राप्ती खबर

1121 Posts
फरार बैंकिङ् कसुरका प्रतिवादी अदालतमा पेश

फरार बैंकिङ् कसुरका प्रतिवादी अदालतमा पेश

हेटौडा, मंसिर ४ गते । बैंकिङ् कसुर सम्बन्धी मुद्दामा तीन वर्ष कैद सजाय तथा रु ३०,००० जरिवाना तोकिएका फरार प्रतिवादी रिजय कुमार लामालाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ। मकवानपुर हेटौडा उपमहानगरपालिका–१५ बस्ने ३१ वर्षीय लामालाई खोजतलासका क्रममा प्रहरीले पक्राउ गरेको हो। सम्मानित मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट जारी फैसला कार्यान्वयनका क्रममा फरार रहेका उनलाई अदालतको आदेशअनुसार आवश्यक कारबाहीका लागि आजै जिल्ला अदालतमा प्रस्तुत गरिएको प्रहरीले जनाएको छ।
Read More
सिमरामा संयोजकमाथि हातपात गर्ने अभियुक्त पक्राउ नभए देशव्यापी विरोध गर्ने चेतावनी

सिमरामा संयोजकमाथि हातपात गर्ने अभियुक्त पक्राउ नभए देशव्यापी विरोध गर्ने चेतावनी

काठमाण्डौं, मंसिर ४ गते । हामी नेपाल संगठनले सिमरामा भएको हातपात प्रकरणको विरोधमा कडा चेतावनी दिएको छ। संगठनका संयोजक सुदन गुरुङले आफ्नो सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्ति–सदृश स्टाटसमा सिमरा क्षेत्रका जिल्ला संयोजक सम्राट उपाध्यायमाथि शान्तिपूर्ण प्रदर्शनका क्रममा हात उठाउने मुख्य अभियुक्तलाई भोलि बिहान १० बजेसम्ममा पक्राउ नगरे आन्दोलन तीव्रतर रूपमा अघि बढाइने बताएका हुन्। उनका अनुसार, घटनाका प्रत्यक्षदर्शी, भिडियो सामग्री तथा स्थानीय साक्षीहरूले पहिचान गरेको मुख्य अभियुक्त अझै फरार रहेको र प्रहरीले सक्रियता नदेखाएको आरोप लगाइएको छ। संयोजक गुरुङले थप चेतावनी दिँदै भने, “समयसीमा भित्र कारबाही प्रक्रिया अघि नबढाइए देशव्यापी विरोध कार्यक्रम सुरु हुनेछ, यसको समस्त जिम्मेवारी सम्बन्धित सुरक्षायन्त्रले लिनुपर्छ।”…
Read More
धादिङमा ‘स्व. मनोज श्रेष्ठ स्मृति कप’ महिला भलिबल प्रतियोगिता पौष ९ देखि

धादिङमा ‘स्व. मनोज श्रेष्ठ स्मृति कप’ महिला भलिबल प्रतियोगिता पौष ९ देखि

धादिङ, मंसिर ४ गते । बागमती प्रदेश अन्तर जिल्ला महिला भलिबल प्रतियोगिता आगामी पौष ९ देखि १२ गतेसम्म धादिङबेशीमा हुने भएको छ। धादिङ जिल्ला भलिबल संघको आयोजनामा आयोजना हुन लागेको यो प्रतिष्पर्धा ‘स्व. मनोज श्रेष्ठ स्मृति कप २०८२’ अन्तरगत सञ्चालन हुनेछ। महिला भलिबलको विकास, विस्तार तथा नयाँ प्रतिभाको पहिचानलाई लक्षित गरी प्रतियोगिता अघि सारिएको संघका अध्यक्ष अमृत गुरूङले जानकारी दिए। उनको अनुसार प्रतियोगितामा विजेता टिमले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ। त्यस्तै, उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र र तृतीय हुने टोलीले ५० हजार रुपैयाँसहितका पुरस्कार प्राप्त गर्नेछन्। धादिङ जिल्लाको भलिबल इतिहासमा महत्वपूर्ण योगदान पुगेका पूर्व…
Read More
मकालु बे‌स क्याम्प नजिक दोलखाका आरोही अरुण कार्कीको निधन, हेलिकोप्टरमार्फत उद्धार

मकालु बे‌स क्याम्प नजिक दोलखाका आरोही अरुण कार्कीको निधन, हेलिकोप्टरमार्फत उद्धार

दोलखा, मंसिर ४ गते । दोलखा जिल्लाको मेलुङ गाउँपालिका–७ का ४३ वर्षीय अरुण कार्कीको मकालु बेस क्याम्प क्षेत्रमा मृत्यु भएको छ। मंसिर १ गते घुम्न मकालु क्षेत्र पुगेका कार्की उच्च हिमाली उचाइमा स्वास्थ्य समस्या देखिएपछि निधन भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले पुष्टि गरेको छ। घटना थाहा पाएपछि प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट उद्धार टोली खटिएको थियो। टोलीले मंसिर ३ गते हेली एभरेष्टको हेलिकप्टरमार्फत कार्कीको शव बेस क्याम्पबाट उठाई संखुवासभा हुँदै काठमाडौं पठाएको जनाएको छ। उद्धार गरिएको शवलाई कानुनी प्रक्रिया अनुसार पोस्टमार्टमका लागि भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।
Read More
कुलेखानी–फाखेल सडकमा पिच कार्य आजबाट सुरु

कुलेखानी–फाखेल सडकमा पिच कार्य आजबाट सुरु

मकवानपुर, मंसिर ४ गते । मकवानपुर जिल्लामा पर्ने कुलेखानी–फाखेल सडक खण्डमा पिच गर्ने काम आजबाट औपचारिक रूपमा सुरु गरिएको छ। कुलेखानी साइटबाट अगाडिको हिस्सा पिच हुन बाँकी रहेको उक्त सडक खण्डमा लामो समयदेखिको प्रतिक्षा समाप्त गर्दै निर्माण कार्य अघि बढाइएको हो। स्थानीयको आवागमन सहज बनाउने उद्देश्यका साथ सुरु गरिएको पिच कार्यले यातायात सञ्चालनमा समेत थप सहजता आउने अपेक्षा गरिएको छ। सम्बन्धित निकायका अनुसार तोकिएको समयमा काम सम्पन्न गरी सडकलाई पूर्णरूपमा प्रयोजनयोग्य बनाउन पहल गरिएको छ। सडक स्तरोन्नतिको काम सुरु भएपछि स्थानीय बासिन्दाहरूले खुशी व्यक्त गरेका छन्। उनीहरूका अनुसार पिच सडकले दैनिक जीवनयापनदेखि आर्थिक गतिविधि सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
Read More
मार्गशीर्ष कृष्ण आमावास्यामा पशुपतिनाथका दुर्लभ धरोहर सर्वसाधारणका लागि खुला

मार्गशीर्ष कृष्ण आमावास्यामा पशुपतिनाथका दुर्लभ धरोहर सर्वसाधारणका लागि खुला

काठमाण्डौं, मंसिर ४ गते । पशुपति क्षेत्र विकास कोषले मार्गशीर्ष कृष्ण आमावास्याको अवसर पारेर भगवान् पशुपतिनाथसँग सम्बन्धित अतिदुर्लभ एवं प्राचीन धरोहरहरू सार्वजनिक दर्शनका लागि प्रदर्शनमा राखेको छ। नागमणि, मुकुट, कवच, एकमुखे रुद्राक्ष लगायतका महत्वपूर्ण सामग्रीहरू बिहीबार बिहान ९ बजेदेखि ११:१५ बजेसम्म सर्वसाधारणले अवलोकन गर्न पाएका छन्। कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र आमावास्याका दिन यी धरोहरहरू जनदर्शनका लागि सार्वजनिक गर्ने परम्परा जोगाउँदै आएको छ। यस वर्ष पनि सुरक्षा निकायको सहयोगमा उक्त सामग्रीहरू सुरक्षित रूपमा प्रदर्शनीमा राखिएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए। धार्मिक आस्था र संस्कृतिसँग जोडिएका यी धरोहरहरूको वार्षिक अवलोकनले भक्तजनमा उत्साह थपिएको कोषले जनाएको छ। नागमणि,…
Read More
पाँचखालमा बसको ठक्करबाट घाइते वृद्धको निधन, आक्रोशित स्थानीयद्वारा राजमार्ग अवरुद्ध

पाँचखालमा बसको ठक्करबाट घाइते वृद्धको निधन, आक्रोशित स्थानीयद्वारा राजमार्ग अवरुद्ध

काभ्रेपलान्चोक, मंसिर ४ गते । काभ्रेपलान्चोकको पाँचखालमा बसको ठक्करबाट घाइते भएका एक स्थानीय बुढेशकालीन नागरिकको उपचारका क्रममा मृत्यु भएपछि स्थानीयवासी आन्दोलित बनेका छन्। मृतकका आफन्त तथा स्थानीयहरूले न्याय माग गर्दै अरनिको राजमार्ग अवरुद्ध गरेका छन्। सिन्धुपाल्चोकको चौताराबाट काठमाडौंतर्फ गइरहेको अरनिको यातायातको बा २ ख ६५७९ नम्बरको बसले पैदलयात्री ७० वर्षीय दिल बहादुर श्रेष्ठलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। तीनधारे ‘माईला’ उपनामले परिचित श्रेष्ठ दुर्घटनापछि गम्भीर घाइते भएका थिए। उपचारका क्रममा निधन भएपछि स्थानीयले दोषीमाथि कडा कारबाही र क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध गरेका हुन्। राजमार्ग बन्द हुँदा यातायात आवागमन प्रभावित भएको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीले थप सुरक्षाकर्मी परिचालन…
Read More
सिमरा घटनाप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण, शान्ति–सुरक्षा कायम गर्न सबैलाई संयमता अपनाउन आग्रह

सिमरा घटनाप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण, शान्ति–सुरक्षा कायम गर्न सबैलाई संयमता अपनाउन आग्रह

काठमाण्डौं, मंसिर ३ गते । नेपाल सरकार गृहमन्त्रालयले बारा जिल्लाको सिमरामा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिँदै शान्ति–सुरक्षा कायम गर्न स्थानीय प्रशासनले आवश्यक कदम चालिरहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार स्थिति क्रमशः सामान्य हुँदै गएको छ। विज्ञप्तिमा उल्लेख भएअनुसार वर्तमान सरकार तोकिएको मितिमै निर्वाचन सम्पन्न गराउँदै मुलुकमा शान्ति व्यवस्था र अमन–चयन कायम राख्न कटिबद्ध रहेको स्पष्ट गरिएको छ। यसका लागि सबै पक्षबीच आपसी संवाद, समन्वय र सहयोग अपरिहार्य रहेको मन्त्रालयको भनाइ छ। यस्तै, कुनै पनि आयोजनाबद्ध कार्यक्रमहरू सञ्चालन गर्दा स्थानीय प्रशासनसँग समन्वय गरी शान्तिपूर्ण, मर्यादापूर्वक र सुव्यवस्थित ढंगले अघि बढाउन मन्त्रालयले…
Read More
हेटौडामा घर फोरेर चोरी गर्न लागेको व्यक्तिलाई स्थानीयको सहयोगमा पक्राउ

हेटौडामा घर फोरेर चोरी गर्न लागेको व्यक्तिलाई स्थानीयको सहयोगमा पक्राउ

हेटौडा, मंसिर ३ गते । मकवानपुरको हेटौडा उपमहानगरपालिका–६, भुलभुलेस्थित अर्जुन कुमार श्रेष्ठको घरमा चोरी प्रयास गर्ने क्रममा एक व्यक्ति पक्राउ परेको छ। प्रहरीका अनुसार हिजो साँझ करिब ८:२० बजे घरमा कोही नभएको अवसर पारेर ढोकाको लक फोडी भित्र पसेको अवस्थामा उक्त व्यक्ति नियन्त्रणमा लिइएको हो। बागमती गाउँपालिका–८, साततल्ले बस्ने ३९ वर्षीय दिलबहादुर स्याङ्तान NS मोटरसाइकल (ना.२–००७ प ६५१६) मा आएर चोरी गर्दै गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो। जानकारी पाएपछि प्रहरी चौकी चौघडाबाट खटिएको टोलीले स्थानीयको समन्वयमा उनलाई घटनास्थलमै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका स्याङ्तानलाई चोरी तथा डाँका सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि मकवानपुर जिल्ला अदालत, हेटौडाबाट…
Read More
NPL खेलाडीलाई आर्थिक प्रलोभन देखाई Betting गराउन खोज्ने दुई पक्राउ

NPL खेलाडीलाई आर्थिक प्रलोभन देखाई Betting गराउन खोज्ने दुई पक्राउ

काठमाण्डौं, मंसिर ३ गते । नेपाल प्रिमियर लिग (Nepal Premier League) मा सहभागी खेलाडीलाई स्पोन्सर गर्ने बहाना बनाई आर्थिक प्रलोभनमा पारेर सट्टेबाजी (Betting)मा संलग्न गराउने प्रयास गर्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरू विभिन्न क्लबका खेलाडीसँग सम्पर्क गर्दै “स्पोन्सर गर्छौँ” भनी आकर्षक आर्थिक प्रस्ताव राखेर खेलमा अनियमितता गराउने उद्देश्यले सट्टेबाजीमा सहभागी गराउने प्रयत्न गर्दै आएका थिए। खेलकुद क्षेत्रलाई प्रभावित पार्ने उद्देश्यले गरिएको यस्तो आपराधिक क्रियाकलापबारे गोप्य सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। त्यसक्रममा संलग्न दुई जनालाई विशेष निगरानीपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। हाल पक्राउ परेकामाथि आवश्यक अनुसन्धान जारी रहेको र यस्ता गैरकानुनी क्रियाकलापमा संलग्न…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.