राप्ती खबर

1193 Posts
मन्त्रिपरिषद् निर्णय: ५२ मिलियन डलर ऋण स्वीकारदेखि मल खरिद र गुरुयोजना स्वीकृतसम्म

मन्त्रिपरिषद् निर्णय: ५२ मिलियन डलर ऋण स्वीकारदेखि मल खरिद र गुरुयोजना स्वीकृतसम्म

काठमाडौं,बैशाख २१ गते । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चार महत्वपूर्ण निर्णयहरू गरेको छ, जसअन्तर्गत आर्थिक, कृषि, पूर्वाधार तथा संवैधानिक विषय समेटिएका छन्। बैठकले परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरबाट प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउने तथा वायु गुणस्तर मापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। यस्तै, भारत सरकारसँग सरकार–सरकार (G2G) माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ। यस निर्णयले कृषि उत्पादन वृद्धि र…
Read More
चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, सफल पार्न सबैसँग सहयोगको अपिल

चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, सफल पार्न सबैसँग सहयोगको अपिल

चितवन,बैशाख २१ गते । जिल्ला प्रशासन कार्यालय चितवनले दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलन कार्य सञ्चालन भइरहेको जनाएको छ। “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित सञ्चालन भइरहेको उक्त गणना देशभर करिब ३ हजार ९०० गणक मार्फत वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको छ। जिल्ला आर्थिक गणना कार्यालय चितवनका अनुसार जिल्लामा १३३ जना गणक तथा १७ जना सुपरिवेक्षक परिचालन गरी तथ्याङ्क सङ्कलनको कार्य भइरहेको छ। उद्योग, व्यवसाय तथा सेवा क्षेत्रसँग सम्बन्धित विवरण सङ्कलन गरी राष्ट्रिय अर्थतन्त्रको यथार्थ अवस्था मूल्याङ्कन गर्ने उद्देश्यले गणना सञ्चालन गरिएको हो। जिल्ला प्रशासन कार्यालयले स्थानीय तह, व्यवसायी, सरोकारवाला…
Read More
प्रधानमन्त्री कार्यालयमा भिडियो खिच्न रोक लगाइएकामा पत्रकार महासङ्घको आपत्ति

प्रधानमन्त्री कार्यालयमा भिडियो खिच्न रोक लगाइएकामा पत्रकार महासङ्घको आपत्ति

काठमाडौं,बैशाख २१ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समाचार संकलनका क्रममा पत्रकारलाई भिडियो खिच्न अवरोध पुर्‍याइएको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासङ्घद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सोमबार दिउँसो मन्त्रिपरिषद् बैठकको समाचार संकलनका लागि बाहिरबाट भिडियो खिचिरहेका पत्रकारलाई सुरक्षाकर्मीमार्फत रोक लगाइएको थियो। पत्रकारहरूका अनुसार उक्त रोक प्रधानमन्त्रीको ठाडो आदेशमा गरिएको बताइएको छ। महासङ्घले सरकार प्रमुखबाटै प्रेस स्वतन्त्रताको संरक्षण हुनुपर्नेमा उल्टै पेशागत धर्म निर्वाह गरिरहेका सञ्चारकर्मीमाथि गरिएको यस्तो व्यवहार असोभनीय भएको भन्दै आपत्ति प्रकट गरेको छ। विज्ञप्तिमा पत्रकारको संवैधानिक अधिकारमाथि आघात पुग्ने खालका यस्ता कार्यप्रति गम्भीर असहमति जनाइएको छ। साथै, महासङ्घले सबै सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता पालना गर्दै जिम्मेवार पत्रकारिता…
Read More
छापामारीप्रति मुख्यमन्त्री इन्द्र बहादुर बानियाको आपत्ति, अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

छापामारीप्रति मुख्यमन्त्री इन्द्र बहादुर बानियाको आपत्ति, अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

हेटौंडा,बैशाख २१ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा आफ्नो निवास तथा सम्बन्धित कार्यालयमा गरिएको छापामारीप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन्। सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा मुख्यमन्त्री बानियाले हेटौँडा र काठमाडौँस्थित आफ्ना घर तथा विगतमा संलग्न रहेको बानियाँ निर्माण सेवाको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति व्यक्त गरेका हुन्। विज्ञप्तिमा उनले आफू लामो समयदेखि राजनीतिक यात्रामा सक्रिय रहँदै हाल बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको उल्लेख गरेका छन्। मुख्यमन्त्री बनेपछि सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राख्दै काम गर्दै आएको उनले दाबी गरेका छन्। साथै प्रदेश सरकारको सार्वजनिक खर्चमा कटौती र आर्थिक मितव्ययीतालाई जोड…
Read More
हावाहुरी र वर्षाले चितवनमा रुख ढलेर सडक अवरुद्ध, प्रहरीको सक्रियतामा आवागमन पुनः सञ्चालन

हावाहुरी र वर्षाले चितवनमा रुख ढलेर सडक अवरुद्ध, प्रहरीको सक्रियतामा आवागमन पुनः सञ्चालन

चितवन,बैशाख २१ गते । आज दिउँसो करिब १४:२० बजेदेखि आएको हावाहुरीसहितको वर्षाका कारण चितवन जिल्लाका विभिन्न स्थानमा रुख ढलेर सडक अवरुद्ध भएको छ। विशेषगरी भरतपुर महानगरपालिका वडा नं. ०९ गोन्द्राङ र वडा नं. ०१ देवघाट लगायतका क्षेत्रमा सडकमा रुख ढल्दा सवारी आवागमन प्रभावित बनेको थियो। घटनापछि जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहतका प्रहरी इकाइहरूबाट खटिएको टोलीले तत्काल उद्धार तथा व्यवस्थापन कार्य अघि बढाएको थियो। सम्बन्धित निकायहरूसँग समन्वय गर्दै अवरुद्ध सडकहरू हटाई आवागमन पुनः सञ्चालन गरिएको प्रहरीले जनाएको छ। हाल पनि हावाहुरी र वर्षाको क्रम जारी रहेकोले विशेषगरी जंगल क्षेत्र हुँदै यात्रा गर्ने सवारी चालक तथा यात्रुहरूलाई सतर्क रहन प्रहरीले आग्रह…
Read More
अत्यधिक वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा बन्द

अत्यधिक वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा बन्द

काभ्रेपलाञ्चोक,बैशाख २१ गते । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानहरूमा जोखिम बढेपछि बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले सोमबार दिउँसो ४:१५ बजे अत्यन्त जरुरी सूचना जारी गर्दै तत्कालका लागि राजमार्ग बन्द गरिएको जानकारी दिएको हो। प्रतिकूल मौसमका कारण जिल्लाभर अत्यधिक पानी परिरहेको र यसले सडकमा पहिरो, ढलान तथा अन्य अवरोधको जोखिम बढाएको भन्दै सुरक्षाको दृष्टिले सवारी सञ्चालन रोकिएको प्रहरीले जनाएको छ। सम्भावित दुर्घटना तथा जनधनको क्षति रोक्नका लागि यो निर्णय लिइएको उल्लेख गरिएको छ। प्रहरीका अनुसार मौसममा सुधार आई सडक सुरक्षित भएको पुष्टि भएपछि मात्रै राजमार्ग पुनः सञ्चालन गरिनेछ। त्यसका लागि जिल्ला…
Read More
काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित आवास सुनिश्चित गरिने

काठमाडौँका अतिक्रमित क्षेत्र व्यवस्थापनमा सरकार दृढ: भूमिहीनलाई सुरक्षित आवास सुनिश्चित गरिने

काठमाडौँ,बैशाख २१ गते । काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण व्यवस्थापनका विषयमा विभिन्न टिप्पणीहरू सार्वजनिक भइरहेका बेला सरकारले यसबारे आफ्नो धारणा स्पष्ट पारेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भनाइ उद्धृत गर्दै सरकारले नागरिकमा फैलाइएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। सरकारले स्पष्ट पारेअनुसार अतिक्रमण हटाउने प्रक्रिया नागरिकलाई विस्थापित गर्ने उद्देश्यले नभई दीर्घकालीन समाधान खोज्ने लक्ष्यसहित अघि बढाइएको हो। पछिल्लो समय भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकहरूमा त्रास फैलाउने र उठिबास हुने आशंका सिर्जना गर्ने प्रयास भइरहेको सूचनालाई सरकारले संवेदनशील रूपमा लिएको जनाएको छ। यसैबीच, भूमिसम्बन्धी ऐन २०२१ का केही प्रावधानहरू वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै…
Read More
राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति घोषणा, “पुरानो व्यवस्था अन्त्य, नयाँ संस्कृति सुरु”

राप्रपा छाडेपछि रवि किरण हमालको नयाँ राजनीतिक शक्ति घोषणा, “पुरानो व्यवस्था अन्त्य, नयाँ संस्कृति सुरु”

काठमाडौं,बैशाख २० गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका जेनजी आन्दोलनका अग्रणी नेता रवि किरण हमालले आज आयोजित पत्रकार सम्मेलन मार्फत नयाँ स्वतन्त्र, मूल्य–आधारित र मुद्दाकेन्द्रित राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन्। “पुरानो व्यवस्थाको अन्त्य, नयाँ राजनीतिक संस्कृति निर्माणको सुरुवात” भन्ने नारासहित भएको कार्यक्रमले नेपाली राजनीतिमा नयाँ पुस्ताको सक्रिय प्रवेशको संकेत दिएको छ। सम्मेलनमा उनले परम्परागत राजनीतिक संरचनालाई सामन्ती, सौदाबाजीमा आधारित र सत्ताकेन्द्रित रहेको आरोप लगाएका छन्। दक्षिणपन्थी शक्तिहरूले राष्ट्रवाद र सांस्कृतिक पहिचानको नारा लगाए पनि व्यवहारमा पुरानै ढर्रा कायम राखेको टिप्पणी गरेका छन्। “जेनजी अब पुराना ढाँचामा सीमित भएर राजनीति गर्दैन,” उनले भनेका छन्। “जेनजी आन्दोलन सकिएको…
Read More
मकवानपुरमा सुकुम्बासी आन्दोलनलाई सात दलको ऐक्यबद्धता, सरकारलाई दमन नगर्न चेतावनी

मकवानपुरमा सुकुम्बासी आन्दोलनलाई सात दलको ऐक्यबद्धता, सरकारलाई दमन नगर्न चेतावनी

हेटौडा,बैशाख २० गते । मकवानपुर जिल्लामा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी जनताको आन्दोलनप्रति सात राजनीतिक दलले ऐक्यबद्धता जनाएका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले सरकारलाई बल प्रयोग गरेर घर टहरा भत्काउने तथा हटाउने कार्य नगर्न ध्यानाकर्षण गराएका छन्। विज्ञप्तिमा सुरक्षाशक्तिको प्रयोग मार्फत राज्यले दमनकारी शैली अपनाएको आरोप लगाउँदै जनताको बसोबास खोसिने अवस्थाले मानवीय संकट निम्तिएको उल्लेख गरिएको छ। आफ्नो आश्रय गुमाउँदा केही नागरिक आत्महत्यासम्मको अवस्थामा पुगेको घटनालाई अत्यन्त दुःखद र दुर्भाग्यपूर्ण रूपमा चित्रण गरिएको छ। वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचानका लागि निष्पक्ष छानबिन आवश्यक रहेको जनाउँदै त्यसको तथ्य सार्वजनिक गर्न माग गरिएको छ। साथै, उनीहरूलाई लालपुर्जा उपलब्ध गराउने…
Read More
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता

काठमाडौँ,बैशाख २० गते । संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार तथा कार्यविधि सम्बन्धी अध्यादेशको विषयवस्तुमा पुनर्विचार गर्न राष्ट्रपतिबाट सरकारलाई फिर्ता पठाइएको छ। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार, नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ वैशाख १४ गतेको निर्णयअनुसार सिफारिस भई पेश भएको संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन अध्यादेशको विषयवस्तुमा पुनः अध्ययन आवश्यक ठहर गर्दै उक्त अध्यादेश पुनर्विचारका लागि पठाइएको हो। यसअघि संवैधानिक परिषद् सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक २०८२ असार २५ गते प्रमाणीकरणका लागि पेश भएको थियो। उक्त विधेयक सन्देशसहित फिर्ता गरिएको सन्दर्भलाई समेत स्मरण गराइएको छ। त्यसैगरी, २०८२ मङ्सिर २ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्राप्त भएको संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन अध्यादेश…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.