२०८२ मंसिर १५, सोमबार २०:३१
२०८२ मंसिर १५, सोमबार २०:३१
काठमाडौँ, मंसिर १५ गते । चुनावी सरकारका तीन मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङले पद कायम राख्दै चुनावी प्रतिस्पर्धामा उत्रिने संकेत दिएपछि नयाँ राजनीतिक तरंग उत्पन्न भएको छ। उनी मन्त्री पदमै रहँदै निर्वाचनमैदानमा प्रवेश गर्न खोजिरहेको भन्दै जेन जि मुभमेन्ट नेपालले कठोर प्रतिक्रिया व्यक्त गरेको छ। मुभमेन्टले सोमबार सार्वजनिक गरेको वक्तव्यमा घिसिङको कदम “लोकतान्त्रिक आचरण र राजनीतिक नैतिकतामाथि खुला प्रहार” भएको आरोप लगाइएको छ। मन्त्रीको हैसियतलाई ढाल बनाएर चुनावमा उत्रिन खोज्नु, आन्दोलनमा रगत बगाएका नयाँ पुस्ताको बलिदानमाथिको अपमान भएको जनाइएको छ। यता, प्रधानमन्त्री सुशीला कार्कीले “कुलमान घिसिङ नभएको भए सरकार नै चल्दैनथ्यो” भन्ने भनाइले पनि सरकारको निर्भरता र सत्ताको अस्वस्थ अभ्यास झल्किएको…