राप्ती खबर

1255 Posts
जनमत र नागरिक उन्मुक्ति पार्टीको एकता लगभग अन्तिम चरणमा,दुवै पक्षको बैठक यही आइतबार निर्णायक हुने

जनमत र नागरिक उन्मुक्ति पार्टीको एकता लगभग अन्तिम चरणमा,दुवै पक्षको बैठक यही आइतबार निर्णायक हुने

काठमाडौँ। जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीचको एकीकरणको टुङ्गो लगभग अन्तिम चरणमा पुर्‍याउन दुई दलको निर्णायक बैठक वार्ता आइतबार हुने भएको छ। यस अघिको नाउपाको केन्द्रीय बैठकमा जनमतका अध्यक्ष डा. सीके राउत र नाउपाका संरक्षकको रुपमा रहेका रेशम चौधरी बीच त्यो बेला पार्टी एकताका विषयमा छलफल केन्द्रित रहेको थियो सोही अनुरूप पार्टी एकताको विषयमा छलफल अन्तिम चरणमा पुग्न थालिएको हो। अब आउने आइतबार जनमतका अध्यक्ष डा. राउतसँग पार्टी एकीकरण बीच भएको छलफललाई निर्णायक वार्तामा पुर्‍याउने नाउपाका संरक्षक चौधरीले जानकारी दिएका छन्। आइतबारको दिन राउत र चौधरीको वार्ता अघि बिहान ८ बजे सो दिन दुई दलीय कार्यदलको बैठक बोलाइएको छ। अब…
Read More
फेरि राजा चाइयो रे

फेरि राजा चाइयो रे

दमन कम भयो दमन चाइयो हामीलाई । एक लौटे  शासन थियो जनवादी राज्य सत्ता आयो अब हामीलाई फेरि राजा चाइयो रे । राजाका नातेदारले जे गर्दा नि बोल्न, लेख्न मिल्दैनथ्यो । अहिले जे पनि बोल्न मिल्छ जनताको श्रम शोषण गरिन्थ्यो नाङ्गो नाच हेर्न, मोजमस्ती गर्न लाखौं खर्च गरिन्थ्यो अहिले पाइला पाइलामा सचेत हुनुपर्छ त्यसैले हामिलाई फेरि राजा चाइयो रे । राजखान्दानले अपराध गरे कानुन लाग्दैनथ्यो अहिले जोकोहिलाई पनि लाग्न सक्छ राजतन्त्रमा जनताले आवाज उठाउन पाउँदैनथ्यो गणतन्त्रमा पाइन्छ त्यसैले हामिलाई फेरि राजा चाइयो रे । जनताका छोराछोरीले राम्रो पढे जिब्रो काटिन्थ्यो राम्रो लेखे औंला काटिन्थ्यो । तल्लो वर्गका श्रीमती, छोरी राम्रो…
Read More
तीनकुने क्षेत्रमा आगजनी तोडफोड गर्ने थप ७ जना पक्राउ

तीनकुने क्षेत्रमा आगजनी तोडफोड गर्ने थप ७ जना पक्राउ

काठमाडौं। यही चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा अराजक गतिविधि गर्ने थप सात जनालाई प्रहरीले पक्राउ गरेको छ। तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गरी राज्यविरुद्धको कसुर र आपराधिक उपद्रव लगायतका अपराधमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा रुपन्देहीको देवदह नगरपालिका–९ घर भएका ४७ वर्षीय प्रेम थापामगर, झापाका २१ वर्षीय समीर मगर,रामेछापका २२ वर्षीय सुरेश गौतम,ताप्लेजुङका २३ वर्षीय सुशिल बराल,नुवाकोटका २७ वर्षीय रमेश राई, अछामका २० वर्षीय गोकर्ण शाही र संखुवासभाका ३९ वर्षीय मुकुन्द दाहाल छन्।
Read More
सामुदायिक वनको भवन शिलान्यास

सामुदायिक वनको भवन शिलान्यास

हेटौंडा। सरस्वती (बसामाडी) सामुदायिक वन उपभोक्ता समुहको भवनको जगको शिलान्यास गरिएको छ। हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडास्थित शहिद स्मारक हाताभित्र समुहको भवन निर्माण हुन लागेको हो। भवनको शिलान्यास उपमहानगर पालिकाका उपमेयर राजेश बानियाले गरेका हुन् । भवन शिलान्यास गरेपछि उनलेे शिलान्यास र सम्पन्न आफ्नै कार्यकालमा गर्ने प्रतिबद्धता जनाए । भवन निर्माणमा ५ र १० लाख गरि उपमहानगरले आर्थिक सहयोग गरेको यसको सम्पन्न जिम्मामा पनि उपमेयर बानियाँले ले प्रतिबद्धता जनाउनु भएको योजना अध्यक्ष तथा नवलपुर सरस्वती (बसामाडी) सामुदायिक वन उपभोक्ता समुहकि सचीव सुभद्रा बर्तौलाले जानकारी दिइन्। अहिले ट्वाइलेट , बाथ्रुम सहितको ६ कोठे भवन बन्ने सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष…
Read More
भाटभटेनीका सुरक्षागार्ड लाई सम्मान

भाटभटेनीका सुरक्षागार्ड लाई सम्मान

काठमाडौ। बुधबार काटेश्वर भाटभटेनीमा आयोजित एक कार्यक्रमबीच भाटभटेनीका सञ्चालक गुरुङले सुरक्षागार्ड (कृष्ण) पराजुलीलाई पाँच लाख एक हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरे । त्यस्तै पराजुलीलाई पाँच ग्रेड बढुवा गरिएको छ । लुटपाटका क्रममा भाटभटेनीका सुरक्षा गार्ड पराजुलीले लुटेराहरूको प्रतिकार गर्दै लखेटेका थिए । सम्मान ग्रहण गदै सुरक्षागार्ड पराजुलीले काटेश्वर भाटभटेनीमा आएर लुटपाट गरेपछि सबै सुरक्षा टोलीले मिलेर प्रतिकार गरेको बताएका छन् ।
Read More
उर्लाबारीमा १८औं विश्व अटिजम सचेतना दिवसमा अभिभावक सम्मान कार्यक्रम सम्पन्न

उर्लाबारीमा १८औं विश्व अटिजम सचेतना दिवसमा अभिभावक सम्मान कार्यक्रम सम्पन्न

मोरङ। र्लाबारी, १८औं विश्व अटिजम सचेतना दिवस २०८१ को अवसरमा उर्लाबारी-५ मा रहेको आकार फाउन्डेसनले अभिभावक सम्मान कार्यक्रम आयोजना गरेको छ। बुधबार सम्पन्न कार्यक्रममा विभिन्न कार्यक्रमहरू प्रस्तुत गरिनुका साथै अटिजम भएका बालबालिकाका अभिभावकहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा पन्चावती अस्पताल उर्लाबारीका निर्देशक बालचन्द्र सुब्बा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा डा. राकेश मेहता, संस्थाका सल्लाहकार हेमचन्द्र भट्टराई तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता आकार फाउन्डेसनकी निर्देशक प्रिशिमा थापाले गएका थिए। कार्यक्रमको दौरान संस्थाका शिक्षिकाहरूले “आकार” गीतमा आकर्षक नृत्य प्रस्तुत गरे। अभिभावक तर्फबाट गणेश सुवेदीले मन्तव्य राख्दै अटिजम भएका बालबालिकाको हकहितका लागि आकार फाउन्डेसनले पुर्याएको योगदानको उच्च…
Read More
विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै नेकपा पोलिट व्युरो बैठक सम्पन्न

विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै नेकपा पोलिट व्युरो बैठक सम्पन्न

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठक सम्पन्न भएको छ । सोमबार पार्टीका महासचिव विप्लव सीको अध्यक्षतामा बसेको बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो । बैठकमा महासचिव विप्लवले आगामी निर्वाचन, देशको पछिल्लो राजनीतिक, सङ्घर्षलगायतका १० प्रस्ताव राखेका थिए । सहिदहरूप्रति श्राद्धाञ्जली अर्पण गरेर प्रारम्भ भएको बैठकले केन्द्रीय समितिले गरेको राजनीतिक दिशाको प्रक्षेपण सही भएको र पार्टीको जनाधार बढ्दै गएको निष्कर्ष निकालेको छ । बैठकले किरण, आहुति, कञ्चन, मोहन विक्रम लगायतले नेतृत्व गरेका पार्टीहरुसँग सहकार्य र मोर्चाबन्दीको प्रयास गर्ने, समाजवादी मोर्चालाई प्रभावकारी बनाउने, पार्टी एकताको प्रयास जारी राख्नेलगायत निर्णय गरेको छ । वर्तमान राजनीतिक सङ्‌कटको समाधान प्रतिगमन र यथास्थिति नभएको बताउँदै…
Read More
निगमले पुन:फेरि पेट्रोलियम पदार्थको मूल्य घटायो

निगमले पुन:फेरि पेट्रोलियम पदार्थको मूल्य घटायो

काठमाडौँ। नेपाल आयल निगमले पुन:फेरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको आज बसेको बैठकले सोमबार मध्यराति १२ बजेदेखि पूर्णरूपमा लागू हुने गरी डिजेल मट्टी तेल र हवाई इन्धनको मूल्यमा केही समायोजन गरी मूल्य घटाएको जानकारी दिएको छ। निगमले घटाएको मूल्य समायोजन गरेअनुसार डिजल र मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ तथा हवाई इन्धन आन्तरिक तर्फ प्रति लिटर ७ रुपैयाँका दरले घटाएको जानकारी दिएको छ। जस अनुसार नयाँ मूल्यमा अब तेस्रो वर्ग अन्तर्गत काठमाडौँमा डिजेल र मट्टीतेल प्रति लिटर १४९ र हवाई इन्धन आन्तरिक तर्फ १२५ रूपैयाँको दरले मूल्य समायोजन गरिएको छ।
Read More
पौडी खेल्ने क्रममा इन्द्रसरोवर गाउँपालिकामा तीन बालक पानीमा डुबेर मृत्यु

पौडी खेल्ने क्रममा इन्द्रसरोवर गाउँपालिकामा तीन बालक पानीमा डुबेर मृत्यु

हेटौंडा। मकवानपुरको गाउँपालिका ३ स्थित उत्तरी क्षेत्रमा पर्ने सिस्नेरी खोलामा आज ३ बालक डुबेर मृत्यु भएको छ। काभ्रे जिल्ला घर भई हाल सिस्नेरी मामाघर आएका दुई बालक र सिस्नेरी डोडारेका एकजना बालकको सिस्नरी बजार पछाडि अवस्थित खोलामा पौडी खेल्ने क्रममा आज दिउँसो मृत्यु भएको हो। तिनै जना बालक आज अपरान्ह करिब साढे ४ बजेतिर खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जानकारी दिए। मृत्यु हुनेहरूमा इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका छोरा वर्ष १४ का सुशान्त आचार्य, काभ्रेको फुलबारी दाप्चा घर भएका वर्ष १४ का प्रमेश घोरासैनी र वर्ष ११ का प्रमाध घोरासैनी रहेका छन्। ती तीनैजना खोलामा नुहाउने…
Read More
एमाले उर्लाबारीको उपाध्यक्षमा योगराज लिम्बूको चर्चा

एमाले उर्लाबारीको उपाध्यक्षमा योगराज लिम्बूको चर्चा

मोरङ। नेकपा एमाले उर्लाबारीको दोस्रो नगर अधिवेशन नजिकिँदै जाँदा एमाले वृत्तमा चर्चा-परिचर्चा तीव्र बनेको छ। यही चैत २६ गते हुने अधिवेशनका लागि नगर कमिटीमा रहेर काम गर्ने इच्छुक युवा नेताहरू तयारीमा जुटेका छन्। यसैबिच उर्लाबारी-५ निवासी योगराज लिम्बू नगर कमिटीको उपाध्यक्ष पदका लागि बलियो दाबेदारको रूपमा अघि सरेका छन्। पार्टी शुद्धीकरण, युवाको प्रभावकारी भूमिका स्थापित गर्ने र उर्लाबारीको आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्यसहित उनले उपाध्यक्ष पदमा उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन्। लिम्बू अहिले एमालेका नेता तथा कार्यकर्ताहरूसँग निरन्तर छलफल र भेटघाटमा सक्रिय छन्। वि.सं २०६७ सालदेखि एमालेको तत्कालिन भातृ संगठन युथ फोर्स (हालको राष्ट्रिय युवा संघ) हुँदै आफ्नो राजनीतिक यात्रा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.