सशान्त तामाङ

385 Posts
निर्वाचनका बेला सामाजिक सञ्जाल दुरुपयोग नगर्न पत्रकारलाई प्रेस काउन्सिल नेपालको अपिल

निर्वाचनका बेला सामाजिक सञ्जाल दुरुपयोग नगर्न पत्रकारलाई प्रेस काउन्सिल नेपालको अपिल

काठमाडौँ, फागुन १२ गते । प्रेस काउन्सिल नेपालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा पत्रकार तथा सञ्चारकर्मीलाई पेशागत मर्यादामा रही कर्तव्य पालन गर्न आग्रह गरेको छ। काउन्सिलले कतिपय पत्रकार तथा सञ्चारकर्मीले सामाजिक सञ्जालमार्फत कुनै दल विशेष वा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्ने, मत दिन आह्वान गर्ने तथा विपक्षमा नकारात्मक टिप्पणी र दुष्प्रचार गर्ने सामग्री निरन्तर प्रसारण गरेको पाइएको जनाएको छ। २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सामाजिक सञ्जालमा देखिएको यस्ता गतिविधिप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको हो। पत्रकार आचारसंहिता २०७३ को दफा १४ अनुसार पत्रकार तथा सञ्चार माध्यमले प्रयोग गर्ने सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको प्रकृति अध्ययन र अनुगमन…
Read More
रास्वपा जस्ता राजनीतिक समूहमाथि प्रतिबन्ध आवश्यक, नत्र मुलुकको सार्वभौमिकता संकटमा पर्छ : बुद्धछिरिङ मोक्तान

रास्वपा जस्ता राजनीतिक समूहमाथि प्रतिबन्ध आवश्यक, नत्र मुलुकको सार्वभौमिकता संकटमा पर्छ : बुद्धछिरिङ मोक्तान

काठमाडौँ, फागुन १२ गते । राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वा सोही प्रकृतिका राजनीतिक समूहहरूलाई निषेध गर्नु अनिवार्य रहेको बताएका छन्। उनले लोकतन्त्रको नाममा घोटालावाजी र राज्यको अस्तित्व माथि खतरा निम्त्याउने समूहलाई छुट दिँदा दीर्घकालीन रूपमा राष्ट्रकै सार्वभौमिकतामा असर पर्ने चेतावनी दिएका हुन्। आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको स्टाटसमा मोक्तानले विश्वका लोकतान्त्रिक मुलुकहरूमा समेत लोकतान्त्रिक मूल्य–मान्यताविरुद्ध उभिने दल तथा समूहहरूमाथि कडा प्रतिबन्ध लगाइएको उदाहरण प्रस्तुत गरेका छन्। उनका अनुसार जर्मनी तथा युरोप का विभिन्न मुलुकहरूले नाजी पार्टी र कम्युनिष्ट पार्टीहरू माथि प्रतिबन्ध लगाएको इतिहास छ। त्यस्तै, थाईल्याण्ड, सिङ्गापुर, बंगलादेश र पाकिस्तान जस्ता मुलुकहरूले पनि लोकतान्त्रिक…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टी: नयाँ आशा कि योजनाबद्ध राजनीतिक प्रयोग? — बुद्धछिरिङ मोक्तान

राष्ट्रिय स्वतन्त्र पार्टी: नयाँ आशा कि योजनाबद्ध राजनीतिक प्रयोग? — बुद्धछिरिङ मोक्तान

काठमाडौँ, फागुन १२ गते । राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले राष्ट्रिय राजनीति र वैचारिक दिशाबारे गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको आफ्नो स्टाटसमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई केवल “नयाँ आशा”को नाममा प्रस्तुत गरिएको राजनीतिक प्रयोग हो कि योजना बद्ध राजनीतिक घोटाला (Scam) हो भन्ने प्रश्न उठाएका हुन्। मोक्तानले इतिहासले देखाइसकेको उदाहरण उल्लेख गर्दै “समाजवाद” भन्ने आदर्श व्यवहारमा धेरै ठाउँमा सत्ताकेन्द्रित संरचना र राजनीतिक घोटालामा रूपान्तरण भएको तर्क गरेका छन्। उनका अनुसार मार्क्सवाद, लेनिनवाद र माओवादजस्ता विचारधाराका प्रयोगहरू अन्ततः सत्ता केन्द्रित व्यवस्थामै सीमित हुन पुगे। उनले अर्कोतर्फ ऐतिहासिक र सभ्यतागत राज्यदृष्टिका विकल्पहरूमध्ये उदारवाद सापेक्ष रूपमा सफल राज्यदृष्टि सावित…
Read More
“दल होइन, व्यक्तिको मूल्यांकन गरौँ : सचेत मतदाता नै साँचो विकल्प” – विशाल राज महत

“दल होइन, व्यक्तिको मूल्यांकन गरौँ : सचेत मतदाता नै साँचो विकल्प” – विशाल राज महत

हेटौँडा, फागुन १० गते । सेवा सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियान्ता विशाल राज महतले अब राजनीतिक दलको नाम र नारामा होइन, व्यक्तिको विचार, व्यवहार र नैतिकताका आधारमा निर्णय गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो धारणा व्यक्त गर्दै उनले नेपाली जनताले पटक–पटक दल र चिन्ह परिवर्तन गरे पनि अवस्था नफेरिएकोप्रति प्रश्न उठाएका छन्। उनका अनुसार यसको मुख्य कारण दललाई प्राथमिकतामा राख्नु र व्यक्तिको वास्तविक कर्म, इतिहास र सार्वजनिक आचरणको मूल्यांकन नगर्नु हो। “हामीले नारामा विश्वास गर्यौँ, तर व्यवहार जाँच्न सकेनौँ,” उनले उल्लेख गर्दै पुराना दलमा अनुहार फेरिए पनि सोच नफेरिएको र नयाँ दलहरू पनि स्पष्ट सामाजिक योगदानबिना…
Read More
हेटौंडा–१६ मा शिवम सिमेन्टको धुलो–धुवाँबारे मुख्यमन्त्रीसँग छलफल, समाधानको आशा

हेटौंडा–१६ मा शिवम सिमेन्टको धुलो–धुवाँबारे मुख्यमन्त्रीसँग छलफल, समाधानको आशा

हेटौंडा, फागुन ७ गते । हेटौंडा–१६ मा अवस्थित शिवम सिमेन्ट उद्योगबाट निस्किने धुलो–धुवाँका कारण वडा नं. १६ र १७ का स्थानीय बासिन्दा तथा नजिकैको विद्यालय लामो समयदेखि प्रभावित हुँदै आएका छन्। वातावरणीय र स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएपछि यस विषयमा सचेत नागरिक अभियान समूह “सेवा, सहयोग र आवाजमा हामी हेटौंडा” ले निरन्तर आवाज उठाउँदै आएको थियो। सोही क्रममा आज बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाको कार्यकक्षमा अभियानकर्मी, स्थानीय जनप्रतिनिधि तथा उद्योग पक्षबीच छलफल सम्पन्न भएको छ। छलफलमा समस्याको गम्भीरता प्रस्तुत गर्दै दीर्घकालीन समाधानका उपायहरूबारे विस्तृत रूपमा चर्चा गरिएको थियो। अभियानका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले आफू कुनै राजनीतिक उम्मेदवार नभई…
Read More
स्वतन्त्र उम्मेदवार अमिक परियारद्वारा २८ बुँदे घोषणापत्र सार्वजनिक, ‘सुशासन, विकास र पारदर्शिता’ मूल नारा

स्वतन्त्र उम्मेदवार अमिक परियारद्वारा २८ बुँदे घोषणापत्र सार्वजनिक, ‘सुशासन, विकास र पारदर्शिता’ मूल नारा

हेटौँडा, फागुन ४ गते । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि "स्वतन्त्र उम्मेदवार मकवानपुर क्षेत्र नम्बर १ का अमिक परियार" ले आज हेटौंडा उपमहानगरपालिका–हटियामा पत्रकार सम्मेलन गर्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। घरदैलो अभियानका क्रममा मतदातालाई आफ्ना एजेन्डा र प्रतिबद्धता स्पष्ट रूपमा जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरिएको परियारले बताए। उनले “सुशासन, विकास र पारदर्शतासहित पृथ्वीपथमा मार्गदर्शन” भन्ने मूल नारासहित करिब २८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन्। घोषणापत्रमा किसानका समस्या समाधान गर्न कानुन निर्माण, कृषि उद्योग र व्यवसायमा आधारित वार्षिक ५ हजार रोजगारी सिर्जना, प्रत्येक वडामा कृषि उपज खरिद–बिक्री केन्द्र स्थापना गरी वैज्ञानिक मूल्य निर्धारण,…
Read More
हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप, तथ्यसहित जवाफदेहिता माग

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप, तथ्यसहित जवाफदेहिता माग

हेटौँडा, फागुन ३ गते । हेटौंडा उपमहानगरपालिकामा ‘सेटिङ’को संस्कृति मौलाउँदै गएको र जनताको आवाज बन्द कोठामा दबाइँदै गएको गम्भीर आरोप सार्वजनिक भएको छ। अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले सामाजिक सञ्जालमार्फत लामो स्टाटस सार्वजनिक गर्दै उपमहानगरपालिकामा फोहोर व्यवस्थापनदेखि शिक्षा, खानेपानी, वातावरण, खेलकुद खरिद र सामाजिक कार्यक्रमसम्म व्यापक बेथिति व्याप्त रहेको दाबी गरेका हुन्। महतले फोहोर व्यवस्थापनको ठेक्का पाएको ग्रिन एन्ड सिटी कम्पनीको लापरबाहीका कारण डम्पिङ साइटमा बारम्बार आगलागी भइरहेको, त्यसबाट निस्कने विषालु धुवाँले नागरिक र जीवजन्तुको स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको उल्लेख गरेका छन्। उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा करोडौँ रुपैयाँ संकलन हुने फोहोर व्यवस्थापनबाट उपमहानगरपालिकाले जम्मा पाँच लाख…
Read More
हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

हेटौँडा, फागुन १ गते । हेटौंडामा अवस्थित शिवम सिमेन्ट उद्योगबाट वर्षौंदेखि फैलिँदै आएको धुलो–धुवाँका कारण स्थानीय बस्तीमा गम्भीर स्वास्थ्य जोखिम बढेको भन्दै स्थानीयवासी शान्तिपूर्ण आन्दोलनमा जाने तयारीमा थिए। तर बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले सरोकारवाला पक्षबीच वार्ताको वातावरण मिलाइदिने पहल गरेपछि आन्दोलन हाललाई स्थगित गरिएको छ। उद्योग प्रतिनिधि राजेन्द्र शर्माले समस्या समाधानका लागि तत्काल वार्ता गर्न तयार रहेको प्रतिबद्धता जनाएसँगै फागुन ४ गते स्थानीयको उपस्थितिमा छलफल गर्ने सहमति भएको हो। सेवा, सहयोग र आवाजमा सक्रिय अध्यक्ष तथा सामाजिक अभियान्ता विशाल राज महतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा हाललाई आन्दोलन स्थगित गरिए पनि समस्या समाधानको स्पष्ट बाटो नखुलेसम्म निरन्तर दबाब…
Read More
शिवम सिमेन्टको बेवास्ता विरुद्ध भोलिदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा

शिवम सिमेन्टको बेवास्ता विरुद्ध भोलिदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा

हेटौँडा, माघ २९ गते । शिवम सिमेन्ट उद्योगका कारण बालबालिका तथा स्थानीय बासिन्दाको स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै भोलिदेखि शान्तिपूर्ण आन्दोलन सुरु गरिने भएको छ। उद्योगले पटक–पटक गरिएका ध्यानाकर्षण र गुनासालाई बेवास्ता गर्दै आएको आरोपसहित आन्दोलनको घोषणा गरिएको हो। अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सूचनाअनुसार, उद्योगबाट उत्पन्न धुलो, प्रदूषण र त्यसले पार्ने दीर्घकालीन स्वास्थ्य जोखिमप्रति सम्बन्धित निकाय र उद्योग स्वयं गम्भीर नबनेको भन्दै बाध्य भएर आन्दोलनको बाटो रोज्नुपरेको जनाइएको छ। सूचनामा भोलिदेखि शिवम सिमेन्ट उद्योग प्राङ्गणमा बिहान ९ बजेदेखि ११ बजेसम्म शान्तिपूर्ण आन्दोलन गरिने उल्लेख छ। आन्दोलनमा प्रभावित वडाबासी, सचेत नागरिक, सामाजिक अभियन्ता…
Read More
“सही चालक नछाने दुर्घटना हुन्छ, गलत प्रतिनिधि चुन्दा देश नै दुर्घटनामा पर्छ” – विशाल राज महत

“सही चालक नछाने दुर्घटना हुन्छ, गलत प्रतिनिधि चुन्दा देश नै दुर्घटनामा पर्छ” – विशाल राज महत

हेटौँडा, माघ २८ गते । अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले अनुभवविनाको ज्ञान र जनताबाट टाढा रहेका नेताहरूको कडा आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् राखेको स्टाटसमा मतदानको महत्व र सही प्रतिनिधि छनोटको आवश्यकता स्पष्ट रूपमा औंल्याएका हुन्। महतले ‘आप’को उदाहरण दिँदै अनुभव नगरी गरिने गहिरा व्याख्या र भाषण केवल कागजी हुने बताएका छन्। “जसले कहिल्यै आप खाएकै छैन, उसले आपबारे हजार पानाको किताब लेख्ला, तर आप कति मिठो हुन्छ भन्ने अनुभूति उसलाई हुँदैन,” भन्दै उनले अनुभवविनाको ज्ञान जनताको जीवनसम्म नपुग्ने उल्लेख गरेका छन्। उनका अनुसार सामाजिक भावनासँग नजोडिएका, जनताको दुःख–सुख नछोएका व्यक्तिहरू भाषण र चिल्ला गफमा मात्रै सीमित…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.