुरेन्द्र लामाले नेपालको आर्थिक विकासका लागि ‘हरित क्रान्ति’लाई महत्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामाले विगतमा देश विकासका नाममा विभिन्न राजनीतिक नेतृत्वबाट ठूला–ठूला आश्वासन र भाषण सुनिए पनि स्पष्ट योजना र कार्यान्वयनको खाका नहुँदा ती विषयहरू भाषणमै सीमित हुने गरेको बताएका छन्। देश निर्माण नाराबाट मात्र सम्भव नहुने उल्लेख गर्दै उनले नेतृत्वले सत्ता प्राप्तिसँगै देशलाई कुन दिशामा लैजाने र त्यसका लागि के गर्ने भन्ने स्पष्ट सोच तथा योजना प्रस्तुत गर्नुपर्ने बताएका छन्। नेपालको आर्थिक विकासका विभिन्न मोडेलबारे चासो राख्दै आएको…