राप्ती खबर

1255 Posts
नाबालिकालाई जबर्जस्ती करणी गर्ने एक ब्यक्ति पक्राउ

नाबालिकालाई जबर्जस्ती करणी गर्ने एक ब्यक्ति पक्राउ

इलाम। ११ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गर्ने इलाम चुलाचुली –६ तोरीबारी बस्ने ५१ वर्षीय हेमबहादुर विश्वकर्मा पक्राउ परेका छन् ।चैत १३ गते अन्दाजी दिउँसो ४ बजे किराना पसलमा सामान किन्न गएको बेला एक्लै मौका पारी उनले नाबालिकालाई जवर्जस्ती करणी गरेको आरोप लागेको हो । आज बिहान पीडितका दाजुले घटनाबारे जानकारी गराउनसाथ प्रहरी चौकी पेल्टिमारीबाट प्रहरी टोली खटिएर पीडकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय इलाममा राखी थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जीव बोगटीले जानकारी दिएका छन्।
Read More
श्रीमतीको हत्या गर्ने श्रीमान प्रकाउ

श्रीमतीको हत्या गर्ने श्रीमान प्रकाउ

इलाम। १९ वर्षीय श्रीमती विमला कट्टेलको हत्या गरी गाड्ने फाकफोकथुम गाउँपालिका-३, इलामका २५ वर्षीय उमेश गिरीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ। गत फागुन २९ गते राति घरबाट अलि पर श्रीमतीसँगै गएर मुक्का प्रहार गरी श्रीमती लडेपछि घाँटी थिचेर हत्या गरेपछि कच्ची सडकबिचमा खाल्डो खनेर पुरेको बयान दिएका छन् । एक्साभेटर चालक रहेका गिरीले के कारणले पत्नीको हत्या गरे भन्ने विषय खुल्न सकेको छैन । प्रहरीले मृतकको शव निकालेर पोस्टमार्टमको लागि धरानस्थित वी.पी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको छ ।
Read More
नेकपा पोलिट व्युरोको बैठक सुरु

नेकपा पोलिट व्युरोको बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको पोलिट ब्युरो बैठक आज सुरु भएको छ । बैठकलाई सम्बोधन गर्दै पार्टीका महासचिव विप्लव सीले वर्तमान समस्याहरुको समाधान पश्चगमन र यथास्थिति नभई नेपाली विशेषताको समाजवाद भएको बताएका छन् । काठमाडौँमा आज दिउँसोदेखि सुरु भएको बैठकमा विप्लवले बैठकको अध्यक्षता गर्दै नेपाली जनता अग्रगमनको पक्षमा रहेको बताएका छन् । नेपालमा पश्चगमनका पक्षमा केही राजावादीहरु सल्बलाएको भन्दै यसबारे विशेष निर्णय लिन पार्टी पोलिट ब्युरोको आकस्मिक बैठक बसेको बताए । बैठकमा राजावादीहरुको आन्दोलनबारे छलफल गर्ने, निर्वाचन आयोगमा पार्टी दर्ताको विषयमा छलफल गर्ने, ध्रुवीकरणबाट आएका नेताहरुको कार्यविभाजन गर्ने, सामनाले संचालन गर्ने सांस्कृतिक अभियानबारे छलफल हुने, देशभर आमसभा, गोष्ठी गर्नका लागि…
Read More
महत्त्वपूर्ण निर्णय गर्दै समाजवादी मोर्चा नेपालको बैठक सम्पन्न

महत्त्वपूर्ण निर्णय गर्दै समाजवादी मोर्चा नेपालको बैठक सम्पन्न

काठमाडौँ । समाजवादी मोर्चा नेपालले पूर्व राजावादी समूहबाट भएको क्षतिको उनीहरुबाटै असुल उपर गरी न्याय दिलाउन सरकारसँग माग गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टी सम्मिलित मोर्चाको आज नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको बैठकले उक्त निर्णय गरेको नेकपाका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले जानकारी दिए । प्रकाण्ड सीका अनुसार नेकपाका महासचिव विप्लवको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकले पूर्व राजावादी समूहबाट चैत्र १५ गते भएको क्षति असुल उपर गरी न्याय दिलाउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने निर्णय गरेको छ ।जसले क्षति गराइएको हो उसैबाट पीडितलाई क्षतिपूर्ति…
Read More
कटहरिया नगरपालिकामा हाकिम बिर बहादुर साह हाजिर

कटहरिया नगरपालिकामा हाकिम बिर बहादुर साह हाजिर

रौतहट। हाकिम विहीर रहेको कटहरिया नगरपालिकामा हाकिम हाजिर भएको छ । रौतहट जिल्लाको कटहरिया नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा बिर बहादुर साह लहेरी कार्यालयमा हाजिर हुनु कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालले जानकारी दिए। कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवाल , सहित वडाध्यक्षहरू र कार्यालयका कर्मचारीहरूको उपस्थितिमा आईतबार साहलाई कार्यालयमा हाजिर गराएको हो। कार्यालयमा नगर प्रमुख जैसवालले साहलाई फुलमाला टीका लगाई खादा ओढाई स्वागत गरेका थिए। कार्यालयमा हाजिर भएपछि साहले सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने बताए। नियमानुसार महसुस हुने गरी सर्वसाधारण नागरिकलाई सेवा दिन कार्यालय प्रमुख साहले कर्मचारीहरूलाई निर्देशन दिने बताए। यस…
Read More
अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती

अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई एक चुनौती दिएका छन्। उनले शनिबार बसेको कार्य सम्पादन समितिको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकार सञ्चारकर्मीहरूमाझ यस्तो कुरा बताएको हो। सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उनले पूर्व राजालाई पक्राउ गरेर देखाउन राज्यलाई चुनौती दिएका हुन्। हामीले राजाको नाम लिएर अब आउने ८४ मा आउने चुनावलाई सजिलो बनाउन राजाको नाम चाहेको होइन उनले बताए। उनी भन्छन्; राजालाई हामीले मात्र बोकेको होइनन् जसले पनि बोक्न सक्छन्। यसमा हामीले कुनै पनि व्यक्तिगत फाइदा र व्यक्तिको स्वार्थ प्रयोजनको लागि राजसंस्थाको पुनर्बहाली माग गरेको होइन। राजा ल्याउने सन्दर्भमा टिकाटिप्पणी गर्नु कुनै पनि विवादमा राजालाई…
Read More
पत्रकार सुरेश रजकको आगलागीको कारण पूर्व सञ्चारकर्मी एनी कुँवरले गरिन खुलासा

पत्रकार सुरेश रजकको आगलागीको कारण पूर्व सञ्चारकर्मी एनी कुँवरले गरिन खुलासा

काठमाडौँ। पत्रकार एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन रहेका सुरेश रजक शुक्रबार राजावादी प्रदर्शनकारीहरूले लगाएको आगोमा जलेर निधन हुनुअघि उनको कोठा नजिकै देखिएकी युवती भने पूर्व सञ्चारकर्मी अनिता कुँवर (एनी) रहेको खोलेको छ। उक्त घटनापछि उनले आफूले आगो निभाउन हरदम प्रयास गरेको र सुरक्षाका निकायलाई बारबार खबर गरेको बताइन्। सामाजिक सञ्जालमा देखिएका भिडियो फुटेजमा स्पष्ट देखिएको छ कि घटनाको क्रममा पत्रकार रजक कोठाभित्र थुनिएको देखिएको छ। भने कुँवर र अर्का एक व्यक्ति भर्याङबाट तल ओलिरहेका देखिन्छन्। कुँवरले घटनाका बेला सबैलाई जानकारी गराउनका निम्ति सामाजिक सञ्जाल फेसबुक लाइभ गर्दै आगलागि बारे जानकारी गराउँदै सो घटनालाई नियन्त्रणका लागि उनले लाइभबाटै गुहार मागेकी बताइन्। परिस्थितिलाई…
Read More
पत्रकार हत्याराको विरोधमा हेटौंडामा ऐक्यबद्धता जनाउँदै विरोध प्रदर्शन

पत्रकार हत्याराको विरोधमा हेटौंडामा ऐक्यबद्धता जनाउँदै विरोध प्रदर्शन

हेटौंडा। शुक्रबार काठमाडौँको तिनकुनेमा भएको राजावादीको आन्दोलनमा भएको पत्रकार हत्या र संचार गृह तथा सञ्चारकर्मीमाथि सांघातिक हमला भएको विरुद्धमा आज हेटौडा पनि उक्त घटनालाई लिएर ऐक्यबद्धता जनाउँदै हेटौडाका पत्रकारहरुले विरोध सभा गरेका छन्। एभिन्यूज टेलिभिजनका क्यामरा पर्सन पत्रकार सुरेश रजकको हत्याराको विषयलाई ऐक्यबद्ध जनाउँदै हेटौडाका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुले पनि विरोध जनाउँदै सीमाचोकमा गएर विभिन्न प्लेकार्डहरू बोकेर विरोध जनाएका छन्। विरोधसभामा पुगेका प्रत्येक पत्रकार साथीहरुले प्लेकार्डमा लेखेका छन् "प्रेस स्वतन्त्रता जिन्दाबाद,पत्रकार सुरक्षाको ग्यारेन्टी गर हार्दिक श्रद्धाञ्जली सुरेश" जस्ता प्लेकार्डहरू बोकेर सिमाचोकमा पुगेर विरोध सभा हेटौंडाका पत्रकारहरुले गरेका थिए।
Read More
राप्रपाले आफ्ना नेताहरूलाई छुटाउन अल्टिमेटम २४ घण्टे आदेश दिए

राप्रपाले आफ्ना नेताहरूलाई छुटाउन अल्टिमेटम २४ घण्टे आदेश दिए

काठमाडौँ। राप्रपाले पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डाक्टर धवल शमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम आदेश दिएको छ। आज बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले दुई नेता लगायत अन्य कार्यकर्ताहरूलाई पनि २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम आदेश दिएको विशेष बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले सञ्चारकर्मीहरू माझ जानकारी गराएका थिए। यदि २४ घण्टाभित्र रिहा नगरिए राप्रपाले देशभर विरोधका कार्यक्रमहरू अझ चुस्त दुरुस्त तरिकाबाट गर्ने र त्यसलाई आन्दोलनका रूपमा उठाएर लैजाने निर्णय गरेको उनले बताए।
Read More
माइतीघर मण्डलामा पत्रकार सुरेश रजकको हत्यारालाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

माइतीघर मण्डलामा पत्रकार सुरेश रजकको हत्यारालाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

काठमाडौँ। आज काठमाडौँमा पत्रकार सुरेश रजकको हत्यारालाई कारबाहीको माग गरी पत्रकारहरूले विरोध प्रदर्शन गरेका छन्। बिहान माइतीघर मण्डलामा पुगेका विभिन्न मिडियाहरूमा आबद्ध रहेका पत्रकार साथीहरूको भेला भएर शुक्रबार भएको पत्रकार रजकको हत्यालाई विरोध जनाउँदै पत्रकारहरुले प्रयोग गर्ने क्यामराहरु सडकमा राखेर घटनाको विरोध प्रदर्शन गरेका थिए। एभिन्यूज टेलिभिजनको क्यामरा पर्सन रहेका पत्रकार रजकको हत्यारालाई कारबाहीको माग राख्दै विभिन्न ठाउँबाट आएका पत्रकार साथीहरुले उक्त घटनालाई ऐक्यबद्धता जनाउँदै विरोध सभा गरेका हुन्।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.