राप्ती खबर

1119 Posts
शिक्षक महासंघको आन्दोलनप्रति कालिगण्डकी गाउँपालिकाको असन्तुष्टि,विद्यालय नआए कारबाहीको चेतावनी

शिक्षक महासंघको आन्दोलनप्रति कालिगण्डकी गाउँपालिकाको असन्तुष्टि,विद्यालय नआए कारबाहीको चेतावनी

काठमाडौँ। गुल्मीको कालिगण्डकी गाउँपालिकाले यही वैशाख १४ गतेदेखि विद्यालयमा अनुपस्थित रहने शिक्षकहरूलाई राजीनामा दिन निर्देशन जारी गरेको छ। गाउँपालिकाले आन्दोलनरत शिक्षकहरूलाई विद्यालय फर्किन आग्रह गर्दै यदि अटेर गरेमा राजीनामा दिनुपर्ने स्पष्ट पारेको छ। शिक्षक महासंघको आह्वानमा जारी शिक्षक आन्दोलनका कारण पालिकाभित्रका सम्पूर्ण विद्यालयको पठनपाठनमा अवरोध सिर्जना भएको छ। यसै परिप्रेक्ष्यमा गाउँपालिकाले सूचना जारी गर्दै सबै शिक्षकहरूलाई वैशाख १४ गतेदेखि विद्यालय समयमा अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरेको छ। गाउँपालिका अध्यक्ष वेद बहादुर थापाद्वारा जारी सूचनामा नियमित पठनपाठन सुचारु गर्नका लागि सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई आग्रह गरिएको छ। तोकिएको समयमा विद्यालयमा उपस्थित हुन नसक्ने शिक्षक कर्मचारीहरूलाई राजीनामा दिन वा सरुवा प्रक्रिया…
Read More
अछामको साँफेहाट बजारमा भीषण आगलागी,१० पसल जलेर नष्ट

अछामको साँफेहाट बजारमा भीषण आगलागी,१० पसल जलेर नष्ट

अछाम। अछामको प्रमुख व्यापारिक केन्द्र साँफेहाट बजारमा शनिबार बिहान भएको भीषण आगलागिले‌ ठूलो क्षति भएको छ। साँफेबगर नगरपालिका–३ स्थित सुवेच्छा होटलबाट विद्युत सर्ट भई बिहान करिब ३:३० बजे सल्किएको आगोले आसपासका १० वटा पसललाई पूर्ण रूपमा जलाएर नष्ट गरेको छ। आगो होटलबाट सुरु भई छेउछाउका किराना, कपडा, मोबाइल र फलफूल लगायतका पसलहरूमा समेत फैलिएको थियो। आगो नियन्त्रणका लागि स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रयास गरे पनि वारूणयन्त्र (दमकल) को अभावले ढिलाइ भएको कुरा अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी गराउनु भएकोछ। प्रहरीले आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने काम गरिरहेको छ।यसअघिपनि चैत्र २६ गते जयगढ बजारमा यस्तै आगलागी…
Read More
मोरङको कानेपोखरीमा बसले मोटरसाइकललाई ठक्कर दियो,पछाडि सवार महिलाको मृत्यु

मोरङको कानेपोखरीमा बसले मोटरसाइकललाई ठक्कर दियो,पछाडि सवार महिलाको मृत्यु

मोरङ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा १ जना महिलाको मृत्यु भएको छ । १ जना पुरुष घाइते भएका छन् । झापाको काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको गोर्खा यातायातको को १ ख ७४८२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको स ४ प ५८४१ नम्बरको मोटरसाइकललाई अहिले केही बेरअघि ठक्कर दिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए । उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार महिलाको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका–४ घर भएकी अन्दाजी ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल…
Read More
उर्लाबारीमा माछा खाडीमा विष हालिएको आशंका,सयौं माछा मृत अवस्थामा फेला

उर्लाबारीमा माछा खाडीमा विष हालिएको आशंका,सयौं माछा मृत अवस्थामा फेला

मोरङ। उर्लाबारी नगरपालिका वडा नम्बर २ स्थित सिरुझारमा रहेको एक माछा खाडीमा सयौं माछा मरेको अवस्थामा फेला परेका छन्। सिरुझार विद्यालय नजिकै रहेको खाडीका सञ्चालक रत्नबहादुर श्रेष्ठका अनुसार बिहान करिब ५ बजे खाडीमा पुग्दा सबै माछा मृत अवस्थामा भेटिएका थिए। करिब दुई कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त खाडीमा रातिको समयमा कसैले विष हालिदिएको आशंका गरिएको छ। श्रेष्ठले भने, “ठूला माछा पानीको सतहमै तैरिरहेका थिए, जसलाई निकाल्न सकियो। तर धेरै माछा खाडीभित्रै मरेका छन्। मेरो यत्रो लगानी डुबेको छ।” श्रेष्ठले वि.सं. २०७२ सालदेखि घरपछाडि खाडी सञ्चालन गर्दै आएका छन्। उनका अनुसार प्रत्येक सिजन करिब १५० केजी माछा उत्पादन हुने गरेको थियो। खाडीका…
Read More
भारतका मोदिसंग प्रधानमन्त्री ओलिको टेलिफोन संबाद

भारतका मोदिसंग प्रधानमन्त्री ओलिको टेलिफोन संबाद

काठमाडौं। भारतको जम्मू-कश्मीरस्थित पहलगाममा नेपाली युवक सुदीप न्यौपानेसहित २७ जनाको ज्यान जाने गरी मंगलबार भएको चरमपन्थी आक्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई फोन गरेका छन् । मंगलबार भएको उक्त घटनालाई लिएर ओलीले प्रधानमन्त्री मोदीलाई फोन सम्पर्क गरी जम्मू-कश्मीरमा भएको जघन्य आतंकवादी हमलाको कडा निन्दा गरेका हुन् । ओलीले मोदीसँगको फोन संवादका क्रममा बहुमूल्य जीवन गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेका काठमाडौंस्थित भारतीय दूतावासले बुधबार जनाएको छ । उक्त फोन संवादका क्रममा प्रधानमन्त्री मोदीले पनि आतंकवादी हमलामा एकजना नेपाली नागरिक (सुदीप न्यौपाने) को मृत्यु भएकोप्रति समवेदना व्यक्त गरेका छ्न । उनले उक्त क्रूर आतंकवादी हमलाका अपराधीहरूलाई न्यायको कठघरामा उभ्याउन भारत प्रतिबद्ध…
Read More
कैलाश गाउँपालिकामा चाउमिन बनाउने तालिम सुरु

कैलाश गाउँपालिकामा चाउमिन बनाउने तालिम सुरु

कैलाश । कैलाश गाउँपालिका वडा नम्बर ३ कालिकाटारमा चाउमिन बनाउने तालिम सुरु  भएको छ । बुधबार एक कार्यक्रमका बीच तालिमको सुरु भएको हो । आयोजक संस्था महिला एकता सार्थक समाज नेपालका अध्यक्ष प्रमिला लामाको अध्यक्षता  तथा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको साझेदारीमा लैङ्गिक सशक्तिकरणका लागि उद्यमशीलता विकास तथा व्यवसायिक चाउमिन बनाउने तालिम भएको हो । तालिम तालिममै सिमित नहोस्, सीप सिकेर आयआर्जन गर्न उपाध्यक्ष मल्लले आग्रह गरेका छन् ।  गाउँपालिकाको केन्द्र समेत रहेको यस स्थानमा  चाउमिन तालिम आवश्यक रहेकाले यहाँका महिला दिदीबहिनीहरुलाई तालिम प्रदान गरिएको उनले बताए । महिलाले…
Read More
मुख्यमन्त्रीद्वारा गौरिटार रंगशाला उद्घाटन

मुख्यमन्त्रीद्वारा गौरिटार रंगशाला उद्घाटन

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले हेटौंडा–६ स्थित गौरीटार रंगशालामा निर्माण भएको फुटबल मैदानको औपचारिक रूपमा उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले खेलकुद क्षेत्रको पूर्वाधार निर्माणलाई व्यवस्थित गर्दै सरकारको आयआर्जनमा समेत जोड्ने गरी सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे। उनले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाउँदै, खेलाडीहरूको प्रोत्साहन र विकासका लागि नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी दिए। साथै, खेलकुद क्षेत्रबाट समेत राजस्व संकलन गर्ने गरी संरचनागत व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्य रहेको उनले बताए। कार्यक्रममा उपस्थित प्रदेशका युवा तथा खेलकुद विकासमन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रलाई पर्यटनसँग जोड्दै प्रदेशको समग्र आर्थिक वृद्धिमा टेवा पुर्‍याउने…
Read More
आन्दोलनमा बसेका शिक्षकहरुले सडकमै गरे रत्तदान

आन्दोलनमा बसेका शिक्षकहरुले सडकमै गरे रत्तदान

काठमाडौं। आन्दोलनरत शिक्षकहरुले आज सडकमै खुल्ला रक्तदान गरेका छन् । नेपाल शिक्षक महासंघको आव्ह्रानमा आन्दोलनरत शिक्षकहरुले रक्तदान गरेका हुन् । महासंघले आज आन्दोलनको २३ औं दिनमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको थियो । आन्दोलनमा सहभागी शिक्षकहरुले स्वतस्फूर्त रुपमा रक्तदान गरेका थिए । सडकमै रक्तदानको कार्यक्रम आयोजना गरेको महासंघले यसलाई सांकेतिक विरोधको रुपमा लिएको जनाएको छ । विद्यालय शिक्षा ऐनको माग गर्दै महासंघको आवहनमा देशभरका शिक्षकहरु २३ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेका छन् उनीहरुले आन्दोलनलाई रचात्मक तरिका चर्काउँदै छन्।
Read More
मजदुर युनियनद्वारा सहिद स्मृति प्रतिष्ठानलाई ३५ थान कुर्सी सहयोग

मजदुर युनियनद्वारा सहिद स्मृति प्रतिष्ठानलाई ३५ थान कुर्सी सहयोग

हेटौंडा । नेपाल फलफूल तथा तरकारी लोड अनलोड मजदुर युनियनले सहिद स्मृति प्रतिष्ठानलाई ३५ थान कुर्सी सहयोग गरेको छ । सुकुलाल सी र आइते सिं घलानको नेतृत्वमा सहयोग हस्तान्तरण गरेको हो । नेपाल फलफूल तथा तरकारी व्यापारी संघ हेटौंडामा लोड अनलोड तर्फ कार्यरत मजदुरहरुले संयुक्त रुपमा प्रतिष्ठानलाई कुर्सी सहयोग गरेको हो । आइतबार युनियनले रु. २५,००० बराबरको ३५ थान कुर्सी सहयोग गरेको हो । हेटौंडा-११, सिमलटारमा निर्माणाधीन अवस्थामा रहेको सहिद स्मृति प्रतिष्ठानलाई युनियनले उक्त कुर्सी प्रदान गरेको हो । मजदुर युनियनले नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका सेक्रेटरी पेमा सी मार्फत प्रतिष्ठानलाई कुर्सी हस्तान्तरण गरेको छ ।
Read More
देश बिकासका लागि युबा एकन्ताको जोड

देश बिकासका लागि युबा एकन्ताको जोड

काठमाडौँ। युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमालेले आज लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरुले आफ्ना प्रतिभा प्रस्तुत गर्दै विचार राखेका थिए । काठमाडौँ महानगरपािलकाकी उपप्रमुख सुनिता डङ्गोलले राम्रा कामका प्रचार गर्न एमालेले युवा शक्तिको सदुपयोग गर्ने बताईन् । उनले स्टन्ट गरेर देश नबन्ने र देश बन्नका लागि काम गर्नुपर्नेमा जोड दिईन् । “स्टन्ट गरेर देश बन्दैन देश बनाउने हो भने काम गर्नुपर्छ,” उनले भनिन् । डा आनन्द सिंहले फरक भूगोल, संस्कृति, भाषा, आचरण र संस्कार नेपालीलाई एकतामा बाँध्ने सुत्र भएका बताए ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.