सशान्त तामाङ

385 Posts
राक्सिराङ–७ मा सोलारबाट सल्किएको आगलागीले बिष्णु मायाँ प्रजाको घर पूर्णरुपमा नष्ट

राक्सिराङ–७ मा सोलारबाट सल्किएको आगलागीले बिष्णु मायाँ प्रजाको घर पूर्णरुपमा नष्ट

राक्सिराङ, मंसिर ४ गते । मकवानपुर जिल्लाको विकट राक्सिराङ गाउँपालिका–७ मा बिष्णु मायाँ प्रजाको घर सोलारबाट निस्किएको आगोका कारण पूर्णरुपमा जलेर नष्ट भएको छ। आगलागीमा घरभित्र रहेको अन्न–पातालगायत लुगा–फाटा समेत सबै नष्ट भएको स्थानीय अन्जित रिन्माङ्गीले जानकारी दिएका छन्। स्थानीयका अनुसार आगो अचानक सल्किँदा घरधुरीले केही पनि सामान बाहिर निकाल्न नपाई क्षति पुगेको हो। घटनास्थल दूरदराज रहेकोले आगो नियन्त्रणमा लिन समय लागेपछि क्षति झन् बढेको बताइन्छ। आगोबाट मानवीय क्षति भने नभएको जनाइएको छ। स्थानीयवासी र वडा कार्यालयले तत्काल राहत तथा आवश्यक सहयोगका लागि पहल थालेका छन्।
Read More
गृहमन्त्रीसमक्ष सुरक्षा सुदृढीकरण र निष्पक्ष निर्वाचनका लागि तात्कालिक कदम चाल्न भैरव ग्रुपको माग

गृहमन्त्रीसमक्ष सुरक्षा सुदृढीकरण र निष्पक्ष निर्वाचनका लागि तात्कालिक कदम चाल्न भैरव ग्रुपको माग

ललितपुर, मंसिर ४ गते । भैरव ग्रुप, याला सदक ललितपुरले देशभर बढ्दै गएको असुरक्षा, राजनीतिक अनिश्चितता र जनस्तरमा फैलिएको चिन्ताप्रति गम्भीर चासो व्यक्त गर्दै गृह मन्त्रालयका सम्माननीय गृहमन्त्री ओम प्रकाश अर्यालसमक्ष व्यापक ध्यानाकर्षण गराएको छ। समूहले मंसिर ४ गते गृहमन्त्रीलाई बुझाइएको विज्ञप्तिमार्फत राष्ट्रिय सुरक्षा, शान्ति तथा स्थिरता कायम गर्न तात्कालिक र प्रभावकारी कदम चाल्न आग्रह गरेको छ। विज्ञप्तिमा हाल विभिन्न क्षेत्रमा देखिएका अराजकता, असुरक्षा तथा समन्वय अभावका घटनाले राष्ट्रिय वातावरणमा नकारात्मक असर पारेको उल्लेख गर्दै निम्न विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न अनुरोध गरिएको छ– १. दैनिक जीवनमा प्रत्यक्ष असर पारिरहेका अराजक गतिविधिको कडाइका साथ नियन्त्रण। २. प्रमुख सुरक्षा निकायबीच समन्वय…
Read More
बस्तीपुर जेसीज मनहरीद्वारा हेनपा–३ मा साइबर अपराध तथा लागुऔषध सचेतना कार्यक्रम सम्पन्न

बस्तीपुर जेसीज मनहरीद्वारा हेनपा–३ मा साइबर अपराध तथा लागुऔषध सचेतना कार्यक्रम सम्पन्न

मनहरी, मंसिर ४ गते । बस्तीपुर जेसीज मनहरीको सप्ताहव्यापी कार्यक्रम–२०२५ अन्तर्गत आज छैटौँ कार्यक्रम अंतर्गत हेटौंडा उपमहानगरपालिका–३ स्थित बाल उज्जवल माध्यमिक विद्यालयमा कक्षा ९ र १० का विद्यार्थीहरूलाई लक्षित गरी साइबर अपराध तथा लागुऔषध दुव्र्यसनसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम संयोजक जेसी रोशन भण्डारीको संयोजकत्वमा सम्पन्न कार्यक्रमको अध्यक्षता यसै शाखाका वर्ष २०२५ का अध्यक्ष जेसी सन्तोष उप्रेतीले गरेका थिए। विद्यालयका प्रधानाध्यापक शम्भु बर्तौला, व्यवस्थापन समितिका अध्यक्ष टेकनाथ शिवाकोटी, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सञ्जिता लामा र सुनील कुमार यादव लगायत अथितिहरु उपस्थित रहेका थिए। हेनपा–३ का वडा अध्यक्ष ढलक बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई…
Read More
बागमती प्रदेश सभाको १६ औँ अधिवेशन मंसिर ३ गते राति ११:५९ बजेबाट अन्त्य

बागमती प्रदेश सभाको १६ औँ अधिवेशन मंसिर ३ गते राति ११:५९ बजेबाट अन्त्य

हेटौंडा, मंसिर ४ गते । बागमती प्रदेश सभाको चालु १६ औँ अधिवेशन मंसिर ३ गते बुधबार राति ११:५९ बजेदेखि अन्त्य भएको छ। प्रदेश प्रमुख माननीय दिपक प्रसाद देवकोटाले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन्। प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम (३) अनुसार माननीय सदस्यहरूलाई जानकारीका लागि प्रदेशसभा सचिव राजकुमार पौडेलले सूचनापत्र जारी गरेका छन्। यससँगै बागमती प्रदेश सभाको दोस्रो कार्यकालअन्तर्गत जारी १६ औँ अधिवेशनको समापन औपचारिक रूपमा भएको छ।
Read More
हेटौडा–१७ मा शिवम सिमेन्ट उद्योगको प्रदूषण : स्थानीयको स्वास्थ्य संकट गहिरिँदै, सम्बन्धित निकायको मौनतामा रोष

हेटौडा–१७ मा शिवम सिमेन्ट उद्योगको प्रदूषण : स्थानीयको स्वास्थ्य संकट गहिरिँदै, सम्बन्धित निकायको मौनतामा रोष

हेटौंडा, मंसिर ३ गते । हेटौंडा उपमहानगरपालिका–१७ स्थित शिवम सिमेन्ट उद्योगबाट उत्पन्न हुँदै आएको अत्यधिक धुलो–धुवाँ, ओभर–लोड, खानीजन्य जोखिम तथा भू–गर्भीय जल दोहनका कारण स्थानीय बासिन्दा गम्भीर स्वास्थ्य समस्या र वातावरणीय संकटमा परेको आरोप बढ्दो छ। सामाजिक अभियान्ता विशालराज महतले सामाजिक सञ्जालमार्फत उठाएको मुद्दाले उद्योगको व्यवहार, दादागिरी र नियमनकारी निकायको मौनता प्रति प्रश्नचिन्ह उब्जिएको छ। स्थानीयका अनुसार बाक्लो बस्ती, विद्यालय र समुदायको बीचमै सञ्चालन भइरहेको उद्योगले दैनिक रूपमा उडाइरहेको धुलो–धुवाले विशेष गरी बालबालिका, वृद्धवृद्धा तथा कमजोर स्वास्थ्य भएका व्यक्तिहरूमा श्वासप्रश्वाससम्बन्धी रोग तीव्र बनाइरहेको छ। दम (Asthma), ब्रोंकाइटिस, लगातार खोकी, छाला तथा आँखा सम्बन्धी समस्या व्यापक देखिन थालेका छन्। धुलोयुक्त हावा,…
Read More
हेटौडामा नदिजन्य पदार्थको अवैध निकासी रोक्न वडाध्यक्ष सिग्देलको कडा माग

हेटौडामा नदिजन्य पदार्थको अवैध निकासी रोक्न वडाध्यक्ष सिग्देलको कडा माग

हेटौडा, मंसिर ३ गते । हेटौडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले जिल्लाभर नदिजन्य वस्तुको चोरी र अनियमित निकासी रोक्न तत्काल प्रभावकारी कदम चाल्न जिल्ला प्रशासन कार्यालय मकवानपुर तथा हेटौडा उपमहानगरपालिकालाई आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत स्टाटस सार्वजनिक गर्दै उनले हाल नदिजन्य पदार्थको चोरी, अवैध उत्खनन तथा ढुवानीको विगविगी बढ्दो अवस्थामा रहेको भन्दै कडा असन्तुष्टि व्यक्त गरेका हुन्। सिग्देलले नदिजन्य वस्तुसम्बन्धी अनियमितता तत्काल बंद गराउन सम्बन्धित निकायले छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। “नदिजन्य बस्तुको चोरी निकासीको विगविगी बढेको छ। यसबारे छानबिन गरी तुरुन्त कडा कारबाही होस्,” उनले स्टाटसमा उल्लेख गरेका छन्। हाल जिल्लाका विभिन्न स्थानबाट अनधिकृत…
Read More
स्थानीय विकासमा पार्टीभन्दा काम महत्वपूर्ण : सामाजिक प्रयोगकर्ता आसबहादुर भ्लोनको अभिव्यक्ति

स्थानीय विकासमा पार्टीभन्दा काम महत्वपूर्ण : सामाजिक प्रयोगकर्ता आसबहादुर भ्लोनको अभिव्यक्ति

हेटौँडा, मंसिर ३ गते । सामाजिक प्रयोगकर्ता आसबहादुर भ्लोनले वर्तमान राजनीतिक व्यवहारप्रति असन्तोष व्यक्त गर्दै विकास र समुदायसँग सम्बन्धित मुद्दामा पार्टीगत सोच हटाउन सबैलाई आग्रह गरेका छन्। उनले आफ्नै सामाजिक सञ्जालमार्फत हालको परिस्थितिको यथार्थता प्रतिबिम्बित हुने स्टाटस शेयर गर्दै स्थानीय विकासका विषयलाई राजनीतिक रंगमा नपुर्‍याउनुपर्ने धारणा राखेका हुन्। भ्लोनले समाजमा “यो पार्टी–त्यो पार्टी” भन्ने विभाजनकारी सोचले वास्तविक विकासका काम कमजोर बनाएको उल्लेख गर्दै आफू कुनै पनि दलमा आबद्ध नभए पनि गाउँ–ठाउँका विकास तथा निर्माण कार्यमा सहयोग आवश्यक परे आफू सधैं तयार रहने स्पष्ट गरेका छन्। उनका अनुसार, स्थानीयस्तरमा हुने विकासका कामलाई राजनीतिक स्वार्थभन्दा माथि राख्न सके मात्र समुदायले प्रत्यक्ष फाइदा…
Read More
बागमतीका पर्यटन मन्त्री सुरेश श्रेष्ठको ९० दिन: अधुरा भ्युटावर स्थानीय तहमा हस्तान्तरण, नेपाल असुरक्षित भन्ने ‘गलत भाष्य’ चिर्न अभियान

बागमतीका पर्यटन मन्त्री सुरेश श्रेष्ठको ९० दिन: अधुरा भ्युटावर स्थानीय तहमा हस्तान्तरण, नेपाल असुरक्षित भन्ने ‘गलत भाष्य’ चिर्न अभियान

हेटौंडा, मंसिर २ गते । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले आफ्नो कार्यभार सम्हालेको करिब ९०/९१ दिन पुगेका अवसरमा प्रदेश सरकारले पर्यटन पूर्वाधारहरूको अनुगमन, संरक्षण र स्थानीय तहमा हस्तान्तरण गर्ने काम गतिशील रूपमा अघि बढिरहेको बताएका छन्। मन्त्री श्रेष्ठका अनुसार विगतमा निर्माण भएका तर अधुरा र बेवास्ता भएका भ्युटावर, सभा हल लगायतका संरचनाहरू प्रदेशभर अध्ययन हुँदै छ, जसअन्तर्गत सैलुङका गोलघर र सभा हलहरू स्थानीय तहलाई हस्तान्तरण गरिएको छ। बागमती प्रदेशको मौलिक सांस्कृतिक पहिचान जोगाउन, मध्यपुर ठिमीको ‘जिब्रो छेड्ने’ परम्परा संरक्षणका लागि मन्त्रिपरिषद्ले प्रत्येक वर्ष रु २ लाख बजेट विनियोजन गर्ने निर्णय गरेको उनले जानकारी दिए। मन्त्री श्रेष्ठका शब्दमा:…
Read More
समग्र ज्ञानको पाँच दशक : शारदा माध्यमिक विद्यालयको ५० औँ स्वर्ण महोत्सव उद्घाटन, मुख्यमन्त्री बानियाले भने– ‘अब ठगी खाने होइन, गरी खाने शिक्षा चाहिन्छ

समग्र ज्ञानको पाँच दशक : शारदा माध्यमिक विद्यालयको ५० औँ स्वर्ण महोत्सव उद्घाटन, मुख्यमन्त्री बानियाले भने– ‘अब ठगी खाने होइन, गरी खाने शिक्षा चाहिन्छ

मकवानपुरगढी–५, मंसिर २ गते । धादिङमा अवस्थित श्री शारदा माध्यमिक विद्यालयले आफ्नाे स्थापना भएको ५० औँ स्वर्ण महोत्सव “आधा शताब्दीको समग्र ज्ञान, उज्ज्वल भविष्यको शारदाको अभियान” भन्ने मूल नाराका साथ हिजोबाट औपचारिक रूपमा सुरु गरेको छ। विद्यालयले स्वर्ण महोत्सवको अवसरमा सप्ताहव्यापी गरी कुल ५८ वटा विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। मुख्य अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरे। राष्ट्रिय गान तथा सहिद परिवारप्रति एक मिनेट मौन धारणपछि कार्यक्रम अघि बढाइएको थियो। मुख्यमन्त्री बानियाको मुख्य भनाइ : उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाले शिक्षालाई जीवन परिवर्तनकाे प्रकाश भन्दै प्राविधिक तथा व्यवहारिक शिक्षा अनिवार्य बन्नुपर्नेमा जोड…
Read More
लालझाडी–चौकीटोल जोड्ने पुल निर्माण ढिलाइ: जोखिमयुक्त आवतजावतबाट स्थानीय त्रासित, ८ करोड ४७ लाखको परियोजना पुनः म्याद थपिएर निर्माण जारी

लालझाडी–चौकीटोल जोड्ने पुल निर्माण ढिलाइ: जोखिमयुक्त आवतजावतबाट स्थानीय त्रासित, ८ करोड ४७ लाखको परियोजना पुनः म्याद थपिएर निर्माण जारी

हेटौंडा, कात्तिक २९ गते । हेटौडा उपमहानगरपालिका–१ लालझाडीका बासिन्दा लामो समयदेखि सुरक्षित आवतजावतका अभावमा गम्भीर समस्यामा परिरहेका छन्। लालझाडी र चौकीटोल बजार बीच तिर्खण्डी–कुलेखानी खोलाले दुबै बस्तीलाई छुट्याउँदा विशेषगरी बर्खायामामा गाउँ पुग्न कठिन हुँदै आएको स्थानीयले बताएका छन्। खोलाबाट वारपार गर्न वैकल्पिक सडक मार्गको अभाव र पुल निर्माणमा ढिलाइ हुँदा दैनिकी, व्यापार–व्यवसाय, विद्यार्थीहरू तथा बिरामी विशेष गरी सुत्केरी महिलाको आवतजावतमा ठूलो जोखिम बनेको स्थानीयको गुनासो छ। स्थानीय देवकुमार घिसिङ भन्छन्ः “पहिले त हामीले तुइन झुण्ड्याएर जोखिमपूर्ण ढंगले आवतजावत गर्थ्यौँ। त्यही आवतजावत गर्ने क्रममा एक वृद्ध झर्दा मृत्यु समेत भएको थियो। पुल निर्माण सुरु त भयो, तर आजसम्म पूर्ण हुन सकेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.