समाचार

जसपा नेपाल चितवनले पार्टीको विधान विपरीत कार्य गरेको भन्दै पूर्व सचिव ठाकुरलाई साधारण सदस्य पनि नरहने गरी कारबाही

जसपा नेपाल चितवनले पार्टीको विधान विपरीत कार्य गरेको भन्दै पूर्व सचिव ठाकुरलाई साधारण सदस्य पनि नरहने गरी कारबाही

चितवन। जनता समाजवादी पार्टी (जसपा) नेपाल चितवन जिल्लाले आज एक पार्टी निर्णय सार्वजनिक गर्दै बागमती प्रदेशका पूर्व सचिव अजय निरला ठाकुरलाई पार्टीको विधानको धारा १२६ को उपधारा ६ अनुसारको कसुर गरेको ठहर गर्दै उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ। पार्टीको निर्णय सार्वजनिक बारे विज्ञप्ति निकाल्दै जसपा नेपाल चितवनले निकालेको विज्ञप्ति मार्फत यस्तो जानकारी गराएको हो। बागमती प्रदेशका पूर्व सचिव ठाकुरले आफू हाल कुनै पनि पदीय जिम्मेवारी नरहेको समयमा पनि पार्टीको अनुशासन विधि विधान र सांगठिक प्रक्रिया र पद्धतिलाई सिधा असर पुर्‍याउने गरी विविध अनैतिक कार्यहरू गरिरहेको साथसाथै पार्टीका स्थानीय जिल्ला,ताम्सालिङ,प्रदेश र केन्द्रीय स्तरका नेताहरूलाई सामाजिक सञ्जाल र…
Read More
ग्यास लिक भएर आगलागी हुँदा दाजुबहिनीको मृत्यु

ग्यास लिक भएर आगलागी हुँदा दाजुबहिनीको मृत्यु

कपिलवस्तु। कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ जयनगरमा ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा एकै परिवारका दाजु र बहिनीको दुःखद निधन भएको छ। आइतबार राति खाना पकाउने क्रममा ग्यास सिलिन्डरको रेगुलेटर खोल्ने बित्तिकै आगलागी हुँदा २५ वर्षीय शिवकुमार यादव र उनकी १८ वर्षीया बहिनी सोनम यादव गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लैजाँदै गर्दा दुवैजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए। प्रारम्भिक अनुसन्धानका क्रममा रेगुलेटर खोल्ने बित्तिकै ग्यास लिक भई एक्कासि आगो लागेको खुलेको छ। प्रहरीले घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ। मृतक सोनम राष्ट्रिय मावि मुरफुटवामा कक्षा १० मा अध्ययनरत थिइन्। उनको निधनमा विद्यालयले सोमबार शोक…
Read More
अल्पसंख्यक सन्थाल समुदायका महिलालाई परम्परागत पहिरन बुन्ने  तालिम

अल्पसंख्यक सन्थाल समुदायका महिलालाई परम्परागत पहिरन बुन्ने तालिम

उर्लाबारी। विभिन्न तालिम र सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उर्लाबारी नगरपालिकाले राष्टपती महिला सशक्तीकरण परियोजना अन्तरगत यसपटक सन्थाल समुदायलाई लक्षित गरी ऐतिहासिक पहल थालेको छ। परम्परागत पहिरन ‘पन्चि’ र ‘पालाहान्दा’ बुन्ने सीप विकास तालिम सुरु गरेर नगरपालिकाले संस्कृतिको संरक्षण र लोपोन्मुख सन्थाल महिला सशक्तिकरणमा जोड दिएको छ। अल्पसंख्यक सन्थाल समुदायको बाक्लो बसोबास रहेको उर्लाबारी–८ कदमटोलीमा आईतवार नगरपालिकाले भारतको कोलकाता बाट विशेष मेशिन आयात गरी समुदायलाई हस्तान्तरण गरेको हो। कार्यक्रममा समुदायलाई मेसिन हस्तान्तरण गर्दै नगर उप प्रमुख मिना खतिवडा पौडेलले अल्पसंख्यक सन्थाल जातिलाई आफनो पहिचान झल्कने पहिरन आफै उत्पादन र संरक्षणमा सहज होस भन्ने उदेश्यले यो कार्यक्रम ल्याईएको बताउनु भयो ।…
Read More
कृष्णबहादुर महरा जोडिएको बलात्कार प्रकरणकी पीडित रोशनी शाही मृत फेला

कृष्णबहादुर महरा जोडिएको बलात्कार प्रकरणकी पीडित रोशनी शाही मृत फेला

भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित बृहस्पति मार्गमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन्। पूर्व सभामुख एवं माओवादी नेता कृष्णबहादुर महराले जबरजस्ती करणी गरेको भन्दै ६ वर्षअघि प्रहरीमा निवेदन दर्ता गराएकी शाहीको शव आइतबार दिउँसो १ बजेर ५० मिनेटमा उनी डेरा गरी बस्ने लक्ष्मीश्वर महतोको तीन तले घरको कोठाभित्रै फेला परेको हो। प्रहरीका अनुसार भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव भेटिएको हो। घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ। शाहीको शरीरमा बाहिर कुनै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ। जाजरकोट स्थायी घर भएकी शाहीका छोराछोरी विदेशमा छन् भने श्रीमान् कामको सिलसिलामा उपत्यका बाहिर रहेको प्रहरीले बताएको छ। रोशनी शाही…
Read More
एकै गाँउका ३ जनाको मृत्यु भएपछि सिंगो गाँउ शोकमा

एकै गाँउका ३ जनाको मृत्यु भएपछि सिंगो गाँउ शोकमा

ईलाम। इलाम जिल्लाको माङसेबुङ ५ मा एकै गाँउका ३ जनाको मृत्यु भएपछि सिंगो गाँउ शोकमा डुबेको छ । जंगली च्याउ खाँदा गम्भिर बिरामी भएका १७ वर्षीया नुमा लावती र मनिसा चेम्जोङ्गको मृत्यु भएको हो । उपचारका लागि विराटनगर ल्याईए पनि अस्पतालमै दुबैजनाको मृत्यु भएको छ । त्यस्तै स्थानीय धनराज सङबाङफेको पनि अकस्मात् मृत्यु भएपछि यतिबेला सिंगो गाँउ नै शोकमग्न भएको छ।
Read More
सुनसरीमा गोली चल्यो,१ जना घाइते

सुनसरीमा गोली चल्यो,१ जना घाइते

सुनसरी। सुनसरीको बराहक्षेत्रमा अहिले केही बेरअघि गोली चलेको छ । बराहक्षेत्र नगरपालिका–३ मा प्रहरीले गोली चलाएको हो । घटनामा १ जना घाइते भएका छन् ।लागुऔषध गाँजाको ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको थियो । गाँजाका पोका बोकेर आउँदै गरेका केही व्यक्ति प्रहरीलाई देख्नसाथ फरार भएका थिए। त्यही समूहमा रहेका १ जना व्यक्तिले भने प्रहरीलाई खुकुरीले आक्रमण गर्न खोजेपछि गोली चलाउनु परेको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले जानकारी दिए । उनका अनुसार गाँजाको अप्रेशनमा गएको टोलीले रोक्न खोज्दा गाँजा ओसारपसारमा संलग्नमध्ये १ जनाले प्रहरीलाई आक्रमणको प्रयास गरेका हुन् ।‘प्रहरीमाथि आक्रमणको प्रयास भयो । खुकुरीले…
Read More
बेतना दैनिकका प्रधान सम्पादक बस्नेतलाई  राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२ प्रदान

बेतना दैनिकका प्रधान सम्पादक बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२ प्रदान

ईलाम। मोरङको बेलबारीबाट प्रकाशित बेतना दैनिकका प्रधान सम्पादक नरेन्द्र बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२ प्रदान गरिएको छ । बुधबार ईलामको सुर्योदय नगरपालिकास्थित अन्तुमा आयोजित चलचित्र पत्रकार संघको २६ औँ बार्षिकोत्सबका अबसरमा बस्नेतलाई सो सम्मान प्रदान गरिएको हो । चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसी,बरिष्ठ नायक नायिका बसुन्धरा भुसाल,शिव श्रेष्ठ,गौरी मल्ल,मोहन निरौला लगायतले बस्नेतलाई सो सम्मान प्रदान गरेका हुन । दुई दशक बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल बस्नेतलाई पत्रकारिता क्षेत्र मार्फत पुर्याएको योगदानको कदर सो सो सम्मान प्रदान गरिएको हो।
Read More
उर्लाबारी ३ त्रिवेणी चोकका अब्यवस्थित तार हटाउन ७ दिनको अल्टिमेटम

उर्लाबारी ३ त्रिवेणी चोकका अब्यवस्थित तार हटाउन ७ दिनको अल्टिमेटम

मोरङ। उर्लाबारी नगरपालिका वडा नं ३ स्थित त्रिवेणी चोक आसपास क्षेत्रमा अब्यवस्थित रूपमा राखिएका केवल तथा इन्टरनेटका तारलाई व्यवस्थित गर्न नगरपालिकाले ७ दिनको अल्टिमेटम दिएको छ। बिहीबार एक सूचना जारी गर्दै नगरपालिकाले ती तारले नगरको सौन्दर्यमा नकारात्मक असर पार्नुका साथै दुर्घटनाको जोखिम बढाएको उल्लेख गरेको छ। नगरपालिकाले त्रिवेणी चोक क्षेत्र वरपर अनियन्त्रित रूपमा टाँगिएका इन्टरनेट तथा केवलका तारले सडक तथा सार्वजनिक स्थानहरू कुरुप देखिनुका साथै पैदल यात्री तथा सवारी साधन चलाउनेहरूका लागि खतरा उत्पन्न गरेको जनाएको छ। साथै सूचनामा तोकिएको समयसीमा भित्र तारहरू व्यवस्थित नगरेमा नगरपालिका स्वयंले हटाउने चेतावनी दिइएको छ र त्यसबाट हुने खर्च सम्बन्धित कम्पनीबाट असुल उपर गरिने…
Read More
अभिनेत्री सुहाना थापा मनोविज्ञान विषयमा स्नातकोत्तर उत्तीर्ण

अभिनेत्री सुहाना थापा मनोविज्ञान विषयमा स्नातकोत्तर उत्तीर्ण

काठमाडौं। अभिनेत्री सुहाना थापाले अमेरिकाको न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालयबाट परामर्श तथा चिकित्सा मनोविज्ञान विषयमा स्नातकोत्तर (मास्टर्स) उत्तीर्ण गरेकी छिन्। उनी हालै सोही विश्वविद्यालयमा दीक्षित भएकी हुन्। छोरी मनोविज्ञ बनेकोमा सुहानाका बुवा तथा फिल्म निर्माता सुनिलकुमार थापाले खुसी व्यक्त गरेका छन्। उनले यस क्षणलाई आफ्नो जीवनको अविस्मरणीय बताएका छन्। थापाले शिक्षा र संस्कारलाई सन्तानका लागि अमूल्य सम्पत्ति भएको भन्दै छोरीको समर्पण र मेहनतको प्रशंसा गरेका छन्। सुहानाको दीक्षान्त समारोहमा सहभागी हुन उनकी आमा तथा फिल्म निर्देशक झरना थापा पनि न्यूयोर्कमा छिन्। आमा-छोरी शुक्रबार नेपाल फर्कँदैछन्। नेपाल फर्केपछि उनीहरू होमप्रोडक्सन फिल्म ‘ए मेरो हजुर ५’ को तयारीमा जुट्नेछन्। भदौदेखि छायांकन सुरु हुने यस…
Read More
बागलुङका पाँच पालिका पूर्ण खोप सुनिश्चित

बागलुङका पाँच पालिका पूर्ण खोप सुनिश्चित

बाग्लुङ। बागलुङ जिल्लाका पाँच स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएको छ। यसमा बागलुङ, गलकोट, ढोरपाटन र जैमिनी नगरपालिकाका साथै ताराखोला गाउँपालिका रहेका छन्। यी पालिकाहरूले जन्मेदेखि १५ महिना र १६ देखि २४ महिना उमेर समूहका बालबालिकाहरूलाई नियमित खोप लगाएर यो सुनिश्चितता हासिल गरेका हुन्। बागलुङ नगरपालिकामा १,११२ बालबालिका, गलकोटमा ७५४, ढोरपाटनमा १,०६२, जैमिनीमा ५३९ र ताराखोलामा १९३ बालबालिकाले पूर्ण खोप पाएका छन्। जिल्लाका सबै स्वास्थ्य संस्थामार्फत खोप सेवा उपलब्ध गराइएको छ। निसिखोला, तमानखोला, काठेखोला, बडिगाड र बरेङ गाउँपालिका भने पूर्णखोप घोषणा हुन बाँकी छन्। यी पाँच पालिकाले पनि पूर्ण खोपको सुनिश्चितता गरेपछि यही जेठ २५ गतेसम्ममा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.