राप्ती खबर

1255 Posts
पक्राउ गरेका लामिछानेलाई भद्रकाली पुर्‍यायो,भोलि भैरवा पुर्‍याउने तयारी

पक्राउ गरेका लामिछानेलाई भद्रकाली पुर्‍यायो,भोलि भैरवा पुर्‍याउने तयारी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री लामिछानेलाई प्रहरीले जिल्ला परिसर भद्रकाली पुर्‍याएको छ। उनी माथि सङ्गठित रूपमा सहकारी ठगी गरेको आरोप चलिरहेको बेला लामिछानेमाथि आज उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउने आदेश बमोजिम पक्राउ गरिएको हो। रूपन्देही जिल्ला अदालतले रु १ करोड धरौटी तिरी रिहा गर्ने आदेशलाई बदर गरेपछि उनलाई पुनः प्रहरी टोलीहरूले समाउन बुढानीलकण्ठस्थित उनी बसेको निवासमा पुगेको थियो। रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री लामिछानेलाई समाउन केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीलाई विशेष खटाएको थियो। पक्राउ परेका लामिछानेलाई आज भद्रकाली राखी भोलि शनिबार भैरहवा लैजाने तयारी रहेकोछ
Read More
बैतडी जिल्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु,३ जना घाइते

बैतडी जिल्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु,३ जना घाइते

बैतडी। बैतडी जिल्लामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जीप देहीमाण्डौबाट  गिरेगडा तर्फ गहिरेको बेला बिएसी ५६५९ नम्बरको बोलेरोले शुक्रबार राति दशरथ चन्द नगरपालिका ११ को नानीगाड भन्ने स्थानमा दुर्घटना हुन पुगेको थियो। दुर्घटनाम परी मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका ५ का वर्ष ५४ को चञ्चले दयालको मृत्यु भएको प्रहरीले जानकारी दिए। जीप दुर्घटनामा परेर घाइते भएका चन्चलेको जिल्ला अस्पतालमा उपचार क्रममा गए राती नै मृत्यु भएको हो। गए राति आफ्नो गतिमा गुडिरहेको जीपमा चालक सहित चारजना यात्रुहरू रहेका बेला अचानक जीप सडकबाट अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ। जीप सडकबाट अनियन्त्रित भएर करिब ४० मिटर तल खोल्सामा खसेको जनाएको छ।…
Read More
जंगलबाट लागेको आगोले तीन घर जलेर नष्ट

जंगलबाट लागेको आगोले तीन घर जलेर नष्ट

राक्सिराङ । जंगलबाट लागेको आगोले मकवानपुरको राक्सिराङ गाउँपालिकाका तीन वटा वडामा तीन घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । शुक्रबार हुरिबताससँगै फैलिएको आगोका झिल्का घरमा सल्किँदा तीन घर जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राक्सिराङ गाउँपालिका-७ स्थित चरिमारामा जँगलनजिकै रहेको सुब्बा प्रजा र चन्द्र प्रजाको खरले छाएको काठको कच्ची घरमा आगो सल्किँदा लत्ता कपडा, भाँडावर्तन, अन्नपात र नगदसहित घर पूर्णरूपमा जलेर नष्ट भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामु अर्यालले जानकारी दिएका छन् । सुब्बा प्रजाको घरमा नगद रु. २० हजारसहित कुल १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ भने…
Read More
जिप दुर्घटना हुँदा दुईको मृत्यु

जिप दुर्घटना हुँदा दुईको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा जीप दु'र्घटना हुँदा दुई जनाको मृ'त्यु भएको छ । दुई जना घा'इते भएका छन् । मृ'त्यु हुनेमा चालक २२ वर्षीय दिलिप खनाल र २१ वर्षीय बालकृष्ण रिजाल रहेको प्रहरीले जनाएको छ । आज बिहान साढे ३ बजेतिर मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदह सडकखण्डमा लु २ च २९९० नम्बरको जीप सडकबाट दुई सय मिटर तल खसेको थियो । उक्त दु'र्घटनामा ग'म्भीर घा'इते भएका भुवन पोखरेल र बसन्त पोखरेललाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
Read More
पुनर्बहालीको माग गर्दै कुलमानको समर्थकद्वारा प्रदर्शन

पुनर्बहालीको माग गर्दै कुलमानको समर्थकद्वारा प्रदर्शन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै आइतबार राजधानीमा प्रदर्शन भएको छ । आफूहरूलाई स्वतन्त्र नागरिक समूह भएको बताउने कुलमानका समर्थकहरूले विभिन्न ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । बानेश्वरबाट सुरु भएको र्‍याली माइतीघर पुगेर कोण सभामा परिणत भएको थियो । सो क्रममा उर्जामन्त्री दीपक खड्काको राजीनामा समेत माग भएको थियो ।
Read More
आत्मनिर्भरताका लागि कृषि उत्पादनमा जोड दिँदै नेकपा मकवानपुर

आत्मनिर्भरताका लागि कृषि उत्पादनमा जोड दिँदै नेकपा मकवानपुर

मकवानपुर । आत्मनिर्भर हुनका लागि कृषि उत्पादनमा जोड दिँदै नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले धान रोपाइँ गरेको छ । पार्टीको निर्णय अनुसार नेताकार्यकर्ता र आम जनतालाई निकट भविष्यमा आत्मनिर्भर बनाउने उद्देश्यले सुरु गरेको सामुहिक उत्पादन प्रणालीलाई अंगाल्दै नेकपा मकवानपुरले पनि सामुहिक उत्पादनलाई निरन्तरता दिइरहेको छ । मनहरी-५ दरदरा स्थित केन्द्रिय उत्पादन विभाग मनहरीमा नेकपा मकवानपुरले आज धान रोपेको छ । लगभग तीन बिगाहामा फैलिएको उत्पादन क्षेत्रमा पार्टीले समय अनुकुल नगदे बाली र अन्नबाली लगाउँदै आइरहेको छ । उक्त उत्पादन शाखामा पार्टीले हालसम्म काँक्रा, भ्यान्टा, आलु, खुर्सानी, प्याज, लसुन लगायतका तरकारी बाली र मकै, धान, गहुँ जस्ता अन्नबाली उत्पादन गरिसकेको छ ।…
Read More
नेपाली कांग्रेसले जनप्रतिनिधि र पाटी प्रतिनिधिबीच अन्तरसंवाद कार्यक्रम गर्ने

नेपाली कांग्रेसले जनप्रतिनिधि र पाटी प्रतिनिधिबीच अन्तरसंवाद कार्यक्रम गर्ने

हेटौंडा।नेपाली कांग्रेसले प्रतिनिधिसभा क्षेत्र–२ प्रदेशसभा (ख) ले जनप्रतिनिधि र पाटी प्रतिनिधिबीच अन्तरसंवाद कार्यक्रम गर्ने भएको छ । चैत ३० गते मनहरी–८, पिसपार्क (आमाघर) अन्तरसंवाद कार्यक्रम हुन लागेको हो। पार्टीका बागमती प्रदेश सभापति एवम् नेपाली कांग्रेसका सोही निर्वाचन क्षेत्रका सांसद् इन्द्रबहादुर बानिया“को प्रमुख आतिथ्यतामा जनप्रतिनिधि र पार्टी प्रतिनिधिबीच अन्तरसंवाद हुन लागेको मंगलबार पत्रकार सम्मेलनमार्फत् क्षेत्रका सभापति रञ्जन कालाखेतीले जानकारी दिए। प्रतिनिधिसभा क्षेत्र–२ प्रदेशसभा (ख) अन्तर्गत् नेपाली कांग्रेसका जिल्ला सभापति, महासमिति सदस्य, जिल्ला पदाधिकारी, संघीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला समन्वय उपप्रमुख, नेपाली कांग्रेसबाट निर्वाचित पालिका अध्यक्ष,उपाध्यक्ष,जिल्ला सदस्य, संघीय पदाधिकारीहरु,पालिका सभापति,क्षेत्रीय कार्यसमितिका सदस्यहरु,पालिका पदाधिकारीहरु,नेपाली कांग्रेसबाट निर्वाचित तथा प्रत्यासी वडा अध्यक्ष एवम् सम्पूर्ण सदस्य,भ्रातृ…
Read More
सुनको भाउ तोलामा २ हजारले वृद्धि,चाँदी तोलामा ५ रुपैयाँले वृद्धि

सुनको भाउ तोलामा २ हजारले वृद्धि,चाँदी तोलामा ५ रुपैयाँले वृद्धि

काठमाडौँ। नेपाली सुनचाँदी बजारमा फेरि पनि मूल्यवृद्धि भएको छ। अघिल्लो दिन मङ्गलबार तोलामा ४ सय रुपैयाँले घटेको सुन आज एकै दिन २ हजार रुपैयाँले बढेको छ। जस अनुसार आज सुन प्रतितोलामा १ लाख ७५ हजार ४ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि आइतबारको दिन प्रतितोलामा १ हजार ९ सयले घटेको सुन सोमबार भने ७ सयले घटेको थियो। त्यसपछि अघिल्लो दिन शुक्रबार भने सुन तोलामा ३ हजार ९ सय रुपैयाले घटेको थियो। ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्यमा आइतबारदेखि भने निरन्तर गिरावट आएपनि आज भने उकालो लाग्न थालिएको हो। त्यस्तै चाँदीको भाउ तोलामा आज भने पाँच रूपैयाँले घटेको…
Read More
जनमत र नागरिक उन्मुक्ति पार्टीको एकता लगभग अन्तिम चरणमा,दुवै पक्षको बैठक यही आइतबार निर्णायक हुने

जनमत र नागरिक उन्मुक्ति पार्टीको एकता लगभग अन्तिम चरणमा,दुवै पक्षको बैठक यही आइतबार निर्णायक हुने

काठमाडौँ। जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीचको एकीकरणको टुङ्गो लगभग अन्तिम चरणमा पुर्‍याउन दुई दलको निर्णायक बैठक वार्ता आइतबार हुने भएको छ। यस अघिको नाउपाको केन्द्रीय बैठकमा जनमतका अध्यक्ष डा. सीके राउत र नाउपाका संरक्षकको रुपमा रहेका रेशम चौधरी बीच त्यो बेला पार्टी एकताका विषयमा छलफल केन्द्रित रहेको थियो सोही अनुरूप पार्टी एकताको विषयमा छलफल अन्तिम चरणमा पुग्न थालिएको हो। अब आउने आइतबार जनमतका अध्यक्ष डा. राउतसँग पार्टी एकीकरण बीच भएको छलफललाई निर्णायक वार्तामा पुर्‍याउने नाउपाका संरक्षक चौधरीले जानकारी दिएका छन्। आइतबारको दिन राउत र चौधरीको वार्ता अघि बिहान ८ बजे सो दिन दुई दलीय कार्यदलको बैठक बोलाइएको छ। अब…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.