२०८२ आश्विन १, बुधबार १३:२६
२०८२ आश्विन १, बुधबार १३:२६
हेटौंडा, अशोज १ गते । जेन जि युवा पुस्तकद्वारा सुरु गरिएको आन्दोलनका क्रममा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा भीषण क्षति पुगेको छ। मन्त्रालयका अधिकांश कोठा र संरचनाहरू जलेर नष्ट भएका छन् भने केही महत्त्वपूर्ण कागजात र सम्पत्ति चोरीसमेत भएको मन्त्रालयका अधिकृत अमृत अधिकारीले जानकारी दिएका छन् । २४ गतेदेखि सुरु भएको आन्दोलनपछि २५ गतेदेखि मन्त्रालयले ग्राउन्ड चौर र क्यान्टिनमा बसेर काम अघि बढाइरहेको छ। अधिकारीका अनुसार स्टोर शाखा, लेखा शाखा र उच्च शिक्षासम्बन्धी शाखाका भवनहरू पूर्णरूपमा जलेका छन्। प्रशासन महाशाखाको एउटा कोठा मात्र सुरक्षित रहेकाले हाल त्यसैबाट काम चलाइरहेको छ। आगजनी र तोडफोडका कारण सचिवालय, मन्त्रीको कार्यकक्षलगायतका कोठामा पनि ठूलो…