सशान्त तामाङ

385 Posts
हेटौंडा-१ चौकिटोलका युवा बिजय जिम्बा धरौटीमा रिहा, नेकपा नेताद्वारा न्यायिक निष्पक्षताको माग

हेटौंडा-१ चौकिटोलका युवा बिजय जिम्बा धरौटीमा रिहा, नेकपा नेताद्वारा न्यायिक निष्पक्षताको माग

हेटौंडा, अशोज २९ गते । हेटौंडा–१ चौकिटोलस्थित सार्वजनिक जमिन संरक्षणका लागि चलाइएको न्यायपूर्ण संघर्षका क्रममा प्रहरीले बिना कारण गिरफ्तार गरी झुटा मुद्दामा फसाएको आरोपमा पक्राउ परेका युवा संगठनका सदस्य कमरेड बिजय जिम्बा अदालतबाट एक लाख धरौटीमा रिहा भएका छन्। नेकपाका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य राम सीले सामाजिक सञ्जालमार्फत जिम्बाको रिहाइप्रति खुशी व्यक्त गर्दै खुलेआकाशमुनि स्वागत गरेका छन्। उनले प्रहरी प्रशासनले गल्ती बिना दुःख दिने र झुटा प्रमाणका आधारमा मुद्दा चलाउने प्रवृत्तिको आलोचना गर्दै न्यायालयले पनि यस्ता झुटा प्रमाणहरूलाई आधार मानेर सजाय वा धरौटी निर्धारण गर्नु अन्यायपूर्ण भएको बताएका छन्। राम सीका अनुसार सत्य र न्यायको पक्षमा उभिने युवाहरूलाई कारबाही…
Read More
जिन जि आन्दोलन जायज तर अराजक घुसपेटले वडा जलायो: हेटौंडा–१० का वडाध्यक्ष फुर्बा दोर्जे लामाको पीडा र दृढता

जिन जि आन्दोलन जायज तर अराजक घुसपेटले वडा जलायो: हेटौंडा–१० का वडाध्यक्ष फुर्बा दोर्जे लामाको पीडा र दृढता

हेटौंडा, अशोज २९ गते । जिन जि आन्दोलनपछि केही दिन स्थगित रहको हेटौंडा उपमहानगरपालिका–१० नम्बर वडा कार्यालय अब पुनः सञ्चालनमा आएको छ। वडाध्यक्ष फुर्बा दोर्जे लामाका अनुसार, कार्यालय २७ गतेदेखि पुनः खुलाइएको हो। कम्प्युटर र उपकरणहरू नष्ट भए पनि सेवाग्राहीलाई लिखित रूपमा सेवा प्रवाह सुरु गरिएको उनले जानकारी दिए। वडाध्यक्ष लामाले भने, “जेन जि युवा पुस्ताले उठाएका मागहरू जायज हुन्, तर त्यस आन्दोलनको नाममा घुसपेट गरेर अराजक तत्वहरूले तोडफोड र आगजनी गर्नु अत्यन्तै निन्दनीय कार्य हो।” उनका अनुसार वडा कार्यालयमा भएका क्षतिको दायरा निकै ठूलो छ। उनले बताए, “मेरो व्यक्तिगत ल्यापटप, कागजपत्र, प्रिन्टरदेखि लिएर वडा कार्यालयमा राखिएको स्मार्ट बोर्ड, हेल्प…
Read More
भीमफेदीमा हर्क साम्पाङ ‘अ रेभुलेसन श्रम संस्कृति पार्टी’को संगठन विस्तार, सरसफाई अभियानसहित श्रमद्वारा पहिचान खोज्ने अभियान

भीमफेदीमा हर्क साम्पाङ ‘अ रेभुलेसन श्रम संस्कृति पार्टी’को संगठन विस्तार, सरसफाई अभियानसहित श्रमद्वारा पहिचान खोज्ने अभियान

भीमफेदी, अशोज २५ गते । भीमफेदी गाउँपालिकामा हर्क साम्पाङ ‘अ रेभुलेसन श्रम संस्कृति पार्टी’ले आफ्नो सांगठनिक संगठन विस्तार गरेको छ। शनिबार सम्पन्न संगठन विस्तार कार्यक्रममा दिपेन्द्र पुडासैनीलाई संयोजकका रूपमा चयन गरिएको छ भने मदन सिंह सिन्तान र गोविन्द पुडासैनीलाई सल्लाहकारका रूपमा चयन गरिएको पार्टी स्रोतले जनाएको छ। पार्टीले पछिल्लो समयमा मकवानपुर जिल्लाभर श्रम, माटो र स्वाभिमानलाई जोड्ने अभियानलाई निरन्तर अघि बढाउँदै आएको छ। “देशको विकास माटो र श्रमसँग जोडिनुपर्छ” भन्ने नारा अघि सार्दै पार्टीले भीमफेदी बजार क्षेत्रमा पार्टीका सदश्यहरुको बिशेष उपस्थितिसँगै सरसफाई अभियान समेत सञ्चालन गरेको छ। कार्यक्रमका संयोजक दिपेन्द्र पुडासैनीले भने, “हामीले फोहोर मैला व्यवस्थापन र सफा वातावरण सिर्जना…
Read More
मकवानपुरमा हर्क साम्पाङ र रेभुलेसन श्रम संस्कृतिलाई दाता किसोर राणाको सहयोग

मकवानपुरमा हर्क साम्पाङ र रेभुलेसन श्रम संस्कृतिलाई दाता किसोर राणाको सहयोग

मकवानपुर, अशोज २३ गते । हर्क साम्पाङ र रेभुलेसन श्रम संस्कृतिलाई सहयोगी दाता किसोर राणाले आर्थिक सहयोग प्रदान गरेका छन्। संस्थापक सदस्य सुन्दर लामाका अनुसार उक्त सहयोग मकवानपुरमा जारी श्रम र माटोसँग जोडिएको अभियानलाई थप हौसला र प्रेरणा दिने उद्देश्यले गरिएको हो। देशको विकास श्रम, इमान र माटोसँग जोडिनु पर्ने विचारका साथ हर्क साम्पाङ नेतृत्वको अभियानले पछिल्लो समयमा मकवानपुरमा विभिन्न श्रम–आधारित गतिविधिहरू अघि बढाइरहेको छ। यस क्रममा किसोर राणाको सहयोगले अभियानलाई थप गति प्रदान गर्ने विश्वास संस्थापक सदस्य लामाले व्यक्त गरेका छन्। मकवानपुर जिल्ला प्रतिनिधित्व गर्दै अघि बढिरहेको रेभुलेसन श्रम संस्कृति पार्टीका कार्यकर्ताले पनि उक्त सहयोगलाई सकारात्मक रूपमा लिएका छन्।…
Read More
“झुठको सहारामा स्वार्थी राजनीति गर्ने छिट्टै सफल देखिन्छन्, सच्चा नेताले समय सफा गर्नमै बिताउँछन्” — जसपा उपाध्यक्ष विद्युत बज्राचार्य

“झुठको सहारामा स्वार्थी राजनीति गर्ने छिट्टै सफल देखिन्छन्, सच्चा नेताले समय सफा गर्नमै बिताउँछन्” — जसपा उपाध्यक्ष विद्युत बज्राचार्य

ललितपुर, अशोज २२ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले आज सामाजिक सञ्जालमार्फत वर्तमान राजनीतिक प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै टिप्पणी गरेका छन्। उनले लेखेका छन्, “झुठको सहारामा व्यक्तिगत स्वार्थका लागि राजनीति गर्नेहरू कम समयमा सफल भएको देखिन्छन्, किनभने उनीहरूको चाहना देश, जनता र पार्टी होइन, आफैं अगाडि बढ्नु मात्र हो।” बज्राचार्यका अनुसार सच्चा र इमानदार नेताहरू भने दूषित प्रवृत्तिहरूलाई पन्छाउँदै स्वच्छ राजनीति गर्न खोज्दा समय र जीवन नै त्यसैमा खर्चिन्छन्। उनले थप लेखेका छन्, “सफा गर्दै जाँदा जाँदैमा जीवन बित्छ, तर देश र राजनीति शुद्ध बनाउनुपर्ने जिम्मेवारीबाट पछाडि हट्नु हुँदैन।” उनको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा वर्तमान…
Read More
मकवानपुरमा हर्क साम्पाङ अ रेभुलेशन श्रम संस्कृति पार्टीको पहिलो श्रम अभियान सम्पन्न

मकवानपुरमा हर्क साम्पाङ अ रेभुलेशन श्रम संस्कृति पार्टीको पहिलो श्रम अभियान सम्पन्न

हेटौडा, अशोज १८ गते । हर्क साम्पाङ अ रेभुलेशन श्रम संस्कृति पार्टीले जिल्लामा पहिलो पटक श्रम अभियान सम्पन्न गरेको छ। हेटौडा उपमहानगरपालिका–११ नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा शनिबार सरसफाइ अभियान सम्पन्न भएको हो। गत असोज १३ गते पार्टीले मकवानपुरमा औपचारिक रूपमा संगठन विस्तार गर्दै आफ्नो यात्रा सुरु गरेको थियो। आजको श्रम अभियानमा पूर्वधरानबाट आएका पार्टीका संस्थापक सदस्य समिर तामाङ विशेष उपस्थित रहेका थिए। त्यस्तै, मन्दिरा मोक्तान, जनजित तामाङ, बाबु मोक्तान लगायत पार्टीका सदश्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। श्रम अभियानलाई जिल्ला संयोजक युनिस लामाले नेतृत्व गरेका थिए। पार्टीका संस्थापक सदस्य सुन्दर लामाका अनुसार आगामी दिनमा पनि निरन्तर रूपमा यस्ता श्रम अभियान…
Read More
धरान मेयर हर्क साम्पाङले दर्ता गरे राष्ट्रिय श्रम संस्कृति पार्टी, झण्डा नबनाउने घोषणा

धरान मेयर हर्क साम्पाङले दर्ता गरे राष्ट्रिय श्रम संस्कृति पार्टी, झण्डा नबनाउने घोषणा

धरान, अशोज १३ गते । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगमा राष्ट्रिय श्रम संस्कृति पार्टी दर्ता गर्न निवेदन दिएका छन् । पार्टी दर्तापछि उनले आफ्नो दलको छुट्टै झण्डा नबनाउने घोषणा समेत गरेका छन्। उनका अनुसार पार्टीको झण्डा नबनाउनुका पछाडि दुई प्रमुख कारण छन्। पहिलो, करोडौँ लुगा च्यातेर झण्डा बनाउनुभन्दा दुःखी र असहायलाई लुगा सिलाइ दिनु आवश्यक छ। दोस्रो, पार्टीको झण्डा बोकेर हिँड्दा राष्ट्रिय झण्डाको अस्तित्व ओझेलमा पर्ने भएकाले आफ्नै दलको झण्डा नबनाउने उनले स्पष्ट पारे। साम्पाङले पार्टीमा आबद्ध हुने सदस्यहरूलाई पूर्ण स्वतन्त्र अभिव्यक्ति अधिकार रहने बताए। उनका अनुसार यस दलमा हुइप जारी गरिने छैन। “हुइप भन्नुको अर्थ नै कोर्रा…
Read More
हेटौडा–१५ रातोमाटे चुरियामाई मन्दिरमा फूलपाती पूजा, भक्तजनको घुइँचो

हेटौडा–१५ रातोमाटे चुरियामाई मन्दिरमा फूलपाती पूजा, भक्तजनको घुइँचो

हेटौडा, अशोज १३ । गते हेटौडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चुरियामाई मन्दिरमा आज बिहानदेखि फूलपाती पूजा आराधनाका लागि भक्तजनको ठूलो भीड देखिएको छ। टाढाटाढाबाट आएका श्रद्धालुहरूको व्यवस्थापनका लागि मन्दिर व्यवस्थापन समितिले महिला तथा पुरुष स्वयंसेवक खटाएर दुई चरणको लाइन प्रणाली बनाई पूजा गर्ने सुविधा मिलाइएको थियो। भक्तजनहरूले भाकल सहित ल्याएका बलि चढाउने कुखुरा, बोका लगायतका पशुपन्छीलाई छुट्टै लाइनमा व्यवस्थापन गरिएको थियो। त्यस्तै, मन्दिर परिसरमा आएका सवारी साधनका लागि व्यवस्थित पार्किङको व्यवस्था गरिएको थियो। भक्तजनहरूले ल्याएका फूलपाती र अक्षता मन्दिर गेटमार्फत पुजारीलाई हस्तान्तरण गरिँदै मुख्य चुरियामाई मन्दिरमा चढाइएको थियो।
Read More
२४ गतेको विद्वंश आन्दोलन होइन, आतंक थियो : मन्त्री पौडेल

२४ गतेको विद्वंश आन्दोलन होइन, आतंक थियो : मन्त्री पौडेल

हेटौंडा, अशोज १० गते । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मदूसुदन पौडेलले गत असोज २३ र २४ गतेका घटनालाई फरक स्वरूपको बताएका छन्। उनले २३ गतेको आन्दोलनलाई जिन–जि पुस्ताले गरेको अलग किसिमको आन्दोलन भने पनि २४ गते देखिएको देशव्यापी ताण्डवलाई आन्दोलन नभई आतंक भएको बताए। रेडियो भरोसासँगको विशेष संवादमा मन्त्री पौडेलले भने, “२४ गतेको घटनामा आक्रोशको नाममा देशव्यापी विध्वंश मच्चाइयो। निर्दोष बालबालिकासहित युवाहरूले ज्यान गुमाउँदा पीडित छु। उनीहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।” उनका अनुसार मन्त्रालयसहित मातहतका विभिन्न निकायमा करिब ६ करोड ५१ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुगेको छ। मन्त्रालयमै मात्र ३ करोड ४७ लाखभन्दा बढीको नोक्सानी भएको…
Read More
“जेन जि आन्दोलन अपहरण भयो, प्रतिशोध र तोडफोडले बदनाम बनाइयो” – मन्त्री केसी

“जेन जि आन्दोलन अपहरण भयो, प्रतिशोध र तोडफोडले बदनाम बनाइयो” – मन्त्री केसी

हेटौंडा, अशोज ८ गते । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसीले हालको आन्दोलनलाई जेन जि आन्दोलनको नाममा बदनाम बनाइएको आरोप लगाएका छन्। रेडियो भरोसासँगको विशेष अन्तर्वार्तामा मन्त्री केसीले काठमाडौंमा सुरु भएको जेन जि आन्दोलन युवा पुस्ताको जागरणका रूपमा आएको भए पनि हेटौंडा लगायतका जिल्लामा देखिएको हिंसात्मक गतिविधि भने “प्रतिशोध र तोडफोडका रूपमा मात्र प्रकट भएको” बताएका छन्। उनका अनुसार भाटभटेनी सुपरमार्केटदेखि वन मन्त्रालयका गाडीहरुसम्ममा गरिएको क्षति कुनै आन्दोलनकारी चेतना नभई योजनाबद्ध आक्रोशको उपज हो। “यो आन्दोलनले भ्रष्टाचारविरुद्धको सवालभन्दा बढी स्थानीय अन्तरविरोध मिलाउने, प्रतिशोध साध्ने माध्यमका रूपमा काम गर्‍यो,” मन्त्री केसीले भने। प्रदेश खारेजी मागबारे प्रश्न सोध्दा मन्त्री केसीले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.