राप्ती खबर

1121 Posts
हेटौडामा जेन जि आन्दोलनका पाँच सदस्य पक्राउ, ३ जनामाथि लुटपाट मुद्दामा म्याद थप

हेटौडामा जेन जि आन्दोलनका पाँच सदस्य पक्राउ, ३ जनामाथि लुटपाट मुद्दामा म्याद थप

हेटौडा, कात्तिक २६ गते । जेन जि आन्दोलनका नाममा तोडफोड र आगजनी गरेको आरोपमा मकवानपुर प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेकामध्ये तीन जनालाई अपराधिक उपद्र र लुटपाट मुद्दामा अदालतबाट म्याद थप गरिएको छ। प्रहरीले बाँकी दुई जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले हेटौडा क्षेत्रमा पछिल्ला दिनमा भएका तोडफोड र आगजनीका घटनामा यी व्यक्तिहरूको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानले देखाएको बताएको छ। जिल्ला प्रहरी कार्यालयका अधिकारीका अनुसार शान्ति सुरक्षा कायम गर्न थप सुरक्षाकर्मी परिचालन गरिएको छ र आन्दोलनका नाममा हिंसात्मक गतिविधि सह्य नहुने चेतावनी पनि दिइएको छ।
Read More
भारतसँगको विद्युत् सम्झौतामा अनियमितता : जेन जि मुभमेन्टको सरकारलाई कडा चेतावनी

भारतसँगको विद्युत् सम्झौतामा अनियमितता : जेन जि मुभमेन्टको सरकारलाई कडा चेतावनी

काठमाडौं, कात्तिक २६ गते । जेन जि मुभमेन्ट नेपालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालमाथि भारतको कम्पनी पीटीसी इन्डिया सँग गैरकानुनी विद्युत् खरिद सम्झौता गरेको आरोप लगाउँदै ती दुबै जनाविरुद्ध कडा कारबाहीको माग गरेको छ। मुभमेन्टका अनुसार करिब ४३ करोड रुपैयाँ बराबरको यो सम्झौता विद्युत् नियमन आयोगको स्वीकृति बिना गरिएको र यसले “राष्ट्रिय स्वाधीनता तथा सार्वजनिक हितमाथि प्रत्यक्ष प्रहार” गरेको छ। सङ्गठनले सार्वजनिक गरेको प्रेस वक्तव्यमा भनिएको छ, “मन्त्री र प्राधिकरण प्रमुखको मिलेमतोमा गरिएको यो सम्झौता राष्ट्रघाती र भ्रष्टाचारको स्पष्ट उदाहरण हो।” वक्तव्यमा यो घटनालाई “देशको स्वार्थ बेच्ने आपराधिक कदम” भन्दै…
Read More
नेपाल कम्युनिस्ट पार्टी समाजवादी मोर्चाबाट अलग, नयाँ राजनीतिक पुनर्संरचनाको संकेत

नेपाल कम्युनिस्ट पार्टी समाजवादी मोर्चाबाट अलग, नयाँ राजनीतिक पुनर्संरचनाको संकेत

काठमाडौं, कात्तिक २६ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले समाजवादी मोर्चाबाट औपचारिक रूपमा अलग भएको घोषणा गरेको छ। पार्टीका महासचिव विप्लवसीले बुधबार जारी वक्तव्यमा मोर्चाको औपचारिक समाप्तिसँगै नेकपा अलग भएको जानकारी दिएका हुन्। २०८० सालमा राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण, जन जीविकाको संरक्षण र भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने उद्देश्यका साथ बनेको समाजवादी मोर्चाले केही महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गरे पनि, अपेक्षित गति लिन नसकेको नेकपाको निष्कर्ष वक्तव्यमा उल्लेख गरिएको छ। वक्तव्यमा भनिएको छ, “जिन जि विद्रोहपछि नेपालको राजनीतिक परिवेशमा व्यापक रूपान्तरण आएको छ। नयाँ राजनीतिक बहस र एकताको आवश्यकता तीव्र रूपमा महसुस भएको अवस्थामा समाजवादी मोर्चाको औपचारिक भूमिका समाप्त भएको हाम्रो…
Read More
त्रिवि किर्तिपुरमा २५ दिनको श्रमदानपछि जंगल सफा — मन्त्री डा. महावीर पुनको पहलमा सुन्दर पार्क बन्ने तयारी

त्रिवि किर्तिपुरमा २५ दिनको श्रमदानपछि जंगल सफा — मन्त्री डा. महावीर पुनको पहलमा सुन्दर पार्क बन्ने तयारी

काठमाडौं, कात्तिक २६ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वैज्ञानिक डा. महावीर पुनले सामाजिक सञ्जालमार्फत त्रिभुवन विश्वविद्यालय, किर्तिपुर परिसरभित्र करिब ३५० रोपनी क्षेत्रफलमा फैलिएको जंगल क्षेत्रमा श्रमदान गर्न स्थानीय बासिन्दा र विश्वविद्यालयका विद्यार्थीहरुलाई आह्वान गरेका छन्। उहाँको आह्वानपछि सुरू गरिएको श्रमदान अभियान अन्तर्गत करिब २५ दिनको निरन्तर प्रयासमा श्रमदाताहरूद्वारा त्यहाँको झाडी लगभग पूर्ण रूपमा फडानी गरिएको छ। अभियानमा सहभागी हुने अधिकांश श्रमदाताहरू बाहिरी जिल्लाबाट आएका स्वयंसेवक रहेका छन्। डा. पुनका अनुसार अब उक्त क्षेत्रलाई हरियाली, सफाइ र सार्वजनिक उपयोगका लागि सुन्दर पार्कका रूपमा विकास गर्ने योजना बनिरहेको छ। यस परियोजनाबाट विश्वविद्यालय परिसरभित्रको वातावरण सुधार हुनुका साथै विद्यार्थी र स्थानीय…
Read More
पूर्वमन्त्री आफताव आलमको निधनमा रौतहटका चार नगरपालिकामा शोक बिदा

पूर्वमन्त्री आफताव आलमको निधनमा रौतहटका चार नगरपालिकामा शोक बिदा

रौतहट, कात्तिक २३ गते । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमको निधनप्रति सम्मानस्वरूप रौतहट जिल्लाका चार नगरपालिकामा आइतबार एकदिने शोक बिदा दिइएको छ। शनिबार बिहान २ः५८ बजे काठमाडौँको केएमसी अस्पताल, सिनामङ्गलमा उपचारका क्रममा पूर्वमन्त्री आलमको निधन भएपछि राजपुर, परोहा, इशनाथ र बौधीमाइ नगरपालिकाले आफ्ना मातहतका कार्यालय तथा शिक्षण संस्थाहरू आइतबार बन्द राख्ने निर्णय गरेका हुन्। राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरद्वारा जारी सूचनाअनुसार नगर प्रमुख मोहम्मद डा. राजिक आलमका पिता एवम् पूर्वमन्त्री आलमको निधनमा नगरपालिकाभर शोक बिदा दिइएको छ। त्यस्तै, परोहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज अहमदले जारी सूचना मार्फत् रौतहट क्षेत्र नं. २ का पूर्व…
Read More
जेन जी आन्दोलनपछि सहयोगको उदाहरण : कमल गाउँपालिकाद्वारा तीन सवारी साधन हस्तान्तरण

जेन जी आन्दोलनपछि सहयोगको उदाहरण : कमल गाउँपालिकाद्वारा तीन सवारी साधन हस्तान्तरण

झापा, कमल गाउँपालिका, कात्तिक २२ गते । जेन जी आन्दोलनका कारण देशभरका स्थानीय तहहरू अस्तव्यस्त भइरहेका बेला झापाको कमल गाउँपालिकाले सहयोगको नयाँ उदाहरण प्रस्तुत गरेको छ। आन्दोलनका क्रममा सवारी साधन नष्ट भएका छिमेकी पालिकाहरू र प्रहरी कार्यालयलाई तीनवटा सवारी साधन प्रदान गरेर कमल गाउँपालिका प्रदेशकै नमुना पालिका बनेको हो। गाउँपालिकाले गौरादह नगरपालिकालाई को.बा.झ. ८४७६ नम्बरको स्कोर्पियो, दमक नगरपालिकालाई प्रदेश १–०१÷०२–००१ झ २७६, र इलाका प्रहरी कार्यालय दमकलाई प्रदेश १–०१÷०१–झ ७३० नम्बरका स्कोर्पियो गाडी उपलब्ध गराएको अध्यक्ष हुकुमसिंह राईले बताएका छन्। अध्यक्ष राईका अनुसार, “छिमेकी पालिकाहरू अप्ठेरोमा परेका बेला सहयोग गर्नु हाम्रो कर्तव्य हो। यसै भावनाले हामीले सवारी साधनहरू प्रदान गरेका…
Read More
गोकर्णेश्वर नगरपालिकाबाट प्रहरी वृत्त बौद्धलाई दुई मोटरसाइकल र ट्राफिक सामग्री हस्तान्तरण

गोकर्णेश्वर नगरपालिकाबाट प्रहरी वृत्त बौद्धलाई दुई मोटरसाइकल र ट्राफिक सामग्री हस्तान्तरण

काठमाडौँ, कात्तिक २२ गते । गोकर्णेश्वर नगरपालिकाले प्रहरी वृत्त बौद्धलाई दुई थान मोटरसाइकल र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विभिन्न सामग्री हस्तान्तरण गरेको छ। नगरपालिकाद्वारा आयोजित विशेष कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईको उपस्थितिमा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालले उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन्। नगर प्रमुख रिसालले नगर क्षेत्रको ट्राफिक व्यवस्थापन सुदृढ बनाउन र प्रहरी सेवाको कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले सहयोग गरिएको बताए। कार्यक्रममा उपस्थित प्रहरी उपरीक्षक भट्टराईले गोकर्णेश्वर नगरपालिकाको सहयोगप्रति आभार व्यक्त गर्दै प्रहरी सेवा अझ प्रभावकारी र जनमुखी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे।
Read More
नेपाली कम्युनिस्ट पार्टीको बैठक: सबै प्रदेशमा ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने निर्णय

नेपाली कम्युनिस्ट पार्टीको बैठक: सबै प्रदेशमा ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने निर्णय

काठमाडौँ, कात्तिक २२ गते । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले आगामी राजनीतिक गतिविधि र संगठन सुदृढीकरणका लागि महत्वपूर्ण निर्णयहरू गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले सबै प्रदेशहरूमा ‘एकता सन्देश सभा’का कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्। बैठकले घोषित निर्वाचनको तयारीलाई व्यवस्थित र प्रभावकारी ढंगले अभियानका रूपमा अगाडि बढाउने निर्णय पनि गरेको छ। साथै, पार्टी अन्तर्गतका जनवर्गीय संगठन, मोर्चा तथा सहायक संगठनहरूलाई सम्बन्धित तहका पार्टी संरचनासँग समन्वय गरी जनपरिचालन गर्न निर्देशन दिइएको छ। पार्टीले देशभर संगठनात्मक एकता, जनसहभागिता र निर्वाचन तयारीलाई सुदृढ बनाउन यस अभियानलाई केन्द्रीय महत्वका रूपमा…
Read More
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन, तीन दिनसम्म कांग्रेस कार्यालयमा शोक मनाइने

पूर्वसांसद मोहम्मद अफताब आलमको निधन, तीन दिनसम्म कांग्रेस कार्यालयमा शोक मनाइने

काठमाडौँ, कात्तिक २२ गते । नेपाली कांग्रेसका पूर्वसांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन भएको छ। ६३ वर्षीय आलमको कात्तिक दोस्रो सातादेखि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा उपचार हुँदै आएको थियो। मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका आलमको गयराति २ बजेर ५८ मिनेटमा निधन भएको कांग्रेसका नेता देवप्रसाद तिमल्सिनाले पुष्टि गरेका छन्। गत जेठमा नक्खु कारागारबाट छुटेका आलमलाई केही समयअघि ब्रेन स्ट्रोक भएको थियो। उनी लामो समयदेखि स्वास्थ्य समस्या भोग्दै आएका थिए। २०६४ सालको संविधानसभा निर्वाचन तयारीका क्रममा भएको बम विस्फोट घटनामा संलग्नताको आरोपमा रौतहट जिल्ला अदालतले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो। उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली…
Read More
नेकपा (एमाले) हेटौँडा–१० मा वडास्तरीय जनभेला तथा अन्तर्क्रिया कार्यक्रम हुने

नेकपा (एमाले) हेटौँडा–१० मा वडास्तरीय जनभेला तथा अन्तर्क्रिया कार्यक्रम हुने

हेटौँडा, कात्तिक २१ गते । नेकपा (एमाले) हेटौँडा उपमहानगरपालिका–१० वडा कमिटीको आयोजनामा वडास्तरीय जनभेला तथा अन्तर्क्रिया कार्यक्रम हुने भएको छ। पार्टीका जिल्ला कमिटीका सदस्य, जिल्ला प्रतिनिधि परिषद् सदस्य, नगर कमिटीका सदस्य, नगर परिषद् सदस्य, जनवर्गीय संगठनका पदाधिकारी, संगठित सदस्यहरू लगायत आम नागरिकलाई कार्यक्रममा अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ। कार्यक्रम २०८२ साल कात्तिक २२ गते बिहान ११:३० बजे स्थान होटेल प्रकाशको सभा हलमा तय गरिएको छ। वडा कमिटीले जारी गरेको सूचनामा आमा–बुबा, दाजुभाइ, दिदीबहिनी लगायत सम्पूर्ण कमरेडहरूलाई एकताबद्ध भएर सहभागी हुन हार्दिक अनुरोध गरिएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.