२०८२ फाल्गुन १७, आईतवार १३:४९
२०८२ फाल्गुन १७, आईतवार १३:४९
हेटौँडा, फागुन १७ गते । हेटौंडा अस्पतालमा देखिएको बेथिति, लापरबाही तथा व्यवस्थागत कमजोरी विरुद्ध उठेको जनआन्दोलनको सन्दर्भमा अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले मतदातालाई सचेत भएर निर्णय गर्न आग्रह गरेको छ। सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको स्टाटसमा महतले हेटौंडा अस्पताल सुधारका लागि आफूहरू चुप नबसी हस्ताक्षर अभियान, शान्तिपूर्ण आन्दोलन र कानुनी प्रक्रियासम्म पुगेको उल्लेख गरेको छ। उनका अनुसार यो आन्दोलन कुनै व्यक्ति विशेषको स्वार्थका लागि नभई आम नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले गरिएको थियो। उक्त अभियानमा मकवानपुरका अधिकांश राजनीतिक दलहरूको समर्थन रहेको उल्लेख गर्दै महतले नेपाल कम्युनिस्ट पार्टी (विप्लव) र नेपाल कम्युनिस्ट पार्टी (माले) को विशेष साथ रहेको…