सशान्त तामाङ

385 Posts
हेटौंडामा फोहोर व्यवस्थापनको नाममा राजस्व चुहावट: निजी नाफा बढाउँदै नगरको आम्दानी घटेको आरोप

हेटौंडामा फोहोर व्यवस्थापनको नाममा राजस्व चुहावट: निजी नाफा बढाउँदै नगरको आम्दानी घटेको आरोप

हेटौंडा, कात्तिक २७ गते । हेटौंडा उपमहानगरपालिकामा फोहोर व्यवस्थापनका नाममा उठाइने शुल्क र त्यसको प्रयोगबारे नागरिक स्तरबाट गम्भीर प्रश्न उठ्न थालेका छन्। सामाजिक अभियन्ता विशालराज महतले आफ्नो सामाजिक सञ्जालमा राखेको स्टाटसमार्फत नगरबासीबाट नियमित रूपमा संकलन गरिने फोहोर शुल्क निजी कम्पनीको नाफा बढाउने माध्यम बन्दै गएको आरोप लगाएका छन्। महतका अनुसार, पहिले ठेक्का प्राप्त कम्पनीले उपमहानगरलाई वार्षिक पाँच लाख रुपैयाँ बुझाउँदै आएकोमा, आगामी आर्थिक वर्षदेखि न्यूनतम कबुलियत रकम पच्चीस लाख रुपैयाँ पुर्याइएको तथ्यले अघिल्ला वर्षहरूमा नगरको राजस्व चुहावट भएको पुष्टि गर्छ। “यदि कम्पनीले यति ठूलो रकम नाफाका रूपमा कमाइरहेको थियो भने त्यो रकम नगरकै आम्दानीमा रूपान्तरण गर्न सकिन्छ भन्ने कुरा प्रष्ट…
Read More
प्रधानमन्त्री शुशिला कार्कीको सरकार जेन जि समर्थकमाथि एकतर्फी कारबाही गर्दैछ : नेकपा नेता रामसीको आरोप

प्रधानमन्त्री शुशिला कार्कीको सरकार जेन जि समर्थकमाथि एकतर्फी कारबाही गर्दैछ : नेकपा नेता रामसीको आरोप

हेटौँडा, कात्तिक २६ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामसीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शुशिला कार्की नेतृत्वको सरकारप्रति तीव्र आलोचना गरेका छन्। उनले हालको सरकार जेन जि आन्दोलनको जगमा बनेको भए पनि सोही आन्दोलनका युवा र समर्थकमाथि “एकतर्फी मुद्दा र दमन” चलाइएको आरोप लगाएका हुन्। रामसीले आफ्नो स्टाटसमा लेखेका छन्, “लुटपाट र हत्याका घटना बाहेक आक्रोशमा गरिएको आगजनी र तोडफोडलाई बिद्रोहको हिस्सा मानिनु पर्छ, अपराध होइन। सरकारको अहिलेको कदम राजनीतिक समस्यालाई कानुनी बाटो देखाएर अन्याय गर्न खोज्नु हो।” उनले घटनामा यथार्थ दोषी राज्य पक्ष र तत्कालीन नेतृत्वमाथि छानबिनको माग गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…
Read More
विद्यालय र विश्वविद्यालयमा राजनीतिक चलखेल अस्वीकार्य: मन्त्री डा. महावीर पुनको चेतावनी

विद्यालय र विश्वविद्यालयमा राजनीतिक चलखेल अस्वीकार्य: मन्त्री डा. महावीर पुनको चेतावनी

काठमाडौं, कात्तिक २४ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वैज्ञानिक डा. महावीर पुनले विद्यालय, विश्वविद्यालय र सिटिइभिटी जस्ता शिक्षण संस्थामा भइरहेको राजनीतिक हस्तक्षेप र चलखेलका विरुद्ध कडा चेतावनी दिएका छन्। आफ्नो सामाजिक सञ्जालमार्फत मन्त्री पुनले संविधानले दिएको अधिकार कसैले खोस्न नसक्ने भए पनि राजनीतिक पार्टीहरूको संरक्षणमा शैक्षिक संस्थाको सञ्चालनमा बाधा पुर्‍याउने, विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने कार्य स्वीकार्य नहुने स्पष्ट पारेका छन्। उनका अनुसार शिक्षण संस्थामा देखिएको अस्तव्यस्तता र अनावश्यक राजनीतिक गतिविधिबाट विद्यार्थी र अभिभावक दुवै त्रसित भएका छन्। “त्यस्तो अनावश्यक राजनीति र चलखेल पनि भ्रष्टाचारकै रूप हो,” मन्त्री पुनले भनेका छन्। उनी थप्छन्, “अब फाल्गुन २१ गते हुने चुनावको…
Read More
मकवानपुरका केही संस्थामा दशकौंदेखि एउटै नेतृत्व: पारदर्शिता र जवाफदेहितामाथि सामाजिक अभियान्ता विशाल महतको प्रश्न

मकवानपुरका केही संस्थामा दशकौंदेखि एउटै नेतृत्व: पारदर्शिता र जवाफदेहितामाथि सामाजिक अभियान्ता विशाल महतको प्रश्न

हेटौँडा, कात्तिक २३ गते । मकवानपुर जिल्लाको सामाजिक, सांस्कृतिक र विकासात्मक परिदृश्यमा विभिन्न सङ्घ–संस्थाहरूले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। तर, तीमध्ये केही संस्थामा सुरुवातदेखिनै एउटै व्यक्ति दशकौंदेखि अध्यक्षको पदमा रहिरहने परम्पराले स्थानीय स्तरमा विवाद र प्रश्नहरू उठ्न थालेका छन्। सामाजिक अभियान्ता विशाल महतले हालै आफ्नो फेसबुक स्टाटसमार्फत यस विषयमा चासो व्यक्त गर्दै लेखेका छन्, “यी संस्थाहरूमा दशकौंदेखि एउटै व्यक्ति नै अध्यक्ष हुने प्रचलनले पारदर्शिता, जवाफदेहिता र लोकतान्त्रिक मूल्यप्रति गम्भीर प्रश्न उठाएको छ। अब यस्तो अभ्यासमाथि निगरानी गरौं, चासो राखौं र जानकारी गरौं।” उनको भनाइअनुसार, संस्थाहरूमा पदाधिकार परिवर्तन नहुँदा नयाँ सोच, ऊर्जा र नीतिगत सुधारका सम्भावना घट्दै गएका छन्। उनले स्थानीय…
Read More
“जेन जि समर्थक सुजन अधिकारीको गिरफ्तारीप्रति नेकपा नेता रामसीको आपत्ति, ‘बिनाअपराध गिरफ्तार, सत्यतथ्य छानबिन होस्’”

“जेन जि समर्थक सुजन अधिकारीको गिरफ्तारीप्रति नेकपा नेता रामसीको आपत्ति, ‘बिनाअपराध गिरफ्तार, सत्यतथ्य छानबिन होस्’”

हेटौँडा, कात्तिक २२ गते । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामसीले जेन जि आन्दोलनका समर्थकहरुमाथि भइरहेको पक्राउ र आक्रमण प्रति तीव्र आपत्ति जनाएका छन्। रामसीले आफ्नो सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै हेटौंडा–११ निवासी युवा व्यवसायी सुजन अधिकारीलाई जेन जि आन्दोलनमा समर्थन गरेको कारण बिना गल्ती मकवानपुर प्रहरीले २०८२ साल कात्तिक २२ गते बिहान १० बजे गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका हुन्। उनले अधिकारीमाथि कुनै प्रमाणबिनै पक्राउ गरिएको भन्दै तत्काल सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन्। “गल्तीको प्रमाण भए कारबाही गर्नु ठिकै हो, तर निर्दोष युवालाई पक्राउ गर्नु न्यायसंगत होइन,” रामसीले लेखेका छन्। रामसीले जेन जि आन्दोलनप्रति…
Read More
राष्ट्रिय संकटको समाधानका लागि वाम प्रगतिशील मोर्चा गठनतर्फ पहल, तीन नेताको संयुक्त आह्वान

राष्ट्रिय संकटको समाधानका लागि वाम प्रगतिशील मोर्चा गठनतर्फ पहल, तीन नेताको संयुक्त आह्वान

काठमाडौं, कार्तिक २१ गते । मुलुकमा बढ्दो राजनीतिक अन्योल, अस्थिरता र जनआक्रोशको पृष्ठभूमिमा तीन वामपन्थी धारका शीर्ष नेताहरू— नेकपा महासचिव विप्लव सी, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्माले संयुक्त प्रेस वक्तव्य जारी गर्दै वाम, प्रगतिशील र देशभक्त शक्तिहरूबीच बृहत् मोर्चाबन्दीको पहल थालेका छन्। वक्तव्यमा हाल सत्तासिन नेताहरू गैरजिम्मेवार बन्दै गएको र पुराना दलहरू सुधारका प्रयासमा असफल भएको आरोप लगाइएको छ। दलहरूको कमजोर नेतृत्व र गैरउत्तरदायी व्यवहारका कारण जनताको विश्वास गुम्दै गएको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, “गत भदौ २३ गतेको जेन जि आन्दोलन र २४ गतेको विध्वंश रोक्न दलहरू असफल भए, जसले…
Read More
अब स्थानीय तहबाटै प्यान कार्ड वितरण हुने

अब स्थानीय तहबाटै प्यान कार्ड वितरण हुने

हेटौंडा, कात्तिक २१ गते । स्थायी लेखा नम्बर (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ। आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्डसहित कर सम्बन्धी सेवा सम्बन्धित स्थानीय तहबाट नै उपलब्ध हुने व्यवस्था गरिएको जनाएको छ। यसअघि करदाता सेवा कार्यालय मार्फत मात्र प्यान कार्ड प्रदान गर्ने व्यवस्था थियो। तर हाल ती करदाता सेवा कार्यालयहरू खारेज गरिएसँगै कर प्रशासनको सेवा स्थानीय तह-मार्फतै सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको विभागले जनाएको छ। यस कदमले करदातालाई आफ्नै नजिकको स्थानीय तहबाट प्यान कार्ड र अन्य करसम्बन्धी सेवा लिन सहजता मिल्ने अपेक्षा गरिएको छ।
Read More
मेयर मिना लामाले हाँसेर दिइन् प्रतिक्रिया: पुरानो कुरा भन्दै जाहेरी नदिएको सीडीओ अधिकारीको खुलासा

मेयर मिना लामाले हाँसेर दिइन् प्रतिक्रिया: पुरानो कुरा भन्दै जाहेरी नदिएको सीडीओ अधिकारीको खुलासा

हेटौंडा, कात्तिक २० गते । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बसन्त अधिकारीले हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामासँग सामाजिक सञ्जालमा गरिएको आपत्तिजनक स्टाटसबारे बुझ्दा उनले उक्त विषयलाई पुरानो भएको बताउँदै कुनै जाहेरी नदिएको जानकारी दिएका छन्। सीडीओ अधिकारीका अनुसार, मेयर लामाले उक्त विषयबारे सोध्दा मुस्कुराउँदै “पुरानो कुरा हो” भन्दै सहज ढङ्गमा प्रतिक्रिया दिएकी थिइन्। उनले यसबारे कुनै औपचारिक उजुरी वा कानुनी कदम नचालेकी समेत अधिकारीले बताएका छन्। हालै सामाजिक सञ्जाल फेसबुकमा मेयर लामासम्बन्धी केही विवादास्पद टिप्पणीहरू सार्वजनिक भएपछि यस विषयमा प्रशासनको ध्यान गएको थियो। तर मेयर लामाले यसलाई व्यक्तिगत रूपमा नलिइ, सार्वजनिक जिम्मेवारीका क्रममा आउने सामान्य चुनौतीको रूपमा स्वीकार गरेकी…
Read More
नगर प्रमुख मीना लामाविरुद्धको अपमान र धम्कीको विरोधमा विश्व हिन्दू महासंघ हेटौँडाको ऐक्य

नगर प्रमुख मीना लामाविरुद्धको अपमान र धम्कीको विरोधमा विश्व हिन्दू महासंघ हेटौँडाको ऐक्य

हेटौंडा, कात्तिक २० गते । विश्व हिन्दू महासंघ नेपाल, हेटौँडा नगर समितिले हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामामाथि भएको अपमान, धम्की र नारी अस्मिता माथिको आक्रमणको कडा विरोध गर्दै प्रमुख लामालाई पूर्ण साथ दिने घोषणा गरेको छ। जेन जि आन्दोलनपछि पनि प्रमुख लामामाथि निरन्तर मानसिक यातना, अपमानजनक व्यवहार र बलात्कारसम्मका धम्की आएको भन्दै प्रमुख लामाले हालै सामाजिक सञ्जाल फेसबुक मार्फत घटना सार्वजनिक गरेकी थिइन्। उक्त घटनापछि हेटौँडामा व्यापक चर्चा र प्रतिक्रिया देखिएको छ। यसै सन्दर्भमा बिहीबार विश्व हिन्दू महासंघ नेपाल हेटौँडा नगर समितिको टोली अध्यक्ष राजेश वाग्लेको नेतृत्वमा उपमहानगरपालिकामा पुगेर नगर प्रमुख लामालाई समर्थन पत्र बुझाएको छ। अध्यक्ष वाग्लेले प्रमुख…
Read More
हेटौंडा उपमहानगरमा फोहोर व्यवस्थापनमा अनियमिता र पारदर्शिताको अभाव, करोडौंको आम्दानी निजी नाफामा परिणत!

हेटौंडा उपमहानगरमा फोहोर व्यवस्थापनमा अनियमिता र पारदर्शिताको अभाव, करोडौंको आम्दानी निजी नाफामा परिणत!

हेटौंडा, कात्तिक २० गते । हेटौंडा उपमहानगरपालिकामा फोहोर व्यवस्थापनको नाममा भइरहेको आर्थिक अनियमिता, पारदर्शिताको अभाव र सम्भावित भ्रष्टाचारबारे सामाजिक अभियान्ता विशाल राज महतले गम्भीर प्रश्न उठाएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल मार्फत लेख्दै फोहोर संकलन प्रणालीमा “गैर-जिम्मेवारी, असन्तुलन र जनधनको दुरुपयोग” भइरहेको दाबी गरेका छन्। उपमहानगरपालिकाले प्रत्येक वडाका घरधुरीबाट मासिक रूपमा रु १०० देखि २०० र होटल, रेस्टुरेन्टबाट रु २,००० देखि ३,००० सम्म उठाउने गरेको छ। फोहोर व्यवस्थापनका लागि ठेक्का प्रणालीमार्फत ग्रीन एण्ड क्लिन सिटी प्रालिलाई जिम्मा दिइएको छ, जसले सम्झौताअनुसार उपमहानगरलाई वार्षिक रु ५ लाख बुझाउने व्यवस्था गरिएको छ। तर, तथ्यांक अनुसार हेटौंडामा करिब ४६,५६६ घरधुरी मध्ये २५,००० घरधुरी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.