राप्ती खबर

1255 Posts
यातायात कार्यालयमा स्टिङ अपरेसन,करिब एक दर्जन बिचौलिया पक्राउ

यातायात कार्यालयमा स्टिङ अपरेसन,करिब एक दर्जन बिचौलिया पक्राउ

बितामोड। नेपाल प्रहरीले शुक्रबार बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालय,मेची मा स्टिङ अपरेसन गर्दै करिब एक दर्जन बिचौलियालाई नियन्त्रणमा लिएको छ। प्रहरी स्रोतका अनुसार कार्यालय समयमै गरिएको अपरेसनमा २ जना महिला सहित करिब १२ जना बिचौलिया पक्राउ परेका छन्। बिचौलियाका कारण कर तिर्न गएका सेवाग्राही ठगिएको गुनासो बढेपछि प्रहरीले निगरानी बढाउँदै ईलाका प्रहरी कार्यालय, अनारमनी को समन्वयमा स्टिङ अपरेसन गरेको हो।पक्राउ परेकालाई हाल अनारमनी प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ।
Read More
उर्लाबारी नगरपालिका हङकङ परिवारद्वारा क्यान्सर पीडित टेकबहादुर लिम्बुलाई आर्थिक सहयोग

उर्लाबारी नगरपालिका हङकङ परिवारद्वारा क्यान्सर पीडित टेकबहादुर लिम्बुलाई आर्थिक सहयोग

मोरङ। सेम्बुटोल निवासी क्यान्सर रोगबाट पीडित टेकबहादुर लिम्बुलाई उपचारका लागि आर्थिक सहयोग गरिएको छ। उर्लाबारी नगरपालिका हङकङ परिवारको तर्फबाट लिम्बुलाई नगद रु. ४५ हजार ५ सय सहयोग गरिएको हो। हङकङबाट पठाइएको सो रकम वडा नं. ९ का अध्यक्ष नरबहादुर मोक्तान, हङकङ परिवारका सदस्य सन्तोष श्रेष्ठ (डेबिट) र सुजन सेन्दाङले लिम्बुलाई हस्तान्तरण गरे। उक्त रकम सस्थाका अध्यक्ष शाङ्गेनाहाङ तुम्बाहाम्फेको नेतृत्वमा पठाईको हो। ३७ वर्षीय लिम्बुलाई सहयोग हस्तान्तरण कार्यक्रमका अवसरमा स्थानीय समाजसेवी सानु तामाङ, भोटेपुल गाउँ टोलका अध्यक्ष दिनेश थापा मगर, खोपिडाँडा टोल विकास सदस्य कृष्ण तामाङ,हेम बस्नेत लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो। उपचार खर्चकै लागि हालसम्म झण्डै १७ लाख रुपैयाँ खर्च…
Read More
जाजरकोटमा एकै दिन दुईपटकसम्म भूकम्पको धक्का

जाजरकोटमा एकै दिन दुईपटकसम्म भूकम्पको धक्का

आज राति ८ बजेर ७ मिनेट जाँदा जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाई ५.२ म्याग्निच्युडको भूकम्प गाएको छ। शुक्रबार बेलुकी एकैपटक भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। थप विवरण आउन बाँकी छ।
Read More
लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाडौँ। उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको छ। रूपन्देही जिल्ला अदालतको आदेशलाई बदर गर्दै उच्च अदालतले थुना पठाउने आदेश गरेको हो। जिल्ला अदालतले दिएको आदेश विरुद्ध उनीहरूले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए। न्यायाधीश द्वय रमेश ढकाल र स्वीकृत पराजुलीको संयुक्त इजलासले रास्वपाका सभापति लामिछानेलाई जिल्ला अदालत रूपन्देहीको आदेशलाई बदर गर्दै थुना पठाउने आदेश जारी गरेको हो।
Read More
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका २ स्थित भंगाल टोलमा २६ लाख चोरी

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका २ स्थित भंगाल टोलमा २६ लाख चोरी

काठमाडौँ। काठमाडौँको बुढानिलकण्ठ नगरपालिका २ माथिल्लो भंगाल लामिछाने टोलमा करिब २६ लाखभन्दा रुपैयाँ बराबरको चोरी हुन पुगेको छ। भङ्गाल लामिछाने टोलमा बस्ने भरतराज श्रेष्ठको घरबाट नगद रु ७० हजार र घरमा राखिएको १४ तोला बराबरको सुनको विभिन्न गरगहनाहरू समेत गरी मोटामोटी लगभग २६ लाख ७० हजार बराबरको धनमाल चोरी भएको हो। प्रहरीको अनुसार घरमा कोही नभएको मौका पारेर हिजो राति चोरी गर्ने व्यक्तिहरूले उक्त परिमाणको नगद र गरगहनालाई चोरी गरेर भागेको हुन। चोरी गर्ने व्यक्तिहरू भने अहिलेसम्म पक्राउ परेका छन्।
Read More
फिसिङ लिङ्कमार्फत वालेट प्रयोगकर्ताको पैसा चोरी गरेको आरोपमा एक २२ वर्षीय युवा पक्राउ

फिसिङ लिङ्कमार्फत वालेट प्रयोगकर्ताको पैसा चोरी गरेको आरोपमा एक २२ वर्षीय युवा पक्राउ

काठमाडौँ। डिजिटल वालेट मार्फत फिसिङ लिङ्क पठाई ४ हजार प्रयोगकर्ताको १ करोडभन्दा बढी पैसा कुम्ल्याएको आरोपमा कञ्चनपुरका २२ वर्षीय युवा राहुल बुढा पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई कालिमाटीबाट पक्राउ गरेको हो। सर्वसाधारण वालेट प्रयोगकर्ताको एकाउन्टमा समस्या देखाई व्यक्तिगत विवरण राख्न लगाई पैसा चोरी गरेको उनलाई अभियोग छ। उनीमाथि ठगी सम्बन्धी अभियोगमा थप जाँचबुझ र अनुसन्धानका लागि काठमाडौँ जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको कुरा प्रहरीले जनाएको छ। पछिल्लो समयमा एटि अलर्ट द अलर्टका नाममा वालेट प्रयोगकर्ताहरूलाई फिसिङ क्लिङ्क पठाउने क्रम बढेको भन्दै डिजिटल वालेट कम्पनीहरूले पनि प्रयोगकर्ताहरूलाई सचेत गराउँदै आएका छन्, साइबर ब्युरोले पनि…
Read More
सञ्चार क्लब नेपालको भवन निर्माण प्रारम्भ,संस्थापक अध्यक्ष खतिवडाबाट शिलान्यास

सञ्चार क्लब नेपालको भवन निर्माण प्रारम्भ,संस्थापक अध्यक्ष खतिवडाबाट शिलान्यास

उर्लाबारी। पूर्वोत्तर मोरङका सञ्चारकर्मीहरूको साझा संस्था सञ्चार क्लब नेपाल, उर्लाबारीको आफ्नै भवन निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। क्लबका संस्थापक अध्यक्ष दुर्गा प्रसाद खतिवडाले बुधबार एक विशेष समारोहका बीच भवनको शिलान्यास गरेका हुन। उर्लाबारी–६ मा निर्माणाधीन बसपार्कको उत्तरतर्फ रहेको ६ कठ्ठा जग्गामा उक्त भवन निर्माण सुरु गरिएको हो । उर्लाबारीका समाजसेवी अमृत तामाङ, ज्ञानु बास्कोटा र जंगबहादुर कार्कीले क्लबलाई उक्त जग्गा निःशुल्क उपलब्ध गराएका हुन। भवन निर्माणका लागि चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयबाट १० लाख रुपैयाँ र सामाजिक विकास मन्त्रालयबाट ७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। क्लबका वर्तमान अध्यक्ष कुमार खड्काका अनुसार,यस वर्षदेखि…
Read More
अबको ३ दिन देशका विभिन्न भूभागमा पानी पर्ने सम्भावना,बाली काट्ने कार्यमा सजगता अपनाउन अनुरोध

अबको ३ दिन देशका विभिन्न भूभागमा पानी पर्ने सम्भावना,बाली काट्ने कार्यमा सजगता अपनाउन अनुरोध

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले अबको तीन दिन देशका विभिन्न भूभागमा पानी पर्ने सम्भावना रहेको जनाएको छ। यो अवधिमा मुसुरो, गहुँ लगायतका बाली नकाट्न मौसमविद हरिप्रसाद दाहाल द्वारा जारी सूचनामा भनिएको छ। मौसमविद दाहालले आफ्नो स्थानीय क्षेत्रमा मौसमको अवस्था कस्तो रहने भन्ने बारेमा जानकारीको लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट https://www.dhm.gov.np वा सामाजिक सञ्जाल हेर्न र ११५५ मा फोन गरेर सोध्नपनि जारी सूचनामा अनुरोध गरिएको छ।
Read More
अध्यक्ष उत्तम गोम्जाको नेतृत्वमा रहेको कार्यसमितिको सदस्यहरू नै आधिकारिक व्यक्ति हुन्: ताम्सालिङ राष्ट्रिय समिति

अध्यक्ष उत्तम गोम्जाको नेतृत्वमा रहेको कार्यसमितिको सदस्यहरू नै आधिकारिक व्यक्ति हुन्: ताम्सालिङ राष्ट्रिय समिति

हेटौंडा। ताम्सालिङ राष्ट्रिय समिति जसपा नेपालले गएको वैशाख २ गतेका दिन एक ध्यानाकर्षण पत्र मार्फत प्रथम ऐतिहासिक मकवानपुर जिल्ला अधिवेशनबाट सर्वसहमत निर्वाचित भएका अध्यक्ष उत्तम गोम्जाको नेतृत्वमा रहेको कार्यसमिति नै आधिकारिक भएको जानकारी गराइएको छ। गएको चैत्र १६ गतेका दिन सम्पन्न भएको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट चुनिएका अध्यक्ष गोम्जाको नेतृत्वमा रहेको कार्यसमिति नै आधिकारिक भएको एक ध्यानाकर्षण पत्र मार्फत राष्ट्रिय ताम्सालिङ समितिले उल्लेख गरेको हो। गएको चैत्र ३१ गते निज निष्कासित सोमबहादुर घलानले जसपा नेपाल मकवानपुर जिल्ला अध्यक्ष हुँ भन्दै जारी गरेको विज्ञप्तिमा पार्टीको लेटर,प्याड,छाप र झन्डा इत्यादि दुरुपयोग गर्दै विधान विपरीत कार्य गरेको प्रति ताम्सालिङ राष्ट्रिय समिति जसपा नेपालले आफ्नो…
Read More
रिहाइको माग गर्दै सचेत नागरिक समूहद्वारा हेटौंडामा चक्काजाम

रिहाइको माग गर्दै सचेत नागरिक समूहद्वारा हेटौंडामा चक्काजाम

हेटौंडा । सचेत नागरिक समूहले जिल्ला प्रहरी कार्यलय मकवानपुरको हिरासतमा रहेका ६ जना युवाहरूको रिहाइको माग गर्दै नाराबाजी गरेको छ । जिल्ला प्रहरी कार्यलय र हेटौंडा अस्पतालको अगाडि रहेको महेन्द्र राजमार्ग जाम गरि आन्दोलनकारीले टाएर बालेर चक्काजाम गरेका हुन् । सरकारी अस्पताल हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न पाइँदैन भन्दै हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियान समितिले विगत चैत्र ३१ गते हेटौंडा अस्पतालमा झुम्ड्याएको मदन भण्डारीको ठाउँमा हेटौंडा अस्पतालको बोर्ड राखिएको थियो । उक्त कार्यमा सहभागी भएको भन्दै जिल्ला प्रहरी कार्यलयले ६ जना युवाहरूलाई हिरासतमा राखी आज म्याद थप गरिएको छ । छलफल गरि छोडिदिन्छौँ भन्ने बहानामा बोलाएर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.