२०८२ जेष्ठ १३, मंगलवार २०:५७
२०८२ जेष्ठ १३, मंगलवार २०:५७
उर्लाबारी। उर्लाबारी–३ मा अवस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा अत्याधुनिक उपकरण थपिँदै सेवा विस्तारको प्रयास भइरहे पनि व्यवस्थापन पक्ष कमजोर रहँदा सेवाग्राहीहरू समस्यामा परिरहेका छन्। डाक्टरको अभाव, सेवा प्रवाहमा ढिलाइ र व्यवस्थापनको असहजताले गर्दा सस्तो र प्रभावकारी उपचारको आशामा अस्पताल पुगेका बिरामीहरू निराश हुँदै फर्किन बाध्य छन्। सेवाग्राही राजेन्द्र आचार्यले भने, “एक महिनाको थेरापी गर्नुपर्ने समस्यासहित गएका थियौं। तर दिनहुँ दर्ता प्रक्रियामै अल्झाइयो। एउटै दिनमा प्याकेज बिल काटिदिएको भए समय र खर्च दुवै जोगिन्थ्यो।” उनले थपे, “चेकजाँचका लागि तीन दिन कुर्नुपर्यो। ट्रमा सेन्टर भनिए पनि व्यवहारमा सेवा नपाउँदा यो नाम मात्रैको ट्रमा सेन्टर बनेको देखिन्छ।” अन्य सेवाग्राहीहरूले काउन्टरमा कर्मचारी…