समाचार

“हिसाब मिलाउन बाँकी छ, न्याय पाउन बाँकी छ” — रिहाइपछि रवि लामिछानेको सन्देश

“हिसाब मिलाउन बाँकी छ, न्याय पाउन बाँकी छ” — रिहाइपछि रवि लामिछानेको सन्देश

भैरहवा, पुस ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू अझै न्यायको लडाइँमै रहेको बताएका छन्। भैरहवास्थित जिल्ला कारागारबाट रिहा भएपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले भोगेको अन्यायभन्दा देशमाथि भइरहेको अन्याय धेरै गम्भीर रहेको उल्लेख गरे। लामिछानेले अहिले विस्तृत रूपमा बोल्ने समय नआएको जनाउँदै हिसाब–किताब गर्न अझै धेरै कुरा बाँकी रहेको बताए। “न्यायको यो लडाइँ मेरो मात्र होइन, यो देशको न्यायका लागि हो,” उनले भने, “ममाथि भएको अन्याय त केही पनि होइन, देशमाथि गरिएको अन्यायको हिसाब गर्न बाँकी छ। त्यो हिसाब मिलेपछि म अलि लामो बोल्नेछु।” काठमाडौंबाट हवाईजहाजमार्फत भैरहवा पुग्ने तयारी भए पनि खराब मौसमका…
Read More
नेकपा एमाले केन्द्रीय लेखा आयोगको प्रथम पूर्ण बैठक सम्पन्न, आर्थिक पारदर्शिता र अनुशासनमा जोड

नेकपा एमाले केन्द्रीय लेखा आयोगको प्रथम पूर्ण बैठक सम्पन्न, आर्थिक पारदर्शिता र अनुशासनमा जोड

काठमाडौँ, पुस ४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय लेखा आयोगको प्रथम पूर्ण बैठक पार्टीको केन्द्रीय मुख्यालय च्यासलमा सम्पन्न भएको छ। केन्द्रीय लेखा आयोगका अध्यक्ष प्रा. डा. क. पुष्प कंडेलको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष क. घनेन्द्र घिमिरेसहित आयोगका केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकको सञ्चालन सचिव क. ईश्वरीप्रसाद खरेलले गरेका थिए। बैठकले पार्टीको लेखा, आर्थिक अनुशासन तथा व्यवस्थापनसम्बन्धी विषयमा विविध महत्वपूर्ण निर्णयहरू गरेको छ। आयोगले एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव तथा सदस्यहरूलाई निर्वाचित गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ। साथै लेखा आयोगका निवर्तमान पदाधिकारी तथा सदस्यप्रति सम्मानसहित धन्यवाद ज्ञापन गरिएको…
Read More
विराटनगरमा सास्थम कलेजद्वारा बीबीए–बीएचएम नवप्रवेशीको भव्य स्वागत

विराटनगरमा सास्थम कलेजद्वारा बीबीए–बीएचएम नवप्रवेशीको भव्य स्वागत

विराटनगर, पुस ४ गते । साउथ एसियन स्कूल अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज, विराटनगरले बीबीए र बीएचएम कार्यक्रमका नवप्रवेशी विद्यार्थीलाई लक्षित गरी कलेज परिसरमै स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजना गरिएको हो। प्रमुख अतिथि डा. श्रेष्ठले विद्यार्थीहरूलाई अध्ययनमा अनुशासन, सीप अभिवृद्धि र व्यवहारिक ज्ञानलाई प्राथमिकता दिन आग्रह गर्दै पर्यटन तथा आतिथ्य व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा सास्थम कलेजको योगदान उल्लेखनीय रहेको बताए। उनले गुणस्तरीय शिक्षामार्फत सास्थमले पूर्वाञ्चल क्षेत्रमा होटल व्यवस्थापन अध्ययनको अग्रणी संस्थाका रूपमा पहिचान बनाएको पनि स्पष्ट पारे। कार्यक्रमलाई आकर्षक बनाउन कलेजमा अध्ययनरत…
Read More
जेन जि विद्रोह १०० दिन पुगेको घोषणा: संविधानमा मुद्दा नबस्दासम्म आन्दोलन रोकिन्न

जेन जि विद्रोह १०० दिन पुगेको घोषणा: संविधानमा मुद्दा नबस्दासम्म आन्दोलन रोकिन्न

काठमाडौँ, पुस ३ गते । जेन जि विद्रोहले १०० औँ दिन पूरा गरेको अवसरमा जेन जि मुभमेन्ट नेपालले आफ्ना मूल माग संविधानमै संस्थागत नभएसम्म शान्तिपूर्ण तर दृढ संघर्ष निरन्तर जारी रहने स्पष्ट सन्देश दिएको छ। जेन जिका अगुवा रवि किरण हमालद्वारा जारी प्रेस वक्तव्यमा नवोदित पुस्ताले राष्ट्र र जनताका पक्षमा देखाएको साहस, त्याग र बलिदानलाई नेपालको राजनीतिक इतिहासमा स्मरणीय अध्यायका रूपमा चित्रण गरिएको छ। आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना र सहिद परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। वक्तव्यमा जेन जि विद्रोहलाई क्षणिक असन्तोषको परिणाम नभई राज्य संरचनाभित्र गहिरो रूपमा जरा गाडेर बसेको असमानता, कुशासन,…
Read More
मेटाले नेपालमा फेसबुक कन्टेन्ट मोनिटाइजेसन बन्द गर्‍यो, सञ्चार मन्त्रालय बेखबर

मेटाले नेपालमा फेसबुक कन्टेन्ट मोनिटाइजेसन बन्द गर्‍यो, सञ्चार मन्त्रालय बेखबर

हेटौंडा, पुस २ गते । फेसबुकको माउ कम्पनी मेटाले नेपाललाई फेसबुक कन्टेन्ट मोनिटाइजेसन सुविधाबाट हटाएको छ। मेटाले फेसबुक प्रयोगकर्ताहरूलाई सूचना जारी गर्दै सरकारी कानुनी अनुरूपको आवश्यकता जनाउँदै नेपालमा मोनिटाइजेसन सुविधा सीमित गरिएको जनाएको हो। मेटाको यो निर्णयसँगै नेपालका हजारौँ फेसबुक कन्टेन्ट क्रिएटरहरूले डिजिटल प्लेटफर्ममार्फत आय आर्जन गर्ने अवसर गुमाएका छन्। पछिल्ला वर्षहरूमा फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाललाई आम्दानीको मुख्य स्रोत बनाउँदै आएका नेपाली क्रिएटरहरूका लागि यो निर्णय ठूलो झट्का बनेको छ। उता, यस विषयमा नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय भने पूर्ण रूपमा बेखबर देखिएको छ। मन्त्रालयका सम्बन्धित निकायले मेटाको निर्णयबारे कुनै औपचारिक जानकारी प्राप्त नभएको बताएका छन्। डिजिटल…
Read More
सिन्धुलीमा खाजा घर सञ्चालक महिलामाथि कुटपिट, ट्रक चालक समूह फरार

सिन्धुलीमा खाजा घर सञ्चालक महिलामाथि कुटपिट, ट्रक चालक समूह फरार

सिन्धुली, पुस २ गते । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ देउराली डाँडास्थित रेस्मा खाजा घरकी सञ्चालक तारा भुजेलमाथि कुटपिट तथा दुर्ववहार भएको छ। मंगलबार राति करिब १० बजेको समयमा सामान बोक्ने ट्रकका चार जना चालकसहितको समूहले कुटपिट तथा दुर्ववहार गरी फरार भएको पीडितले बताएकी छन्। पीडित भुजेलका अनुसार खाजा घर अगाडि अव्यवस्थित रूपमा सवारी साधन पार्क गरिएको विषयमा गाडी मिलाएर राख्न आग्रह गर्दा चालकहरूले नमानेपछि विवाद सुरु भएको थियो। सोही विवाद चर्किँदै जाँदा चालकसहितको समूहले हातपात तथा दुर्ववहार गरेको बताइएको छ। घटनापछि भुजेलले आफू असुरक्षित महसुस गरिरहेको बताउँदै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ। उता, स्थानीयवासीहरूले सार्वजनिक स्थलमा व्यवसाय गर्ने महिलामाथि…
Read More
राजकुमार तामाङ (देवराज लामा) पक्राउपछि अनुसन्धान नसकिँदासम्म श्रम संस्कृति पार्टी उपाध्यक्ष पदबाट निलम्बन

राजकुमार तामाङ (देवराज लामा) पक्राउपछि अनुसन्धान नसकिँदासम्म श्रम संस्कृति पार्टी उपाध्यक्ष पदबाट निलम्बन

काठमाडौं, पुस २ गते । श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ, जो देवराज लामा नामले पनि चिनिन्छन्,लाई धेरै वर्षअघिको राजनीतिक गतिविधिसँग सम्बन्धित विषयमा अनुसन्धानका लागि प्रहरीले हिजो पौष १ गते नियन्त्रणमा लिएको छ। पार्टी केन्द्रीय कार्य समिति काठमाडौँले यस विषयमा जानकारी दिँदै सरकारी अनुसन्धान प्रक्रियामा कुनै पनि किसिमको प्रभाव वा दबाब नपरोस् भन्ने उद्देश्यले अनुसन्धानको अन्तिम टुङ्गो नलागुन्जेलसम्म उनलाई पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरिएको जनाएको छ। केन्द्रीय अध्यक्ष हर्कराज हर्क साम्पाङद्वारा जारी सूचनामा अनुसन्धानलाई निष्पक्ष र स्वतन्त्र रूपमा अगाडि बढ्न दिन पार्टीले यस्तो निर्णय लिएको उल्लेख गरिएको छ। पार्टीले यस घटनासम्बन्धी थप जानकारी अनुसन्धानको प्रगति अनुसार सार्वजनिक गरिने पनि जनाएको…
Read More
श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामा पक्राउ राजनीतिक प्रतिशोध हुन सक्ने आशंका : महासचिव आर्यन राई

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामा पक्राउ राजनीतिक प्रतिशोध हुन सक्ने आशंका : महासचिव आर्यन राई

काठमाडौं, पुस १ गते । श्रम संस्कृति पार्टीका केन्द्रीय महासचिव आर्यन राईले पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामा (विश्वक्रान्ति/राजकुमार तामाङ) पक्राउ परेको घटनाबारे गम्भीर प्रश्न उठाउँदै यसमा राजनीतिक प्रतिशोधको आशंका देखिएको बताएका छन्। करिब ७ मिनेट ११ सेकेन्डको भिडियो सन्देशमार्फत महासचिव राईले मंगलबार बिहान ११ बजे देवराज लामालाई आफ्नै निवासबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेपछि आफू स्वयं सीआईबी कार्यालय पुगेर बुझ्ने प्रयास गरेको जानकारी दिए। उनका अनुसार पक्राउ परेका लामा अहिले काठमाडौँबाट पाँचथर जिल्ला लगिएका छन्। महासचिव राईका अनुसार पाँचथर जिल्लामा लामामाथि विगतका केही मुद्दा रहेको भन्ने जानकारी प्राप्त भएको छ। उनले सोही सिलसिलामा सम्बन्धित जिल्ला कार्यालयका डीएसपीसँग संक्षिप्त…
Read More
एमाले नेतृत्व चयनको मतदान एक दिन पर सर्यो, भोलि बिहानदेखि प्रक्रिया सुरू

एमाले नेतृत्व चयनको मतदान एक दिन पर सर्यो, भोलि बिहानदेखि प्रक्रिया सुरू

काठमाडौं, पुस १ गते । नेकपा एमालेको नेतृत्व चयनका लागि तय गरिएको मतदान प्रक्रिया अन्तिम समयमा आएर स्थगित भएको छ। आज साँझबाट मतदान सुरू हुने कार्यतालिका रहे पनि प्राविधिक तयारी अपूरो र चिसो मौसमका कारण प्रक्रिया एक दिन पछाडि धकेलिएको हो। पार्टी महासचिव शंकर पोखरेलले विद्युतीय माध्यमबाट हुने मतदानको प्राविधिक परीक्षण गर्न थप समय आवश्यक परेको जनाउँदै आजका लागि मतदान स्थगित गरिएको जानकारी दिए। उनका अनुसार अब मतदान भोलि (बुधबार) बिहान ८ बजेदेखि सुरू हुनेछ। यसअघि केन्द्रीय निर्वाचन आयोगले साँझ ७ बजेदेखि मतदान सुरू हुने तालिका सार्वजनिक गरेको थियो। सोही अनुसार प्रतिनिधिहरू साढे ६ बजेदेखि नै मतदान स्थलमा लाइनमा बसेका…
Read More
विस्फोटक मुद्दामा फरार श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ

विस्फोटक मुद्दामा फरार श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ

काठमाडौं, पुस १ गते । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्। विभिन्न नामले परिचित ५० वर्षीय लामा मंगलबार काठमाडौंको कपन क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार पाँचथरमा दर्ता रहेको विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार रहेकाले उनलाई पक्राउ गरिएको हो। सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठले लामाविरुद्धको उक्त मुद्दा अझै अदालतमा विचाराधीन अवस्थामा रहेको जानकारी दिएका छन्। लामा यसअघि २०६८ सालमा काठमाडौंको बबरमहलमा भएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा पनि पक्राउ परेका थिए। उक्त विस्फोटमा तीन जनाको ज्यान गएको थियो। घटनापछि उनी फरार रहे पनि प्रहरीले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.