राप्ती खबर

1257 Posts
मोक्तानप्रती श्रद्धाञ्जली अर्पण गर्दै घर परिवारलाई सहयोग हस्तान्तरण

मोक्तानप्रती श्रद्धाञ्जली अर्पण गर्दै घर परिवारलाई सहयोग हस्तान्तरण

मनहरी । अखिल (समाजवादी) मकवानपुरले मृतक राम बहादुर मोक्तानको परिवारलाई नगद रु. ४,५०० सहयोग गरेको छ । सोमबार श्रद्धाञ्जली सभाको आयोजना गर्दै संगठनले उक्त सहयोग हस्तान्तरण गरेको हो । मनहरी-२, सर्सिधाप निवासी राम बहादुर मोक्तान संगठनका पूर्व जिल्ला सदस्य सुदिप मोक्तानको हजुरबुबा हुन् । वि.सं. १९८५ कार्तिक १५ गते जन्मेका राम बहादुर मोक्तानको ९७ वर्षको उमेरमा वि.सं. २०८२ वैशाख १४ गते निधन भएको थियो । उनको निधन प्रती दुख व्यक्त गर्दै अखिल (समाजवादी) मकवानपुर र नेकपा मनहरी गाउँपालिकाले मृतक राम बहादुर मोक्तानप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । श्रद्धाञ्जली सभाको आयोजना गर्दै अखिल (समाजवादी) का केन्द्रिय सचिवालय सदस्य तथा मकवानपुरका इन्चार्ज…
Read More
प्रथम अधिवेशनबाट चितवन जिल्लाले अध्यक्षमा अनुज जोशीलाई सर्वसहमत नियुक्ति

प्रथम अधिवेशनबाट चितवन जिल्लाले अध्यक्षमा अनुज जोशीलाई सर्वसहमत नियुक्ति

चितवन। जनता समाजवादी पार्टी नेपाल चितवन जिल्लाले आज आफ्नो प्रथम जिल्ला अधिवेशन सम्पन्न गरेको छ। आज भएको प्रथम जिल्ला अधिवेशनबाट चितवन जिल्लाले समाजवादी युवा भोलेन्टियर फोर्स नेपालका केन्द्रीय सदस्य अनुस जोशीलाई सर्वसहमतमा अध्यक्षमा चयन गरेका छन्। त्यस्तै पार्टी उपाध्यक्ष पदको लागि सरस्वती बर्देवा र इमान सिंह लामा, सचिव पदमा शोभा बिष्ट सहसचिवमा आशिष मिया र अनुरोध चौधरी र कोष अध्यक्ष पदमा राजु टमाटा सर्वसमतिमा चयन भएका छन्। सोही अधिवेशनले २९ जना कार्यसमिति जिल्ला कमिटीमा गठन गर्न सफल भएको छ। अधिवेशन कार्यक्रममा सहभागी हुनेहरूमा पार्टीको महासचिव राजकुमार शर्मा,कार्यकारणी सदस्य तारा बिक,बागमती प्रदेश उपाध्यक्ष जीवन तामाङ,ताम्सालिङ अध्यक्ष ज्ञानु लामा र मकवानपुर जिल्लाका अध्यक्ष…
Read More
पानी संगै आएको हाबाहुरीले झापाको केरा खेतीमा क्षति

पानी संगै आएको हाबाहुरीले झापाको केरा खेतीमा क्षति

झापा। पानीसँगै आएको हावा हुरीले झापाको केरा खेतीमा क्षति भएको छ। हिजो (आईतबार) साँझ बाह्रदर्शी गाउँपालिका-७ बत्तीसबिघे स्थितमा स्थानीय १५ घर धुरीले ब्यक्तिगत रुपमा अन्दाजी ३० बिघा जग्गामा लगाएको केराको बोटहरु ढालेर पूर्ण रुपमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Read More
“म कसैकाे साेर्समा हैन, पिडितलाई अन्याय हुन दिन्न”:राैतहटका एसपी गिरी

“म कसैकाे साेर्समा हैन, पिडितलाई अन्याय हुन दिन्न”:राैतहटका एसपी गिरी

राैतहट। राैतहटका नयाँ प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीले आफू कुनै राजनीतिक या अन्य प्रभावकाे कारणले राैतहट आएकाे नभई नियमित प्रशासनिक प्रक्रियामार्फत आएकाे स्पष्ट पारेका छन्। जिल्ला प्रहरी कार्यालयद्वारा आयोजित एक परिचयात्मक कार्यक्रममा उनले भने, “म कसैकाे साेर्समा अाएकाे हैन। यदि राैतहट आएको हुने भएन भने म महोत्तरी वा सर्लाही जान्थेँ।” पत्रकारहरूकाे जिज्ञासामा जवाफ दिंदै एसपी गिरीले अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम राख्न र नागरिकलाई न्याय दिलाउन आफु प्रतिवद्ध रहेकाे बताए। उनले भने, “पिडितलाई अन्याय हुन दिन्न। कसैलाई दुख दिने मेरो उदेश्य छैन। निर्दोषलाई दुःख दिने काम नगराैँ।” उनले जिल्लामा तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखिने जनाउँदै भने, “तस्करी नियन्त्रण गर्नु हाम्रो कर्तव्य…
Read More
मिटरब्याज पीडितकाे पक्षमा हाम्रो पार्टीको पूर्ण साथ रहने छ

मिटरब्याज पीडितकाे पक्षमा हाम्रो पार्टीको पूर्ण साथ रहने छ

धनुषा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले मिटरब्याज पीडितकाे पक्षमा आफ्नो पार्टीको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्दै मिटरब्याज तथा लघुवित्त पीडितहरूलाई आफ्नो समस्याको विरुद्ध अन्तिमसम्म लड्न आह्वान गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीद्वारा धनुषाको ढल्केबरमा आयोजित मिटरब्याज तथा लघुवित्त पीडितहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले साे आह्वान गरेका हुन् । धनुषा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले मिटरब्याज पीडितकाे पक्षमा आफ्नो पार्टीको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्दै मिटरब्याज तथा लघुवित्त पीडितहरूलाई आफ्नो समस्याको विरुद्ध अन्तिमसम्म लड्न आह्वान गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीद्वारा धनुषाको ढल्केबरमा आयोजित मिटरब्याज तथा लघुवित्त पीडितहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै…
Read More
तिनकुनेमा सवारी दुर्घटना: एकको मृत्यु, तीन घाइते

तिनकुनेमा सवारी दुर्घटना: एकको मृत्यु, तीन घाइते

काठमाडौं। काठमाडौंको कोटेश्वर तिनकुने सडकमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार मृत्यु हुनेमा नुवाकोट घर भई हाल ललितपुरको धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छन्। उनी मोटरसाइकलमा पछाडि सवार थिइन्। दुर्घटनामा मोटरसाइकल चालक २७ वर्षीय पदम थापामगर, भ्यान चालक शान्तिनगरका रत्न सार्की र बसकी यात्रु काँडाघारीकी २० वर्षीया मेनुका बुढाथोकी घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त कोटेश्वरका अनुसार बिहान ६ः३५ बजे कोटेश्वरमा सडकको रातो बत्तीमा रोकिरहेको बा प्र ०१-०२६ च २९२७ नम्बरको भ्यान र बा.प्र. ०२-०५३ प ३८२७ नम्बरको…
Read More
१५ लाख भारुसहित एक जना  ब्याक्ती पक्राउ

१५ लाख भारुसहित एक जना ब्याक्ती पक्राउ

झापा। प्रहरीले झापाको काकंरभित्ता स्थित जोरसिमलबाट बुधबार १५ लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा काँकडभिट्टाबाट खटिएको गस्तीले मेचीनगर–७ स्थित जोरसिमलमा काँकरभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस चेकजाँचका क्रममा भारु १४ लाख ९९ हजार सात सयसहित मोरङ उर्लाबारी–८ का ३८ वर्षीय डम्बरबहादुर कार्कीलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाका सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलका अनुसार बरामद नगदसहित कार्कीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, इटहरीमा बुझाइएको छ ।
Read More
गौरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

गौरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

झापा। नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरादहले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।आज विश्व रेडक्रस दिवस (मे ८) को अवसरमा सम्पन्न कार्यक्रमरक्त सञ्चार केन्द्र दमकको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। कार्यक्रममा ८४ जनाले रक्तदान गरेका मध्ये १७ महिला र ६७ पुरुष रहेको जनाइएको छ। रक्तदातामध्ये डिल्लीकुमार श्रेष्ठ (५६ वर्ष) सबैभन्दा वरिष्ठ र वरुन सुन्दास तथा अर्जुन पान्डे (१९ वर्ष) सबैभन्दा कान्छा रक्तदाता रहनुभएको थियो। गौरादह १ का गणेशमान सिंह अधिकारीले हालसम्म ५९ पटक रक्तदान गरी सबैभन्दा धेरै पटक रक्तदान गर्नेको रेकर्ड राख्नुभएको छ। कार्यक्रम रेडक्रस संस्थापक जा हेनरी ड्युनाको तस्वीरमा पुष्पगुच्छा अर्पण र रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै उद्घाटन गरिएको कार्यक्रमको…
Read More
नेपालयको २०औँ वार्षिकोत्सव : दुई दिने विशेष पुस्तक मेलासँगै लेखक भेटघाट

नेपालयको २०औँ वार्षिकोत्सव : दुई दिने विशेष पुस्तक मेलासँगै लेखक भेटघाट

काठमाडौँ। पब्लिकेसन नेपालयले आफ्नो स्थापनाको २०औँ वर्षगाँठको अवसर पारेर विशेष छुटसहितको पुस्तक मेला आयोजना गर्ने भएको छ। संस्थाले आफ्ना प्रकाशनहरूमा अधिकतम ६० प्रतिशतसम्म छुट प्रदान गर्ने जनाएको छ। यही वैशाख २७ र २८ गते, शनिबार र आइतबार, काठमाडौंको कालिकास्थानस्थित नेपालयको कार्यालयमा आयोजना हुने मेलामा पाठकहरूले आफ्ना प्रिय लेखकहरूसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर समेत पाउनेछन्। पब्लिकेसन नेपालयका प्रमुख कार्यकारी सैजन मास्केले पाठकहरूले आफ्ना रुचाइएका पुस्तकहरू एकै स्थानमा छुट मूल्यमा प्राप्त गर्न सकून् र लेखकहरूसँग साक्षात्कार गर्न पाऊन् भन्ने उद्देश्यले यो पुस्तक मेला आयोजना गरिएको बताइन्। ‘हाम्रो पहिलो प्रकाशन ‘पल्पसा क्याफे’ले पाठकहरूको अथाह माया पायो,’ उनले भनिन्, ‘२० वर्षदेखि प्राप्त यस स्नेहको…
Read More
पोखरामा राष्ट्रिय खुल्ला वक्तृत्वकला प्रतियोगिता हुँदै

पोखरामा राष्ट्रिय खुल्ला वक्तृत्वकला प्रतियोगिता हुँदै

पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको आयोजनामा आगामी जेठको पहिलो साता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ। ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले प्रतिस्पर्धा गर्न पाउनेछन्। एसईई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थीहरूलाई पनि प्रतियोगितामा सहभागी हुन अवसर दिइएको प्रतियोगिता संयोजक, पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए। प्रतियोगितामा उत्कृष्ट प्रस्तुति प्रस्तुत गर्ने विद्यार्थीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुनेले रु ५१ हजार १ सय ५१, द्वितीय हुनेले रु ४१ हजार १ सय ४१, तृतीय हुनेले रु ३१…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.